कृष्णराज सर्वहारी।
चैतको उखरमाउलो गर्मी। काठमाडौंबाट गुडेको गाडीले कोहलपुर चोकमा ओरालिदिएपछि ज्यान गर्मीले पाक्न थाल्यो। जानुपर्ने गन्तव्य बर्दियाको बाँसगढी। कोहलपुर चोकमा निकै बेरको पर्खाइपछि बाँसगढीका लागि लोकल जिप आइपुग्यो। Continue reading “हौवा, लौवा, जौवा [समृति]”
Author: admin
राज्यमन्त्री चौधरी दलबल लिएर किन पुगिन् मेची सीमाना ?
कृषि, भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरी दलबल सहित मेची सिमानामा पुगेकी छन्। भारतीय पक्षले झापाको मेची सीमानामा नेपाली भूभाग पटकपटक मिचेको जनगुनासो आएपछि झापा नापी कार्यलयका केही कर्मचारीहरुलाई लिएर चौधरी शुक्रबार नेपाल भारतको मेची सिमानामा पुगेकी हुन। Continue reading “राज्यमन्त्री चौधरी दलबल लिएर किन पुगिन् मेची सीमाना ?”
राजा वीरेन्द्रको कपाल काट्ने नवलपरासीका भीमबहादुर थारू
बुनु थारु।काठमाडौं।
नवलपरासीको अमलटारीस्थित शेरगञ्जमा कपाल काट्ने ठाउँ खोज्दै जाँदा भेटियो, ‘भूपू सैनिक हेयर कटिङ सैलुन।’ सडक छेवैको सैलुन चलाइरहेका थिए भीमबहादुर मर्दनिया (थारू)। Continue reading “राजा वीरेन्द्रको कपाल काट्ने नवलपरासीका भीमबहादुर थारू”
फोरमका दुर्इ मन्त्रीले लिए शपथ, उपेन्द्र यादव उपप्रधानमन्त्री
संघीय समाजवादी फोरम नेपालका दुई मन्त्रीले राष्ट्रपति निवासमा पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले फोरम अध्यक्ष उपेन्द्र यादव र इश्तियाक राईलार्इ पद तथा गोपनियताको शपथग्रहण गराएको राष्ट्रपति कार्यालयका प्रवक्ता केशवप्रसाद घिमिरेले जनाएका हुन्। Continue reading “फोरमका दुर्इ मन्त्रीले लिए शपथ, उपेन्द्र यादव उपप्रधानमन्त्री”
शान्ता चौधरी नेकपाको सचेतक चयन
नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङलाई सर्वसम्मत चयन गरेको छ । बुधबार संसद भवन नयाँ वानेश्वरमा बसेको नेकपा संसदीय दलको बैठकले नेकपाको उपनेतामा नेम्वाङ, दलको प्रमुख सचेतकमा देवप्रसाद गुरुङलाई चयन गरेको हो । Continue reading “शान्ता चौधरी नेकपाको सचेतक चयन”
अमलटारी होमस्टेमा लाइभ प्रस्तुती
के थारुहरु गुलाम हुन्? उनीहरु यो देशका नागरिक बन्न योग्य छैनन् ?
११औं गणतन्त्र दिवसको अवसर पारेर सरकारले माओवादी नेता बालकृष्ण ढुंगेलसहित ८१६ जनालाई आममाफी दिइयो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद मिनाह गरेपछि द्वन्द्वकाली घटना उज्जन श्रेष्ठको हत्यामा जेल सजाय पाएका ढुंगेल डिल्लीबजारस्थित करागारबाट मंगलबार रिहा भए। उनको रिहाइसँगै थारुलगायत बुद्धिजीवी सामाजिक सञ्जालमा आक्रोशित बनेका छन्। उनीहरुले बिना प्रमाण माननीयन रेशम चौधरीलगायत टीकापुर घटनाको आरोपितहरु भन्दै विगत साढे दुई वर्षदेखि जेलबन्दी बनाउने र सर्वोच्च अदालतले नै दोषी प्रमाणित गरेकाहरुलाई आममाफी दिने सरकारको विरोध गरेका छन्। Continue reading “के थारुहरु गुलाम हुन्? उनीहरु यो देशका नागरिक बन्न योग्य छैनन् ?”
पर्यटकीय गन्तव्यको रूपमा ‘थारू होमस्टे’ अमलटारी
कमल चौधरी/बुटवल।
जैविक विविधता र संस्कृतिक रुपले भरिपूर्ण छ अमलटारी । चितवन राष्ट्रिय निकुञ्ज भित्रैपर्ने अमलटारी नवलपरासी जिल्लाको कावासोती नगरपालिका–१५ बाघखोरमा पर्छ । जुन प्रदेश नं. ५ को राजधानी रुपन्देहीदेखि ६१ किलोमिटर पूर्वतर्फ डण्डा बजार आउँछ । डण्डाबाट ७ किलोमिटर दक्षिण पूर्व गएपछि अमलटारी पुग्न सकिन्छ । जहाँ पर्यटक बस्नका लागि पछिल्लो समय विभिन्न किसिमका थारु सांस्कृतिक अतिथि गृह, टाइगर टपलगायतका उच्च स्तरका होटलदेखि लिएर थारु होमस्टे’सम्म व्यवस्थितरुपमा सञ्चालित छन् । Continue reading “पर्यटकीय गन्तव्यको रूपमा ‘थारू होमस्टे’ अमलटारी”
राज्यमन्त्री रामकुमारी चौधरीको पाँच लाख ऋण, घरजग्गा ‘छैन’
संघीय सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्। विवरणअनुसार उनको नाममा कुनै पनि घरजग्गा नरहेको देखाएको छ। मन्त्री चौधरीले सुन दुई तोला र चाँदी ५५ तोला देखाएको छ। Continue reading “राज्यमन्त्री रामकुमारी चौधरीको पाँच लाख ऋण, घरजग्गा ‘छैन’”
प्रदेश ७ : मन्त्री विनिता चौधरीको सम्पत्ति कति ?
प्रदेश नम्बर ७ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्। विवरणअनुसार पतिको नाममा घर तथा ४ कट्ठा घडेरी र पतिकै नाममा १ विघा खेत रहेको उल्लेख छ। त्यस्तै मन्त्री चौधरीसँग ५० हजार बैंक मौजदात रहेको छ भने एक लाख बैंक ऋणसमेत रहेको छ। Continue reading “प्रदेश ७ : मन्त्री विनिता चौधरीको सम्पत्ति कति ?”