जितपुर सिमरा उपमहानगर ११ खेस्रौलकी ४८ वर्षीया महगी चौधरीको दैनिकी व्यस्तताले भरिएको छ । बिहान सबेरै उठेर घरको चुलोचौका सक्याएपछि उनी मकै बाली स्याहार्न खेतमा पुग्छिन् । ४ बिघा खेतमा मकै खेती गरेकी उनको खेतको मकैको घोगा दाना लागिसकेको छ । Continue reading “बारा: थारू महिलामा आत्मविश्वास बढ्दै”
Author: admin
प्रदेश ५ मा ६ वटा संसदीय समिति, दीपेश थारु समाजिक विकास र इन्द्रजीत प्रदेश मामिलामा
प्रमुख प्रतिपक्ष काँग्रेस र संघीय समाजवादी फोरमलाई एक–एक समितिको नेतृत्व दिने गरी प्रदेश ५ को प्रदेश सभामा ६ वटा संसदीय समिति गठन भएका छन् । Continue reading “प्रदेश ५ मा ६ वटा संसदीय समिति, दीपेश थारु समाजिक विकास र इन्द्रजीत प्रदेश मामिलामा”
कांग्रेसमा गच्छदारको गर्जन, एकता भंग गरिदिने चेतावनी [भिडियो]
नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी एकता भंग गर्ने चेतावनी दिएका छन्। काठमाडौंमा पार्टीका पूराना नेताहरुसँगको सामूहिक भेटमा नेता गच्छदारले पार्टी एकीकरणका बेला भएको सहमति कार्यान्वयन नभएको भन्दै पार्टी एकता भंग गर्ने चेतावनी दिएका हुन्। गच्छदारले गुट र उपगुटमा विभाजित कांग्रेसले कम्युनिस्ट नेतृत्वको सरकारलाई सामना गर्न नसक्ने दाबी समेत गरे। Continue reading “कांग्रेसमा गच्छदारको गर्जन, एकता भंग गरिदिने चेतावनी [भिडियो]”
क्रोएसिया पहिलोपटक विश्वकपको फाइनलमा
इङ्ल्यान्डलाई स्तब्ध पार्दै क्रोएसिया पहिलोपटक विश्वकप फुटबलको फाइनलमा पुगेको छ । बिहीबार भएको खेलमा इङ्ल्यान्डलाई २–१ को गोल अन्तरले हराउँदै क्रोएसिया फाइनलमा पुगेको हो । इङ्ल्यान्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको थियो । तर उसको थप यात्रा क्रोएसियाले रोकिदिएको छ । Continue reading “क्रोएसिया पहिलोपटक विश्वकपको फाइनलमा”
ढिक्रीको ब्रान्ड : कुन ढिक्री खाने?
कृष्णराज सर्वहारी।
थारू समुदायको मुख्य परिकारमध्ये ढिक्री एक हो। विशेष खुसीयालीको अवसरमा तथा माइतीबाट बिदाइ हुने छोरी चेलीका लागि कोसेलीको रूपमा पनि ढिक्री बनाइन्छ। थारूहरूको नयाँ वर्ष माघी, दसैं अनि दीपावलीमा पनि ढिक्री मुख्य खान्की हुन्छ। यद्यपि, चाडअनुसार ढिक्रीको आकारप्रकार बनावट भने फरकफरक हुन्छ। थारू होमस्टे तथा थरूहट क्षेत्रका बजारमा खोलिएका थारू होटेलले पनि ढिक्री बनाएर बेच्न थालेका छन्। काठमाडौं, कीर्तिपुरको बरघर रेस्टुरेन्टको मेनुमा ढिक्री नियमित रहेको सञ्चालक सीताराम चौधरी बताउँछन्। नेपालगन्जमा भर्खर खुलेको गोचाली रेस्टुरेन्टको मेनुमा राखिएको ढिक्री निकै रुचाइएको सोम डेमनडौराले जानकारी दिए। Continue reading “ढिक्रीको ब्रान्ड : कुन ढिक्री खाने?”
बेल्जियमलाई हराउँदै १२ वर्षपछि फ्रान्स फाइनलमा
बेल्जियमलाई १- ० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । फ्रान्सलाई जिताउन एकमात्र गोल खेलको ५१ औं मिनेटमा स्यामुअल उमटीटीले गरे । Continue reading “बेल्जियमलाई हराउँदै १२ वर्षपछि फ्रान्स फाइनलमा”
छोरी जन्मे वार्षिक १० हजार रूपैयाँ भत्ता
बाराको प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए गाउँपालिकाले १० हजार रूपैयाँका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ । Continue reading “छोरी जन्मे वार्षिक १० हजार रूपैयाँ भत्ता”
एकराज चौधरीलाई गोविन्द पाण्डे स्मृति पत्रकारिता पुरस्कार
बर्दियामा लामो समय देखि पत्रकारिता गरिरहेका २ जना पत्रकार सम्मानित भएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा बर्दियाले स्थापना गरेको नागरिक शहिद गोविन्द पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट बर्दियाको बाँसगढी क्षेत्रबाट पत्रकारिता गरिरहेका एकराज चौधरी र राजापुर क्षेत्रबाट पत्रकारिता गरिरहेका गान्दिपलाल कायस्थ सम्मानित भएका हुन् । Continue reading “एकराज चौधरीलाई गोविन्द पाण्डे स्मृति पत्रकारिता पुरस्कार”
जेलभित्र कोचिएका ‘रेशम दाइ’
मदन चौधरी।
१८ असार २०७५ । दिल्लीबजारस्थित करागार । मलाई भिआइपीहरुलाई राखिएको ठाउँतिर पठाएँ । अगाडि बढ्दैगर्दा मैले कहलिएका नामुद डन, हत्यारा, अपहरणकारीहरु देखेँ, जो अदालतले तोकेका सजाय काटिरहेका छन् । सोच्दा भयानक लागेपनि ती सबैजना शालीन, भलादमी देखिन्थे । Continue reading “जेलभित्र कोचिएका ‘रेशम दाइ’”
इंग्ल्याण्ड र क्रोएसिया सेमिफाइनलमा,आयोजक रसिया टाइब्रेकरमा चुक्यो
स्वीडेनलाई २-० ले हराउँदै इंग्ल्याण्ड २८ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डलाई अन्तिम ४ मा पुर्याउन खेलको ३० औं मिनेटमा हयारी मागुरे र ५९ औं मिनेटमा डेल अलीले गोल गरे । कर्नर बलमा मागुरेले हेडमार्फत सुन्दर गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफ १-० ले अग्रता लिएको इंग्ल्याण्डका लागि डेल अलीले गोल गर्दै अग्रता दोब्बर पारे । जेसस लिंगाडको क्रसमा उनले हेडमार्फत बललाई जाली चुमाए । इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले स्वीडेनको ३ वटा उत्कृष्ट प्रहार बचाएर टिमको जित सुनिश्चित गरे ।
इंग्ल्याण्ड यो सहित तेस्रो पटक विश्वकप फुटबलको सेमिफाइनलमा पुगेकाे हाे । यसअघि सन् १९६६ मा आफैले विश्वकप जित्दा र सन् १९९० मा सेमिफाइनलसम्म पुगेको थियो ।
त्यस्तै आयोजक रसियालाई टाइब्रेकरमा पराजित गर्दै क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अब उसले इंग्ल्याण्डको सामना गर्नेछ । शनिबार राति भएको खेलमा क्रोएसियाले रसियालाई टाइब्रेकरमा ४-३ गोल अन्तरले हरायो ।
रसियाका फेडर स्लोल्वको पेनाल्टी क्रोएसियाका गोलकिपरले रोकेका थिए । रसियाका गोलकिपर इगर एकिनफिवले क्रोएसियाका मारियो मान्जुकिजको पेनाल्टी रोक्दै टिमलाई अवसर दिए । तर, रसियाका मारियो फर्नान्डेजको पेनाल्टी सही दिशा नै लिन सकेन । इभान र्याकिटिकले गोल गर्दै क्रोएसियालार्इ सेमिफाइनलमा पुर्याएका छन् ।
यसअघि निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएको थियो भने अतिरिक्त समयमा दुबै टोलीले एक एक गोल गरे ।