थारु समुदायले साउन ३१ गते गुरही पर्व मनाउने

प्रदेश नम्बर ७ को राजधानी धनगढीमा बसोबास गर्ने थारु समुदायले साउन ३१ गते धनगढीमा सामूहिक गुरही पर्व मनाउने भएका छन्। गुरही पर्व तयारीबारे जानकारी दिन बुधबार धनगढीमा आयोजित एक कार्यक्रममा सखी सञ्जालकी अध्यक्ष इन्दु थारुले धनगढीको गुरहीचोकमा सामूहिकरुपमा गुरही पर्व मनाउने निर्णय भएको जानकारी दिइन्।  Continue reading “थारु समुदायले साउन ३१ गते गुरही पर्व मनाउने”

विवाह गर्ने उमेर अब २० वर्ष

हालसम्मको कानुनी व्यवस्थामा बहुविवाह र बालविवाह गर्नेलाई कानुनले सजाय दिन्थ्यो तर विवाह रद्द हुँदैनथ्यो । अब भने यस्तो विवाह रद्द नै हुनेछ । Continue reading “विवाह गर्ने उमेर अब २० वर्ष”

पार्टी अफिसको फर्निचर गच्छदारले रातारात घर लगेपछि…

चुनावको मुखमा नेपाली कांग्रेससँग पार्टी एकता गरेपछि तीनकुनेस्थित तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको कार्यालय एकाएक बन्द भयो । कार्यालयमा रहेको सोफा, फर्निचर, कुर्सीहरु रातारात गायब भए ।नेताहरुले खोजी गर्ने क्रममा थाहा भयोे, यो त तत्कालीन अध्यक्ष विजयकुमार गच्छदारले मध्यरातमा व्यक्तिगत सम्पत्ति जसरी आफ्नो घरमा लगेका रहेछन्। Continue reading “पार्टी अफिसको फर्निचर गच्छदारले रातारात घर लगेपछि…”

अनुगमनलाई तीव्र पार्न गुण नियन्त्रण बिभागलाई मन्त्री चौधरीको निर्देशन

कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुगमन तीब्र पार्न निर्देशन दिएकी छन्। विभागको आर्थिक वर्ष ०७४/०७५ को वार्षिक प्रगति गोष्ठीको उद्घा‍टन गर्दै उनले जनताबाट धेरै गुनासाहरु आउनेगरेकाले अनुगमन तीव्र पार्न निर्देशन दिएकी हुन्। Continue reading “अनुगमनलाई तीव्र पार्न गुण नियन्त्रण बिभागलाई मन्त्री चौधरीको निर्देशन”

थारु सांसदले मागे प्रधानमन्त्री ओलीको राजीनामा

प्रदेश ५ को प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।आइतबार बसेको प्रदेशसभाको बैठकमा बिशेष समय लिएर बोल्दै कांग्रेस सांसदहरु भुवनेश्वर चौधरी र पुष्पा थरुनीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका हुन् । Continue reading “थारु सांसदले मागे प्रधानमन्त्री ओलीको राजीनामा”

टीकापुर घटनाका राजबन्दी लक्ष्मण थारुको घर-जग्गा लिलाम हुँदै

टीकापुर घटनाका राजबन्दी लक्ष्मण थारुको घर-जग्गा लिलाम हुने भएको छ। कैलाली जिल्ला अदालतबाट सर्वसाधारणका निम्ति यही साउन १७ गत जारी गरिएको लिलामी सूचना अनुसार लक्ष्मण थारुको घर-जग्गा भदौ ५ गते लिलाम हुनेछ।

साबिक फूलबारी गाविस वडा नं. १ स्थित कित्ता नं. ६६३ को ६८५ वर्ग मिटर क्षेत्रफल र ६६४ को १०२० वर्ग मिटर क्षेत्रफल र हालको धनगढी उप महानगरपालिका १८ को कित्ता नं. ६६७ को ३३० मध्ये ८८.८८ वर्ग मिटर क्षेत्रफलको पश्चिम तर्फको जमिन लिलाम हुने अदालतले जारी गरेको सूचनामा उल्लेख छ।

सूचनामा मिति २०७५ भादौ ५ गते दिनको २ बजेदेखि साँझ ४ बजेसम्म कैलाली जिल्ला अदालत तहशिल शाखामा बोलपत्र आह्वान गरेको छ ।

थारुले कैलाली कारागारमै कष्टपूर्णरुपले राजबन्दी जीवन विताइरहेको अनुभव सुनाउँदै भने ‘टीकापुर घटना हुनुअगाडि काठमाडौंको बिजुलीबजारमा थारु भिलेज रिसोर्ट सञ्चालन गर्दै आएको थिएँ। तर घटना पछि आफू पक्राउ पर्दा रिसोर्ट बन्द अवस्थामा छ।’

रिसोर्ट सञ्चालन गर्न ऋण लिएपनि राम्रोसँग करोबार गर्न नपाउँदै पक्राउ परेको भन्दै उनले दुखेसो पोखे। उनी लिलाम हुन लागेको जग्गा जोगाइदिन सबैसँग सहयोगको अपेक्षा गरेका छन्। ‘विगत तीन वर्षदेखि जेलमा कोचिएको छु। रिसोर्ट राम्रोसँग चलाउन पाएको भएँ सायद यो दिन देख्न पर्थेन। सबैसँग सहयोगको याचना गर्न चाहन्छु,’ उनले भने। हाल उनी कैलाली कारागारमा छन्।

थाकसको २२औं महाधिवेशन : उद्घाटन सत्र राष्ट्रिय सभागृहमा हुने, प्रधानमन्त्री ओलीलाई ल्याउने नल्याउनेमा विवाद

थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशन असोज ७, ८ र ९ गते हुने भएको छ। शनिबार बसेको मूल आयोजक समितिको बैठकले महाधिवेशन मिति एक दिन पछि सारेको हो। बैठकले उद्घाटन सत्र राष्ट्रिय सभामा गर्ने निर्णयसमेत गरेको छ। बन्द सत्र भने अझै टुंगो नलागेको महामन्त्री अमिरी चौधरीले जानकारी दिए। उनका अनुसार मूल आयोजक समितिले विभिन्न कमिटी गठन गरी महाधिवेशनको तयारी थालेको छ। Continue reading “थाकसको २२औं महाधिवेशन : उद्घाटन सत्र राष्ट्रिय सभागृहमा हुने, प्रधानमन्त्री ओलीलाई ल्याउने नल्याउनेमा विवाद”

थाकस धनगढी उपमहानगर कमिटीको अध्यक्षमा गोठुराम चौधरी

थारु कल्याणकारिणी सभाको नगर र क्षेत्रीय अधिबेशन सम्पन्न शनिबार सम्पन्न भएको छ । अधिबेशनबाट नगर कमिति र क्षेत्र नं. ५ को क्षेत्रीय कमिति गठन गरेको छ । धनगढी उप–महानगरपालिका को नगर कमिटीको अध्यक्षमा गोठुराम चौधरी चयन भएका छन् । Continue reading “थाकस धनगढी उपमहानगर कमिटीको अध्यक्षमा गोठुराम चौधरी”

चर्चित गायिका टीका प्रसाइँको थारु गीत ‘साजन से मिले’ सार्वजनिक

थारु फिल्मस् प्रोडक्सनले पहिलो म्युजिक भिडियो सार्वजनिक गरेको छ। चर्चित गायिका टीका प्रसाइँको स्वर रहेको ‘साजन से मिले’ गीत सार्वजनिक गरेको हो। Continue reading “चर्चित गायिका टीका प्रसाइँको थारु गीत ‘साजन से मिले’ सार्वजनिक”

बदनाम गीत, संगीत र म्युजिक भिडियो

केही समयअघि विन्दास मिडियाले समाजिक सञ्जालमा अर्धनग्न तस्बिरसहित ‘फूलकुमारी ३’ अर्थात् राज र अञ्जु कुश्मीले गाएको फूलकुमारी शीर्षक गीतको कभर भिडियो आउँदैगरेको जानकारी दिएको थियो। उक्त तस्बिर फेसबुकमा पोस्ट हुनेवितिकै गायक राज कुश्मीले आपत्ति जनाएका थिए। उनले अर्धनग्न भिडियो भएको कभर गीत मान्य नहुने यदि त्यस्तो भए कारबाही गर्ने जानकारी दिएका थिए। उनलेमात्र हैन, गायिका अञ्जु कस्मीले पनि उक्त पोस्टको आपत्ति जनाएकी थिइन्। Continue reading “बदनाम गीत, संगीत र म्युजिक भिडियो”