खोलाले बगाउँदा दाङमा पर्शुराम चौधरीको मृत्यु

ग्यार खोलाले बगाउँदा गए राति एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका– १२ का पर्शुराम चौधरीको खोलाले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए। Continue reading “खोलाले बगाउँदा दाङमा पर्शुराम चौधरीको मृत्यु”

सुरेश चौधरीको नेतृत्वमा थाविस उपत्यकामा नयाँ कार्यसमिति चयन

थारु विद्यार्थी समाज (थाविस) उपत्यका समितिको ७औं अधिवेशनले सुरेश चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। सप्तरी निवासी चौधरी सर्वसहमतिबाट अध्यक्षमा निर्वाचित भएका हुन्। त्यस्तै उपाध्यक्षमा मधुसुधन चौधरी (सप्तरी), सचिवमा अधिकार चौधरी (दाङ), सहसचिवमा निरपेस चौधरी (मोरङ) र कोषाध्यक्षमा उर्मिला गुराव थारु (कञ्चनपुर) छन्। Continue reading “सुरेश चौधरीको नेतृत्वमा थाविस उपत्यकामा नयाँ कार्यसमिति चयन”

सूचनाको हक एक महत्वपूर्ण औजारः न्यायाधीश चौधरी

उच्च अदालत नेपालगञ्जका न्यायाधीश खुसीप्रसाद चौधरीले संघीय पुनर्संरचनामा स्थानीय सरकारको रूपमा रहेको स्थानीय तहमा सुशासनका लागि सूचनाको हक एक महत्वपूर्ण औजार भएको बताएका छन् । Continue reading “सूचनाको हक एक महत्वपूर्ण औजारः न्यायाधीश चौधरी”

घर-जग्गा लिलामीबाट बचाइदिन लक्ष्मण थारुको अपिल

टीकापुर घटनाका राजबन्दी लक्ष्मण थारुले आफ्नो घर-जग्गा बचाइदिन सरोकारवाला पक्षसँग आग्रह गरेका छन्। आफू विगत तीन वर्षदेखि जेल रहेको उनले २१ लाख बढी रकम जुटाउन असमर्थ भएकाले लिलामीबाट जोगाइदिन आग्रह गरेका छन्। उनले थारुवानसँग टेलिफोनमा कुरा गर्दै भने, ‘झुठो मुद्दामा फसाएर ब्यापार चौपट बनाइदिए। तीन वर्षदेखि कैदी बनाएर मलाई घरको न घाटको बनाइदियो। जेलमा थुनिएका मान्छेले कहाँबाट २१ लाख जोहो गर्नु ?’ Continue reading “घर-जग्गा लिलामीबाट बचाइदिन लक्ष्मण थारुको अपिल”

प्रदेश ५ को राजधानी बुटवल कि दाङ? बन्यो विशेष समिति

प्रदेश ५ को स्थायी राजधानी र नामाकरणका लागि प्रदेश सभाले विशेष समिति गठन गरेको छ । बिहीबार बसेको प्रदेशसभा वैठकमा सभामुख पूर्णबहादुर घर्तीले १५ सदस्यीय विशेष समितिमा रहेका सदस्यहरुको नाम घोषणा गरेका हुन् । Continue reading “प्रदेश ५ को राजधानी बुटवल कि दाङ? बन्यो विशेष समिति”

‘सिरुवा पवैन’को म्युजिक भिडियो सार्वजनिक

थारु फिल्मस् प्रोडक्सनले दोस्रो कोसेली ‘सिरुवा पवैन मे जुर शितल’को म्युजिक भिडियो सार्वजनिक गरेको छ। रामलाल चौधरीको शब्द र विकास चौधरीको संगीत रहेको गीतमा चितवनका गायक मनोज महतो र कैलालीकी गायिका समीक्षा चौधरीले स्वर दिएका छन्। दुबैले पूर्वीया लवज यो गीत गाएका छन्। Continue reading “‘सिरुवा पवैन’को म्युजिक भिडियो सार्वजनिक”

जिल्ला न्यायाधीश बिरामी परेपछि ३५ महिनापछि तोकिएको टीकापुर घटनाको पेशी सर्‍यो

लखन चौधरी/कैलाली।
भदौ ७ गते टीकापुर घटना घटेको ३ वर्ष पुग्दैछ । जसको पहिलो पेशी बिहीबार तोकिएको थियो । तर, जिल्ला अदालत कैलालीले पहिलो पेशी नै सारेको छ । Continue reading “जिल्ला न्यायाधीश बिरामी परेपछि ३५ महिनापछि तोकिएको टीकापुर घटनाको पेशी सर्‍यो”

‘बरघर’लाई रेस्टुरेन्टमात्र होइन, मिनि थारु संग्राहलय बनाउने योजना छ : सीताराम थारु

थारू समुदायको चाडपर्वमा मात्र अवलोकन गर्न पाइने थारू समुदायको परम्परागत नाँच र थारू परम्परागत खानाको स्वाद आजभोलि सजिलै जुनसुकै समयमा पनि अवलोकन र खानपिन गर्न पाइन्छ । थारू समुदायको मौलिक भाषा, संस्कार, संस्कृति, परम्परा, गीतसंगीत, खानपिनलाई पछिल्लो समयमा राम्रो ब्यवसायको रुपमा लिइएको छ । पछिल्लो समय थारू समुदायका युवाहरु यसतर्पm आकर्षित भएका छन् । बर्दिया घर भइ हालः काठमाडौं बस्दै आएका युवा नेता एवं बर्दियाली थारू विकास मञ्च काठमाडौंका अध्यक्ष सिताराम थारूले कीर्तिपुरको पाँगामा बरघर रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन्। बरघर रेष्टुरेन्टका सञ्चालक सिताराम थारूसँग सवि थारूले गरेको कुराकानीः Continue reading “‘बरघर’लाई रेस्टुरेन्टमात्र होइन, मिनि थारु संग्राहलय बनाउने योजना छ : सीताराम थारु”

आदिवासी जनजातिको गुनासो- ‘राज्यले अझै हेपिरहेको छ’

संविधानमा आदिवासी जनजाति समुदायको अधिकार अझै सुनिश्चित हुन नसकेको भन्दै अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले अन्तरिम संविधानमा दिएको अधिकार पनि नयाँ संविधानमा कटौती गरिएको गुनासो गरे । Continue reading “आदिवासी जनजातिको गुनासो- ‘राज्यले अझै हेपिरहेको छ’”

बाढीको डरले पालैपालो सुत्छन् राप्ती किनारका थारु समुदाय

जब मनसुन सुरु हुन्छ, अनि राप्ती नदी किनारका बासिन्दाको निन्द्रा हराउँछ । कति बेला राप्ती नदी उर्लिएर आउँछ र सर्वस्व बगाउँछ भन्ने चिन्ताले वर्षायाममा राप्ती नदी किनारका बासिन्दा पालैपालो सुत्ने गर्छन् । बाढी आउने डरले राति सुत्दा पालोअनुसार सुत्नुपर्ने उनीहरुको बाध्यता हो । Continue reading “बाढीको डरले पालैपालो सुत्छन् राप्ती किनारका थारु समुदाय”