नेपाल कम्युनिस्ट पार्टीका सांसद मेटमणि चौधरीले मन्त्रीहरूले बजेटमा फिक्सिङ गरेको भन्दै ती मन्त्रीहरूलाई जेल हाल्न माग गरेका छन् ।
बिहीबार बसेको संसद बैठकमा विनियोजन विधेयक अन्तर्गतको छलफलमा भाग लिँदै चौधरीले मन्त्रीहरूले आ–आफ्ना क्षेत्रहरूमा मात्रै बजेट केन्द्रित गरेको आरोप लगाए । ‘म्याच फिक्सिङ गर्ने खेलाडीलाई जेल हालिन्छ’, उनले भने, ‘बजेट फिक्सिङ गरेर बजेट आफ्नो क्षेत्रमा लैजाने मन्त्रीलाई जेल हाल्नु पर्छ कि पर्दैन ?’ आफूले पटक पटक आग्रह गर्दा पनि मन्त्रीहरूले वजेट र कार्यक्रमहरू कटौती गरेको भन्दै उनले आपत्ति जनाए । Continue reading “बजेट फिक्सिङ गर्ने मन्त्रीलाई जेल हाल्नुपर्छ : सांसद चौधरी”