प्रदेश सरकारले अटवारीमा विदा दिने

थारु समुदायले भदौ ३१ गते मनाउन गइरहेको अट्वारी पर्वमा प्रदेश ७ का कार्यवाहक मुख्यमन्त्री एंव आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले सार्वजनिक विदा दिने बताएका छन् । Continue reading “प्रदेश सरकारले अटवारीमा विदा दिने”

रुपन्देहीमा डर लाग्दो रुप लिँदै ‘सिकलसेल एनिमिया’

कमल चौधरी, बुटवल ।
रुपन्देहीमा सिकलसेल एनिमिया रोगले डरलाग्दो रुप लिँदै गएको छ । विशेषगरी थारु समुदायलाई मात्र लाग्ने सिकलसेल एनिमिया रोगको कारण १४ जना मनिसहरुमा रुपन्देही जिल्लाका मात्रै यो रोग लागेको पुष्टि भैसकेको लुम्बिनी अञ्चल अस्पताल सामाजिक सेवा एकाई प्रमुख दया सागर पन्थीले जानकारी गराए ।

उनले सिकलसेल थारु समुदायमा देखिने बंशानुगत संक्रमण रहेको बताए । उनले भने – ‘थारु बाहुल्य पश्चिम तराईको लुम्बिनी अञ्चल अस्पतालमा पहिलो पटक यस्तो संक्रमणको परिक्षण प्रयोगशाला सञ्चालनमा आएपछि भयाबह रुपले यस रोगको संकेत देखिन थालेको छ ।’

अहिले लुम्बिनी अञ्चल अस्पतालमा नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ्ग लगायतको जिल्लाबाट सिकलसेल एनिमियाको परिक्षण गर्न आउँने क्रम जारी छ । यस रोगको परिक्षण गर्न आउँदा अधिकांश रुपन्देही जिल्लाका थारु समुदायमा यस रोगको लक्षण देखिन थालेपछि रुपन्देहीका थारु समुदाय चिन्तित छन् ।

पछिल्लो समय लुम्बिनी अञ्चल अस्पतालमा सिकलसेल बिरामीहरुको तथ्याङ्क हेर्दा २१ जनामा यो रोग पुष्टि भैसकेको छ । जसमध्ये १४ जना रुपन्देहीका रहेका छन् । लुम्बिनी अञ्चल अस्पताल सामाजिक सेवा एकाईमा राखीएको रेकर्ड हेर्दा भाद्र १८ गते एक जना थप बिरामी फेला परेको सामाजिक सेवा एकाई प्रमुख दया सागर पन्थीले जानकारी गराए ।

सिकलसेल एनिमिया के हो ?
लुम्बिनी अञ्चल अस्पतालका फिजिसियन डा. दिनेश गौतमले सिकलसेल एनिमिया रगतको रातो रक्तकोषमा हुने एक जैविक वंशाणुगत रोग रहेको बताए ।
उनले भने– ‘यो रोगले शरीरमा रगत बनाउने रातो रक्त कोषिकाको संख्या घटाउँदै लैजान्छ । सिकलसेल एनिमिया भएमा शरीरमा रगत बन्ने प्रक्रिया ढिलो हुन्छ, जसका कारण शरीरमा विभिन्न समस्या निम्तन्छ ।’ उनले भने सिकलसेल एनिमिया बाल्यावस्था बाटै देखिन सुरु हुने गर्छ । सिकलसेल भएमा रातो रक्तकोषको संख्या घट्ने हुदाँ एनिमियाका लक्षण देखिनुका साथै बारम्बार संक्रमण भई रहने, शरीरको विभिन्न भागमा दुखाई महसुस हुने भएकोले यसले आजीवन सास्ती दिने गरेको बताए ।
कस्तो रोग हो सिगलसेल एनिमिया

सिकलसेल एनिमिया आफैमा निको नहुने रोग हो । यो रोग एक पटक लागेपछि निको नहुने भएकोले यो रोगबाट बच्ने एकमात्र उपाय भनेको नयाँ रोग लाग्नबाट बच्ने चिकित्सकहरु बताउँछन् । परिवारमा श्रीमान र श्रीमती दुबै सिकलसेल एनिमियाबाट पिडित भएमा उनीहरुबाट जन्मने बच्चाहरुमा समेत सिकलसेल एनिमिया हुने सम्भावना अधिक हुने गर्छ ।

रोकथामका उपाय के हुनसक्छ ?
थारु समुदायमा हुने सिकलसेल एनिमियाको निःशुल्क परीक्षण कतिपय स्थानमा शुरु गरेको भएपनि यो प्रयाप्त हुन सकेको छैन । यसलाई थारु गाउँ बस्तीमा निःशुल्क रुपले सिकलसेल परीक्षणका लागि व्यवस्था मिलाइयो भने केही हद सम्म रोकथाम गर्न सकिने सामाजिक सेवा एकाई प्रमुख अच्युत भट्टराईले बताउँछन् ।
उनले भने– ‘प्रदेश सरकारले सिकलसेल बिरामीको लागी छुट्टाएको रकम खास बिरामी सामु पुगेको छैन । हामीले प्रत्येक थारु गाउँ बस्तीमा निःशुल्क सिकलसेल जाँच व्यवस्था गर्न सके केही हद सम्म यस रोगको रोकथाम हुनसक्छ ।’

कुण्डली तथा अन्र्तरजाति विवाह
सिकलसेल कुण्डली तथा अन्र्तरजाति विवाह गरेमा पनि नयाँ पुस्ताहरुलाई सिकलसेल एनिमिया हुनबाट जोगाउन सकिने अच्युत भट्टराईले बताए । लुम्बिनी अञ्चल अस्पतालका सामाजिक सेवा एकाई प्रमुख समेत रहेका अच्युतले – ‘थारु समुदायमा ज्ञानको कमी छ । यदी थारु समुदायमा कुण्डली हेरेर रोग भए, नभएको पहिचान गरेर मात्र विवाह ग¥यौं भने यो रोगको रोकथाम गर्न सकिन्छ ।’ उनले अन्य जातिका समुदायमा पनि यो रोग देखा परेको भए पनि अधिकांश थारु समुदायमा यो रोग देखिनुको कारण उनीहरुले सजातिय विवाह गरेको पनि हुनसक्ने बताए । उनले गोत्र परिवर्तन गरेर अन्र्तरजातिय विवाह गरेमा पनि यो रोग हुनबाट जोगिन सकिने जनकारी समेत गराए ।

थारु जातिमा मात्रै लाग्ने सिकलसेल एनिमियाको पहिचान उपचारका साथै त्यसको क्षतिपुर्तिको लागि सरकारले प्रयाप्त रकम नछुटएको थारु अगुवाहरु बताउँछन् । हुन त थारु समुदायको बहुल्यता रहेको यस प्रदेश नं. ५ मा सिकलसेल रोगको रोकथामका निम्ति छुट्टाइएको १ करोड बजेट प्रयाप्त हुँदै होईन । यसको लागि अझ थप रकम आवश्यक रहेको देखिन्छ तर पनि आगामी बजेटहरुमा रकम बढाएर यस रोग सम्बन्धी पूर्व जानकारी दिन सकिएमा पनि रोकथाममा ठूलो टेवा पुग्ने छ । आगामी समयमा सरकारी स्तरबाट अझ व्यापक रुपले थारु समुदायमा देखिएको यो भयाबह रोगबारे जनचेतना, पूर्व जानकारी, निःशुल्क स्वास्थ्य शिविर, औषधी वितरण लगायतका विषयमा चासो दिन आवश्यक देखिन्छ ।

बसन्ती थरुनी बाँचेकी छे !

—सनी लिम्बु

उ बाँचेकी छे
कुन्नी कसरी बाँचेकी छे ?
बाँच्नुको विकल्प पनि त छैन
सर्वस्व लुटिएर पनि बाँचेकी छे,
जोवनमा यौवन खुलाउने बेला
पालुवा निमट्ठयाइएर समेत बाँचेकी छे
जर्जरता र वर्वरताको बीचमा
असक्तिएर कुँजिएर पनि बाँचेकी छे
उ बाँचेकी छे, कुन्नी कसरी बाँचेकी छे ?

दोष उसको केही होइन
दोष त बसन्ती पछि जोडिएको थरुनीको मात्रै हो,
द्वन्द्व मच्चाए कसैले
राजनीति गरे कसैले
मजदुरीको भरमा यापन गर्नेलाई
शिकार बनाए कसैले
जसको महलमा पसिना बगाएर छाक टार्थी
जातीय आन्दोलनको द्विवेषतामा शिकार बनायो उसैले
पहिला हुर्मत लुट्यो
पछि इज्जत लुट्यो
राज्यसँग अधिकार माग्दा परिणाम बनायो उसैले

केही दिन त ऊ सहारामा बाँची
रामजनम, गच्छदार, गोपाल दहितको भरोसामा बाँची
नसम्झेकी होइन उसले
चिच्याइ, चिच्याई कमैया बस्तीमा भाषण गर्ने
शान्ता, गंगा, रुक्मिणीहरुलाई
तर जब विलिन भए भरोसाका भाषणहरु
त्यसपछि खित्का छोड्दै बहुलिएर हाँसी
सपनीको आवरणमा पहिचानको
अंगार ओकल्नेहरुको झुण्ड देखि
कुमार लिङदेन देखि
आङकाजी देखि
लिम्बुवान, खुम्बुवान, मगरात, किराँत
नेवा, तमुवान, थरुहटको सपनी देखि

तर,
तर खोइ ??
विपनीमा झुल्किएनन् कुनै सपनीका सायाहरु
न त कसैले चुक चुकाए
न त स्नेह नै पोखे
न कसैले पत्रिकामा छपे
न कसैले टि.भी. रेडियोमा समाचार वके
बलात्कृत त वसन्ती पो भइ
किन वर्षिन्थे ??
थरुनी बलात्कृत भएकोमा, मायाहरु !

अहिले पनि ऊ बाँचेकी छे
आरिषको भुमरीमा प्रतिशोधको ज्वाला लिएर
आफूजस्तै दर्जनौं संगिनी लुटिएको खबर लिएर
पहिचानवादी थरुहटका नेता
लक्ष्मण र रेशमका लागि चुकली साँचेर
ऊ जिन्दावाद भन्नका लागि आतुर छे
र, मुर्दावाद भन्न पनि तयार छे
तर उसको चिच्याहटमा थरुहट प्रदेश हुनै पर्छ
अनि मात्रै उसले जिन्दावाद भन्ने छे
यही झिनो आशाको त्यान्द्रोमा
उ बाँचेकी छे, कुन्नी कसरी बाँचेकी छे ?
तर खबर सत्य हो
जसरी तसरी भए पनि
बसन्ती थरुनी बाँचेकी छे !!

राममनोहर मृत्यु प्रकरण : न्यायिक छानबिन समिति बनाउन सांसद उमाकान्त चौधरीको माग

नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले सरकारले नागरिकको बोल्ने अधिकारलाई कुन्ठित गरेको आरोप लगाएका छन् । संसदको विशेष समयमा बोल्दै बारा क्षेत्र नं १ बाट निर्वाचित सांसद चौधरीले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झन्डा देखाएकै कारण राममनोहर यादवको हिरासतमा मृत्यु भएको बताए । Continue reading “राममनोहर मृत्यु प्रकरण : न्यायिक छानबिन समिति बनाउन सांसद उमाकान्त चौधरीको माग”

प्रतिपक्षविरुद्ध अमनलाल मोदीको कडा चेतावनी

नेकपाका सांसद अमनलाल मोदीले सत्तापक्षले राम्रो काम गरेपनि प्रतिपक्षले नकारात्मक टिप्पणी गरेको आरोप लगाएका छन्। उनले प्रतिपक्षले गरेको सामान्य आलोचनालाई सत्तापक्षले भिन्न ढङ्गले हेर्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिँदै विकास र समृद्धिको मार्गमा लैजाने सरकारबाट भइरहेको प्रयासलाई अन्यथा रुपमा नबुझ्न प्रतिपक्षलाई आग्रह गरे।

यो सरकारले विमस्टेक सम्मेलनदेखि भारत-चीनसँगको सम्बन्ध बलियो बनाउनुका साथै नेपालमै पनि विकास निर्माणका काममा बढीभन्दा बढी गरिरहेको बताए। सरकारले गरेको राम्रो कामलाई पनि नकारत्मक ढंगले हेर्न थालिए यहाँ कहिल्यै विकास नहुने उनको ठोकुवा थियो।

भिडियो हेर्नुस्:

‘दुई तिहाईको निरंकुश सरकारलाई कालो झन्डा देखाउन पाउँछ कि पाउँदैन ?’

उपप्रधान एवं स्वास्थ्य, जनसंख्या मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका बाँकेका राम मनोहर यादवको मृत्यु प्रकरणमा नेपाली कांग्रेसका सांसदले सरकारप्रति प्रश्न गरेका छन्। Continue reading “‘दुई तिहाईको निरंकुश सरकारलाई कालो झन्डा देखाउन पाउँछ कि पाउँदैन ?’”

पत्रकार ठाकुर सिंह थारु सम्मानित

नेपाल पत्रकार महासंघ बाकेका अध्यक्ष एवं कान्तिपुर दैनिकका बाँके संबाददाता ठाकुर सिंह थारु मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनजागरण उद्धार एवं पुनस्थापना कार्यमा पुर्याएको योगदानबात सम्मानित भएका छन्। Continue reading “पत्रकार ठाकुर सिंह थारु सम्मानित”

थाकस बाराको सभापतिमा पुनः रामप्रसाद चौधरी चयन

थारु कल्याणकारिणी सभा (थाकस) बाराको ८‍औं अधिवेशनले पुनः रामप्रसाद चौधरी नेतृत्वमा सर्वसहमतिबाट नयाँ कार्यसमिति चयन गरेको छ। बाराको कोल्हबी नगरपालिकाको कक्रीस्थित गाउँमा भएको अधिवेशनले ११ सदस्यीय कार्यसमिति चयन गरेको हो।  Continue reading “थाकस बाराको सभापतिमा पुनः रामप्रसाद चौधरी चयन”

श्याम सिटीको ‘मै ते होगैलु दिवाना’को म्युजिक भिडियो सार्वजनिक

कपिलवस्तुका सञ्चारकर्मी श्याम सिटीले धेरैपछि सांगीतिक क्षेत्रमा पुनरागमन गरेका छन्। उनले मै ते होगैलु दिवाना गीतमार्फत् यो क्षेत्रमा पुनरागमन गरेका छन्। आप्नै शब्द रहेको गीतमा श्याम सिटी र वसन्ती चौधरीले स्वर दिएका छन् भने संगीत श्रीनिवास चौधरीको रहेको छ। गीतको एरेन्ज गणेश चौधरीले गरेका छन्।

यसअघि थुप्रै म्युाजिक भिडियो निर्देशन गरेका विवसले यो गीतमा मोडलिङ गर्नुका साथै निर्देशनको पाटोसमेत सम्हालेका छन्। विवसलाई स्क्रिनमा आशा चौधरीले साथ दिएकी छन्

म्युजिक भिडियोमा यी जोडीले अनस्क्रिन रोमान्स गरेका छन्। हेर्नुस् भिडियो।

थाकस रुपन्देहीको अध्यक्षमा सतिष कुमार चौधरी चयन

कमल चौधरी, बुटवल ।
थारु कल्याणकारिणी सभा (थाकस) रुपन्देहीको ९औं जिल्ला अधिवेशनले ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । सैनामैना नगरपालिकाको ‘थारु होमस्टे’मा सोमबार सम्पन्न अधिवेशनबाट सतिष कुमार चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । Continue reading “थाकस रुपन्देहीको अध्यक्षमा सतिष कुमार चौधरी चयन”