कमल चौधरी/बुटवल।
थारु कल्याणकरीणी सभा (थाकस) बुटवल उपमहानगर समितिमा श्यामलाल थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य सभिति चयन भएको छ । जसको उपाध्यक्षमा कृष्ण बहादुर चौधरी, सचिवमा तुल बहादुर थारु, कोषाध्यक्षमा लक्ष्मि थारु, सह–सचिवमा फुलकुमारी थारु चयन भएका छन् । Continue reading “थाकस बुटवल उपमहानगर समितिमा श्यामलाल थारु चयन”
Author: admin
थारु आयोगमा पदपूर्तिका लागि आवेदन आह्वान, अनलाइनबाट यसरी भर्नुस्
सरकारले थारु आयोगसहित ८ संवैधानिक आयोगको गठन प्रक्रिया अघि बढाएको छ। नयाँ संविधान जारी भएपछि व्यवस्था भएका संवैधानिक आयोगहरुमा ४० जना पदाधिकारी नियुक्त गर्नुपर्ने भएकाले सरकारले प्रक्रिया अघि बढाएको हो । Continue reading “थारु आयोगमा पदपूर्तिका लागि आवेदन आह्वान, अनलाइनबाट यसरी भर्नुस्”
मधेसी नेताका लागि थारुहरु सतरञ्जका प्यादा मात्रै त हैनन् ?
मन्जु थापा, गोर्खा।
केही वर्षदेखि नेपाली राजनीतिक वृतमा अत्यन्तै चर्चामा रहेका पात्र हुन– रेशम चौधरी । टीकापुर आन्दोलनको हावाहुरीबीच सल्किएको ज्वारभाटामा रेशम नामको मानवीय प्रतिबिम्वलाई यो देशका मिडियाहरुले निकै उछाले । पुरानो नेपाल कहिने अर्थात्् राजधानी काठमाडौंमा कहिले काहीँ कसैले नदेखेको तर चर्चित कुथुंकि बुख्याँचाको खुबै लोक चर्चा हुने गर्छ । त्यसैगरी रेशम चौधरी नामका पात्र पनि विगत तीन वर्षदेखि उसैगरी चर्चित छन् । उनी कसैका लागि देवतुल्य छन् त कसैका लागि राक्षसी आवरणले लाखे । कतिले उनलाइ चिनेका छन् त कतिले उनको सायासमेत नदेखि उछितो काढ्ने पंक्तिको दौडमा सामेल छन् । छाप्ने पत्र पत्रिका, अनलाइन मिडिया, टेलिभिजनलगायत स्वार्थले लिप्सियका राजनेताहरु उनीविरुद्धमा छन् भने धरातलीय टीकापुरको सिंगो जनता उनको पक्षमा छन् । Continue reading “मधेसी नेताका लागि थारुहरु सतरञ्जका प्यादा मात्रै त हैनन् ?”
उत्कृष्ट नतीजा ल्याएका विद्यार्थीलाई थारु विद्यार्थी समाजको सम्मान
थारु विद्यार्थी समाजले यस वर्ष एसइइमा उत्कृष्ट नतिजा ल्याएका थारु विद्यार्थीहरुलाई सम्मान गरेको छ। केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरीको सभापतित्वमा भएको कार्यक्रममा १ सय १७ जना विद्यार्थीहरु सम्मानित भएका थिए। तीमध्ये सबैभन्दा धेरै नम्बर ल्याएक चार जनालाई नगदसहित सम्मान गरिएको अध्यक्ष चौधरीले जानकारी दिए। Continue reading “उत्कृष्ट नतीजा ल्याएका विद्यार्थीलाई थारु विद्यार्थी समाजको सम्मान”
एक दुई महिना त भन्दिन तर टीकापुर घटनाका अभियुक्तहरु यही वर्ष छुट्छन् : महन्थ ठाकुर
लखन चौधरी/धनगढी।
राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र थरुहट नेता लक्ष्मण थारुबीच कैलाली कारागारमा भेटवार्ता भएको छ । Continue reading “एक दुई महिना त भन्दिन तर टीकापुर घटनाका अभियुक्तहरु यही वर्ष छुट्छन् : महन्थ ठाकुर”
राजधानी र नामाकरणको सबालमा जनजाति नेताले गरे ‘चुप लाग्ने’ निर्णय
लखन चौधरी/धनगढी।
आदिवासी जनजाति अगुवाहरुले प्रदेश–७ को स्थायी राजधानी र नामाकरणवारे केही पनि नबोल्ने निर्णय गरेका छन् । आदिवासी जनजाति महासंघ संघीय परिषदले आज (आइतवार) धनगढीमा आयोजना गरेको ‘प्रदेशको नामांकन र राजधानीसम्बन्धी एकरुपताका लागि रणनीतिक छलफल’मा सहभागी थारु लगायतका आदिवासी नेताहरुले सो निर्णय गरेका हुन् । उनीहरुले आफ्नो माग संविधानमा नसमेटिएको भन्दै प्रदेश नं. ७ को राजधानी र नामाकरणबारे केही पनि नबोल्ने निर्णय गरेको बताएका छन् । Continue reading “राजधानी र नामाकरणको सबालमा जनजाति नेताले गरे ‘चुप लाग्ने’ निर्णय”
टीकापुरमा माछा मार्ने मेला
गणेश चौधरी/टीकापुर
टीकापुर नगरपालिका–७ की लौटी थारू एकाबिहानै हेल्का र डिलिया लिएर माछा मार्न निस्किइन् । उनीसँगै छिमेकका अरू पनि मिस्सिए । खोलाको पानी बढेर झरन र खेतमा आएपछि लौटीलगायतका थारू महिला घर नजिकै सडक किनारको झरनमा पुगे । ‘माछा मार्न मजा लाग्छ । गाउँका साथीसंगी सबै हुँदा त झन् रमाइलो, मेला नै लाग्छ,’ माछा मार्दै लौटीले भनिन् । Continue reading “टीकापुरमा माछा मार्ने मेला”
कालाे पेटिकाेट
-छविलाल काेपिला
हिजाे एउटा ठेकेदारकाे
भुस्याहा कुकुरहरुले
अामाहरुकाे कालाे पेटिकाेटलाई
अर्धनग्न देखे
र, झम्टे निर्ममतापूर्वक । Continue reading “कालाे पेटिकाेट”
प्रधानमन्त्रीको सन्देश मैथली, भोजपुरीमा, थारुमा किन गरेनन् ?
प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारी सम्हालेको आज ६ महिना पुगेको अवसरमा बहुभाषामा सन्देश दिंदै सुशासन र विकासको आधारशीला तयार भएको दावी गरेका छन्। शनिबार प्रदेश नम्बर २ काे प्रदेशसभामा सम्बाेधन गरेका प्रधानमन्त्री अाेलीले पहिलाेपटक देशभित्रका मातृ भाषा समेटेर बहुभाषामा अाफ्नाे सन्देश सार्वजनिक गरेका हुन्। उनले मैथली, भाेजपुरी, नेवारीसहित ५ भाषामा अाफ्नाे सन्देशलार्इ उल्लेख गरेका छन्। तर देशकै चाैथो ठूलो जनसंख्या भएको थारु भाषामा भने सन्देश प्रवाह गरेका छैनन्। Continue reading “प्रधानमन्त्रीको सन्देश मैथली, भोजपुरीमा, थारुमा किन गरेनन् ?”
बल्सा थारुको १ विघा जग्गा मालपोतले अर्कैलाई नामसारी गरेपछि…
रंगेली नगरपालिका वडा नम्बर १ बबियाबिर्ताका बल्सा थारुले ०६० सालमा नै ४ लाख ६० हजारमा १ विघा ४ कठ्ठा जग्गा किने । किनेको जग्गामा टहरो हाले । बाँकी रहेको जग्गा जोतभोक गरे । तर, १५ वर्षपछि एकाएक मालपोतले थारुको जग्गा अर्कैका नाममा दर्ता गरेपछि बल्साको भोक निन्द्रा सबै हराएको छ । Continue reading “बल्सा थारुको १ विघा जग्गा मालपोतले अर्कैलाई नामसारी गरेपछि…”