देउखुरीमा बहुभाषीक कवि गोष्ठी

अन्य क्षेत्रमा जस्तै साहित्यमा पनि विभिन्न किसिमका बिकृति देखिरहेको अवस्थामा देउखुरीका कविहरुले अबको सिर्जनाहरुमा समय, माटो र आफ्नो कला–संस्कृतिप्रतिको जिम्मेवारीबोध हुनुपर्ने कुरा बताएका छन् । हरि–सुनकेशरी फाउन्डेसनको आयोजना तथा थारु भाषा तथा साहित्य संरक्षण मञ्च देउखुरीको संयोजनमा असार ३ मा भएको काव्य–बिमर्श, बहुभाषिक कवि गोष्ठी तथा समीक्षा कार्यक्रमका सहभागीहरुले कविता एवम् मन्तव्य मार्फत सो कुरा बताएका हुन् । Continue reading “देउखुरीमा बहुभाषीक कवि गोष्ठी”

बाणगंगा नगरपालिकाका जनप्रतिनिधिलाई थारु पत्रकारको सम्मान [फोटो फिचर]

थारु पत्रकार संघ नेपाल कपिलवस्तु शाखाले वाणगंगा नगरपालिकाका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ। नगरप्रमुख मंगलप्रसाद चौधरीसहित उपाध्यक्ष र वडाध्यक्षहरुलाई सम्मान गरिएको थियो। थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष मदन चौधरीले जनप्रतिनिधिहरुलाई सम्मान पत्र प्रदान गरेका थिए। Continue reading “बाणगंगा नगरपालिकाका जनप्रतिनिधिलाई थारु पत्रकारको सम्मान [फोटो फिचर]”

नवलपरासी पश्चिममा थारु पत्रकारको १६औं शाखा विस्तार, पदाधिकारीमा सबै महिला पत्रकार

नवलपरासी (पश्चिम)मा थारु पत्रकार संघ नेपालको १६औं शाखा विस्तार भएको छ। रेडिया परासीमा कार्यरत पत्रकार रेनुका चौधरीको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो। यो कार्यसमितिको सबै पदाधिकारीमा महिला पत्रकारहरुमात्र छन्। Continue reading “नवलपरासी पश्चिममा थारु पत्रकारको १६औं शाखा विस्तार, पदाधिकारीमा सबै महिला पत्रकार”

थारु समुदायमा संयुक्त परिवार, जहाँ ४२ जनालाई एकैदिन ३० किलोभन्दा बढी चामल पाक्छ

गुलरिया नगरपालिका १२ भैसाहीका ६० वर्षीय जोगीराम थारू तीन पुस्तादेखि सगोलमा बस्दै आएका छन् । उनको ४२ जनाको परिवार अहिले पनि एउटै भान्सामा खान्छ । सुत्नका लागि तीनवटा घर छन् । साँझ–बिहान गरेर भान्सामा ३० किलोभन्दा बढी भात पाक्छ । एक छाक खाना पकाउन मात्रै झन्डै ४ घण्टा लाग्छ । Continue reading “थारु समुदायमा संयुक्त परिवार, जहाँ ४२ जनालाई एकैदिन ३० किलोभन्दा बढी चामल पाक्छ”

थारुवान राज्यको संकल्प लिएका दिपेश थारू

इन्दु थारु/बर्दिया।
माओवादी आन्दोलनमा लागेका कैयौं घाइतेहरु गुमनाम भए । कैयौं घाइते हुनुको पीडाबाट माथि उक्लनै सकेनन् । युद्धकालमा ठूला ठूला लडाइँ लडेकाहरु शान्ति प्रक्रिया पछि हराए । कैयौंलाई लाग्यो लडाइँ लड्नुसम्म मात्र तिनको काम थियो, शान्ति प्रक्रियामा आएपछि तिनको कामै सकियो । कैयौंले सोचे लड्नुमात्र तिनको काम हो र राजनीति गर्नु तिनको काम होइन । तीन भिन्न ठाउँमा भएको लडाइँमा उनी तीनपटक घाइते भए, तैपनि राजनीतिमा सक्रिय भइ लागिरहे । लड्दालड्दै तीन पटक पुनःजीवन पाएका व्यक्ति हुन् दिपेश थारु । २२ मंसिर २०७४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा उनी बर्दिया क्षेत्र नं २ (ख)बाट प्रदेश सभा सदस्यमा विजयी भए । Continue reading “थारुवान राज्यको संकल्प लिएका दिपेश थारू”

सहकारी संस्था किसानको ढुकढुकी बन्नुपर्छ : राज्यमन्त्री चौधरी

कृषि,भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री राम कुमारी चौधरीले राष्ट्रिय सहकारी बैंक लिमिटेडहरुलाई किसानहको ढुकढुकी बनाउनुपर्ने बताएकी छन्। Continue reading “सहकारी संस्था किसानको ढुकढुकी बन्नुपर्छ : राज्यमन्त्री चौधरी”

राजपाको महाधिवेशन वैशाखमा हुने, रेशम चौधरीलाई रिहाई गर्न माग

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको राष्ट्रिय महाधिवेशन वैशाखमा हुने भएको छ । तीन दिनसम्म चलेको राजपा नेपालको राजनीतिक समितिको बैठकले आगामी २०७६ वैशाख ७, ८ र ९ गते राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो । Continue reading “राजपाको महाधिवेशन वैशाखमा हुने, रेशम चौधरीलाई रिहाई गर्न माग”

११ वर्षीया कमलरी अस्मिता हत्याको विरोधमा कैलालीमा प्रदर्शन

लखन चौधरी/कैलाली। बाँके, बर्दिया, दाङ, कञ्चनपुरसहित कैलाली जिल्लामा कमलरी हत्याको विरोधमा आज प्रदर्शन गरिएको छ । Continue reading “११ वर्षीया कमलरी अस्मिता हत्याको विरोधमा कैलालीमा प्रदर्शन”

कोसी ब्यारेजमा ट्रक खस्दा घनश्याम चौधरीको मृत्यु

सप्तकोशी नदीस्थित कोसी ब्यारेजमा ट्रक खस्दा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । स्काइभेटर बोकेको ट्रक १९ नम्बर ढोका फुटाएर सप्तकोशी नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । घटना लगतै सुरक्षाकर्मी पुगेर ट्रकमा रहेकाहरुको उद्दार गरेपनि गम्भीर घाइतेको उपचारको क्रममा निधन भएको हो । Continue reading “कोसी ब्यारेजमा ट्रक खस्दा घनश्याम चौधरीको मृत्यु”

दस करोडको राष्ट्रिय सिकल सेल कोष बनाउनुपर्ने माग राख्दै घोषण पत्र जारी

थारु समुदायमा विकराल बन्दै गएको वंशाणु रोग सिकलसेलबारे विभिन्न माग राखी घोषणा पत्र जारी गरिएको छ। कैलालीमा आयोजित विश्व सिकलसेल दिवसको अवसरमा सिकलसेल नेपालले १२ बुँदे घोषणा पत्र जारी गरेको हो। उसले यस रोगको निशुल्क परीक्षणदेखि राष्ट्रिय सिकल सेल कोष स्थापना गर्न मागसमेत गरेको छ।  Continue reading “दस करोडको राष्ट्रिय सिकल सेल कोष बनाउनुपर्ने माग राख्दै घोषण पत्र जारी”