टुकी बालेर मनोज चौधरीद्वारा लिखित ‘टुकी’ उपन्यासको लोकार्पण

कारी महतो थारु/चितवन।

रेडियो पत्रकार तथा शिक्षक मनोज चौधरी (अज्ञात)द्वारा लिखित टुकी उपन्यासको आज एक कार्यक्रम बीच लोकार्पण गरिएको छ । चितवन क्षेत्र नं. ३ (ख) बाट निर्वाचित प्रदेश सांसद रामलाल महतो प्रमुख अतिथि रहेका लोकार्पण समारोहमा टुकी बालेरै उपन्यासको विमोचन गरियो ।

सांसद महतोले समिक्षकहरुले गरेको समिक्षाको आधारमा आफूले बचपनको यादहरु सम्झेका बताएका छन् । टुकी उपन्यासमा लेखकले थारु समाजको चित्रण गर्दै चितवनका आदिवासी थारु समुदायका पुराना चालचलन, चाडपर्व, रहनसहन, परम्परा उल्लेख गरेको र ती सबै आफूले प्रत्यक्ष भोग्दै आएको बताए ।

सांसद महतो आफूले “स्कुले जीवनमा पढ्दै गर्दा पञ्चायतकालमा थारु भाषामा एउटा पत्रिका निकालेको र त्यो पत्रिकाको नाम फुन्गी राखिएको, जसको नेपाली अर्थ झिल्को हुन्छ । फुन्गी नै चितवनको थारु भाषामा प्रकाशित चेतनामूलक पहिलो पत्रिका थियो । झिल्कोको केहि ठूलो रुप आज मनोजले टुकी ल्याए ।” फुन्गीबाट शुरु भई टुकी हुँदै भोलिका दिनमा यो टुकी विद्युतकै पावर हाउसमा पुग्न सफल होस भन्ने शुभकामना व्यक्त गरेका छन् ।

मुख्य वक्ताका रुपमा रहेका साहित्यकार धनराज गिरीले थारु समुदायबाट कोहि लेखक आओस् भनेर भोकाएको बेलामा मनोज अज्ञातले आफूलाई एक घान मकै भुटेर पस्केको बताए । उपन्यासको समिक्षा गर्दै उनले थारु समुदायमा विक्रम र विक्रमिया नाम कसरी राखिन्छ भन्ने कुरा टुकीले प्रष्ट पारेको बताए । टुकीमा मनोज अज्ञातले थारु समुदायका पर्वहरु जितिया, अमोसा, दशहरा, सोहराई, खिचरा, फगुवा पर्वहरुलाई कथावस्तुमा सिलसिलाबद्ध मिलाएका साहित्यकार गिरीले बताए ।

टुकीका लेखक मनाेजलाई निकै नजिकबाट नियाल्नु भएका जनज्याति माविका पूर्व प्रअ सूर्यप्रकास जमरकटेल भन्नुहुन्छ, ‘मनाेज चाैधरी अन्तरमुखी स्वभावका व्यक्ति हुन् । तर जब उनी कक्षाकाेठा भित्र प्रवेश गर्छन् असल शिक्षक बन्छन् । जब उनी बुरूस र रङ लिएर चित्र काेर्न शुरू गर्छन् उनी कलाकार बन्छन् । जब उनी एफएमकाे स्टुडियाेमा प्रवेश गर्छन् उनी पत्रकार बन्छन् । जब उनी क्यामरा लिएर फाेटाे स्टुडियाेमा बस्छन् उनी फाेटाेग्राफर बन्छन । जब उनी स्टेशनरी पसलमा बसेर कपिकलम बेच्छन् उनी पुस्तक व्यवसायी बन्छन् । मनाेजले सबैतिर हात हालेका छन् तर सबैतिर सफल भएका छन् । अाज उनी लेखककाे रूपमा पहिचान बनाउँदैछन् ।’

उपन्यासका समिक्षा गर्दै अर्का समिक्षक विजय विश्वकर्माले टुकीको समिक्षा गर्दै आफू टुकीको कभरपेजबाट समेत प्रभावित भएको बताए । टुकीको कभरपेजले केही हदसम्मको कथावस्तुलाई उजागर गर्न खोजेको उने बताए । उनले थप मन्तव्य व्यक्त गर्दै पहिचानवादको बहस भैरहेको अवस्थामा मनोज चौधरीले निकै मेहनत गरेर पहिचानमूलक कृति लिएर आएको छ जसमा थारु समुदायको विभिन्न संस्कृति, रितिरिवाज, पर्वहरु, खाद्यान्नहरु, पुजास्थल, नाचहरु, गीत, वैवाहिक कार्यक्रम सबै उपन्यास मार्फत व्यक्त गरेका छन् । प्रत्येक दश पेजको अन्तरमा माछा र घुँगीको प्रसँगले उपन्यासलाई स्वादिलो बनाएको र थारु समुदायको साँस्कृतिक विचलन टुकीमा राम्रोसँग देखाएका विजयले बताए ।

टुकी उपन्यास काठमाडौं स्थित नेपाली बुक्सले प्रकाशन गरेको हो । लोकार्पण समारोहमा थारु पत्रकार संघका केन्द्रिय सदस्य सन्त कुमार चौधरी, थारु कल्याणकारिणी सभा चितवनका सभापति ललितकुमार चौधरी, आदिवासी जनजाति पत्रकार महासंघ चितवनका सचिव तुलमान गुरुङ, प्रकाशक जयराम तिमिल्सीना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम थारु पत्रकार संघ चितवन शाखका अध्यक्ष कारी महतोको सभाध्यक्षतामा सम्पन्न भयो ।

प्रदेश ५ की उपसभामुख, जो कखरा पढ्नेबेला मालिकको बच्चा समातिन्

कृष्णी थारु ।
मेरा बुबा आमा कमैया बसेकै बेला मालिकको घरमै मेरो जन्म भएका थियो । मेरो परिवारमा कमैया कमलरी पुर्खौंदेखि बस्दै आएको थियो । त्यही भएर म पनि सानै उमेरमा कमलरी बसे । सात वर्षको हुँदा बुबाले कमलरी पठाउनुभएको थियो । म कमलरी बस्नु नौलो कुरा पनि थिएन । परम्पराअनुसार नै मेरो बुबाले मलाई कमलरी पठाउनुभयो । Continue reading “प्रदेश ५ की उपसभामुख, जो कखरा पढ्नेबेला मालिकको बच्चा समातिन्”

इतिहास : मधेसमा जन्मेका थिएनन् बुद्ध

महेश चौधरी।

‘नेपालको राष्ट्रिय गान’लाई सम्पूर्ण नेपालीहरूले आजसम्म बडो श्रद्घा, आस्था, सम्मान र सर्वसम्मत रूपले राष्ट्रिय गौरव, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय अखण्डता, सार्वभौमिकता, राष्ट्रिय एकता र प्रतिष्ठाका रूपमा स्वीकार गरेर हामी नेपालीहरूले हाम्रो राष्ट्रिय झण्डासामु उभिएर राष्ट्रिय गीत गाउँदै राष्ट्रलाई सलामी दिँदै आएका छौं, त्यो गानमा उल्लेख गरिएको छ, ‘ज्ञानभूमि शान्तिभूमि तराई, पहाड र हिमाल’। Continue reading “इतिहास : मधेसमा जन्मेका थिएनन् बुद्ध”

ब्राजिल पनि विश्वकपबाट बाहिरियो, बेल्जियम सेमिफाइनलमा

केभिन डि ब्रुयेनको उत्कृष्ट प्रदर्शनको मदतमा पाँच पटकको विजेता ब्राजिललाई हराउँदै बेल्जियम विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सन् १९८६ पछि पहिलो पटक अन्तिम चारमा पुगेको उसले अब फाइनल प्रवेशका लागि फ्रान्ससँग खेल्नेछ । शुक्रबार राति भएको खेलमा क्वार्टरपफाइनलमा बेल्जियमले बलियो टोली ब्राजिललाई २-१ गोल अन्तरले हराएको हो । Continue reading “ब्राजिल पनि विश्वकपबाट बाहिरियो, बेल्जियम सेमिफाइनलमा”

उरुग्वेलाई २-० गोलले हराउँदै फ्रान्स सेमिफाइनलमा

उरुग्वेलाई २-० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा फ्रान्सलाई जिताउन राफेल भराने र एन्टोनी ग्रिजम्यानले गोल गरे । Continue reading “उरुग्वेलाई २-० गोलले हराउँदै फ्रान्स सेमिफाइनलमा”

मुस्ताङमा ट्रिपर पल्टिँदा दाङका सुबेर चौधरीको मृत्यु

मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा आज भएको टिपर दुर्घटनामा परी मृत्यु हुने १९ मजदूरमध्ये १८ जनाको सनाखत भएको छ । Continue reading “मुस्ताङमा ट्रिपर पल्टिँदा दाङका सुबेर चौधरीको मृत्यु”

बलात्कारकै क्रममा मायाले प्राण त्यागिन्, सुरज चौधरीसहित पाँच जना पक्राउ

असार १२ गतेदेखि तीनसम्म बेपत्ता भएकी कैलाली गौरीगंगा नगरपालिका ११ का जहरी कटानकी २१ वर्षीया माया विकको १५ गते नगरपालिका चपरथली सामुदायक बनमा शव फेला पर्यो । सोही दिन विकको आफन्तले बलात्कार गरेर हत्या भएको आशंकामा जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गरेका थिए । Continue reading “बलात्कारकै क्रममा मायाले प्राण त्यागिन्, सुरज चौधरीसहित पाँच जना पक्राउ”

सुनिता चौधरीलाई युवा प्रतिभा पुरस्कार

बर्दियाकी सुनिता चौधरी युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएकी छन्। उनलाई जिल्ला युवा समितिको कार्यालयले सम्मान गरेको हो। उनी विगत लामो समयदेखि सडक नाटक खेल्दै आएकी छन्। Continue reading “सुनिता चौधरीलाई युवा प्रतिभा पुरस्कार”

यस वर्ष उत्कृष्ट ठहरिएका १९ तस्बिर

फोटो पत्रकार क्लवको आयोजनामा भएको आइएमई-ग्लोबल-आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन् । श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाउँमा बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई अभिभावकले कोशी नदिमा बगाउँदै गरेको फोटो यो वर्षको आइएमई-ग्लोबल-आइएमई फोटो अफ द इयर घोषित हुन सफल भएको हो । हेरौं यसपाली विजेता हुन सफल तस्बिर । Continue reading “यस वर्ष उत्कृष्ट ठहरिएका १९ तस्बिर”

श्रीमानको कुटपिटबाट गर्भा चौधरीको मृत्यु

बुधबार राति ९ बजे लम्किचुहा नगरपालिका २ प्रतापपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । स्थानीय ३३ वर्षका इन्द्र चौधरीले कुटपिट गर्दा श्रीमती ३२ वर्षकी गर्भा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । Continue reading “श्रीमानको कुटपिटबाट गर्भा चौधरीको मृत्यु”