थारु कलाकारहरुले राष्ट्रिय थारु कलाकार मञ्च गठन गरेका छन् । यसअघि नै काठमाडमौंमा भेला बोलाइ तदर्थ समिति गठन गरेको मञ्चले काठमाडौं जिल्ला प्रशासनमा विधिवतरुपमा दर्ता गरेको छ । ७८७/०७५/०७६ दर्ता रहेको मञ्चको अध्यक्ष विनय वैद्य हुन् । Continue reading “राष्ट्रिय थारु कलाकार मञ्च जिल्ला प्रशासनमा दर्ता”
Author: admin
सिकलसेलको लागि बजेट व्यवस्था गर्न सांसद गंगा थारूको माग
नेपाल कम्युनिस्ट पार्टीकी सांसद गंगा चौधरी सत्गौँवाले सरकारको नीति तथा कार्यक्रमको प्रशंसा गर्दै छुटेका विषयहरूलाई आगामी बजेटमा राख्न सुझाव दिएकी छन्। Continue reading “सिकलसेलको लागि बजेट व्यवस्था गर्न सांसद गंगा थारूको माग”
थारू महिलाकाे सामूहिक लगानीमा अतिथिगृह सञ्चालन
यहाँका थारू महिलाको समुहले करीब एक करोड रूपैयाँको लागतमा होटल व्यवसाय सञ्चालन थालेको छ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १५ गुणाहरमा थारू सांस्कृतिक अतिथिगृह नाम दिइएको होटल सामूहिक लगानीमा सञ्चालन गरिएको हो । Continue reading “थारू महिलाकाे सामूहिक लगानीमा अतिथिगृह सञ्चालन”
रानाथारूलाई आदिवासी जनजातिमा सूचीकरणकाे मागसहित प्रधानमन्त्रीलाई ज्ञापन
रानाथारु जातिलाई आदिवासी जनजातिमा सुचिकृत गर्नुपर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ । कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट निर्वाचित सांसद नारदमुनि रानालगायत ३६ जनाको डेलिगेशन टोलीले आज प्रधानमन्त्री ओलीलाई चार बुँदे ज्ञापन बुझाएको हो । Continue reading “रानाथारूलाई आदिवासी जनजातिमा सूचीकरणकाे मागसहित प्रधानमन्त्रीलाई ज्ञापन”
यी हुन् नेपाल कम्युनिष्ट पार्टीका थारू केन्द्रीय सदस्य [सूचीसहित]
एमाले–माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको पूर्ण केन्द्रीय कार्यसमितिमा १९ जना थारुहरु परेका छन् । एमालेबाट २४१ र माओवादीबाट २०० केन्द्रीय सदस्य बनाउने सहमतिअनुसार थारुबाट १९ जनाको नाम परेको हो । जुन ४.३ प्रतिशतमात्र हो । नेपालमा थारुहरुको जनसंख्या देशकै चौथो ठूलो छ । Continue reading “यी हुन् नेपाल कम्युनिष्ट पार्टीका थारू केन्द्रीय सदस्य [सूचीसहित]”
नेपालको संविधानमा अधिकारका कुरा र थारूकाे अवस्था
दिलबहादुर चाैधरी।
संविधान देशको मूल कानुन हो, जसले राज्य, देश चल्छ, जसमा देशको शासन ब्यवस्था, सरकार, संसद, न्याय र संवैधानिक निकायलाई मार्ग निर्देश गरिएको हुन्छ, जसको आधारमा सबै कानुन बन्छ । अर्थात संविधान देशको मातृ कानुन हो, जुन मातृ कानुनले सबैको हक अधिकारलाई समेटेको हुन्छ, जसमा सबैको अपनत्व हुन्छ भन्ने सर्वमान्य मान्यता छ । त्यही मान्यताअनुरुप नागरिकले बिश्वास गर्दै आएका पनि छन् । यस्तो अवस्थामा नेपालको संविधान कस्तो छ ? थारुहरुको अवस्था के छ ? त्यस सम्बन्धमा यहाँ सानो चर्चा गर्न जरुरी छ । Continue reading “नेपालको संविधानमा अधिकारका कुरा र थारूकाे अवस्था”
थारू बस्तीमा होमस्टेको लहर
बुद्धका पुरातात्त्विक वस्तुले भरिपूर्ण सैनामैनामा पर्यटक आकर्षित गर्न होमस्टे सञ्चालन गर्न थालिएको छ । सैनामैना–२ स्थित उचडिहवाका आदिवासी थारू समुदायले होमस्टे सञ्चालन गर्न लागेका हुन् । Continue reading “थारू बस्तीमा होमस्टेको लहर”
मितिनी शीकुमारी चौधरी र चाँदनीकुमारी झाद्वारा विषादी सेवन गरेर आत्महत्या
जिल्लाको बलवा नगरपालिका–१, बञ्चौरीमा सोमबार साँझ दुई मितिनीले विषादी सेवन गरेर आत्महत्या गरेका छन् । बलवा नगरपालिका–१, बञ्चौरीकी १६ वर्षीया खुशीकुमारी चौधरी र १५ वर्षीया चाँदनीकुमारी झाले आत्महत्या गरेका हुन् । Continue reading “मितिनी शीकुमारी चौधरी र चाँदनीकुमारी झाद्वारा विषादी सेवन गरेर आत्महत्या”
कैलाली पुगेर उपेन्द्रले भने- ‘राज्यले थारू र मधेसीलाई एक अर्काविरुद्ध उचाल्न खोज्याे’
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान पुनरावलोकन गर्नुपर्ने बताएका छन् । जनताले आफ्ना अधिकार प्रत्याभूत गर्न संविधान संशोधनको विकल्प नभएको बताउँदै यादवले सत्ताले जनताको पीडा नदेखेको आरोप लगाए ।
कैलालीको जोशीपुरमा भएको सभामा बोल्दै यादवले राज्यको विभेदकारी नीतिको विरोध गर्न नसक्दा देशमा असमानता, गरिबी र विभेद बढेको बताए । राज्य ‘फुटाउ र शासन गर’ को नीतिमा चलेको आरोप लगाउँदै उनले भने, ‘अहिलेको राज्य सत्ताले कहिले थारु र पहाडी, कहिले पहाडी र मधेसी त कहिले मधेसी र थारुलाई एक अर्काविरुद्ध उचाल्न खोजेको छ ।’
यादवले धेरै मुलुकका जातीय द्वन्द्वबाट पाठ सिक्नुपर्ने भन्दै जातीय द्वन्द्वबाट बच्न सबैखाले विभेदकारी नीति हटाउनुपर्ने तर्क गरे । ‘जातीय द्वन्द्वबाट बच्ने उपाय भनेकै सबैखाले विभेदकारी नीति हटाउने हो, एउटै भाषा एउटै भेषको नीतिलाई त्यागेर सबै भाषा सबै भेषको नीति अङ्गाल्नुपर्छ ।’
विविधताले सम्पन्न देशमा सबै समुदाय बीच एकता कायम भए आर्थिक उनन्ती, समृद्धि र विकास हुने यादवले बताए । ‘सबैको प्रतिनिधित्व, सहभागिता र साझेदारीमा काम गरे जनताले आफ्नो अधिकार प्रत्याभुत गर्न सक्छन्, त्यसले गर्दा भावनात्मक एकता भइ राष्ट्रिय एकता सम्भव हुन्छ र सबै खालका धार्मिक, वर्गीय, जातीय र लैङ्गिक विभेद अन्त्य हुन्छ’, उनले भने ।
टीकापुर घटनाको प्रसंग कोट्याउदै यादवले टीकापुर घटनाको रहस्य आफूले बुझ्न नसकेको बताए । ‘टीकापुर घटनाको रहस्य पत्ता लगाउन आयोग बन्यो तर प्रतिवेदन सार्वजनिक भएन । घटनाका नाममा निर्दोष व्यक्तिलाई जेलमा हालिराख्न हुन्न । घटना दबाउन अस्त्रको रुपमा टीकापुर घटनालाई लिएर काम गरे त्यो भन्दा दुर्भाग्य केही हुन सक्दैन,’ उनले भने ।
यस्तो छ १०३ बुँदे नीति तथा कार्यक्रम (पूर्ण पाठ)
सरकारले आगामी आर्थिक वर्षका लागि १०३ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा जनताको सेवा, सुरक्षा, समृद्धि र सुखका लागि जनताले बनाएको वर्तमान सरकारबाट राष्ट्रले ठूलो अपेक्षा गरेको भन्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । Continue reading “यस्तो छ १०३ बुँदे नीति तथा कार्यक्रम (पूर्ण पाठ)”