अशोक थारु।
कृष्ण जन्माष्टमीको साँझ बडो अद्भुत र आकर्षक दृश्यावली देखिन्छ, थारू गाउँमा। चुक घोप्ट्याएजस्तो औंसीको अँध्यारो रात, जूनकीरीको पिलिक पिलिकसँगै घरघरबाट गाउँको गल्लीमा निस्किँदै जगमग जगमग बलिरहेको पालाको लामबद्ध प्रकाशपुञ्ज। त्यही प्रकाशपुञ्जमा छायाँझैं देखिने लामबद्ध थरुनीहरू, उनीहरूले पहिरेको हिउँजस्तो सेतो गोन्याको यदाकदा टल्किने टलक्क टल्काई, ‘हाली आओ हो गोही’ जस्ता सुनिने मसिनो स्वरको कलरव। गाउँको पुछारबाट निस्केको प्रकाशपुञ्ज गाउँको अगुवा बरघरको घरसम्म पुग्दा निकै लामो भइसकेको दृश्यावली। मन्त्रमुग्ध भएर हेरिरहुँ जस्तो लाग्ने। Continue reading “अष्टिम्कीको अन्तर्य”