लखन चौधरी/धनगढी।
जिल्ला अदालत कैलालीले टीकापुर घटना मुद्दाका वादी र प्रतिवादी तर्फका साक्षीलाई उपस्थित हुन आदेश दिएको छ । बुधबार मुद्दाको पहिलो पेशीको सुनुवाइ गर्दै जिल्ला अदालत कैलालीले त्यस्तो आदेश जारी गरेको हो । Continue reading “बहसमा टीकापुर घटना : मुद्दाका वादी र प्रतिवादीका साक्षीलाई उपस्थित हुन आदेश”
Author: admin
टीकापुर घटनाको पेशी तीन वर्षपछि सुरु, रेशम चौधरीलाई सर्वाेच्चमा हाजिर गराइने
लखन चौधरी/धनगढी।
२०७२ भदौ ७ गते भएको टीकापुर घटनाको पहिलो पेशी सुरू भएको छ । टीकापुर घटनाको अभियोगमा पुर्पक्षको लागि कारागार चलान गरिएकालाई अभियुक्तलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ । पहिलो पेशीको लागि जिल्ला अदालतले साउन २४ गते समय तोकेको थियो । Continue reading “टीकापुर घटनाको पेशी तीन वर्षपछि सुरु, रेशम चौधरीलाई सर्वाेच्चमा हाजिर गराइने”
रुपा रौतार थारुको ‘हिम्मत भाकी छोरी’ एल्बम सार्वजनिक
गायिका रुपा रौतारको एकल स्वर रहेको ‘हिम्मत भाकी छोरी’ एल्बम सार्वजनिक भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उक्त एल्बम सार्वजनिक गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार हरिवंश आचार्य सहित संगीतकार सुरेश सेन्चुरी र समाजसेवी विकास घिरैयाले एल्बम एकसाथ विमोचन गरेका थिए। Continue reading “रुपा रौतार थारुको ‘हिम्मत भाकी छोरी’ एल्बम सार्वजनिक”
सरकारको उपलब्धि: मूल्यवृद्धि, भ्रष्टाचार र बलात्कार : सांसद चौधरी
नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले सरकारले सार्वजनिक गरेको उपलब्धिलाई व्यंग्य गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद चौधरीले सिण्डिकेट संरक्षणदेखि मूल्यवृद्धि, भ्रष्टाचार र असुरक्षासम्मलाई सरकारको उपलब्धि भन्दै व्यंग्य गरे। Continue reading “सरकारको उपलब्धि: मूल्यवृद्धि, भ्रष्टाचार र बलात्कार : सांसद चौधरी”
मृगौलाका बिरामी जिन्दा चौधरीलाई थाकस कोरियाद्वारा आर्थिक सहयोग
थारु कल्याणकारिणी सभा दक्षिण कोरियाले पर्सागढी नगरपालिका-९, पर्सा स्थायी घर भएकी जिन्दा चौधरीलाई आर्थिक सहयोग गरेको छ। मृगौलाका बिरामी चौधरीलाई ४२ हजार तीन सय रुपैयाँ सहयोग गरेको हो। थाकस कोरिया च्याप्टरका वरिष्ठ उपाध्यक्ष शिवशंकर महतो थारुले चौधरीका श्रीमान वीरेन्द्र चौधरीलाई उक्त रकम हस्तान्तरण गरेका थिए। Continue reading “मृगौलाका बिरामी जिन्दा चौधरीलाई थाकस कोरियाद्वारा आर्थिक सहयोग”
आज रानाथारुको तीज, पहिलो पटक स्थानीय बिदा
पश्चिम नेपालको कैलाली कञ्चनपुरमा बसोबास रहेको आदिवासी रानाथारुले आज धुमधामका साथ तीज पर्व मनाइरहेका छन् । Continue reading “आज रानाथारुको तीज, पहिलो पटक स्थानीय बिदा”
थारु इतिहासकारले पनि भने, ‘प्रदेश ७ को स्थायी राजधानी पहाडमै बन्नुपर्छ’
थारु इतिहासकार तथा पूर्व राज्यमन्त्री महेश चौधरीले प्रदेश नं. ७ को राजधानी भूगोलको आधारमा बनाउन सुझाव दिएका छन्। उनले राजधानी सबैले पायक पर्ने ठाँउमा हुनुपर्ने आग्रह गरे। सोमबार धनगढीमा थारु नागरिक समाजले आयोजना गरेको थारु अगुवाहरुसँगको छलफलमा उनले राजधानी दिपायल राखे तराई र अन्य पहाडी जिल्लालाई पायक पर्ने बताए । Continue reading “थारु इतिहासकारले पनि भने, ‘प्रदेश ७ को स्थायी राजधानी पहाडमै बन्नुपर्छ’”
सांसद मेटमणि चौधरीको आलेख- ‘कांग्रेसको गिर्दो साख’
मेटमणि चौधरी।
जहानियाँ राणा शासन व्यवस्थालाई ढाल्ने उद्देश्यका साथ नेपाली कांग्रेसको स्थापना २००३ माघ १२ मा कलकत्ताको भवानीपुरस्थित खाल्सा स्कुलको आँगनमा भयो। स्थापना भएको एक महिनामै विराटनगर जुट मिलबाट गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा राणाविरोधी आन्दोलनको घोषणा भयो। २००७ साल असोज १०–११ को विराटनगरमा भएको प्रथम सम्मेलनबाट संस्थागतरूपमै राष्ट्रियता, लोकतन्त्र, समाजवादको पक्षमा र निरंकुश जहानियाँ राणाहरूका विरुद्धमा सशस्त्र संघर्ष गर्ने निर्णय गर्दै नेपाली कांग्रेस अगाडि बढ्यो। Continue reading “सांसद मेटमणि चौधरीको आलेख- ‘कांग्रेसको गिर्दो साख’”
कञ्चनपुरकी रीमालाई भारतका उपराष्ट्रपतिबाट गोल्ड मेडल प्रदान
कञ्चनपुरको राना थारु समुदयाकी एक विद्यार्थीले भारतीय उपराष्ट्रपतिको हातबाट गोल्ड मेडल पाएकी छन् । पुनर्वास नगरपालिका ७ की रीमा रानाले बैंग्लोरस्थित मल्लिगे कलेज अफ फार्मेसि कलेजबाट मास्टर डिग्री (एम फार्मा) विषयमा सर्बोत्कृष्ट अंक ल्याएर भारत करनाटका प्रदेशमा प्रथम स्थान हासिल गरेकी छन्। Continue reading “कञ्चनपुरकी रीमालाई भारतका उपराष्ट्रपतिबाट गोल्ड मेडल प्रदान”
विमला चौधरीसहित चार आदिवासी पत्रकार पुरस्कृत
चार पत्रकारलाई ४० हजार रुपैयाँ नगदसहित ‘आदिवासी राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । सम्मानित चार पत्रकार भैरव आङ्ला (टेलिभिजन), कमला चौधरी (रेडियो) , छेटु शेर्पा र उजिर मगर (अनलाइन) । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)द्धारा प्रत्येक वर्ष प्रदान गरिने यो पुरस्कार यस वर्ष उजिर मगर (अनलाइन), भैरव आङ्ला (टेलिभिजन), विमला चौधरी (रेडियो) र छेटु शेर्पा (छापा) दिइएको हो । Continue reading “विमला चौधरीसहित चार आदिवासी पत्रकार पुरस्कृत”