धनिराम र राजकुमार लेखीका कारण टीकापुरका थारुहरु पीडित छन् : विश्राम महतो

थाकस चितवनको जिल्ला कार्यसमितिको ३ कार्यकाल सभापति रहेर चितवन जिल्लावासी थारु समुदायको सहयोगमा ७२ लाखभन्दा बढी लागतमा थारु छात्रावास भवन बनाउन सफल भएका विश्राम महतोले काठमाडौंमा पनि थाकसको भवन बनाई संस्थागत विकास गर्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।

उनले भने, “मैले जिल्लामा गरेर देखाइसकेकाले आगामी दिनमा केन्द्रमा रहेर केही गरेर देखाउनका लागि उम्मेदवारी घोषणा गरेकाले २४ जिल्ला शाखा र ४ विदेश शाखाका प्रतिनिधिहरुले आफूलाई विश्वास गर्ने कुरामा ढुक्क छु ।”

टीकापुर घटनापश्चात बिना अध्ययन अनुसन्धान सरकारले निर्दोष थारुहरुमाथि झुटा मुद्दामा फसाएर तीन वर्षदेखि बिना सुनुवाई जेल यातना दिइरहेको अवस्थामा थारु कल्याणकारिणी सभाका केन्द्रीय सचिवालयमा रहेका धनिराम चौधरी र राजकुमार लेखीले कुनै ठोस् कदम नचाल्दा टीकापुरका थारुहरु निकै पीडित भएका कुरा विश्राम महतोले बताए ।

असोज ७, ८ र ९ गते हुने थारु कल्याणकारिणी सभाको २२औं महाधिवेशनमा विश्राम महतोले उम्मेदवारी घोषणा गरेपछि वर्तमान अध्यक्ष धनिराम चौधरी र सचिवालय सदस्य राजकुमार लेखीले पनि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

संविधानको विरोध गर्दै धनगढीका थारुले मनाए ‘कालो दिवस’

लखन चौधरी/धनगढी।

संविधान दिवसकै अवसरमा ७ नम्बर प्रदेश सरकारले धनगढीमै विविध कार्यक्रम गरिरहँदा त्यसको विपरीत कालो दिनको रुपमा मनाइएको छ । थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीले बुधवार ७ नम्बर प्रदेशको अस्थायी राजधानी धनगढीको पार्क चोकमा विरोधसभा आयोजना गरी कालो दिनको रुपमा मनाएको हो । Continue reading “संविधानको विरोध गर्दै धनगढीका थारुले मनाए ‘कालो दिवस’”

टीकापुर पुगेर महतोले भने- ‘अपूरो संविधानको उत्सव कसरी मनाउन सक्छौं?

लखन चौधरी/धनगढी।

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कैलालीको टीकापुर पुगेर आफूहरू संविधान दिवस कुन अर्थ मनाउन सक्ने भन्दै विरोध जनाएका छन् । Continue reading “टीकापुर पुगेर महतोले भने- ‘अपूरो संविधानको उत्सव कसरी मनाउन सक्छौं?”

प्रधानमन्त्रीको बचाउ गर्दै शान्ताले भनिन्, ‘यो सरकार नेकपाको मात्र होइन, सबै जनताको हो’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीले विभिन्न बहानामा अहिले सरकारमाथि चौतर्फी र सुनियोजित आक्रमण भइरहेको बताएकी छन्। मंगलबारको संसद बैठकमा उनले तिललाई पहाड बनाएर सरकारमाथि आक्रमण भइरहेको बताइन्।

‘प्रधानमन्त्री केपी ओलीले प्रतिकात्मक भाषामा अरिंगाल भन्नुभयो । त्यसैलाई पहाड बनाइएको छ । ठेट नेपाली उदाहरण र उपमा दिनु, भाषामा मिठास ल्याउनु नराम्रो हो र ?,’ उनले प्रश्न गरे, ‘केपी ओली आकर्षक भाषण गर्नुहुन्छ, के आकर्षक र मिठो भाषण गर्नु नराम्रो हो र ? ग्रामीण जनजीवनको शब्द र उदाहरणहरु ओलीले प्रयोग गर्नुहुन्छ, के यो नराम्रो हो र ?’

भिडियो हेर्नुस्:

लेखीकै जिल्लामा थाकसको समानन्तर कमिटी गठन

थारू कल्याणकारिणी सभा (थाकस) सप्तरीमा निर्वाचन अधिकृतले मनोमानी गरेपछि समानन्तर कमिठी गठन भएको छ। राजपा सांसद चन्द्रकान्त चौधरीको प्रमुख अातिथ्यमा सम्पन्न भेलाले पूर्णप्रसाद चौधरीको नेतृत्वमा नयाँ कमिटी गठन गरेको हो। Continue reading “लेखीकै जिल्लामा थाकसको समानन्तर कमिटी गठन”

प्रदेश ५ सरकारविरुद्ध थाकस दाङको गम्भीर ध्यानाकर्षण

थारुहरुको पर्व अटवारीको सार्वजनिक विदा नदिइएको भन्दै थारु कल्याणकारिणी सभा दाङले गम्भीर ध्यानाकर्षण जनाएको छ। आइतबार अध्यक्ष भुवन चौधरीले  संविधानले हरेक जातिको संकस्तृतिको सम्मान गर्ने भनेपनि प्रदेश ७ ले सार्वजनिक विदा घोषणा गरिरहँदा सबैभन्दा धेरै थारु रहेको प्रदेश ५ मा विदा नदिइनु दुःखद रहेको बताए। Continue reading “प्रदेश ५ सरकारविरुद्ध थाकस दाङको गम्भीर ध्यानाकर्षण”

मिस्टर एन्ड मिस थारुका लागि देशभरिबाट ५४ जना छानिए

मिस्टर एन्ड मिस थारु दोस्रो सिजनको अडिसन सकिएको छ। शनिबार काठमाडौंमा अन्तिम अडिसन भएको थियो। जाहा इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामा देशभरिबाट ५४ जना युवायुवती छानिएको बताइएको छ। जसमा ३३ जना पुरुष र २१ जना महिला रहेको जाहा इन्टरटेनमेन्टका सिइओ सुरेश कुमार चौधरीले जानकारी दिए। Continue reading “मिस्टर एन्ड मिस थारुका लागि देशभरिबाट ५४ जना छानिए”

अग्राशन र यसको महत्व

दिल बहादुर चौधरी।

धर्म, संस्कृति सबैका लागि प्यारो हुन्छ । कसैले कसैको धर्म, संस्कृतिप्रति अनादर, हेलो, होचो गर्नु मानवताको बिरुद्ध हुन्छ । धर्मबारे जानकारी लिंदालिंदै खोजी गर्दागर्दै धेरै धर्मबेत्ताहरु धर्तीलाई छाडेर गइसके, एक बनाउन सकेनन् । यतिबेला सबै धर्ममा मानवता सब भन्दा ठूलो धर्म भएको छ । मानवता सत्कर्ममा अडिएको छ । धर्मको नाममा बोलेको बोली बचनले, गरिएको ब्यबहारले कसैको मन दुख्छ भने त्यो अधर्म भइहाल्छ । मुश्लिमलाई दुख पर्दा हिन्दूले नबोल्ने, हिन्दूलाई दुःख पर्दा ईशाईले नबोल्ने, ईशाईलाई दुःख पर्दा बौद्धले नबोल्ने कुरा धर्म हुन सक्तैन । मानव मानवबिचमा बिभेद गर्नु धर्म होइन, अहंकार हो, अज्ञानता प्रदर्शन हो । त्यसैले कुनै सम्प्रदायको होस्, दुःखमा परेको ब्यक्तिको लागि बोल्नु, सहयोग गर्नु, कसैलाई हेला होचो नगर्नु, दिल नदुखाउनु, मानवीय ब्यबहार गर्नु धर्म हो । सबै हिन्दू, बौद्ध, शिख, ईशाई, मुश्लिम सम्प्रदायको निचोड पनि यही हो । यही मानव धर्म हो । Continue reading “अग्राशन र यसको महत्व”

बाराको विभिन्न ठाउँमा एकीकृत सेवा केन्द्र स्थापना गर्न सांसद चौधरीको माग

नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले बाराको विभिन्न ठाउँमा एकीकृत सेवा केन्द्र स्थापना गर्न माग गरेका छन्। शनिबार संसदको शून्य समयमा बोल्दै उनले बाराको सिम्रौनगढ, कोल्हबी, निजगढ, सिमरामा एकीकृत सेवा केन्द्र स्थापना गर्न माग गरेका हुन्। विगतमा सरकारसँग भएको सम्झौताअनुसार सदरमुकामको सेवाहरु स्थानीय तहमै पाउनका निम्ति उक्त सेवा केन्द्र स्थापना गर्नुपर्ने सांसद चौधरीको भनाई छ।  Continue reading “बाराको विभिन्न ठाउँमा एकीकृत सेवा केन्द्र स्थापना गर्न सांसद चौधरीको माग”

जेलमा रहेका लाहुराम चौधरी थाकस कैलालीको सभापतिमा सर्वसम्मत

थारु कल्याणकारिणी सभा (थाकस) कैलालीको सभापतिमा पुनः लाहुराम चौधरी सर्वसम्मतले चयन भएका छन् । धनगढीमा भएको आठौं अधिवेशनले चौधरीलाई पुनः सभापतिको जिम्मेवारी सुम्पेको हो । चौधरी टीकापुर घटनाको अभियोगमा पुर्वपक्षका लागि जेलमा छन् । Continue reading “जेलमा रहेका लाहुराम चौधरी थाकस कैलालीको सभापतिमा सर्वसम्मत”