थारुहरुले थाकसको २२औं महाधिवेशन आन्दोलनको रुपमा मनाउने

थारुहरुको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशन असोज ६,७ र ८ गते हुने भएको छ। गतवर्ष नै हुनुपर्ने महाधिवेशन विभिन्न कारणले हुन सकेको थिएन। गत असार १४ गते बसेको थाकसको केन्द्रीय सभा बैठकले यो मिति तय गरेको हो। तर कुन ठाउँमा महाधिवेशन गर्ने अहिलेसम्म टुंगो लागेको छैन। Continue reading “थारुहरुले थाकसको २२औं महाधिवेशन आन्दोलनको रुपमा मनाउने”

थरुहट थारुवानले सार्वजनिक गर्‍यो दस बुँदे माग

पूर्वसांसद रुक्मणी चौधरीले टिकापुर घट्नाको बारेमा तयार पारिएका प्रतिबेदनहरु सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन्। थरुहट/थारुवान संयुक्त संघर्ष समितिले असार १३, १४ र १५ गते जारी गरेको ‘काठमाडौं घोषणा पत्र’ सार्वजनिक गर्नको लागि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व सभासद चौधरीले यस्तो माग गरेकी हुन्। Continue reading “थरुहट थारुवानले सार्वजनिक गर्‍यो दस बुँदे माग”

रोनाल्डोको टिम बाहिरियो, उरुग्वे क्वार्टरफाइनलमा

विश्व कपको दोस्रो प्रि-क्वार्टर फाइनल अन्तर्गत शनिवार फिस्ट स्टेडियममा उरुग्वेले पोर्चुगललार्इ २-१ गोलले हराएको छ । यस जीतका साथ उरुग्वेले ८ वर्षपछि क्वार्टर फाइनलमा स्थान पक्का गरेको छ । क्वार्टर फाइनलमा उसको भेट अब ६ जुलाईमा फ्रान्ससँग हुनेछ । दुवै टीमबीच यो तेस्रो अन्तर्राष्टिय भेट थियो । जसमा उरुग्वेले पहिलो जित निकाल्यो । यसअघि पोर्चुगलले १ जित र १ बराबरी खेलेको थियो। Continue reading “रोनाल्डोको टिम बाहिरियो, उरुग्वे क्वार्टरफाइनलमा”

अर्जेन्टिनालाई हराउँदै फ्रान्स क्‍वार्टरफाइनलमा

साविक उपविजेता अर्जेन्टिना रुस विश्वकपबाट बाहिरिएको छ। नकआउट चरणको पहिलो खेलमा फ्रान्ससँग ४–३ ले पराजित हुँदै अर्जेन्टिना रुस विश्वकपबाट बाहिरिएको हो । Continue reading “अर्जेन्टिनालाई हराउँदै फ्रान्स क्‍वार्टरफाइनलमा”

स्कुले छात्रालाई आत्मरक्षासम्बन्धी प्रशिक्षण

बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा किशोरीहरुले आफ्नो सुरक्षा आफैँ कसरी गर्ने भनी एक दिने आत्मरक्षासम्बन्धी प्रशिक्षण कार्यक्रम सयपत्री उच्च माध्यमिक विद्यालयका छात्राहरुलाई सिकाइएको छ । पश्चिम नवलपरासी थारु पत्रकार सघंको आयोजनामा किशोरीमाथि हुने कुनै किसिमका यौन दुर्व्यवहार, यौन हिसां नहोस्, कारणबस त्यस्तो दुर्व्यवहार परेमा किशोरीले सोही समयमा आफ्नो रक्षा कसरी गर्न सकिन्छ भन्नेबारे प्रयोगात्मक सीप सिकाइएको हो । Continue reading “स्कुले छात्रालाई आत्मरक्षासम्बन्धी प्रशिक्षण”

थारु लोक नृत्यबारे बनाइएको वृत्तचित्र ‘मन्दरा’ प्रदर्शन

आदसवासी  जनजाति चलचित्र महोत्सवमा थारु वृत्तचित्र मन्दरा प्रदर्शन हुँदैछ। थारु लोकनृत्यमा आधारित वृत्तचित्र भोलि (शुक्रबार) प्रदर्शन हुने आयोजकले जनाएको छ। थारु फिल्मस् प्रोडक्सन प्रालि र समाजसेवी रामलाल चौधरीले यो वृत्तचित्र निर्माण गरेका हुन्। Continue reading “थारु लोक नृत्यबारे बनाइएको वृत्तचित्र ‘मन्दरा’ प्रदर्शन”

राज्यमन्त्री चौधरीको १०० दिनः १७ उपलब्धि र १०७ अनुगमन

कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीको मंगलबार सय दिन पूरा भएको छ । मन्त्री पदमा बहाल भएदेखी आक्रमक रूपमा प्रस्तुत भएकी युवा राज्यमन्त्री चौधरीले कृषि, पशुपक्षि क्षेत्रमा देखिएका निरासालाई हटाउन, भुमिमा देखिएको समस्यालाई हल गर्न, सहकारी क्षेत्रमा रहेको बेथिति हटाउन र गरीबी निवारणका निम्ति महत्वपूर्ण भुमीका खेल्दै जिम्मेवारी पूरा गर्दै आएको छ । Continue reading “राज्यमन्त्री चौधरीको १०० दिनः १७ उपलब्धि र १०७ अनुगमन”

आदिवासी जनजाति फिल्म फेस्टिभलमा दुई थारु फिल्म प्रदर्शन हुने

राजधानीमा शुक्रबारदेखि दोस्रो आदिवासी जनजाति फिल्म फेस्टिभल हुने भएको छ । आदिवासी जनजाति चलचित्र महासंघले नेपाल पर्यटन बोर्डमा आइतबार पत्रकार सम्मेलनमा जनाए अनुसार, तीनदिने फेस्टिभलमा विभिन्न भाषाका १४ फिल्म छानिएका छन् । Continue reading “आदिवासी जनजाति फिल्म फेस्टिभलमा दुई थारु फिल्म प्रदर्शन हुने”

थारू समुदायलाई नसमेटिएको भन्दै धनगढीको बजेटप्रति असन्तुष्टि

धनगढी उपमहानगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटप्रति नगरवासीले असन्तुष्टि व्यक्त गरेका छन् । आव २०७५/७६ का लागि धनगढी उपमहानगरपालिकाको तेस्रो नगरसभाले १ अर्ब ७९ करोड ३४ लाखको अनुमानित आय–व्यय (बजेट) प्रस्तुत गरेको छ । नगरवासीले आफ्ना माग एकातिर नीति, कार्यक्रम तथा बजेट अर्कैतिर भएको भन्दै आपत्ति व्यक्त गरेका हुन् । Continue reading “थारू समुदायलाई नसमेटिएको भन्दै धनगढीको बजेटप्रति असन्तुष्टि”

थारू सांसदको प्रश्न : जग्गा दलालले रक्सी खाने ठाउँमा बजेट किन ?

प्रदेश ५ सरकारले पेस गरेको प्रदेश विनियोजन विधेयकमाथि सत्तारुढ दलकै सांसदहरुले असन्तुष्टि जनाएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद दिपेश थारुले एउटैखाले योजनाका लागि फरक फरक बजेट राखिएको भन्दै आपत्ति जनाए। उनले कोही नेताको क्षेत्रमा ७-८ किलोमिटर सडकका लागि ५ करोड र त्यही स्तर सडकको आफ्नो क्षेत्रमा १५ किलोमिटर बाटोको लागि १ करोडमात्र बजेट छुट्याएको भन्दै विरोध जनाए। Continue reading “थारू सांसदको प्रश्न : जग्गा दलालले रक्सी खाने ठाउँमा बजेट किन ?”