सडक दुर्घटनामा थाकसका क्षेत्रीय सदस्य साउना महतोको मृत्यु

कारी महतो/चितवन।
सडक दुर्घटनामा थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ (खैरहनी नगरपालिका) का क्षेत्रीय कार्यसमिति सदस्य साउना महतोको मृत्यु भएको छ । Continue reading “सडक दुर्घटनामा थाकसका क्षेत्रीय सदस्य साउना महतोको मृत्यु”

जितिया पर्व : जितबाहन कथा र यसको सान्दर्भिकता

कारी महतो/चितवन।

परिचय
जितिया पर्व थारु महिलाहरुको एउटा महान सांस्कृतिक पर्व हो । यो पर्व थारु बाहेक तराईमा बसोबास गर्ने मधेसी महिलाहरुले पनि धूमधामसंग मनाउँछन् । महिलाहरु संगसंगै पुरुषहरु पनि सक्रिय हुनुपर्ने भएकोले यस पर्वलाई महिलाहरुको मात्र नभई महिला–पुरुष सबैको साझा पर्व भन्न सकिन्छ । जितिया पर्व ठाउ“ अनुसार केही फरक तरिकाले मनाईन्छ । पूर्वी तराईमा विवाहित महिलाहरु मात्र ब्रत बस्छन् । तर चितवन र यस आसपासका जिल्लाहरुमा विवाहित र अविवाहित सबैले समान रुपमा ब्रत बस्दछन् । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाईन्छ । सप्तमीको दिनलाई “लाहा खाएके”, अष्टमीको दिनलाई “उपास” र नवमीको दिनलाई “पारन” भनिन्छ । Continue reading “जितिया पर्व : जितबाहन कथा र यसको सान्दर्भिकता”

थाकसको योजना अब के हुनुपर्छ ?

भुवन चौधरी,
पौने एक सताव्दीको इतिहास बोकेको थारु कल्याणकारिणी सभाको २२ औं केन्द्रिय महाधिवेशन नयाँ नेतृत्वका साथ २२ बुँदे घोषणापत्र जारी गरी सम्पन्न भएको छ । तीस लाख थारुहरुको छाता संगठन (हाल कोमामा रहेको) थारु कल्याणकारिणी सभाको सात दशक भन्दा लामो इतिहासलाइ कोट्याएर हेर्ने हो भने यसको गन्तब्य कँहा हो ? यसको थ्यौरी (सिद्दान्त) के हो ? यसको नीति/रणनीतिहरु के के हुन् ? भेट्न मुस्किल छ । बिधानत: सामाजिक, सांस्कृतिक तथा आर्थिक रुपान्तरणका मुद्दाहरु उठान गर्ने उल्लेख भएतापनि समय सन्दर्भ अनुसार यसले वर्तमानमा राजनैतिक मुद्दाहरु पनि उठान गरिरहेको छ । जुन अपरिहार्य पनि हो र यसलाई था. क. स. ले उत्तर आधुनिक कालको उपज ठान्दछ । त्यसो त विना लगामको घोडा सरी अगाडी बढिरहेको यस संस्था संग आबद्द थारु समुदाय राज्यको मुलधारवाट अलग रहेको छ । यसको ज्वलन्त उदाहरण हो टिकापुर घटनाको नाममा सयौं थारुहरु झुठ्ठा मुद्दाको शिकार बन्नु, दर्जनौं थारुहरुलाई अनाहकमा जेलमा कोच्नु । हजारौं थारुहरु नेपाल वाट विस्थापित हुनु । यस्तो हुनुमा केहि न केहि हिस्सा था.क.स.को पनि छ भन्दा अत्युक्ति नहोला । किनकि था.क.स.को लिडरसिपमा संचालन भएका प्राय सबै आन्दोलनहरु योजनावद्द तरिकाला गएको देखिएन । विना योजना, विना सिद्दान्त तथा विना नीति/रणनीति उठेका संसारका धेरै आन्दोलनहरु तुहिएको हामीले हाम्रै आँखाले देखेका छौं । त्यसकारणले पनि था.क.स.ले आफूलाई गतिशील बनाउन तथा आफुले लिडरसिप गरेर हाँकेका आन्दोलनहरुलाइ परिणाममुखी बनाउन नयाँ थालनी गर्नु पर्ने जरुरी छ । यसको लागि सर्वप्रथम था.क.स.ले आफ्नो थ्यौरी के हो ? दृष्टिकोण के हो ? गन्तब्य कँहा हो ? उक्त थ्यौरी हाशिल गरी गन्तब्यमा पुग्ने नीति/रणनीति तथा योजना कार्यक्रमहरु के के हुन् ? निर्क्यौल गर्न आवश्यक छ । यस आलेखमा पंक्तिकारले यिनै विषयवस्तुहरुलाई छलफल तथा बहस गरी टुंगो लगाउन आफ्ना रायहरु अगाडी सार्ने प्रयास गरेको छ । Continue reading “थाकसको योजना अब के हुनुपर्छ ?”

महिला हिंसाविरुद्धको झम्टा गीत प्रतियोगितामा सङवा महिला समूह प्रथम

कारी महतो/चितवन।
जितिया पर्वको अवसवरमा थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ खैरहनी नगरपालिकाद्वारा आयोजित महिला हिंसा विरुद्ध झम्टा गीत प्रतियोगितामा सङवा महिला समूह, बडगाउँ प्रथम भएका छन् । प्रतियोगितामा वाइएसिडी समूह मगनी द्वितीय र साथी सङवा महिला समूह कपिया तृतीय भएका छन् । Continue reading “महिला हिंसाविरुद्धको झम्टा गीत प्रतियोगितामा सङवा महिला समूह प्रथम”

थारु पत्रकार संघ नेपालको पर्सामा शाखा गठन

पर्सामा थारु पत्रकार संघ नेपाल गठन भएको छ। थारु पत्रकार संघ नेपाल २ नम्बर प्रदेशका संयोजक दुष्यन्त चौधरीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ २ नम्बर प्रदेशका अध्यक्ष दिपेन्द्र चौहानको प्रमुख अतिथ्यतामा ७ सदस्सीय समिति चयन गरेको छ। Continue reading “थारु पत्रकार संघ नेपालको पर्सामा शाखा गठन”

प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ र स्थायी राजधानी गोदावरी दुईतिहाईले स्वीकृत

लखन चौधरी/धनगढी।

७ नम्बर प्रदेशको स्थायी राजधानी गोदावरी र नाम ‘सुदूरपश्चिम’ प्रदेश दुईतिहाई बहुमतले प्रदेश सभाबाट स्वीकृत भएको घोषणा गरिएको छ । Continue reading “प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ र स्थायी राजधानी गोदावरी दुईतिहाईले स्वीकृत”

थाकसको नयाँ नेतृत्वलाई भन्नैपर्ने केही कुरा

विनय वैद्य।

हालै सम्पन्न थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशनबारे विभिन्न चर्चा भइरहँदा थोरै थप्न मन लाग्यो । थारु समुदाय लामो समयदेखि राज्य र ससमाजका अगुवाहरुबाट विभिन्न बहानामा उत्पीडित हुँदै आएका छन् । विभिन्न खालका उत्पीडनको अन्त्य गरी थारु समुदायको हक, हित र संस्कृति संरक्षणका लागि थारु कल्याणकारिणी सभा स्थापना हुनुले समग्र थारु समुदायमा उत्साह वृद्धि हुनु स्वभाविक थियो । लामो इतिहास बोकेको थारु कल्याणकारिणी सभाको २२औं महाधिवेशन सम्पन्न हुँदासम्म यस संस्थाले के, कति र कस्ता कामहरु सम्पन्न गरेको छ भन्ने जवाफ लामो समय त्यस संस्थाको नेतृत्वमा रहेका महानुभावहरुले व्यक्त गर्न सक्नुहुन्छ होला । Continue reading “थाकसको नयाँ नेतृत्वलाई भन्नैपर्ने केही कुरा”

टीकापुर घटनालाई राजनीतिक मुद्दा बनाउन थाकसको माग

थारु कल्याणकारिणी सभा (थाकस)ले आफ्नो २२ औं राष्ट्रिय महाधिवेशनबाट पारित गरेको २२ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा थारु कल्याणकारिणी सभा केन्द्रिय कार्यसमितिले पत्रकार सम्मेलन गरेर यही असोज ७, ८ र ९ गते काठमाडौंमा सम्पन्न भेलाले पारित गरेको काठमाडौं घोषणापत्र सार्वजनिक गरेको हो । Continue reading “टीकापुर घटनालाई राजनीतिक मुद्दा बनाउन थाकसको माग”

थारु अभिनेता आशिष डंगौराद्वारा आत्महत्या

लखन चौधरी/धनगढी।

थारु चलचित्रका अभिनेता आशिष डंगौराले बुधबार राति आत्महत्या गरेका छन् । धनगढी उपमहानगरपालिका–५ जालीका ३२ वर्षिय अभिनेता चौधरीले धनगढीको क्याम्पस चौंकमा आफैले सञ्चालन गर्दै आएको कल्चर रेष्टुरेन्टमै आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । Continue reading “थारु अभिनेता आशिष डंगौराद्वारा आत्महत्या”

‘सुदूरपश्चिम’मात्र किन अगाडि ‘अखण्ड’ पनि थपौं

प्रदेश नं ७  को नाम ‘सुदूरपश्चिम’ राख्न सुझाव समितिका बहुमत सदस्यले निर्णय गरेका छन् । विशेष समितिले लिएको सुझावअनुसार बहुमतले प्रस्ताव गरेको सुदूरपश्चिम नामलाई मंगलबार बसेको संसद् बैठकमा पेश गरिएको छ । समितिको प्रतिवेदनमा प्रदेशको नाम सुदूरपश्चिम रहने निष्कर्ष निकालिएको छ । Continue reading “‘सुदूरपश्चिम’मात्र किन अगाडि ‘अखण्ड’ पनि थपौं”