सात लाख खर्च भइसक्यो तर रोग निको हुँदैन : शर्मिला थारू

‘छ वर्ष भयो श्रीमानको उपचार गराउन थालेको । सात लाख खर्च भइसक्यो । तर, रोग निको नै हुँदैन’ बाँके बैजनाथ गाउँपालिका–३ की शर्मिला थारूले आफ्नो व्यथा यसरी सुनाइन् । Continue reading “सात लाख खर्च भइसक्यो तर रोग निको हुँदैन : शर्मिला थारू”

सूर्यको उपासना, थारु समुदाय र रैब पर्व

सहदेव चौधरी।काठमाडौं।

पूर्वका थारु समुदायले भदौ महिनाको पहिलो आइतबार ‘रैब पर्व’ मनाउँदैछन्।तिथि अनुसार भदौ महिनाको १ गते आइतवारलाई थारु भाषामा ‘रैबदिन’ वा रैब पर्व भन्‍ने गरिन्छ। उक्त दिन घरमा दही,दूध, चिउरा,चिनी, जेरी,फलफुल लगायत गुलियो खानेकुराहरु खाएर मनाउने गरिन्छ। तर नुन, तेल, माछा, मासु खान मनाही गरिएको हुन्छ। Continue reading “सूर्यको उपासना, थारु समुदाय र रैब पर्व”

मुलुकी एेनविरुद्ध जनजाति महासंघको कडा विरोध

नेपाल आदिवासी जनजाति महासंघले भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐनले फेरि पनि एउटै जाति, एउटै धर्म र एउटै संस्कृतिलाई निरन्तरता दिएको र नश्लवाद कायम राखेको भन्दै कडा विरोध गरेको छ । Continue reading “मुलुकी एेनविरुद्ध जनजाति महासंघको कडा विरोध”

यो देश बब्बन सिंहजस्ताको लागि ठीक रहेछ, थारुको लागि होइन

टीकापुर घटनालाई लिएर अनेक कुरा गर्नुभन्दा टीकापुरबासीले सबै उम्मेदवारभन्दा बढी भोट ल्याएर जितेको रेशम चौधरीलाई सांसद मान्नु नै अबको उत्तम विकल्प हो । रेशमलाई सांसद मान्ने हैन भने उसलाई किन उम्मेदवार बनाउन दिइयो ? किन उम्मेदवारी दर्ता गर्नुअघि नै रोक्न सकिएन । किन दाबी विरोध गर्न सकिएन ? Continue reading “यो देश बब्बन सिंहजस्ताको लागि ठीक रहेछ, थारुको लागि होइन”

नेकपा बारा अध्यक्षमा देवनारायण चौधरीको नाम सिफारिस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाराको जिल्ला कमिटीमा तत्कालीन एमालेको भागमा पर्ने अध्यक्ष र सचिवका लागि दुई जनाको नाम सिफारिस गरिएको छ । Continue reading “नेकपा बारा अध्यक्षमा देवनारायण चौधरीको नाम सिफारिस”

दुर्गा महतो थारु एसियाड खेल्न इन्डोनेसिया जाँदै

अनुराग महतो/युएई।

नवलपुर, मध्यविन्दु- २, नन्दपुरका दुर्गा महतो थारु नेपाल राष्ट्रिय भलिबल टिमबाट शुक्रबार एसियन गेम्स खेल्न इन्डोनेसिया जाँदैछन्। २० राष्ट्र सहभागी एसियाडमा नेपाल सम्मिलित समूहमा दक्षिण कोरिया र चाइनिज तपेइ रहेका छन्। समूह ‘डी’ मा रहेको नेपालले पहिलो खेल भदौ ६ गते चाइनिज तपेइसँग र दोस्रो खेल भदौ ८ गते दक्षिण कोरियसँग खेल्नेछ। Continue reading “दुर्गा महतो थारु एसियाड खेल्न इन्डोनेसिया जाँदै”

कपिलवस्तुका थारु अगुवाले भने- ‘जातीय पहिचान जोगाउन थारुहरु एकजुट हुनुपर्छ’

सीताराम चौधरी/कपिलवलस्तु।

थारु कल्याणकारिणी सभा (थाकस)का जिल्ला अध्यक्ष जंजीरप्रसाद थारुले थारुहरुको जातीय पहिचान संरक्षणका लागि संगठित हुनुपर्ने बताएका छन्। थारु कल्याणकारिणी सभा शिवराज इकाई समितिको सम्पन्न अधिवेशनलाई सम्बोधन गर्दै थाकस जिल्ला अध्यक्ष थारुले यस्तो बताएका हुन्।। उनले भने, ‘अन्य जातिभन्दा थारुहरुको बेग्लै पहिचान छ, यसलाई बचाउन थारु जाति एकजुट हुनुपर्छ।’ २१औं सताब्दीमा पनि थारु समुदाय उच्च शिक्षामा निकै पछाडि परेकाले शैक्षिक सुधार गर्न आवश्यक रहेको उनले जोड दिए। Continue reading “कपिलवस्तुका थारु अगुवाले भने- ‘जातीय पहिचान जोगाउन थारुहरु एकजुट हुनुपर्छ’”

पश्चिम तराईमा थारुले मनाए भब्य गुरही पर्व [फोटो फिचर]

पश्चिम नेपालका थारु समुदायले बिहीबार गुरही (गुरिया) पर्व हर्षोल्लासपूर्वक मनाएका छन्। गाउँघरबाट रोगव्याधी हट्ने र गाउँघरमा शान्ति तथा सद्भाव बढ्ने मान्यताका साथ परम्परागत संस्कार, चालचलनअनुसार नागपञ्चमीकै दिन साँझपख भव्यताका साथ पर्व मनाउने प्रचलन रहँदै आएको छ । Continue reading “पश्चिम तराईमा थारुले मनाए भब्य गुरही पर्व [फोटो फिचर]”

थारु समुदायको गुरही (गुरिया) पर्व

दिल बहादुर चोधरी।
कुनै पनि जातजातिले मनाउने चाडपर्व, ब्रत, उपबास, तर त्यौहार उनीहरुको धर्म, इतिहास, कथा, कहानीसँग जोडिएको हुन्छ । अथवा पहिले यस्तो थियो, त्यसैले अहिले पनि मानिसहरु यसो गरिरहेका छन् । फलानो युगदेखि, भगवान, देव देवीले यसो गर्दा, फलाना राजाको पालामा यसो हुँदा मानिसहरु यस्तो चलन अपनाएका हुन् आदि । गुरही (गुरिया) पर्वको बारेमा पनि तमाम रोचक प्रसङ्ग छन् । Continue reading “थारु समुदायको गुरही (गुरिया) पर्व”

गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीमाथि उपाध्यक्ष मीना चौधरीको गम्भीर आरोप

गाउँ पालिकाको उपाध्यक्षको काम भनेको स्थानीयवासीका मुद्दा मामिला हेर्ने र झगडा मिलाउने हो । तर, यस्तो न्यायिक अधिकार हातमा लिएकी सप्तरीकी एकजना जनप्रतिनिधि आफूमाथि लिङ्गीय विभेद भएको भन्दै जनकपुर उच्च अदालत पुगेकी छिन् । Continue reading “गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीमाथि उपाध्यक्ष मीना चौधरीको गम्भीर आरोप”