मोरङ क्षेत्रनमबर ४(१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित विजयकुमार विश्वास मोरङको ग्रामथान गाउँपालिका–४ मा २०३८ साल पुस ३ गते जन्मिएका हुन् । सामान्य किसान परिवारमा जन्मीएका विश्वासका २ जना दाजु, ३ जना दिदी र एक जना भाइ छन् । दुुईवटी आमामध्ये विश्वास कान्छीपट्टिका माइला छोरा हुन् । ६ जना सन्तानमध्ये जेठी आमापट्टिका १ दाजु र २ दिदी हुन् । Continue reading “अर्को विजय कुमारको उदय”
Author: admin
यज्ञवती बनिन् रानाथारु समुदायकै पहिलो मेडिकल डाक्टर
कैलालीकी यज्ञवती राना रानाथारु समुदायमै पहिलो मेडिकल डाक्टर बन्न सफल भएकी छन् ।धनगढी उपमहानगरपालिका वडा ८ की यज्ञवती राना समुदायकै पहिलो डाक्टर बन्न सफल भएकी हुन् । Continue reading “यज्ञवती बनिन् रानाथारु समुदायकै पहिलो मेडिकल डाक्टर”
पूर्व कमैया कुलवीर चौधरीको संसद यात्रा
थारुवान/काठमाडौं।
गरिब परिवारमा जन्मिनु कुलवीर चौधरीको दोष थिएन । तर, नियतिले उनलाई थारु कमैया परिवारमा जन्म दियो । कञ्चनपुर क्षेत्र नम्बर १ ख मा प्रदेशसभातर्फ विजयी बनेका उनको जन्म २०१४ असोज १५ गते दाङको रारागाउँमा भएको थियो, जुन अहिले घोराही उपमहानगरपालिकामा पर्छ । जन्मिदा आमा बुबा अरुको घरमा कमैया थिए, जसका कारण उनी स्कुल जान पाएनन् । साथीहरुको देखासिकी गरेर उनी बाह्रखरी चिन्न सके । Continue reading “पूर्व कमैया कुलवीर चौधरीको संसद यात्रा”
थारू महिला सभाकाे अध्यक्षमा पुन: हरिदेवी चाैधरी चयन
थारु महिला सभाकाे अध्यक्षमा हरिदेवी चौधरी पुन: निर्वाचित भएकी छन्। प्रदेश नम्बर ३ काे राजधानी हेटाैंडामा भएकाे दाेस्राे महाधिवेशनले हरिदेवी नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकाे हाे। Continue reading “थारू महिला सभाकाे अध्यक्षमा पुन: हरिदेवी चाैधरी चयन”
आरजुलाई हराउन भूमिका खेलेको भन्दै बब्लुकुमार चौधरीसहित २० जनालाई कारबाही गर्न सिफारिस
काँग्रेस सभापति शेरबहादुर देउवाकी धर्मपत्नी आरजु राणा देउवालाई हराउन भूमिका खेलेको अभियोगमा २० जनालाई कारबाहीको सिफारिस भएको छ । Continue reading “आरजुलाई हराउन भूमिका खेलेको भन्दै बब्लुकुमार चौधरीसहित २० जनालाई कारबाही गर्न सिफारिस”
सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित
हिला भलिबलको सशक्त टोली विभगीय नेपाल एपिएफ क्लब चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेको छ । प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल खेलमा एपिएफले मुख्य प्रतिस्पर्धी शिवम् न्यु डायमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो । Continue reading “सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित”
प्रदेश ७ को नीति तथा कार्यक्रम : विपन्न थारुको लागि एकीकृत विकास कार्यक्रम सञ्चालन गर्ने
प्रदेश नम्बर ७ सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश संसदमा ५८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरे । उनले नीति तथा कार्यक्रममा विपन्न थारु समुदायको वृहत्तर हितका लागि एकीकृत विकास कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। साथै थारु समुदायमा मात्र रहेको सिकलसेल रोगको निदानका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। Continue reading “प्रदेश ७ को नीति तथा कार्यक्रम : विपन्न थारुको लागि एकीकृत विकास कार्यक्रम सञ्चालन गर्ने”
‘थारू महिलाहरूको उत्थानका लागि आत्मनिर्भर बनाउन आवश्यक छ’
कारी महतो थारु/हेटौडा।
प्रतिनिधि सभाका सांसद पद्मनारायण चौधरीले थारु महिलाहरुको उत्थानका लागि उनीहरुलाई आत्मनिर्भर बनाउनुपर्ने बताएका छन् । हेटौंडामा भएको थारु महिला सभाको दोस्रो महाधिवेशनका प्रमुख अतिथिका रुपमा आमन्त्रित नेपाली कांग्रेसका सांसद चौधरीले मन्तव्यको क्रममा यस्तो बताएका हुन् । Continue reading “‘थारू महिलाहरूको उत्थानका लागि आत्मनिर्भर बनाउन आवश्यक छ’”
हेटौंडामा थारु महिला सभाको दोस्रो महाधिवेशन [फोटो फिचर]
कारी महतो/हेटौंडा।
थारु महिला सभाको दोस्रो महाधिवेशनको उद्घाचटन सत्र सम्पन्न भएको छ। प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा आयोजित उद्घाछटन सत्रमा प्रमुख अतिथि नेपाली कांग्रेसका सांसद पद्मनारायण चौधरी रहेका थिए। त्यस्तै नेपाली कांग्रेसका अर्का सांसद तेजुलाल चौधरी पनि विशिष्ट अतिथिको रुपमा सहभागी भएका थिए। Continue reading “हेटौंडामा थारु महिला सभाको दोस्रो महाधिवेशन [फोटो फिचर]”
राजपा नेताकाे प्रश्न- ‘नवराज सिलवाललाई शपथ रेशम चौधरीलाई किन नाइ?’
राजपा नेता केशव झाले रेशम चौधरी निर्दोष भएको बताएका छन् । एपी वन टेलिभिजनसँगको कुराकानीमा नेता झाले रेशम निर्दोष रहेकाले जसरी पनि शपथ गराउने बताए । ‘घटना हुँदा रेशम चौधरी टीकापुरमै थिएनन्, उनी कसरी दोषी भए ?,’ उनले प्रश्न गरेका छन् । Continue reading “राजपा नेताकाे प्रश्न- ‘नवराज सिलवाललाई शपथ रेशम चौधरीलाई किन नाइ?’”