थारु कल्याणकारिणी सभाको २२औं महाधिवेशनले २१ बुँदे घोषणा पत्र जारी गरेको छ। बुधबार नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले कैलाली क्षेत्र नं १ बाट निर्वाचित सांसद रेशम चौधरीको रिहाई मागसहित घोषणा पत्र जारी गरेका हुन्। घोषणा पत्रमा शहिद स्मृति प्रतिष्ठान खोल्ने, थारु ब्यक्तित्वहरुको प्रोफाइल बनाउने, हाम्रो थाकस हाम्रो गौरव अभियान चलाउनेलगायतका नयाँ कार्यक्रमहरु थपिएका छन्। Continue reading “रेशम चौधरीको रिहाई मागसहित थाकसको २१ बुँदे घोषणा पत्र जारी”
Author: admin
मेरो जीत टीकापुर घटनाका आरोपीहरुलाई समर्थन रहेको सन्देश हो : धनिराम चौधरी
नवनिर्वाचित समापति धनिराम चौधरीले आफ्नो जित थारु एकताको सन्देश भएको बताएका छन्। थारु कल्याणकारिणी सभाको २२औं महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका धनिरामले थारुवासँगको कुराकानीमा उनले टीकापुर घटनाका आरोपीहरुलाई समर्थन रहेको सन्देश पनि दिएको बताए। ‘मेरो जित टीकापुरका आरोपितप्रतिको समर्थन हो। थारुको मागप्रतिको समर्थन हो र यो थारुहरुको एकताको सन्देश हो,’ उनले भने। Continue reading “मेरो जीत टीकापुर घटनाका आरोपीहरुलाई समर्थन रहेको सन्देश हो : धनिराम चौधरी”
रस्साकस्सीका बीच थाकसको २२औं महाधिवेशन सम्पन्न [फोटो फिचर]
विभिन्न रस्साकस्सीकाबीच थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशन सकिएको छ। महाधिवेशनले धनिराम चौधरीलाई पुनः सभापतिमा निर्वाचति गरेको छ। टीकापुर घटनामा प्रहरीको मस्ट वान्टेड सूचीमा रहेका उनी भूमिगत रहँदै आएका छन्। उनले आफू सभाको सभापति भएकै कारण मुख्य आरोपी बन्नुपरेको, जागिर गुमाउनुपरेको, घरजग्गा तथा बैंक ब्यालेन्स रोक्का भएको भन्दै आफूलाई जिताउन आह्वान गरेका थिए। उनले आफूलाई जिताएर थारु एकताको सन्देश दिन पनि आह्वान गरेका थिए। Continue reading “रस्साकस्सीका बीच थाकसको २२औं महाधिवेशन सम्पन्न [फोटो फिचर]”
लेखीलाई हराउँदै थाकस सभापतिमा धनिराम चौधरी पुनः निर्वाचित
राजकुमार लेखीलाई हराउँदै धनिराम चौधरी थारु कल्याणकारिणी सभा (थाकस)को सभापतिमा पुनः निर्वाचित भएका छन्। काठमाडौंमा भएको तीन दिने महाधिवेशनको अन्तिम दिन आज भएको चुनावमा १२ मतले पराजित गर्दै धनिराम सभापतिमा विजयी भएका हुन्। उनले ८२ मत पाए भने लेखीले ७० मत पाए। अर्का आकांक्षी विश्राम महतोले १० मत पाए। सभापतिको लागि तीन जनाको उम्मेदवारी परेको थियो। Continue reading “लेखीलाई हराउँदै थाकस सभापतिमा धनिराम चौधरी पुनः निर्वाचित”
थाकसमा नयाँ कार्यसमितिको आह्वान, सभापतिमा तीन जना आकांक्षी
थारु कल्याणकारिणी सभाको २२औं महाधिवेशनले पुरानो कमिटीलाई विघटन गरी नयाँ कमिटीको लागि आह्वान गरेको छ। कार्यबाहक सभापति कन्नुलाल चौधरीले बन्दसत्रमार्फत् पुरानो कमिटीलाई भंग गर्दै नयाँ कमिटीको आह्वान गरेका हुन्। Continue reading “थाकसमा नयाँ कार्यसमितिको आह्वान, सभापतिमा तीन जना आकांक्षी”
विद्यान मस्यौदामाथि छलफल, थाकसमा अध्यक्षको पोर्टफोलियो बनाउन माग
थारु कल्याणकरिणी सभा (थाकस) २२औं महाधिवेशको तेस्रो दिन विद्यानमाथि छलफल भइरहेको छ। सभाको विद्यान पुरानो धर्राको भइसकेकाले धेरै कुरामा परिमार्जन गर्नुपर्ने सहभागीहरुले आफ्नो धारणा राखिरहेका छन्। Continue reading “विद्यान मस्यौदामाथि छलफल, थाकसमा अध्यक्षको पोर्टफोलियो बनाउन माग”
थाकस महाधिवेशन सन्दर्भमा सनि लिम्बुको कविता : थारुहरु
थारुहरुको धरोहर थारु कल्याणकारिणी सभाको २२औं महाधिवेशनमा यतिबेला केन्द्रीय राजधानी काठमाडौंमा चलिरहेको छ। महाधिवेशनमा देखिएको विवाद र थारुका विभिन्न मुद्दामा राजनीतिक जालोले ढाकिरहेको बेला सबैको सर्वमान्य समाजिक संस्थामा राजनीतिक फोहोरी खेल नहोस् भन्ने हेतुले लेखिका सनि लिम्बुले यो कविता तयार गरेका हुन्। Continue reading “थाकस महाधिवेशन सन्दर्भमा सनि लिम्बुको कविता : थारुहरु”
थाकसको लागि थारु विद्यार्थी समाज सञ्जीवनी बुटी
सीएन थारु।
थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशन काठमाडौंमा शुरु भएको छ । ७० वर्षे इतिहास बोकेको यो संस्थाको उतार चढाव भइरहे पनि टीकापुर, कैलाली विद्रोहको प्रभाव नराम्ररी भोग्नु पर्यो । सन्दर्भ थारु कल्याणकारिणी सभा भए पनि यो महाधिवेशनमा थारु विद्यार्थी समाज हाँकेर आएका केही व्यक्तित्वहरु यस पटक जिल्ला जिल्लामा नेतृत्व लिन पुगे । चितवनका सभापति ललित कुमार चौधरी, दाङका सभापति भुवन चौधरी, बाँकेका सभापति विनोद चौधरी, कैलालीका का.वा. सभापति माधव चौधरी, नवलपरासीका सचिव पशुपति चौधरी, सुर्खेतका उपाध्यक्ष पवन चौधरी, केन्द्रीय पार्षदहरु मीनराज चौधरी(बर्दिया), जनकराज चौधरी(कैलाली) तथा ऋषिकेश चौधरी(मोरंग) सहित महत्वपूर्ण जिम्मेवारीमा पुगेका यी व्यक्तित्वहरु क्षमतावान छन् र थारु कल्याणकारिणी सभा हाँकेका अन्य पदाधिकारीको दाँजोमा प्रतिस्पर्धा गर्न योग्य ठहर हुने देखिन्छ । जे होस् उपरोक्त व्यक्तित्वहरु थारु विद्यार्थी समाजमा रहेर भूमिका निर्वाह गर्दा आफ्नो योग्यता प्रमाणित गरिसकेका छन् । थारु कल्याणकारिणी सभामा अब सोही अनुभवले काम गर्न पक्कै सहज बनाउने नै छ तर उनीहरुले समेत तपसिलका विषयहरुमा ध्यान पुरयाउने काम गर्न सक्नुपर्छ । Continue reading “थाकसको लागि थारु विद्यार्थी समाज सञ्जीवनी बुटी”
थाकस महाधिवेशन: बिहान ८ बजे बोलाइएको बन्दसत्र दस घन्टापछि सुरु
बिहान ८ बजे बोलाइएको बन्दसत्र सुरु साँझ ६ भएको छ। सप्तरी र रौतहटका थारुहरुले मूल गेटमै धर्ना दिएपछि बन्दसत्र सुरु हुन सकेको थिएन। उनीहरुले थाकस केन्द्रीय कमिटीले मनोमानी तरिकाले प्रतिनिधि चयन गरेको भन्दै निष्पक्ष छानबिनको माग गर्द धर्ना दिएका थिए। Continue reading “थाकस महाधिवेशन: बिहान ८ बजे बोलाइएको बन्दसत्र दस घन्टापछि सुरु”
थाकस महाधिवेशन: प्रतिनिधिमा तीव्र विवाद, सप्तरी र रौतहटका थारुहरुको गेटमै धर्ना
थारु कल्याणकारिणी सभा थाकसको २२औं महाधिवेशनको बन्द सत्र सुरु हुन सकेको छैन। बिहान ८ बजे बोलाइएको बन्दसत्र प्रतिनिधि विवादका कारण सुरु हुन नसकेको हो। बन्द सत्र हुने गौसलास्थित शिव दर्शन पार्टी प्यालेसको बन्दसत्र हलको गेटमै सप्तरी र रौतहटका थारुहरुले धर्ना दिएका छन्। सप्तरीका प्रतिनिधि राज थारुले अवैधानिक तरिकाले जिल्ला कार्यसमिति गठन गरेको हुँदा छानबिन नगरेसम्म धर्ना नाछड्ने बताए। उनले निर्वाचन अधिकृतलाई कारबाही गर्नमाग समेत गरे। Continue reading “थाकस महाधिवेशन: प्रतिनिधिमा तीव्र विवाद, सप्तरी र रौतहटका थारुहरुको गेटमै धर्ना”