११ वर्षीया उमा चौधरी बेपत्ता, प्रहरीले उजुरी लिन मानेन

लखन चौधरी/कैलाली।

कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी १ बालिका १ हप्तादेखि बेपत्ता छिन् । विद्युत महसुस बुझाउन जेठ २९ गते घरबाट साथीसँग निस्केकी ११ वर्षीया उमा चौधरी हालसम्म सम्पर्कमा आएकी छैनन् । Continue reading “११ वर्षीया उमा चौधरी बेपत्ता, प्रहरीले उजुरी लिन मानेन”

रेशमकाे पार्टीकाे भन्दै मन्त्रीज्युले दुर्व्यवहार गर्नुभयाे : सांसद चाैधरी

राष्ट्रिय जनता पार्टी नेपालका प्रदेश सांसद कृष्णबहादुर चौधरीले प्रदेशमन्त्रीले आफूलाई दुर्व्यवहार गरेको बताएका छन् । आफूलाई रेशम चौधरीको पार्टीको भन्दै एमाले मन्त्री माया भट्टले दुर्व्यवहार गरेको उनले बताए । Continue reading “रेशमकाे पार्टीकाे भन्दै मन्त्रीज्युले दुर्व्यवहार गर्नुभयाे : सांसद चाैधरी”

सिकलसेल दिवस : यो रोग किन र कसरी लाग्छ ?

सिकलसेल एनिमिया । झट्ट सुन्दा तपाईंलाई यो रोगबारे उति हेक्का नहुन सक्छ । खासमा यो रक्त विकारसँग सम्बन्धित रोग हो ।

सिकलसेल एनिमिया रगतको रातो रक्तकोषमा हुने एक जैविक वंशाणुगत रोग हो । यो रोगले शरीरमा रगत बनाउने रातो रक्तकोषिकाको संख्या घटाउँदै लैजान्छ । आज सिकलसेल एनिमिया दिवस भएकाले सोही अवसरमा यस रोगको बारेमा उपयोगी जानकारी उपलब्ध गराइएको छ । Continue reading “सिकलसेल दिवस : यो रोग किन र कसरी लाग्छ ?”

जोखन रत्गैँया चौधरी स्मृति प्रतिष्ठान कैलाली प्रशासनमा दर्ता

शहित जोखन रत्गैँया चौधरी (हिम्मत) स्मृति प्रतिष्ठान दर्ता भएको छ। उक्त प्रतिष्ठान जिल्ला प्रशासन कार्यालय कैलालीमा दर्ता भएको हो। तत्कालीन माओवादी जनयुद्धकालमा शहादत प्राप्त गरेका जोखन रत्गैँया एक क्रान्तिकारी योद्धा थिए। थारु समुदायमा विद्यमान सबै किसिमका कूप्रथाहरुलाई हटाउने प्रण गरेका उनको वि‍.सं २०५९ जेठ २९ गते तत्कालीन शाही सेनाले गोली हानी हत्या गरेको थियो। Continue reading “जोखन रत्गैँया चौधरी स्मृति प्रतिष्ठान कैलाली प्रशासनमा दर्ता”

आत्महत्या भनिएको ११ वर्षीया कमलरीको हत्या भएको आशंका

सन्तोष दहित/दाङ।
बाँसगढी नगरपालिका-४ अस्नेरीकी ११ वर्षीया कमलरी अस्मिता थारुको शंकास्पद मृत्यु भएको छ। जेठ २९ गते राति ८ आत्महत्या गरेको भनिएपनि उनको हत्या भएको मुक्त कमलरी विकास मञ्चले जानकारी गराएको छ। Continue reading “आत्महत्या भनिएको ११ वर्षीया कमलरीको हत्या भएको आशंका”

थारु आयोगको नाममा झारो टार्ने प्रयास गरिएको चितवनका थारुको आरोप

सन्तकुमार चौधरी/चितवन।
राष्ट्रिय मधेसी, थारु तथा मुस्लिम आयोगलाई पूर्ण अधिकारसहितको आयोग बनाउन चितवनका थारुहरुले सुझाव दिएका छन् । नेपाल कानुन समाज चितवनले नारायणगढमा सोमबार आयोजना गरेको अन्तरक्रियामा बोल्दै चितवनका थारु अगुवाहरुले आयोगको नाममा झारो टार्ने प्रयासमात्रै गरेको आरोप लगाएका छन् ।

थारु आयोग हुनुपर्ने माग लामो समयदेखि उठेपनि २०७२ सालको संविधानले मधेसी, थारु र मुस्लिम आयोगको संवैधानिक व्यवस्था गर्यो । आयोग बनाउने व्यवस्था संविधानमा उल्लेख भए पनि आयोगले गर्ने काम र जिम्मेवारीको विषयमा निकै कन्चुस्याई गरिएको थारु अगुवाहरुको गुनासो छ ।

आयोगको नाममा थारुहरुलाई भुलाउने काम गरेको थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरीले आरोप लगाए । कार्यक्रममा बोल्दै थारु अगुवा कृष्ण चौधरीले आयोगलाई एनजिओको रुपमा ल्याइएको भन्दै यो आयोगको औचित्य खासै नभएको टिप्पणी गरे ।

कार्यक्रममा बोल्दै थारु समुदायका अगुवा जयचन्द्र प्रसाद चौधरीले पूर्ण अधिकारसहितको आयोग बनाउनुपर्ने सुझाव दिए । संवैधानिक व्यवस्थामा उल्लेख भएअनुसार १० वर्षमा आयोगलाई पुर्नरावलोकन गर्न सकिने व्यवस्था अव्यवहारिक र अवैज्ञानिक भएको उनको भनाइ छ ।

यस्तै थारु कल्याणरिणी सभाकी केन्द्रीय पार्षद विष्णुकुमारी चौधरीले मधेसी, मुस्लिम तथा थारु आयोग एकात्मक प्रणालीबाट बनाइएको आरोप लगाए । अध्ययन, अनुगमन र सिफारिस गर्ने जिम्मामात्रै दिएर यी आयोगहरुलाई अन्य आयोगभन्दा कमजोर बनाइएको भन्दै गुनासो गरे ।

पूर्वसांसद रमेश लेखकले सहजीकरण गरेको कार्यक्रममा सहभागीहरुले आयोग बनाउने संवैधानिक व्यवस्था स्वागतयोग्य भए पनि आयोगलाई ऐनद्धारा दिइएको क्षेत्राधिकारहरु भने एनजिओसरह भएको बताए ।

थारु आयोग ऐन २०७४ को प्रस्तावनामा थारु समुदायको इतिहास र संस्कृतिको पहिचान, हक, हितको संरक्षण र सम्बद्र्धन तथा थारु समुदायको सशक्तीकरण गर्नका लागि थारु आयोगको सम्बन्धमा आवश्यक व्यवस्था गर्ने उल्लेख छ ।

आयोग बनाउने संविधानमा उल्लेख भए पनि प्रादेशिक कार्यालय वा प्रादेशिक आयोग के हुने उल्लेख गरिएको छैन । न त संघीय आयोगको मुकाम नै तोकिएको छ । स्थानीय वा अन्य स्थानको निम्ति पनि केही उल्लेख गरिएको छैन । आयोगको तीनवटै ऐनको परिच्छेद ४ को दफा १२ मा आयोगको कार्यालय काठमाडौं उपत्यकामा रहने भनिएको छ ।

आयोगले आवश्यकता अनुसार प्रदेश तहमा समेत कार्यालय स्थापना गर्नसक्ने भनिए पनि स्थानीय तहसम्म लैजान मिल्ने वा नमिल्ने विषयमा प्रष्ट उल्लेख छैन ।

आयोगका लागि आवश्यक कर्मचारी नियुक्ति भने राष्ट्रपतिमार्फत् संवैधानिक परिषदले गर्ने भनिएको छ । आयोगमा अध्यक्षसहित अन्य चारजना सदस्य रहने व्यवस्था गरिएको छ ।

बहस कार्यक्रममा थारु कल्याणकारिणी सभाकी पूर्व केन्द्रीय सदस्य चन्द्रकुमारी चौधरी, थारु महिला सभा चितवनकी अध्यक्ष धन्जु महतो, थारु कल्यणकारिणी सभा चितवनका पूर्व जिल्ला सभापति टिकेन्द्र चौधरी, कृष्ण चौधरीलगायतले बोलेका थिए ।

कृष्णबहादुर चौधरीको बहादुरी

लखन चौधरी/टीकापुर।
२०७४ असोज ३० मा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक नेपाल र नेपाली कांग्रेसबीच पार्टी एकीकरण भयो । तर कैलालीका कृष्णबहादुर चौधरी कांग्रेसमा नगइ राष्ट्रिय जनता पार्टी (राजपा) मा छिरे । अन्ततः प्रदेश सभा कैलाली निर्वाचन क्षेत्र नम्बर १ (क) मा राजपाबाट उम्मेदवार भइ विजयी भए । लोकतान्त्रिक फोरममा रहँदाताका सहपाठी एंव बहालवाला स्थानीय विकास राज्यमन्त्री तथा कांग्रेस उम्मेदवार जनकराज चौधरीलाई पराजित गरी उनले छलाङ मारे । Continue reading “कृष्णबहादुर चौधरीको बहादुरी”

राष्ट्रियसभाका एकमात्र थारु सदस्य ‘उत्सव’को कार्यकाल ६ वर्ष

राष्ट्रिय सभाका एकमात्र थारु सदस्य हरिराम चौधरी ‘उत्सव’को कार्यकाल ६ वर्षको हुने भएको छ । सोमबार भएको गोलाप्रथाबाट उनको ६ वर्षको कार्यकाल टुंगो लगाएका थिए । Continue reading “राष्ट्रियसभाका एकमात्र थारु सदस्य ‘उत्सव’को कार्यकाल ६ वर्ष”

सांसद चौधरीले मागिन् तेस्रो लिंगीका लागि बजेट [भिडियो]

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद लक्ष्मी कुमारी चौधरीले हिंसामा परेका महिलाहरुलाई पुनःस्थापना केन्द्र खोल्न माग गरेकी छन्। उनले यससम्बन्धी आफूले हालेको योजना नपरेको भन्दै अगामी वर्षसम्म यस्ताखाले योजनामा बजेट विनियोन गर्नुपर्ने बताइन्। Continue reading “सांसद चौधरीले मागिन् तेस्रो लिंगीका लागि बजेट [भिडियो]”

थारुवान प्रदेशका लागि लडेका इन्द्रजीत थारु

इन्दु थारु/दाङ।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहे उनी । तत्कालीन नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा कक्षा ८ मा पढ्दैगर्दा उनी आबद्ध भए । सशस्त्र द्वन्द्वरत पार्टी माओवादीमा लागेपछि उनी आफ्नै घरमा चयनले खान बस्न सकेनन् । जसको फलस्वरुप उनी भूमिगत हुन पुगे । शान्ति सम्झौतापश्चात बनेको अन्तरिम संविधान सभाका उनी अन्तरिम विद्यायक पनि भए । Continue reading “थारुवान प्रदेशका लागि लडेका इन्द्रजीत थारु”