तत्कालीन फोरम लोकतान्त्रिकका उपाध्यक्ष गीता क्षेत्रीलाई तत्कालीन प्रदेश÷प्रतिनिधिसभा निर्वाचनमा भिड्न कांग्रेससँगको ‘पार्टी एकीकरण’ ठूलो बाधक बनिदियो । फोरम लोकतान्त्रिकबाट निर्वाचन लड्ने तयारीमा रहेकी उनी पार्टी एकीकरणपछि कांग्रेसको उम्मेदवार सूचीमा अटाइनन् । Continue reading “‘त्यो एकता थिएन, चार-पाँच जना नेता कांग्रेस प्रवेश गरेका हुन्’”
Author: admin
चन्द्रकान्त चौधरी : वृद्ध तर जोश युवाको जस्तै
मदन चौधरी/काठमाडौं।
लालशा हुनुपर्छ, राजनीति गर्नलाई कुनै उमेरले छेक्दैन । उनी वर्षले ७१ पूरा गरे । तर देश र समाजलाई समृद्धितर्फ डो¥याउने उनको इच्छा मरेको छैन । हुन त उनी पञ्चायतकालमा प्रधानपञ्च हुँदै गाउँ ठाउँको विकासमा लागेका थिए । त्यो क्रम उनी ७१ पूरा गर्दा पनि कायमै छ ।
देशमा भएका विभिन्न खालखण्डका राजनीतिक घटनाक्रमका साथी उनै चन्द्रकान्त चौधरी विं सं २००४ सालमा सत्परीको पातो गाउँमा बुबा उमाकान्त चौधरी र आमा युदामणि चौधराइनको कोखबाट जन्मिएका थिए । राम्रो पारिवारिक वातावरणमा जन्मिएका उनको लालन पोषण पनि राम्रोसँग भयो । बुबा उमाकान्तलाई छोरा पढ्नुपर्छ भनेर राम्रो शिक्षा दिन चाहे । त्यसका लागि उनलाई छिमेकी देश भारत पढ्नकै लागि पठाए । चन्द्रकान्तले भारतबाट म्याट्रिक पास गरे । त्यतिबेला नेपालमा पञ्चायती व्यवस्था थियो । उनी नेपाल आएको केही समयमै सो क्षेत्रका प्रधानपञ्च भए ।
प्रधानपञ्च भएपछि उनले समाज परिवर्त गर्ने उपायहरुबारे मनन गरे । शिक्षा नै त्यस्तो चिज हो जसले मानिसलाई ज्ञानगुनका कुरा मात्र सिकउँदैन, आत्सम्मान र व्यक्तिगत क्षमताको पनि विकास हुने भन्दै उनले गाउँमा स्कुल खोल्ने निर्णय गरे । त्यसका लागि चाहिने जमिन र पूर्वाधारहरुको खोजी पनि उनी आफैँले गरे । त्यसबेला उनले स्कुलका लागि ४७ विघा जमिन दान गरेको सम्झिन्छन् । ‘त्यतिबेला नेपाली जनताका छोराछोरीले पनि पढ्न पाउनुपर्छ भनेर शिक्षामा लगानी गरेँ । ती दिन अहिले सम्झिँदा बडो खुसी लाग्छ,’ चन्द्रकान्त विगत सम्झिन्छन् ।
प्रधानपञ्चदेखि सांसदसम्म
उनी उमेरमै प्रधानपञ्च भए र लगातार ३० वर्ष नेतृत्व गरे । २०४६ सालको क्रान्तिपछि भने उनी नेपाली कांग्रेसमा आबद्ध भए । समाजिक अभियन्ता र राजनेताको परिचयसमेत बनाएका उनलाई ०४९ सालको स्थानीय चुनावमा कांग्रेसले टिकट दियो । उक्त चुनावमा उनी पाता गाविस अध्यक्षमा निर्वाचित भए । त्यसपछि पनि उनले जनताप्रतिको आफ्नो जिम्मेवारी बहन गर्ने प्रयास गरे । पार्टीभित्र पनि उनी जिल्ला कमिटी हुँदै केन्द्रीय नेतृत्वसम्मै पहुँच बनाए । ०६२–०६३ को जनआन्दोलनपछि धेरै नयाँ अनुहारहरु आए । लगत्तै भएको पहिलो संविधान सभा चुनावमा उनी तठस्थ बसे । एक दसकको विश्रामपछि उनमा पुनः चुनाव लड्ने इच्छा जागेर आयो । सरकार र जनताबीचको तिक्तताका कारण पनि उम्मेदवारी दिन उनलाई कर लाग्यो । २०७४ को स्थानीय चुनावका लागि उनले पार्टीमा लबिङ गरे, तर टिकट पाएनन् । उनले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिए । पराजित भएपनि उनले उक्त चुनावमा सम्मानजनक मत ल्याए ।
त्यही बेला चन्द्रकान्त मधेसी दलको नजरमा परेका थिए । उनलाई पार्टीभित्र भित्र्याउन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम दुवैतर्फका नेताले तीव्र लबिङ गरेको उनी सम्झिन्छन् । उनले अन्त्यमा भने राजपाबाट चुनाव लड्ने मनसाय बनाए । त्यसका लागि राजपाले पनि प्रतिनिधिसभाकै लागि उनलाई टिकट दियो । त्यतिबेला आफ्नै भाइको उम्मेदवारी पनि सो क्षेत्रबाट प¥यो । भाइ ताराकान्त चौधरी एमालेबाट उम्मेदवारी दिएका थिए । त्यतिका बावजुद पनि चन्द्रकान्तले हरेस खाएनन् ।
जनताबीच आफ्नो असल म्यान्डेड बोकेर गए । नभन्दै उनी प्रतिनिधिसभा चुनावमा निर्वाचित पनि बने । त्यसको श्रेय उनले जनतालाई दिन चाहन्छन् । ‘यो क्षेत्रमा मैले इमानको राजनीति गरेको छु । जसको परिणाम यहाँका स्थानीयले मलाई दिनुभएको छ । यहाँका जनताहरुको भरोसा मैले तोड्नु हुँदैन । यहाँका जनतालाई समृद्धिको बाटो डो¥याउने मेरो काँडमा आएको छ । जुन मैले सिरोपर ठानेर गर्नेछु,’ उनले भने ।
निर्माता तथा गीतकार रामलाल चौधरीलाई जुरी अवार्ड
थारु फिल्म निर्माता तथा गीतकार रामलाल चौधरी जुरी अवार्डबाट सम्मानित भएका छन्। उनीद्वारा रचित थारु राष्ट्रिय गीत ‘हमर देश’ले नेशनल पावर न्युज म्युजिक अवार्ड २०१८ अन्तर्गत जुरी अवार्ड पाएको हो। Continue reading “निर्माता तथा गीतकार रामलाल चौधरीलाई जुरी अवार्ड”
थारू समुदायमा माछाको महत्व
कैलालीको थापापुर मधौलीका रामदुलारी चौधरी दुलाहाको भेषमा सजिएका थिए । जन्ती दुलहीको घर नजिक पुग्दै थियो । सगुन बोकेकाहरूको सोधीखोजी सुरु भयो । एक पाका थारूले सोधे, ‘पहुरा मछली बा की नाई बा ?’ (सगुनमा माछा छ कि छैन ?) Continue reading “थारू समुदायमा माछाको महत्व”
तल्सी प्रसाद चौधरी : थारू पहिरन र संस्कृतिका संरक्षक
कमल चौधरी/बुटवल।
रूपन्देहीको शुद्धोधन गाउँपालिका–७ मा बाबा रोगी थारू र आमा सोहारती थारूको कोखबाट वि.सं. २०२० साल भदौ १८ गते जन्मेका हुन्, तुल्सी चौधरी । जिल्लामा छुट्टै पहिचान बनाइसकेका उनी वि.सं. २०५० सालदेखि नेकपा एमालेको जिल्ला कमिटी सदस्य रही राजनीति गर्दै आएका छन् ।
सानैदेखि मेहनतमा विश्वास गर्ने उनी वि.सं. २०३८ सालमा जनता पब्लिक माध्यमिक विद्यालय छपियाबाट एसएलसी उत्तीर्ण भए । २०४२ सालमा वैवाहिक जीवनमा बाधिएका उनको परिवरमा ६ जना छन् । आफूले बुझेदेखि राजनीति गर्ने इच्छा भएपनि पारिवारिक वातावरणले साथ नपाएको उनी अन्ततः राजनीतिलाई नै क्रमथलो बनाए । राजनीतिक यात्रामा उनलाई पत्नी एश्वर्याले साथ दिइन् । राजनीति गरेर देश परिवर्तन गर्न सकिन्छ भनेर बुझेका उनलाई हजुरबुबाको साथ पनि उतिकै पाए ।
राजनीतिक यात्रा
गोपी रवण उपाध्याय वामपन्थी नेतामात्रै होइनन्, बुद्धिजीवी पनि हुन् । उनकै प्रेरणाबाट वि.सं. २०४७ सालमा उनले आफ्नो राजनीतिक यात्रालाई फराकिलो बनाए । त्यतिबेला उनी कम्युनिष्ट आन्दोलनमा प्रत्यक्षरूपमा सहभागिता जानाए । वि.सं. २०५० सालको नेकपा एमालेको दोस्रो जिल्ला अधिवेशनबाट उनी जिल्ला कमिटी सदस्यमा निर्वाचित भए । लगातार ६ कार्यकाल जिल्ला कमिटी रूपन्देहीमा रहेर उनले सर्वहारा श्रमजीवी वर्गको मुक्तिको अभियानमा क्रियाशिल रहेर काम गरे ।
पार्टीको सातौं जिल्ला अधिवेशन वि.सं. २०६९ सालबाट उनी सचिव पदमा निर्वाचित भइ जिल्ला राजनीतिको कार्यकारी भूमिकामा रहे । जिल्ला कमिटीमा रहँदा उनले धेरै विकास निर्माणका काम पनि गरे । मर्चवार र लुम्बिनी क्षेत्रमा कम्युनिष्ट पार्टी बिस्तारमा उनको उल्लेखनीय योगदान रहेको छ ।
सामाजिक अभियन्ता
उनी ग्रामिण स्तरका किसानहरूको जीविकोपार्जन सुधार र आार्थिक समृद्धिका लागि मानमटेरियामा साना किसान सहकारी संस्थाको स्थापनामा अगुवाई गरे । हालः उनी संस्थाको सल्लाहकार छन् । वि.सं. २०४७ सालदेखि भगलापुर उच्च माविको सदस्य भएका उनी दुई कार्यकाल अध्यक्ष भएर शैक्षिक उत्थानमा समेत योगदान पुर्याए । भगलापुर उच्च माध्यमिक विद्यालय मात्र नभएर उनले शैक्षिक गुणस्तर, उत्पीडित जाति र थारू समुदायको उत्थान र विकासको लागि काम गर्दै आएका छन् ।
उनी लुम्बिनी विकास कोषको परिषद् सदस्य र लुम्बिनी पर्यटन प्रवद्र्धन विकास समितिको अध्यक्ष भइ पर्यटन प्रवद्र्धन र विकासको लागि पनि उतिकै योगदान दिएका छन् । थारूहरूको छाता संगठन थारू कल्याणकारिणी सभाको जिल्ला उपाध्यक्ष भएर काम गरेको अनुभव बटुलेका उनी पार्टी निकट नेपाल लोकतान्त्रिक थारू संघको जिल्ला अध्यक्षको कार्यकाल पूरा गरी केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् ।
विकास निर्माणमा टेवा
सामाजिक संघ–संस्थामा आबद्ध भएर काम गरिसकेका उनी थारू समुदायको जातीय पहिचान झल्किने र विकास निर्माणका काममा समेत अग्रंपंक्तिमा छन् । उनले आफ्नै अगुवाईमा ओम सतिय–२ पड्सरीमा थारू संग्राहलय स्थापना गर्ने कामको थालनी गरेका छन् । बुटवल उपमहानगरपालिका–१८ मा थारू संग्राहलय निर्माणको योजना बनाएर कार्यान्वयनको चरणमा समेत उनी छन् ।
यसैगरी शुद्धोधन गाउँपालिका–५ को दर्वहवाको ऐतिहासिक पुरातात्विक महत्वको स्थानलाई पुुरातात्विक उत्खननको चरणमा पुर्याएर त्यसको सम्बद्र्धनमा महत्वपूर्ण योगदानसमेत गरेका छन् । कम्युनिष्ट पार्टीको घोषाण पत्रलाई थारू भाषामा अनुवाद गरेर उनले कम्युनिष्ट आन्दोलनलाई अझ समृद्ध पार्ने काम गरे । नम्र स्वभाव, जनताप्रति घुलमिल हुनसक्ने स्वभाव भएका उनी स्थानीय समुदायको शैक्षिक, आर्थिक र साँस्कृतिक उत्थान र विकासमा ठूलो योगदान पु¥याएका छन् ।
राजनीति यात्राका चुनौती
राजनीति गर्दा सबैले चुनौती र समस्याहरू झेल्नुपर्छ । चौधरी आफैँ पनि राजनीतिक यात्राको क्रममा थुप्रै समस्याहरू झेल्दै यहाँसम्म आइपुगे । सुरूवाती दिनमा उनले सामाजिक, आर्थिक, राजनीतिक र घरयासी समस्याहरू झेलेपछि आजको दिनमा उनी थारू समुदायको मात्र नभएर एउटा देशको नेतृत्व गर्ने पंक्तिमा परिचित भएका छन् ।
कुरामात्र होइन, काम गरेर देखाउने खुबी भएका उनी जनताले खोजेको विकास र चहानालाई पूरा गर्ने दृढ इच्छा व्यक्त गर्छन् । जनताको हक अधिकार सुनिश्चित गर्न तन, मन र धन लगाएर सहयोग गर्ने प्रतिवद्धता उनको छ ।
लेहेँगा संरक्षणको अभियन्ता
रूपन्देहीमा लेहेँगा, अगिया लोप हुने स्थितिमा थियो । जुन सुन्दा अचम्म लाग्छ । आफ्नो पहिरन हराउनु विश्वास गर्ने कुरै भएन । उनी नेपाल लोकतान्त्रिक संघको जिल्ला अध्यक्ष हुँदा थारू पहिरन र संस्कृतिलाई संरक्षण गर्नतिर लागे । हामीले संरक्षण र चासो नदेखाए भावी सन्ततिलाई थारूको परम्परागत पहिरन चिनाउन र बुझाउन ग्राहो हुने उनको तर्क छ ।
त्यसबेला थारूहरूको परम्परागत पहिरन लेहेँगा सिलाउने सुचीकारको खोजी भयो । बल्लतल्ल एकजना सुचीकार भेटियो । तर लेहेँगा सिलाउन भने उनी जान्दैनथे । सुचीकारले लेहेँगाको डिजाइन माग्दा झनै समस्या भएको उनी सम्झिन्छन् । ‘हामीलाई हाम्रो थारू पहिरन र पहिचान बचाउनको लागि लेहेँगा सिलाउनु थियो । त्यसको लागि हामी दाङ पुग्यौं । तर त्यहाँ र रूपन्देहीको पहिरन फरक थियो । केही सीप नलागेपछि उनी आफैँले डिजाइन बनाएर सुचीकारलाई बुझाए,’ उनी विगत सम्झिन्छन् । उनले आफ्ना आमा, हजुरआमाले लगाएको पहिरन याद गर्दै डिजाइन बनाएको बताए । यसरी रूपन्देहीमा हराएको लेहेँगा पहिरनलाई उनले पुनर्जीवन दिए । आजको दिनमा पनि रूपन्देहीमा लेहेँगाको अभाव छ । आधुनिक पहिरनले थारूहरूको परम्परागत पहिरनलाई विस्थापित गरेको उनको बुझाइ छ ।
थारूमा आत्मबलको कमी
आत्मबलको कमीले गर्दा आज थारू समुदाय पछि परेको उनको बुझाइ छ । अन्य जातिको तुलनामा सामाजिक, आर्थिक र सांस्कृतिक रूपले सम्पन्न भएपनि थारू समुदायमा आत्मबल र चेतनाको अभाव रहेको उनी बताउँछन् । ‘रूपन्देहीमा थुप्रै थारू राजनीतिक नेतृत्व गर्ने पंक्तिमा छन्, तर उहाँहरू मिडियासामु आउन खोज्नु हुाँ । विकास निर्माण र समुदायको उत्थानको लागि चासो दिनु हुन्न,’ उनले भने । उनले भाषा, धर्म हराउनु भनेको थारू समुदायको अस्तित्व समाप्त हुनु बराबर भएकव् बताए । त्यसैले भाषा धर्म संस्कृतिको संरक्षणमा आफ्नो विशेष योगदान हुने उनले बताए ।
कमलरीको शारीरिक शोषण पनि हुन्छ सभामुख महोदय [भिडियो]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचेतक शान्ता चौधरीले कमलरीको लागि बजेट विनियोजन नगरेको भन्दै आपत्ति जनाएकी छन्। उनले नीति तथा कार्यक्रम तथा बजेट कुनैमा पनि कमलरीका लागि कुनै बजेट विनियोजन नगरेको भन्दै आपत्ति जनाएकी हुन्। आफू पनि धेरै वर्ष कमलरीजस्तो दासत्व जीवन विताएको सभामुखलाई जानकारी गराउँदै उनीहरुको लागि बजेट छुट्याउन आग्रह गरेकी थिइन्। Continue reading “कमलरीको शारीरिक शोषण पनि हुन्छ सभामुख महोदय [भिडियो]”
थरुहट नेता भानुराम चौधरी नेतृत्वमा नयाँ पार्टी गठन
थरुहट नेता भानुराम चौधरी नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । राजधानीमा भएको दुई दिने भेलाले ‘नेपाल लोकतान्त्रिक पार्टी’ गठन गरेको हो । Continue reading “थरुहट नेता भानुराम चौधरी नेतृत्वमा नयाँ पार्टी गठन”
थारु विद्यार्थीले लिए निशुल्क पत्रकारिता तालिम
थारु विद्यार्थी समाज केन्द्रीय कार्यसमितिले एक हप्ते निशुल्क उद्घोषण तथा प्रसारण पत्रकारिता तालिम आयोजना गरेको छ । राजधानीमा आयोजना गरेको तालिममा थारु विद्यार्थीहरुको सहभागीता रहेको थियो । Continue reading “थारु विद्यार्थीले लिए निशुल्क पत्रकारिता तालिम”
नेदरल्यान्डको राष्ट्रिय विभूषण भित्र्याउने नेपाली चेली
लामो समय कमलरी मुक्ति अभियानमा सक्रिय नेपाली चेली उर्मिला चौधरी ‘फ्रिडम फोरम फियर अवार्ड २०१८’बाट सम्मानित भएकी छिन् । उर्मिलाले कमलरी प्रथा उन्मूलनमा पु-याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । यसअघि सो अवार्ड विश्वप्रसिद्ध व्यक्तित्व नेल्सन मन्डेला, एन्जिला मार्केल, हुसेन इब्राहिम सलेह, ग्रहेथ जोह्न इभाइन, आङसाङ सुकी, मलाला युसफजई आदिले पाइसकेका छन् । यसपटक नेदरल्यान्डका राजा–रानी, राजपरिवारका अन्य सदस्य र विशिष्ट व्यक्तिको उपस्थितिमा यो अवार्ड नेपाल भित्रिएको छ । कमलरी मुक्ति अभियन्ता उर्मिलासँग कृष्ण आचार्यले गरेको संवाद :
नेदरल्यान्डका राजदूतले भेट्न बोलाउनुभयो
आजभन्दा करिब चार महिनाअघि नेपालस्थित नेदरल्यान्डको कन्सुलेटबाट फोन आयो । फोन कन्सुलरले गर्नुभएको रहेछ । उहाँले मलाई भेट्न नेदरल्यान्डबाट राजदूत नेपाल आएको बताउनुभयो । म दाङमा थिएँ । मैले त्यहाँबाट काठमाडौं आउन कम्तीमा पनि २० घन्टा लाग्छ भनेँ । उहाँले अर्को कुनै उपाय छैन ? भनेर सोध्नुभयो ।
मैले दाङबाट ४ घन्टामा नेपालगन्ज र त्यहाँबाट ५५ मिनेटमा काठमाडौं पुगिने बताएँ । त्यसपछि तत्काल नेपालगन्जबाट प्लेनमा आउन आग्रह गर्नुभयो । सुरुमा त राजदूतजस्तो व्यक्तिले भेट्ने भन्दा मलाई पत्यारै लागेन । तर, उहाँको कुराले नपत्याई बस्न सकिनँ । र, म काठमाडौं आएँ । काठमाडौंमा राजदूतसँग भेट भयो ।
एक हप्ता लगाएर मेरो बारेमा अध्ययन गरेको र म एउटा विशेष अवार्डका लागि छनोट भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो हाम्रो राज्यकै विभूषण हो, पहिला नेल्सन मन्डेला, मलालालगायतले यो अवार्ड पाउनुभएको थियो ।
तिमी छनोट भएकी छौ र पाउने सम्भावना बलियो छ ।’ उहाँको कुरालाई मैले सामान्य रूपमा लिएँ । किनकि, मलाई अवार्ड के–कस्तो हो भन्ने खासै जानकारी थिएन । उहाँसँग भेटेपछि अवार्डको बारेमा विभिन्न माध्यमबाट बुझ्ने प्रयास गरेँ । त्यसपछि यो त ठूलै अवार्ड रहेछ भन्ने थाहा भयो ।
राजपरिवारसँगको पहिलो भेट
चार महिना बित्यो । अवार्डको समय आयो । मे १२ तारिखमा म नेदरल्यान्ड गएँ । नेदरल्यान्डको विमानस्थलमा ओर्लिएपछिको माहोल निकै फरक थियो । त्यहाँबाट चौतर्फी सुरक्षा दिएर मलाई होटेलसम्म लगियो । होटेलमा पनि सुरक्षाको व्यवस्था मिलाइएको रहेछ । मैले हाम्रो देशमा राष्ट्रपति, प्रधानमन्त्रीलाई मात्रै यसरी सुरक्षा दिएको देखेकी थिएँ ।
त्यहाँ आफूलाई पनि त्यसरी सुरक्षा दिएकोमा अचम्म लाग्यो । मलाई वेलावेलामा मिटिङमा लगिन्थ्यो । त्यतिवेला त झन् बाटो नै पहिल्यैदेखि खाली गराइएको हुन्थ्यो । नेदरल्यान्डलाई हामी सुरक्षित देशका रूपमा चिन्थ्यौँ, त्यहाँ पनि मेरा लागि यस्तो वातावरण तयार भएको देख्दा अलमलमा परेकी थिएँ । आफूले पाउन लागेको अवार्ड निकै ठूलो रहेछ भन्ने लागेको थियो ।
अवार्ड १६ तारिखमा दिइने थियो । त्यसअघि नेदरल्यान्डका राजा विलियम एलेक्सन्डर र रानी मेक्सिमा जरुरेगुन्टा, पूर्वमहारानी बिट्रिक्सको उपस्थितिमा बैठक बस्यो । उहाँहरूले मेरो बारेमा पहिल्यै जानकारी लिइसक्नुभएको हरेछ ।
करिब १ घन्टा कुराकानी भयो । नेपाल र मेरो प्रशंसा गर्नुभयो । नेपालमा हुने बालविवाह, बालिग स्वतन्त्रता, कमलरी प्रथा र समग्र बालबालिकाको अवस्थाबारे राजा–रानीले जिज्ञासा राख्नुभयो । मैले सबै बताएँ ।
राजा–रानीले ‘हामीले नेपाल भन्ने सुन्दर देश छ भन्ने सुनेका थियौँ, तर त्यहाँ पनि यति सानो उमेरमा स्वतन्त्रताका लागि लड्ने उर्मिला छ भन्ने थाहा थिएन । थाहा पाउँदा धेरै खुसी लागेको छ’ भन्नुभयो । मलाई निकै सम्मान दिनुभयो, मेरो प्रशंसा गर्नुभयो । म भने दंग थिएँ ।
राजा–रानी रुँदा सभाहल स्तब्ध
अवार्ड प्रदान गर्ने दिन आयो । मलाई मिडवर्डमा अवस्थित एक भव्य सभाहलमा लगियो । भित्र प्रवेश गर्नुअघि त्यहाँको आर्मीले तोप पड्कायो । त्यसपछि मलाई वरिपरि घेरेर ‘गार्ड अफ रनर’ दिएजसरी विशेष सम्मानका साथ सभाहलमा लगियो ।
सभाहल म्युजियमजस्तै थियो । जहाँ स्वर्णिम अक्षरमा ‘उर्मिला चौधरी, नेपाल’ लेखिएको थियो । मेरो नामभन्दा पछाडि लेखिएको नेपाल शब्दले मलाई थप खुसी दियो । राष्ट्रको नाम देखेर गर्व महसुस भयो । सभाहलमा करिब ८ सय जति विशिष्ट व्यक्ति थिए । त्यहाँ मलाई आफ्नो कुरा राख्न लगाइयो । मैले मेरो र नेपालको बारेमा केही कुरा राखेँ ।
त्यसपछि मेरो विषयमा तयार पारिएको डकुमेन्ट्री देखाइयो । डकुमेन्ट्री देखाउँदा सभाहल पूरै स्तब्ध थियो । राजा–रानी, पूर्वमहारानीको आँखाबाट आँसु झरिरहेको थियो । त्यति नै वेला रानी मेक्सिमा जरुरेगुन्टाले मलाई समाउनुभयो र भन्नुभयो, ‘धेरै वर्षपछि तिमीले हामीलाई आँसु झार्न बाध्य बनायौ । हामी निकै खुसी छौँ ।’
राजा–रानीको खुसी
रानी मेक्सिमा जरुरेगुन्टाले यो अवार्ड अहिलेसम्म धेरैलाई प्रदान गरिसकेको, तर सबैभन्दा महत्वपूर्ण अहिलेको लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म हामीले यो अवार्ड सम्मानित व्यक्तिलाई प्रदान गर्दै आएका थियौँ । तर, यसपटक जो सम्मानपूर्वक जिउन चाहन्छ, जो स्वतन्त्रता चाहन्छ, स्वयं जसको सवाल हो, त्यसको नेतृत्व आफैँ गरेको छ, उसलाई यहाँ उभ्याउन पाएका छौँ ।
यो हाम्रा लागि पहिलो अनुभव हो र तिमीलाई सम्मान गर्न पाउँदा हामी धेरै खुसी छौँ ।’ त्यहाँ उपस्थित मिडियाकै अगाडि उहाँले यो कुरा राख्नुभएको थियो । राजा विलियम एलेक्सन्डरले पनि त्यस्तै विचार राख्नुभयो ।
‘यसरी लामो दमन सहेर पनि बालिकाहरू लड्दा रहेछन्, विश्वमा यस्तो पनि ठाउँ रहेछ । यसबारे जानकारी पाउँदा र उर्मिलालाई सम्मान गर्न पाउँदा आज हामी निकै हर्षित छौँ’ भन्नुभयो ।
सभाहलको फरक दृश्य
त्यहाँ मसँगै अन्य तीनजनालाई पनि फरक विधामा अवार्ड प्रदान गरिएको थियो । तर, उहाँहरूलाई अवार्ड प्रदान गर्दाको दृश्य र मलाई प्रदान गर्दा निकै फरक अनुभूति भयो । अन्यलाई प्रदान गर्दा त्यहाँको अवस्था सामान्य थियो ।
सबैले आफ्नो स्थानमा बसेरै ताली बजाइरहेका थिए । तर, मेरो नाम लिँदा कार्यक्रम सञ्चालक नै भावुक हुनुभयो । उहाँको आँखाबाट आँसु झरिरहेको थियो । यसैबीच भन्नुभयो, ‘मसँग कुनै शब्द छैन । म यहाँ उर्मिलालाई बोलाउन चाहन्छु ।’ त्यसपछि सभाहलमा रहेका सबै उठेर ताली बजाए । म पनि निकै भावुक भएँ । आँखामा आँसु टलपलाए ।
सभाहलमा धेरैले नेपालका बारेमा सोध्नुभयो । तर, सुरक्षाको हिसाबले सबैलाई मसम्म आउने अनुमति थिएन । कतिपयले जानकारी लिन चाहँदाचाहँदै पाउनुभएन । त्यतिवेला मलाई ‘मैले आफ्नो माटोलाई चिनाउन सकेँ, देशका लागि केही गर्न सकेँ’ भन्ने अनुभूति भइरह्यो ।
नेपालबारे राजा–रानीको चासो
राजा विलियम एलेक्सन्डर र रानी मेक्सिमा जरुरेगुन्टाले नेपालका विषयमा धेरै चासो राख्नुभयो । नेपालका लागि हामीले के गर्न सक्छौँ भनेर मसँग सोध्नुभयो । मैले हरेक बालबालिकाले सम्मानपूर्वक जिउन पाऊन् र शिक्षा, स्वास्थ्यमा उनीहरूको सहज पहुँच होस् भन्ने चाहना रहेको कुरा उहाँहरूलाई बताएँ ।
उहाँहरूले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो । समग्र नेपालका लागि पनि हामीले केही गर्न सक्छौँ कि भन्ने उहाँहरूको चासो थियो । अवार्डपछि फोटोसेसन भयो । उहाँहरूसँगै डिनर भयो । त्यहाँ उपस्थित मिडियाले मलाई अलि बढी नै महत्व दिएर फोटो खिचे ।
रानीको हातमा बुद्धको मूर्ति
नेपालबाट जाँदा मैले सानो बुद्धको मूर्ति लगेकी थिएँ । नेपाल विश्वभर बुद्धको देश भनेर चिनिने भएकाले त्यो उपयुक्त लागेको थियो । अवस्था हेरेर मूर्ति राजा–रानीलाई उपहार दिन्छु भन्ने लागेको थियो । मैले यो कुरा त्यहाँ राखेँ । नेदरल्यान्डमा राजा–रानीलाई त्यसरी उपहार दिन नपाउने व्यवस्था रहेछ । तर, मैले लगेको उपहार लिने व्यवस्था मिलाइयो ।
त्यसकै लागि भनेर छुट्टै बैठक बस्यो । नेपाल र मलाई यति धेरै महत्व दिएकोमा निकै खुसी लाग्यो । मूर्ति लिइसकेपछि रानी मेक्सिमा जरुरेगुन्टाले आफूले बुद्धको बारेमा धेरै पढेको बताउनुभयो । भन्नुभयो, ‘मैले बुद्धको बारेमा धेरै पढेकी छु ।
आज आफ्नै हातमा बुद्धलाई पाउँदा निकै खुसी लागेको छ । म नै नेपाल गएको जस्तो अनुभूति भएको छ ।’ १० दिन नेदरल्यान्ड बसेर म नेपाल फर्किएँ । त्यहाँ रहँदा प्रत्येक दिनजसो बैठक हुन्थ्यो । विभिन्न देशबाट आउनुभएका विशिष्ट व्यक्तिसँग पनि भेट भयो । त्यहाँका विभिन्न विश्वविद्यालयको भ्रमण गराइयो । प्रतिष्ठित व्यक्तिहरू भेट्न आउनुभयो ।
नेपालको विमानस्थल टेक्दा
जब म नेपालको विमानस्थलमा ओर्लिएँ, तब एउटा फरक अनुभूति भयो । देशका लागि केही लिएर आएजस्तो लाग्यो । दक्षिण एसियामा अवार्ड पाउने दोस्रो र नेपालको पहिलो व्यक्ति भएकोमा गर्व लाग्यो । देश, समाज र आफ्नो क्षेत्रमा अझै केही गर्ने जिम्मेवारी बढेको अनुभव भयो । थाइल्यान्डको राष्ट्रिय विभूषण नेपाल भित्र्याउन पाएकोमा आफैँमा गर्व महसुस भयो ।
सरकारलाई थाहा छैन
मैले अन्तर्राष्ट्रिय अवार्ड पाउँदा सरकार, सरकारी निकाय वा अन्य कुनै उपल्लो तहबाट कुनै शुभकामना सन्देश तथा बधाई आएको छैन । मलाई लाग्छ, यो अवार्ड सारा नेपालीसँगै सिंगो देशकै लागि गर्वको कुरा हो । त्यसमाथि हिजो कमलरी बसेर उनीहरूको मुक्तिका लागि आवाज उठाएकी मजस्ती सामान्य युवतीले यति ठूलो सम्मान पाउनु सानो कुरा होइन ।
यसअघि पाकिस्तानकी मालालाले यही अवार्ड पाउँदा नेपालमा जति चर्चा थियो, त्यति मैले पाउँदा भएको छैन । हुन त मैले चर्चाका लागि काम गरेकी होइन । न त चर्चा होस् भन्ने चाहना हो । तर, अन्तर्राष्ट्रिय स्तरको अवार्डले नेपालको समेत पहिचान बोकेकाले सरकारलाई यस विषयमा जानकारी त हुनुपर्ने हो । सायद, कुनै विशिष्ट व्यक्तिले पाएको हुन्थ्यो भने पक्कै चर्चा हुन्थ्यो होला ।
कमलरी मुक्त अभियान
सन् २००० अघि नेपालमा कमलरीको अवस्था निकै विकराल थियो । हजारौँ कमलरी थिए । म आफैँ पनि पढ्ने–लेख्ने, आमा–बुबाको माया पाउने उमेर (६ वर्ष)मै कमलरी बस्न बाध्य भएँ । त्यसपछि जीवनको ११ वर्ष मेरा लागि निकै पीडादायी रह्यो । जब मुक्त भएँ, त्यसपछि सम्पूर्ण कमलरी मुक्तिका लागि काम गरेँ ।
लाग्छ, यहाँसम्म आइपुग्दा कमलरी प्रथा हाम्रो समाजबाट उन्मूलन भएको छ । धेरै मुक्तकमलरी उद्यमी बन्नुभएको छ । सरकारले प्रदान गरेको शैक्षिक सहायताको माध्यमबाट शिक्षित बन्नुभएको छ । हाम्रै पहलमा ५ जिल्लामा ४२ वटा सहकारी खोलिएको छ । त्यहाँबाट मुक्तकमलरीले ऋण लिएर विभिन्न व्यवसाय गर्दै आएका छन् ।
अझै पनि यसका विभिन्न आयाममा परिवर्तन आउन सकेको छैन । हालसम्म १३ हजार बालबालिका कमलरीबाट मुक्त भएका त छन्, कहीँ–कतै लुकिछिपी कमलरी राख्ने काम अझै रोकिएको छैन । सरकारसँग भएको १० बुँदे समझदारी पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन ।
मुक्त कमलरीको प्राविधिक शिक्षाका लागि दिइँदै आएको बजेटमा पनि कटौती भएको छ । १३ हजारलाई उद्यमी बनाउने, प्राविधिक शिक्षा प्रदान गर्ने, रोजगारी दिने गर्न सके देशमै आर्थिक क्रान्ति हुने मैले देखेकी छु ।
नयाँ पत्रिकाबाट साभार
जेलबाट रेशम चौधरीले पठाए बाबुरामलाई यस्तो चिठी [पत्रसहित]
टीकापुर हत्याकाण्डमा फसाइएका रेशम चौधरीले कारागारबाटै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पत्र पठाएका छन् । डिल्लीबजारमा रहेको सदरखोरमा बन्दी जीवन बिताइरहेका सांसदसमेत रहेका (सपथ लिन बाँकी) चौधरीले लेखक दिल निशानी मगरमार्फत् भट्टराईलाई पत्र लेखेका हुन् । Continue reading “जेलबाट रेशम चौधरीले पठाए बाबुरामलाई यस्तो चिठी [पत्रसहित]”