प्रदेश ७ को राजधानी बहस : थारुहरु पहाडको पक्षमा किन ?

लखन चौधरी/धनगढी।
संविधान निर्माणका क्रममा प्रादेशिक संरचनामा निकै विवादित भएको ७ नम्बर प्रदेशमा नामाकरण र स्थायी राजधानीको बहस शुरू भएको छ । Continue reading “प्रदेश ७ को राजधानी बहस : थारुहरु पहाडको पक्षमा किन ?”

थारु अगुवाको निष्कर्ष: ‘पहाडी जनजीवन बेहाल छ, प्रदेश ७ को राजधानी पहाडमा सारियोस्’

कैलालीका थारु अगुवाहरुले प्रदेश नम्बर ७ को राजधानी पहाडमा सार्न सुझाएका छन्। उनीहरुले प्रदेशको नामांकनमा भने केही नबोल्ने निष्कर्ष निकालेका छन्। ‘बुद्धिजीविहरुको बैठकले ब्यापक छलफलपछि प्रदेशको नाउँको सम्बन्धमा केहि नबोल्ने र राजधानीको हकमा न्यायको पक्षमा बोल्ने निष्कर्ष निकाल्यो । उत्पीडित गरिब जनतालाई नामले खान दिंदैन, कामले खान दिने हो । तसर्थ प्रदेश न. ७ को राजधानी पहाडमा र त्यसमा पनि पहिलेदेखि पूर्बाधार रहेको दिपायलमा हुनुपर्दछ भन्नु सबैको कर्तव्य हो, बैठकको निष्कर्ष रह्यो,’ थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी भन्छन्। Continue reading “थारु अगुवाको निष्कर्ष: ‘पहाडी जनजीवन बेहाल छ, प्रदेश ७ को राजधानी पहाडमा सारियोस्’”

‘मच्छी बेचके टहकार मुह’ [विचार]

चन्द्रकिशोर।
समग्रमा यथास्थिति विरुद्घ थारू जनमतमा जुन हलचल छ, त्यसको निकासप्रति राज्यले आँखा चिम्लिनुहुँदैन।

नदीनालाले धनी नेपालमा पुलपुलेसा पनि प्रशस्त छन् । तर, केही मात्र यस्ता पुल छन्, जहाँ यात्रु केहीबेर अडिन र तस्वीर खिच्न लोभिन्छन् । यस्तैमध्येको एक हो, कर्णाली (गेरुवा) नदी माथि रहेको कोठियाघाट पुल । Continue reading “‘मच्छी बेचके टहकार मुह’ [विचार]”

अस्पतालको लापरबाहीले ‘डिस्चार्ज’ हुन तयार पशुपति चाैधरीकाे मृत्यु

कारी महतो/चितवन।
दुर्घटनामा सामान्य घाइते भई उपचारका लागि भरतपुरस्थित पुरानाे मेडिकलमा ल्याइएका खैरहनी नगरपालिका वडा नं.९ बैरहनीका अन्दाजी ५५ वर्षीय पशुपति चाैधरीकाे अाज बिहान पाँच बजे मृत्यु भएकाे छ । Continue reading “अस्पतालको लापरबाहीले ‘डिस्चार्ज’ हुन तयार पशुपति चाैधरीकाे मृत्यु”

रेडियोतर्फ ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ विमला चौधरीलाई

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ मार्फत यस वर्ष चार पत्रकार पुरस्कृत हुने भएका छन् । Continue reading “रेडियोतर्फ ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ विमला चौधरीलाई”

प्रधानमन्त्रीलाई थाकसको ज्ञापन पत्र, माग सम्बोधन नभए भद्र आन्दोलन गर्ने चेतावनी

कारी महतो/चितवन।
थारु कल्याणकारिणी सभा (थाकस) चितवन शाखाले विभिन्न माग राखी चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज मंगलबार ज्ञापन पत्र बुझाएका छन् । Continue reading “प्रधानमन्त्रीलाई थाकसको ज्ञापन पत्र, माग सम्बोधन नभए भद्र आन्दोलन गर्ने चेतावनी”

‘भुरभुरा रहर’को पोस्टप्रोडक्सन सुरु

थारु भाषाको फिल्म इतिहासमा सबैभन्दा धेरै लगानीमा बनिरहेको फिल्म ‘भुरभुरा रहर’को पोस्टप्रोडक्सनको काम आजदेखि सुरु भएको छ। थारु फिल्मस् प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको कम्पनीले आफ्नै ल्याबमा  सम्पादनको काम सुरु गरेको छ। Continue reading “‘भुरभुरा रहर’को पोस्टप्रोडक्सन सुरु”

टीकापुर घटनाका पीडित परिवारलाई राहत वितरण

टीकापुर घटनाका पीडित परिवारलाई राहत वितरण गरिएको छ। थारु महिला सभा मोरङकी अध्यक्ष कल्पना थारु, थारु युवा महेश चौधरीलगायतको सक्रियतामा ५५ हजार राशि बराबरको राहत वितरण गरिएको हो। Continue reading “टीकापुर घटनाका पीडित परिवारलाई राहत वितरण”

काठमाडौंबाट किस्‍नु थारु बेपत्ता, तीनदिनदेखि सम्पर्कविहीन

तीन दिनअघि छोरी–ज्वाईंसँगै काठमाडौं गएका शिवराज नगरपालिका १, शिवपुर निवासी ४४ वर्षीय किस्नु थारू सम्पर्कविहीन छन् । Continue reading “काठमाडौंबाट किस्‍नु थारु बेपत्ता, तीनदिनदेखि सम्पर्कविहीन”

‘माननीय गंगा चौधरी, तपाईँको सांसद बन्न लायक योग्यतालाई हार्दिक श्रदाञ्जली !’

काठमाडौं- सत्तारुढ दलका सांसद गंगा चौधरी सत्गौँवा विवादमा तानिएकी छन्। डा. गोविन्द केसीलाई संसदमै हत्यारा भनेपछि उनी विवादमा तानिएकी हुन्। समाजिक सञ्जालमा सांसद चौधरीलाई गाली गर्नेको भीड लागेको छ। कतिपयले सांसद चौधरीलाई ‘बौलाहा’समेत भनेका छन्। आइपागलबस्तीले ट्विटरमा ‘गंगा चौधरी बौलाहा हुन्, कसले कारबाही गर्छ’ भनी उडाएका छन्। Continue reading “‘माननीय गंगा चौधरी, तपाईँको सांसद बन्न लायक योग्यतालाई हार्दिक श्रदाञ्जली !’”