थाकसको विदेश च्याप्टरलाई शाखास्तरको मान्यता प्रदान

थारु कल्याणकारीणी सभा (थाकस)ले विदेश च्याप्टरलाई जिल्ला शाखाकैसरह मान्यता दिएको छ। भदौ २५ गते बसेको बैठकले विदेश च्याप्टरलाई उक्त मान्यता दिएको महामन्त्री अमिरी चौधरीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। तर बैठकको निर्णय हो खुलाइएको छैन।

थाकसको युएई, कतार, मलेसिया र दक्षिण कोरिया गरी चार वटा विदेश च्याप्टर रहेको छ। ती चारवटै शाखाका सभापतिहरु महाधिवेशन प्रतिनिधि हुनुका साथै तीन तीन वटा केन्द्रीय पार्सद हुन पाउनेछन्।

विज्ञप्ती हेर्नुस्

अटवारी पर्वमा सार्वजनिक विदा दिने निर्णय

प्रदेश नम्बर ७ प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वको अवसरमा भदौ ३१ गते प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरेको छ । Continue reading “अटवारी पर्वमा सार्वजनिक विदा दिने निर्णय”

प्रदेश ५ को नाम बुद्ध थारुवान र राजधानी दाङ बनाउन माग

सवि थारू, बर्दिया ।
थारु अगुवाहरुले प्रदेश नं. ५ को राजधानी दाङ र नाम बुद्ध थारू हुनुपर्ने माग गरेका छन् । बिहीबार बारबर्दिया नगरपालिकाको सभाहलमा आयोजित प्रदेश नं. ५ को नामाकंन र राजधानी विषयक छलफल कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले प्रदेश राजधानी दाङ र बुद्ध थारूवान÷लुम्बिनी थारूवान हुनुपर्ने माग गरेका हुन् । Continue reading “प्रदेश ५ को नाम बुद्ध थारुवान र राजधानी दाङ बनाउन माग”

थाकसको २२औं राष्ट्रिय महाधिवेशनमा डा. प्रमोद र डा. बिएमलाई सम्मान गरिने

कारी महतो थारु, चितवन।
थारु कल्याणकारिणी सभा (थाकस) को २२औं राष्ट्रिय महाधिवेशनमा चितवनको भरतपुरमा रहेको एलाइभ हस्पिटल एवं ट्रमा सेन्टरका हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. प्रमोद लामिछाने र हस्पिटलका प्रबन्ध निर्देशक बिएम खरेललाई सम्मान गरिने भएको छ । Continue reading “थाकसको २२औं राष्ट्रिय महाधिवेशनमा डा. प्रमोद र डा. बिएमलाई सम्मान गरिने”

थाकस सुनसरीमा सुरेन्द्र चौधरी निर्वाचित

थारु कल्याणकारिणी सभा (थाकस), सुनसरीको सभापतिमा सुरेन्द्र चौधरी निर्वाचित भएका छ्न्। आकांक्षी मनोज चौधरीलाई ३५ मतकाविरुद्ध सुरेन्द्रले ४५ मत ल्याएको निर्वाचन समितिका रामराज चौधरीले जानकारी दिए। Continue reading “थाकस सुनसरीमा सुरेन्द्र चौधरी निर्वाचित”

थाकसको जिल्ला अधिवेशनमा तीव्र विवाद, सप्तरीमा पनि बन्ने भयो समानन्तर कमिटी

असोज २३ र २४ गते थारु कल्याणकारिणी सभा सप्तरीको जिल्ला अधिवेशन तोकिएको थियो। सोहीअनुसार २३ गते सप्तरीको पोतामा भव्य समारोहबीच अधिवेशनको उद्‍घाटन सत्र सम्पन्न भयो। २४ गते भएको बन्द सत्रमा सर्वसहमति नजुटेपछि निर्वाचन अधिकृतले भदौ २५ गते १० बजेसम्मका लागि बन्दसत्र स्थगन गरेको सूचना टास गरे। त्यसपछि कुनै बन्द सत्र गरिएन र भदौ २८ गते राजविराजबाट नयाँ कार्यसमिति घोषणा भयो। यही कुरालाई लिएर अध्यक्षका आकांक्षी राज थारुले कडा विरोध जनाएका छन्। Continue reading “थाकसको जिल्ला अधिवेशनमा तीव्र विवाद, सप्तरीमा पनि बन्ने भयो समानन्तर कमिटी”

को वैधानिक ? विनोद चौधरी कि बजारु चौधरी?

गत भदौ २३ गते थारु कल्याणकारिणी सभाको बाँकेको अधिवेशनले विनोद चौधरी नेतृत्वमा नयाँ कार्यसमिति चयन भयो। केन्द्रले तोकेको निर्वाचन अधिकृत बुझाउन थारुको हस्ताक्षरित विज्ञप्तीमा विनोद चौधरीको नेतृत्वमा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा फुलनदेवी थारु, सचिवमा हर्षवर्द्धन थारु, कोषाध्यक्षमा पुष्पा थारु, सहसचिवमा बलिराम थारु र सदस्यहरुमा विनकलाल थारु, गणेश थारु, सीता सिंह थारु, सन्तोष चौधरी र दिलकुमारी चौधरी सर्वसहमतिले चयन भएको उल्लेख छ।  Continue reading “को वैधानिक ? विनोद चौधरी कि बजारु चौधरी?”

मर्स्याङ्दीको भेलले बर्दियाका बलिराम र लक्ष्मण थारुलाई बगायो

लमजुङमा अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । ३ जना हराइरहेका छन् भने १२ जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ । Continue reading “मर्स्याङ्दीको भेलले बर्दियाका बलिराम र लक्ष्मण थारुलाई बगायो”

हात बाँधेर हुन्न, अब युवा जाग्नुपर्छ

– ठाकुर प्रसाद करियाप्रधान
युवा साथी हो, आजै अहिल्यैबाट राम्रो काम थाल्नु पर्छ, भोली भोली भन्दै जाँदा आधा उमेर गईसक्यो अहिल्यै देखि उज्जल भविष्य सुनिश्चिताको लागि लाग्नु पर्छ । तपाई युवाको भविष्य बन्यो पो देशको भविष्य बन्छ त । सबैले भन्ने कुरा एउटै हो, परिवर्तन सम्भव त्यहाँ हुन्छ जहाँ युवाको उपस्थिति हुन्छ । र सबैले मान्नेका कुरा, युवामा नयाँ जोस, जगाँर,नयाँ पनको सम्भवना हुने भएको हुदाँ युवा भन्ने वित्तिकै आँँधी,तुफानसंग जोडेको र तुलाना गरेको अधिक पाईन्छ । त्यसैले आजको आवश्यकता र समयको माग भनेको हामी प्रत्येक युवा जोसलाई सकारात्मक सोचमा परिर्वतन गरि सृजनात्मक खोज र आफुलाई उत्पादनमुखीमा रुपान्तरण गर्नु हो । युवाले जे सोच्छ, त्यो त उसको लागि महत्वपूर्ण हुन्छ नै त्यसको प्रभाव सिंगो परिवार, समाज, देश र विश्वलाई समेत प्रभाव परेको हुन्छ । जसरी युवा सोचले उसको मार्गदर्शन गर्छ भविष्यको गन्तव्य तिर लान्छ नै साथै समाज र देशको भविष्य पनि युवा विचारले नै तय गर्छ । Continue reading “हात बाँधेर हुन्न, अब युवा जाग्नुपर्छ”

थाकस चितवनका क्षेत्रीय पदाधिकारीबीच अन्तरक्रिया

कारी महतो थारु/चितवन।
थारु कल्याणकारिणी सभा (थाकस) चितवन शाखाले आफ्नो मातहतमा रहेका १० वटा क्षेत्रका क्षेत्रीय पदाधिकारीहरुका बीच अन्तरक्रिया र संस्थागत विकासका लागि तालिम सम्पन्न गरेको छ । भरतपुर १२ मा रहेको ओएसिस मेडिकल कलेजको तालिम कक्षमा आज उक्त अन्तरक्रिया तथा तालिम सम्पन्न भएको हो । कार्यक्रममा थाकसका कानूनी सल्लाहकार पूर्वन्यायधिश नन्दलाल महतो, इन्जिनियर गुनेश्वर महतो र पूर्व सचिव संजय कुमार चौधरीले सहजीकरण गरेका थिए । Continue reading “थाकस चितवनका क्षेत्रीय पदाधिकारीबीच अन्तरक्रिया”