सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद गंगा चौधरी सत्गौवाले डा. गोविन्द केसीमाथि ‘हत्यारा’को गम्भीर अभियोग लगाएकी छन् ।आइतबार संसदमा चिकित्सा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद चौधरीले डा. केसीको अनसनका कारण कैयौंको ज्यान गएको जिकिर गरिन् । Continue reading “सांसद गंगा चौधरीको आरोप : डा. गोविन्द केसी हत्यारा हुन्”
Author: admin
थारु कल्याणकारिणी सभाको २२औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय
थारुहरुको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशन काठमाडौंमा हुने भएको छ। शनिबार बसेको थाकसको केन्द्रीय कार्यसमितिको बैठकले असोज ६, ७ र ८ गते महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो। यसअघि मिति तोकिए पनि स्थान तोकिएको थिएन। Continue reading “थारु कल्याणकारिणी सभाको २२औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय”
थाकस कैलालीको क्षेत्रीय अधिवेशन, ११ सदस्यीय कमिटी गठन
थारु कल्याणकारिणी सभा कैलाली जिल्ला अधिवेशनमा जुटेको छ। २२औं महाधिवेशनका लागि जिल्लाले क्षेत्रीय, नगरपालिका र गाउँपालिकास्तरीय अधिवेशनको तयारीमा जुटेको जिल्ला सचिव माधव चौधरीले जिल्ला अधिवेशनका लागि साउन २५ गतेसम्म सबै नगरपालिका र गाउँपालिकामा कमिटी गठन गरिसक्ने जानकारी दिए। Continue reading “थाकस कैलालीको क्षेत्रीय अधिवेशन, ११ सदस्यीय कमिटी गठन”
थारु नेताहरु राजनीतिक कमैया बने : कम्युनिस्ट नेता गंगा चौधरी
कम्युनिस्ट नेता गंगा चौधरीले थारुहरुले केहीमात्रामा राजनीतिक पहुँच बनाए पनि त्यो पर्याप्त नरहेको बताएका छन् । उनले माओवादी जनयुद्धकालपछि थारुहरुको राजनीतिक पहुँच बढेको बताए । तर, पहुँच बनाएका थारु नेताहरु पार्टीभित्र कमैयासरह बस्न बाध्य भएको बताए । Continue reading “थारु नेताहरु राजनीतिक कमैया बने : कम्युनिस्ट नेता गंगा चौधरी”
नारायणीको चुरामा मख्ख कृष्ण (भिडियो)
थारु भाषाको गीत ‘खन खन चुरिया खन्काके’ मा बनेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सीएस फिल्म्स् प्रालि धनगढीले गुरु पूर्णिमाको अवसर पारेर शुक्रवार युट्युब मार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरेको हो । Continue reading “नारायणीको चुरामा मख्ख कृष्ण (भिडियो)”
थाकस चितवनको प्रश्न- ‘महाधिवेशन आयोजना गर्न तयार छौं, तपाइँहरुसँग योजना खोइ?’
कारी महतो चितवन।भरतपुर।
थारु कल्याणकारिणी सभा (थाकस) को २२औं महाधिवेशनका लागि चितवन जिल्ला समिति तयार रहेको कुरा जिल्ला सभापति ललितकुमार चौधरीले बताएका छन् । तर महाधिवेशन सम्पन्न गर्नका लागि केन्द्रीय समितिले व्यवस्थित योजना ल्याउनुपर्ने बताए।
महाधिवेशनमा आम्दानी र खर्च कति कति हुने, प्रतिनिधि तथा पर्यवेक्षक कति जना हुने, अन्य सहभागी कति जना हुने लगायतको महाधिवेशन सम्पन्न गर्ने विधि र प्रक्रिया योजनाबद्ध हुनुपर्ने जिल्ला सभापतिले बताए। योजनाबद्ध नभई भद्रगोल गरिकाले महाधिवेशन गर्ने हो भने चितवन जिल्लामा स्थान तय नगर्नका लागि जिल्ला सभापति ललित चौधरीले केन्द्रीय समितिलाई आग्रह गरेका छन् ।
थाकसका केन्द्रीय संरक्षक अमृत प्रसाद खाँ थारुको नेतृत्वमा मकवानपुरदेखि कञ्चनपुरसम्मको जिल्ला भ्रमणमा निस्केका टोलीसँग अन्तरक्रिया गर्दै सभपति ललित चौधरीले आग्रह गरे। थाकसलाई विभिन्न जिल्लाका थारु व्यक्तित्वहरुले जग्गादान गरेको भए पनि ती अचल सम्पत्तिहरुका संरक्षणका लगि थाकसले मूल मुद्दा नबनाएकोले थाकसका संरक्षक अमृत प्रसाद खाँ थारुले गुनासो व्यक्त गरे।
संरक्षणका अभावमा ती जग्गाहरुमा अन्य समुदायले भवनहरु बनाएको तर थाकस पदाधिकारीहरु अझ अनभिज्ञ रहेकोले ती अचल सम्पत्तिहरुलाई थाकसले संरक्षण गर्नुुपर्ने बताए। पूर्वका जिल्लाहरुका जग्गालगायत अचल सम्पत्तिहरुको सूची बनाएको अन्य जिल्लाहरुको अचल सम्पत्तिहरु बारे जानकारी लिनका लागि मकवानपुरदेखि कञ्चनपुरसम्मको जिल्ला भ्रमणमा निस्केको संरक्षक खाँ थारुले बताए । अमृत प्रसाद खाँ थाकसलाई २०३२ सालदेखि सेवा गर्दै आएका छन् ।
थाकसका केन्द्रीय सल्लाहकार समेत रहेका पूर्व सभासद रुक्मिणी चौधरीले अन्य जिल्लाको तुलनामा चितवन जिल्लाको साँगठनिक संरचना व्यवस्थित भएको बताए । जिल्ला समितिले विभिन्न १३ वटा विभागहरु गठन गरेको साप्ताहिक रुपमा विभागीय बैठकहरु राख्ने गरेको छ ।
थारु युवा सभाका केन्द्रिय अध्यक्ष कानूनलाल चौधरीले थाकसको केन्द्रिय महाधिवेशन हुनुभन्दा अगावै थारु युवा सभाको महाधिवेशन गर्नका लागि विभिन्न जिल्लामा सांगठनिक संरचना गठन तथा पुनर्गठनका साथै युवा सभाको महाधिवेशनका थाकस जिल्ला सभापतिहरुसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रियाका लागि जिल्ला दौडाहामा निस्केको बताए ।
थाकस चितवनका निवर्तमान सभापति विश्राम महतोले पनि केन्द्रीय समितिले चितवन जिल्ला समितिलाई जिम्मेवारी दिएमा महाधिवेशनका लागि आयोजक जिल्ला रहेर सम्पन्न गर्ने बताए । उनले थाकसको विधान समयानुकूल संशोधन गर्नुपर्ने बताए ।
महाधिवेशन आउन दुई महिना मात्र बाँकी हुँदा पनि केन्द्रले स्थान तोक्न नसकेकोले महाधिवेशन व्यवस्थित हुनेमा सबैले शंका गरेका छन् । केन्द्रिय समितिले थाकसको महाधिवेशन आगामी असोज महिनाको ६ देखि ८ गते निर्णय गरेको छ । तर कुन जिल्लामा महाधिवेशन गर्ने भनेर स्थान तोकेका छैनन् ।
थारु भाषाको एकमात्र दैनिक पत्रिका पहुराको १६ वर्षे यात्रा
थारुवान संबाददाता
थारु भाषाको एकमात्र दैनिक पहुरा दैनिक १६औं वर्षमा प्रवेश गरेको छ । कैलाली जिल्लाको धनगढीमा अवस्थित पहुराले विभिन्न अवरोह पार गर्दै १५औं वर्ष पार गरेको हो । विशेषतः थारु समुदायको राजनीतिक, समाजिक मुद्दा र भाषा, संस्कृति, संस्कारको संरक्षण गर्ने उद्देश्यले पत्रिका प्रकाशनको सुरुवात भएको हो । थारु भाषामै प्रत्रिका प्रकाशन गरेर पत्रिकाले थारु भाषाको संरक्षण र प्रवद्र्धनमा ठूलो योगदानसमेत दिँदै आएको छ । Continue reading “थारु भाषाको एकमात्र दैनिक पत्रिका पहुराको १६ वर्षे यात्रा”
थारु समुदायमा पुस्तान्तरण हुँदै सिकलसेल रोग
ठाकुरसिंह थारू
बर्दियाको बढैयाताल गाउँपालिका ५ का ३० वर्षीय भोला चौधरी उपचारका लागि ५ वर्षसम्म भारतको लखनऊ धाए । लाखौं रुपैयाँ खर्चिए पनि रोग निको भएन । उपचार खर्च जुटाउन खेत बन्धकी राखे । एक हल राँगा बेचे । चिकित्सकले जन्डिस लागेको शंकामा उपचार गरिरहे । तीन–तीन महिनामा लखनऊ पुग्थे उनी । खप्नै नसक्ने गरी शरीर दुख्ने र रगतको कमी हुन्थ्यो । भारत धाउँदाधाउँदा थाकेपछि उनी भेरी अन्चल अस्पतालको सम्पर्कमा पुगे । त्यहाँ जाँच गर्दा उनी लामो समयदेखि सिकलसेलबाट पीडित भएको पुष्टि भयो । अहिले नियमित स्वास्थ्य परीक्षण र उपचार गराउँदै छन् । Continue reading “थारु समुदायमा पुस्तान्तरण हुँदै सिकलसेल रोग”
सांसदद्वारा थारु भाषालाई कामकाजी बनाउन माग
कमल चौधरी\बुटवल ।
प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा प्रदेश सभाका थारु सदस्यहरुसँग समाजसेवी, बुद्धिजीवि, पत्रकार, थारु कल्यणकारी संघ, थारु पत्रकार संघ नेपाल लगायतका पदाधिकारीहरुसंग भएको अन्र्तक्रिया कार्यक्रमा बोल्दै वक्ताहरुले थारु भाषालाई कामकाजी भाषा बनाउन स्थानीय तहबाट प्रयास गर्नुपर्नेमा जोड दिएका छन् । Continue reading “सांसदद्वारा थारु भाषालाई कामकाजी बनाउन माग”
फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि
क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई ४- २ गोल अन्तरले पराजित गर्दै २० वर्षपछि फेरि उपाधि जितेको हो । Continue reading “फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि”