रेशम बाँधिएको छ !

सनी लिम्बु।
ऊ निरंकुशहरुको साङ्लोमा बाँधिएको छ
बर्वर विभेद र दासताको दाम्लोमा बाँधिएको छ, Continue reading “रेशम बाँधिएको छ !”

प्रदेश १ का मुख्यमन्त्रीको राजीनामा माग्दै लिम्बुवान समर्थकको धर्ना

प्रदेश नम्बर १ को नाम लिम्बुवान राख्नुपर्ने माग गर्दै लिम्बुवान समर्थकहरुले विराटनगरमाा प्रदर्शन गरेका छन् । विभिन्न जिल्लाबाट आएका उनीहरुले एक नम्बर प्रदेश सभाको सचिवालय अगाडि प्रदर्शन गर्दै मुख्यमन्त्री शेरधन राईको राजीनामासमेत माग गरेका छन् ।  Continue reading “प्रदेश १ का मुख्यमन्त्रीको राजीनामा माग्दै लिम्बुवान समर्थकको धर्ना”

मलेसियामा मनाइयो २४औं आदिवासी दिवस

नेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय समन्वय समिति मलेसियाले आयोजना गरेको २४ औं विश्व आदिवासी दिवस भव्य रुपमा सम्पन्न भएको छ। २४ औं विश्व आदिवासी दिवसमा स्वागत मन्तव्य राख्ने क्रममा उपाध्यक्ष चौधरीले दिवस मलेसियामा आयोजना गर्नु उद्देश्यबारे प्रष्ट पार्नुको साथै आदिवासी दिवसको नारा समेत सुनाएको थियो। Continue reading “मलेसियामा मनाइयो २४औं आदिवासी दिवस”

बर्दियाका ८३ मुक्तकमैयाको यसैवर्ष पुनस्थापना गरिने : उपसभामुख थारु

प्रदेश नम्बर ५ का उपसभामुख कृष्णी थारुले बर्दियामा पुनस्थापना हुन बाँकी ८३  मुक्तकमैयाँ परिवारहरुको यसैवर्षभित्र पुनस्थापना हुने बताएकी छन्। बर्दियाको गुलरियामा कमैया महिला जागरण समाज नेपालको आठौं वार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै उनले अब कोही कमैया बस्न नहुने बताइन्। Continue reading “बर्दियाका ८३ मुक्तकमैयाको यसैवर्ष पुनस्थापना गरिने : उपसभामुख थारु”

थारू समुदायबारे शोध गरेका पण्डितलाई मिथिला विश्वविद्यालयको विद्यावारिधि प्रदान

भारतको ललितनारायण मिथिला विश्वविद्यालय दरभंगाले धनुषाका रामसागर पण्डितलाई विद्यावारिधि उपाधि प्रदान गरेको छ । Continue reading “थारू समुदायबारे शोध गरेका पण्डितलाई मिथिला विश्वविद्यालयको विद्यावारिधि प्रदान”

इतिहासकै निरीह थारु कल्याणकारिणी सभा

किशोर चौधरी सरिखाँ।
थारु समुदायको आस्थाको केन्द्र थारु कल्याणकारिणी सभा (थाकस ) ‘इतिहासकै सबैभन्दा निरीह बनेको छ’भन्दा अतिस्वक्ति नहोला । वि.सं. २००५ सालमा गठन भएको एउटा इतिहास बोकेको संस्था भनिन्छ, थारु कल्याणकारिणी सभा । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएका थारुहरुको नेतृत्व गर्ने संस्था पनि यही हो । यति गौरवमय इतिहास बोकेको संस्था र त्यसमा पनि कुनै एउटा समुदायको मुद्दा बोकेर अगाडि बढेको छ । उसले ७० वर्षको यो दौरानमा थारु समुदायको थुप्रै अधिकारहरु स्थापित गर्न सक्नुपथ्र्यो, तर अहँ, हिजो जुन समस्याबाट प्रताडित थिए थारुहरु, आज पनि त्यही समस्याबाट पीडित छन् । Continue reading “इतिहासकै निरीह थारु कल्याणकारिणी सभा”

मिस्टर एन्ड मिस थारुको अडिसन धनगढीबाट सुरु हुँदै

मिस्टर एन्ड मिस दोरुको दोस्रो संस्करण हुने भएको छ। काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक जह इन्टरटेनमेन्टले यो घोषणा गरेको हो।  देशभरिका थारु युवा प्रतिभा र बौद्धिकतालाई प्रतिष्ठित गर्ने तथा थारु भाषा, कला, संस्कृति, भेषभुषा झल्किने यो प्रतियोगिताको अडिनस भदौ २२ देखि धनगढीबाट सुरु हुने आयोजकले जानकारी दियो। Continue reading “मिस्टर एन्ड मिस थारुको अडिसन धनगढीबाट सुरु हुँदै”

धनिराम चौधरीद्वारा अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा

थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष धनिराम चौधरीले औपचारिकरुपमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। थारु पत्रकारहरुमाझ उनले २२औं महाधिवेशनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। Continue reading “धनिराम चौधरीद्वारा अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा”

बाबुरामले संसदमा भने, ‘रेशम चौधरीलाई सपथ ग्रहण गराइयोस्’

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले जेलमा रहेका कैलाली–१ बाट निर्वाचित रेशम चौधरी र नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई राजनीतिक रूपमा व्यवहार गर्न सरकारसँग आग्रह गरेका छन् । Continue reading “बाबुरामले संसदमा भने, ‘रेशम चौधरीलाई सपथ ग्रहण गराइयोस्’”

मजदुरीको पैसा बुझ्‍न नपाउँदै अस्ताए सनी खुना थारु

कञ्चनपुरको भीमदत्त नगरपालिका भगतपुरका विरबहादुर खुना, नगरपालिकामा कुचिकारको काम गर्छन्। दैनिक बिहान ७ बजे नगरपालिका क्षेत्रको सरसफाइका लागि निस्किने विरवहादुर शुक्रबार पनि सवेरै उठेर छोराछोरीलाई बिउझाउँदै आफू काममा गए । उनी घरबाट जाने बेला छोरा सनी खुना दाँत बाझ्दै थिए । Continue reading “मजदुरीको पैसा बुझ्‍न नपाउँदै अस्ताए सनी खुना थारु”