थाकस पर्सामा हेमनारायण चौधरी निर्विरोध निर्वाचित

थारु कल्याणकारिणी सभा (थाकस) पर्साकाे सभापतिमा हेमनारायण चौधरी निर्विरोध निर्वाचित भएका छन् । पर्साको जिराभवानी गाउँपालिकामा भएको सातौं जिल्ला अधिवेशनले उनको नेतृत्व स्वीकार गरेको हो ।

थाकसका महामन्त्री अमिरी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले अन्य पदाधिकारी भने चयन गर्न सकेन । अन्य पदाधिकारी शनिबार चयन हुने नन्दकिशोर पञ्जियारले जानकारी दिए ।

अधिवेशनमा सहभागी वक्ताहरुले थारु समुदायको छाता संगठनले सम्पूर्ण थारुहरुको उत्थान गर्नुपर्ने बताएका थिए । उनीहरुले निस्क्रिय अवस्थामा रहेको थाकसलाई नयाँ कार्यसमितिले सक्रिय बनाउनुपर्ने बताएका थिए ।

मृतक सोनम चौधरीकी तीन वर्षीया छोरीलाई दश लाख क्षतिपूर्ति

कारी महतो/चितवन।
थ्रेसर दुर्घटनामा परी मृत्यु भएको सोनम चौधरीको अफन्तजन र सवारीधनी बीच आपसी सहमति भएपछि आज मृतकको पोष्टमार्टम गरी अत्यष्टि गरिएको छ । सवारीधनीले पीडित पक्षलाई क्षतिपूर्ति तथा राहत स्वरुप दश लाख र क्रियाखर्च बापत पचास हजार दिने आपसी सहमति भएपछि शवको पोष्टमार्टम गरी अन्त्यष्टि गरिएको हो । उक्त सहमति थारु कल्याणकारिणी सभा चितवनको मध्यस्थता तथा रोहबरमा भएको थियो । Continue reading “मृतक सोनम चौधरीकी तीन वर्षीया छोरीलाई दश लाख क्षतिपूर्ति”

फौजदारी अभियोग लागेका सांसद् निलम्बन नहुने गरी संसद नियमावली पारित

प्रतिनिधिसभा नियमावली २०७४ शुक्रबार पारित भएको छ । शुक्रबार बसेको संसद बैठकले नियमावली बहुमतले पारित गरेको हो । नियमावलीको विपक्षमा स्वतन्त्र सांसदहरु प्रेम सुवाल र दुर्गा पौडेलले मतदान गरेका थिए । नियमावलीमा नेपाली कांग्रेसले राखेको संशोधन सहमतिपछि फिर्ता लिएको थियो । शुक्रबार विहान स‌ंसद पद निलम्बन नगर्ने सहमति भएपछि कांग्रेसले पनि नियमावलीको पक्षमा मतदान गरेकाे हाे । Continue reading “फौजदारी अभियोग लागेका सांसद् निलम्बन नहुने गरी संसद नियमावली पारित”

समाजसेवामै दुई बिघा बेचेका रामलाल महतो

कारी महतो/चितवन।

हालै सम्पन्न भएको प्रदेशसभाको निर्वाचनमा चितवनको प्रदेश ३ (ख) बाट बाम गठबन्धनका साझा उम्मेदवारका रुपमा रही भारी मतले विजयी भएका रामलाल महतोले आफूमात्र जितेनन्, सोही क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड)लाई समेत भारी मतले विजयी गराए । रामलाल महतोले २५,०६१ मत प्राप्त गरे । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका साजनकुमार महतोले १५,९४५ मत ल्याए । Continue reading “समाजसेवामै दुई बिघा बेचेका रामलाल महतो”

चालकको लापरबाहीले सोनम महतोको मृत्यु, तीन वर्षीया छोरीको विचल्ली

कारी महतो/चितवन।
ट्र्याक्टर चालकको लापरबाहीले दुर्घटना हुँदा चितवनको राप्ती नगरपालिका वडा नं. ६ हर्दीका २३ वर्षीय सोनम महतोको मृत्यु भएको छ । पीडित पक्षले उचित क्षतिपूर्ति नपाएसम्म शव नउठाउने बताएका छन् । Continue reading “चालकको लापरबाहीले सोनम महतोको मृत्यु, तीन वर्षीया छोरीको विचल्ली”

प्रदेश २ को सरकार नछाड्ने राजपाको निर्णय

राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश २ को सरकार नछाड्ने निर्णय गरेको छ । बिहीबार बसेको अध्यक्ष मण्डलको बैठकले संघीय समाजवादी फोरम नेपालसँगको गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो । Continue reading “प्रदेश २ को सरकार नछाड्ने राजपाको निर्णय”

थारूको आरक्षण घटाइयो, निजामतीमा ५ प्रतिशत सिट कायम

सरकारले संघीय निजामती प्रशासनमा ८ क्लस्टरलाई ४५ प्रतिशत सिट आरक्षण गर्ने प्रस्ताव गरेको छ । यसअघि सरकारले ५ क्लस्टरलाई ४५ प्रतिशत सिटमा आरक्षण दिँदै आएको थियो । Continue reading “थारूको आरक्षण घटाइयो, निजामतीमा ५ प्रतिशत सिट कायम”

फुड पोइजनिङको जोखिम र बच्‍ने उपाय

डा. अर्जुन बुढाथोकी।

खानामा संक्रमण भयो भने त्यसलाई फुड पोइजनिङ भनिन्छ । विशेष गरेर गर्मी मौसममा बढी फुड पोइजन हुन्छ । गर्मी मौसममा खानाको क्षयीकरण चाँडो हुन्छ, चाँडो अमिलिन्छ । गर्मीमा खानेकुरा छिटो अमिलिने भएकाले फुड पोइजनिङ पनि गर्मीमै बढी हुन्छ ।

जुनसुुकै खानेकुरा खाँदा पनि फुड पोइजन हुन सक्छ । पकाएकै खानेकुराले पनि फुड पोइजन हुन्छ । पकाएका खानाभन्दा नपकाएको खाना खाँदा फुड पोइजन हुने सम्भावना बढी हुन्छ ।

खानेकुरा पकाउँदा ब्याक्टेरिया मर्ने भएकाले पाकेको खाना खाँदा फुड पोइजनको जोखिम कम हुन्छ । जथाभावी सलाद खानु हुँदैन । गर्मीमा काँचो गाँजर, मुला, साग, धनियाँ लगायतका सलाद खाँदा सचेत हुनुपर्छ ।

सहरी क्षेत्रमा अव्यवस्थित ढललगायतको फोहोरका कारण खानामा संक्रमणको जोखिम बढी हुन्छ । पानीका कारणले पनि फुड पोइजन हुनसक्छ । विशेषगरी ब्याक्टेरिया, प्यारासाइटजस्ता किटाणुले फुड पोइजन गराउँछ । कोक, फ्यान्टालगायतका केमिकलयुक्त पेय पदार्थ खाँदा पनि फुड पोइजनिङको जोखिम बढी हुन्छ ।

संक्रमित खाना खाएपछि पेट तथा आन्द्रामा असर गर्छ । रियाक्सन भएपछि वाकवाकी आउने, बान्ता हुने जस्ता लक्षण देखिन्छन् । सामान्यतः वाकवाक लाग्नु, बान्ता हुनु, डाइरिया हुनु फुड पोइजनका मुख्य लक्षण हुन् । ज्वरो आउने, पेट दुख्ने, रिंगटा लाग्ने पनि हुन सक्छ । दिसा र वान्तामा रगत देखिनु जटिल लक्षण हुन् । यस्तो देखिएमा तुरुन्तै उपचार गर्नुपर्छ ।

सामान्य अवस्थामा पेटमा हाइड्रोक्लोरिक एसिड हुन्छ । यो हातै जलाउन सक्ने कडा एसिड हो । पेटमा भएको एसिडले ब्याक्टेरियालाई मार्छ । शक्तिशाली ब्याक्टेरियालाई समेत एसिडले मारिदिन्छ ।
एसिडले पेटबाट आन्द्रामा ब्याक्टेरिया छिर्न दिँदैन । कहिलेकाहीँ एसिडले संक्रमण रोक्न सक्दैन । यस्तो अवस्थामा ब्याक्टेरिया ठूलो आन्द्रा हुँदै तल्लो आन्द्रामा पुग्छ ।

आन्द्राका कोषिकालाई ब्याक्टेरियाले क्षति पुर्याउँछ । कोषिका चुँडिन्छन् । ब्याक्टेरिया वा किटाणुले कोषिका मारिदिन्छ । कोषिकाको मृत्यु भएपछि शरीरलाई आवश्यक पर्ने कोषिकाले सोस्न छाड्छ । शरीरमा भएको पानी डाइरिया भएर शरीर बाहिर जान्छ । यस्तो अवस्थामा शरीरमा पानीको अभाव हुन्छ ।
मानिसको शरीरमा ६० प्रतिशत पानी हुन्छ । कोही मानिस ६० किलोको छ भने उसको शरीरमा ३६ लिटर पानीको मात्रा हुन्छ ।

बच्चामा अझ महत्वपूर्ण हुन्छ । बच्चामा पानीको मात्रा अझ धेरै हुन्छ । बाल, वृद्ध तथा गर्भवती महिलामा फुड पोइजनिङ हुनु जोखिमपूर्ण हुन्छ । पातलो दिसा तथा बान्ता भएर पानी र नुनको मात्रा सकिँदै जान्छ, पानीको मात्रा शरीर बाहिर जान्छ । गर्भवतीमा पनि आमा र बच्चालाई अझ धेरै पानी चाहिने भएकाले थोरै मात्रै पानी शरीर बाहिर गयो भने जोखिम हुन सक्छ । बुढेसकालमा शरीरको प्रतिरोधात्मक शक्ति कमजोर हुँदै जाने भएकाले वृद्ध उमेरकालाई समेत फुड पोइजनले बढी असर गर्छ ।

सोडियम (नुन) र पोटासियम पातलो दिसासँगै बगेर जान्छ । रक्तकोषिकाले पोटासियम र सोडियम शरीरका विभिन्न भागमा पुर्याउँछन् । पोटासिमय तथा सोडियम नै शरीरमा अभाव भयो भने शरीरका अंगले काम गर्न छोड्छन् । शरीरमा पानी कम भयो भने प्रेसर ‘कम’ हुन्छ । रक्तसञ्चार कम हुनु नै ब्लड पे्रसर कम हुनु हो ।

ब्लड प्रेसर कम हुने बित्तिकै मुटु, मृगौला, दिमागलगायतका शरीरका अंगमा आवश्यक खाद्य पदार्थ कम हुन्छ । शरीरका भागमा आवश्यक खाद्यपदार्थ नपुग्दा शरीरका अंगको काम गर्ने क्षमता कम हुँदै जान्छ । एउटा अंग फेल हुने बित्तिकै अर्को अंगले समेत काम गर्न छोड्छ । शरीरका सबै अंगले काम गर्न छोड्छन्, जसलाई ‘मल्टि अर्गान फेलियर’ पनि भनिन्छ ।

सामान्यतः फुड पोइजनले दीर्घकालीन असर गर्दैन । समयमै उपचार ग¥यो भने फुड पोइजनबाट बच्न सकिन्छ । सामान्यतः संक्रमित खाना खाएको केही घण्टादेखि तीन दिनसम्म फुड पोइजनको प्रभाव देखिन्छ ।

वान्ता भयो भने वान्ता रोक्ने औषधि खानुपर्छ । लगातार वान्ता भइरह्यो भने इन्जेक्सनमार्फत वान्ता रोक्ने, औषधि चलाउनुपर्ने हुन्छ ।

वान्ता नभएर डाइरिया मात्र भयो भने डाइरिया रोक्ने औषधि खानु पर्छ । डाइरिया मात्रै भयो भने नुन, चिनी पानी वा जीवनजल खानु पर्छ । वान्ता नभएको अवस्थामा जीवनजल नै खाँदा पनि डाइरिया कम हुन सक्छ । शरीरमा पानीको मात्राको अभाव नहुँदा जोखिम कम हुन्छ ।

लगातार तीन दिनसम्म वान्ता वा डाइरिया रोकिएन भने चिकित्सककहाँ जानु पर्छ । चक्कर लाग्यो, १०३.४ डिग्रीभन्दा बढी ज्वरो आयो भने जोखिम हुन्छ । शिथिल भयो भने पनि अस्पताल जानै पर्छ । धेरै बान्ता वा डाइरिया भयो भने पानीको मात्रा सकिएर ज्यानको खतरा हुन्छ ।

फ्रिजको खानाको जोखिम
फ्रिजमा राखेको मासुलगायतका खानेकुरा बाहिर निकालेर केहीबेर राख्छौँ । आइस पग्लिएर झरिसकेपछि मात्रै पकाउँछौँ । खान्छौँ । त्यसो गर्नु राम्रो हैन । डि फ्रिजबाट खानेकुरा निकालेर आइस फ्रिज भित्रै पग्लिन दिनु पर्छ, जसलाई ‘डि फ्रस्ट’ गर्ने पनि भनिन्छ ।

फ्रिज भित्रै आइस पग्लिसकेपछि बाहिर ल्याएर तुरुन्तै खानेकुरा पकाउनु पर्छ । फ्रिजबाट झिकेर रुम टेम्प्रेचरमा धेरैबेर राख्नु राम्रो हैन । फ्रिजबाट झिकेको खानेकुरा धेरैबेर बाहिर राख्यो भने केमिकल रियाक्सन हुन्छ । त्यस्तो खानेकुरा खाँदा फुड पोइजनको जोखिम हुन्छ ।

जति टेम्प्रेचर बढी भयो त्यति नै खानेकुरामा अम्लियपन हुन्छ । केमिकल रियाक्सन हुन्छ, जसलाई ‘मेटाबोलिजम्’ पनि भनिन्छ । फ्रिजमा खानेकुरा राख्दा चिसोले अम्लियपन अत्यन्तै कम हुन्छ । त्यसैले फ्रिजमा राखेको खानेकुरा बाहिर निकाल्दा ह्वात्तै अम्लियपन बढ्ने भएकाले धेरैबेर बाहिर नराखेकै राम्रो ।

अगमलाल चौधरी: जसले वीपीलाई आदर्श मानेर कांग्रेसी भए

थारुवान/काठमाडौं।

सुनसरी सत्तेरझोडा वडा नं. २ मा २००५ सालमा अगमलाल चौधरी जन्मिए । उनको परिवार खानदानी थियो । अगमलाल दिवंगत शान्तिलाल माझी र सोनामतीदेवी थरुनीका एक्ला छोरा हुन् । उनका दिदीवहिनी भने पाँच जना हुन् । Continue reading “अगमलाल चौधरी: जसले वीपीलाई आदर्श मानेर कांग्रेसी भए”

थारु महिला सभा बाराकाे अध्यक्षमा मायादेवी चौधरी चयन

थारु महिला सभा बाराको दोस्रो अधिवेशनले मायादेवी चौधरीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितको उपाध्यक्षमा चन्द्रकान्ता चौधरी रहेका छन् । Continue reading “थारु महिला सभा बाराकाे अध्यक्षमा मायादेवी चौधरी चयन”