स्थानीयलाई प्रहरी कार्यालय तोडफोड र आगजनीका लागि उक्साएको आरोपमा पक्राउ परेकी पर्सास्थित जिराभवानी गाउँपालिकाकी उपप्रमुख उषा चौधरी रिहा भएकी छन् । प्रहरीले चौधरीलाई सोमबार बिहान पक्राउ गरेर जिल्ला प्रशासन कार्यालय पर्सामा सार्वजनिक अपराध मुद्धा दर्ता गरेको थियो । Continue reading “पक्राउ परेकी गाउँपालिका उपप्रमुख उषा चौधरी रिहा”
Author: admin
दलित युवती र थारू युवकबीच लगनगाँठाे
केही वर्ष पहिलेसम्म दलित र गैरदलित समुदायबीच हुँदै आएको प्रेम विवाह समेत बहिष्कृत हुँदै आएको थियो । तर संबिधान र कानुनले दलितहरुलाई पनि समान अधिकार प्रदान गरेसँगै अब समाजमा निर्धक्कसँगले मागी विवाह पनि सम्पन्न हुन थालेका छन् । Continue reading “दलित युवती र थारू युवकबीच लगनगाँठाे”
सांसद चाैधरीद्वारा चौधरी अाँखा अस्पतालको नयाँ भवनको शिलान्यास
सगरमाथा चौधरी अस्पतालको बहिरङ्ग विभाग नयाँ भवनको सांसद पद्मनारायण चौधरी र नेपाल नेत्र ज्योति महासंघका अध्यक्ष तीर्थप्रसाद मिश्रले शुक्रबार शिलान्यास गरेका छन्। अस्पतालले ३० वर्षदेखि बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । अस्पतालले ३० वर्षदेखि बिरामीलाई सेवा प्रदान गर्दै आएको छ ।
Continue reading “सांसद चाैधरीद्वारा चौधरी अाँखा अस्पतालको नयाँ भवनको शिलान्यास”
प्रणव अाकाशकाे निर्देशन रहेकाे जितगढी किल्ला सडक नाटक समापन
बुटवलका विभिन्न स्थानमा एक सातादेखि जारी ‘जितगढी किल्ला’ नामक सडक नाटक आज समापन भएको छ। बुटवलमा रहेको जितगढी किल्ला संरक्षण र सम्बर्द्धन गर्न भन्दै ऐतिहासिक जितगढी किल्ला बचाउ अभियानले यहाँका दीपनगर, देवीनगर, कालिकानगर, जेसिसचोक, जितगढी, अस्पताललाइन, ट्राफिकचोकलगायत क्षेत्रमा सडक नाटक प्रस्तुत गरी समापन गरेको हो। Continue reading “प्रणव अाकाशकाे निर्देशन रहेकाे जितगढी किल्ला सडक नाटक समापन”
क्यालिफोर्नियादेखि तिलाठी कोइलाठीसम्म
लक्ष्मी चौधरी।
नेपालको संविधान २०७२ ले आधारभुत स्वास्थ्य सेवाको अधिकारलाई नागरिकको मौलिक हकको रुपमा प्रत्याभूत गरेको छ। निःशुल्क आधारभुत स्वास्थ्य सेवासहित सर्वव्यापक स्वास्थ्य उपलब्धताको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेकोले स्वास्थ्य सेवाका सेवाका कार्यक्रममा स्वाभाविक रुपमा समाजिक न्याय र समताको मान्यता स्वीकार गरेको हुनुपर्छ। Continue reading “क्यालिफोर्नियादेखि तिलाठी कोइलाठीसम्म”
थारू समुदायमा भयावह बन्दै ‘सिकलसेल’
विशेषगरी थारू जातिमा सिकलसेल एनिमिया देखिएको छ। नेपालमा १५ वर्षअघि यो रोगका विषयमा परीक्षण गरिएको थियो। चिकित्सकका अनुसार आदिवासी जनजातिमा सिकलसेल एनिमिया रोगका लक्षण धेरै देखिने गरेका छन्। Continue reading “थारू समुदायमा भयावह बन्दै ‘सिकलसेल’”
विद्यालय विकासका मुख्य तत्व शिक्षक, अभिभावक हुन् : मेयर लालमणि चौधरी
कारी महतो/खैरहनी
सामुदायिक विद्यालयलाई राम्रो वा नराम्रो कस्तो बनाउने भन्ने कुरा शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिकै हातमा रहेको कुरा खैरहनी नगरपालिकाका नगरप्रमुख लालमणि चौधरीले बताए । खैरहनी नगरपालिकाको वडा नं. १ स्थित कंकाली माध्यमिक विद्यालयको चार कोठे दुईतले भवन शिलान्यास गर्ने क्रममा नगरप्रमुख चौधरीले उक्त कुरा बताएका हुन् ।
‘यदि तपाईहरुमा विद्यालयलाई राम्रो बनाउने दृढ इच्छाशक्ति छ भने विद्यालय राम्रो बन्छ, नत्र बिग्रन्छ,’ नगरप्रमुख चौधरीले भने, ‘हामी जनप्रतिनिधिहरु विज्ञानको नियम जस्तै दुई तत्वहरुबीच रासायनिक प्रतिकृया छिटो गराउनका लागि भूमिका निभाउने क्याटालिस्ट मात्रै हौं ।’ विद्यालय विकासका लागि शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितिले चालेको हरेक पाइलामा निरन्तर साथ दिने आश्वासन व्यक्त गर्दै अहिले बन्दै गरेको भवनले कंकाली माध्यमिक विद्यालयको विकासका लागि कोशेढुंगा सावित हुने बताए ।
भवन शिलान्यास गर्नुभन्दा अगाडि नगरप्रमुखले विद्यालयको कक्षाकोठाहरु, कम्प्युटर ल्याब, पुस्तकालय, विज्ञान प्रयोगशाला लगायत सबै निरिक्षण गरेका थिए । एउटै कोठालाई विज्ञान प्रयोगशाला, पुस्तकालय र कक्षाकोठाको रुपमा प्रयोग भईरहेको देखेर उनले यो चारकोठे भवन छिटो सम्पन्न गर्नुपर्ने सुझाव दिए ।
जिल्ला शिक्षा कार्यालय चितवनको ३६ लाख बजेट सहयोगबाट बन्न लागेको चारकोठे दुइतले भवन निर्माण सम्पन्न गर्नका लागि ६० लाखको लागत अनुमान गरिएको छ ।
भवन शिलान्यास कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
बरघर रेष्टुरेन्टका सञ्चालक भन्छन्- ‘मान्छेमा इच्छाशक्ति हुनुपर्छ, जुनसुकै ठाउँमा पैसा कमाउन सकिन्छ’
सन्तोष दहित/काठमाडौं।
राजापुर २, जोतपुर बर्दियाका सीताराम थारु २०५९ सालमा उच्चशिक्षाका लागि बर्दियाबाट काठमाडौं आए । उनीसँगै एसएलसी दिएका अधिकांश साथीहरु विभिन्न कारणले पढाइ छाडे भने कोही विदेश गए । तर, उनी न विदेश गए न पढाई छाडे । विदेशमा पैसा कमाउनु जानुभन्दा जसातसो गरेर उने पढ्ने इच्छाशक्ति गरे । अहिले उनी मास्टर डिग्रीसँगै विभिन्न सामाजिक सेवामा पनि आबद्ध भएका छन् । Continue reading “बरघर रेष्टुरेन्टका सञ्चालक भन्छन्- ‘मान्छेमा इच्छाशक्ति हुनुपर्छ, जुनसुकै ठाउँमा पैसा कमाउन सकिन्छ’”
थारु कानुन व्यवसायीद्वारा टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग
थारु कानुन ब्यवसायी सभा केन्द्रीय कार्यसमितिले गरेको राष्ट्रिय सम्मेलनबाट १० बुँदे घोषणा पत्र जारी गर्दै मंगलबार भेला सम्मपन्न भएको छ।बाघखोर आमलटारी नवलपुर थारु होमस्टेमा भएको दुई दिनको छलफलपछि थारु कानुन ब्यवसायीहरुको पेसागत दक्षता अभिवृद्धि, समानुपातिक समावेसीको सिद्धान्त, प्रभावसाली थारु आयोगको गठन, कैलाली टीकापुर घटना छानबिन गरेको वास्तविक तथ्य सार्वजानिकीकरण र मुद्दाको छिनोफनो, समाजिक विकृति र आइएल ओ १६९ लाई कार्यान्वयनको माग गर्दै भेला सम्पन्न भएको अध्यक्ष रामराज चौधरीले जानकारी दिए । Continue reading “थारु कानुन व्यवसायीद्वारा टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग”
छोरीको भुरभुरा रहर
छविलाल कोपिला
छोरी !
तिम्रो यो बैंस
र अङ्कुरण भएका रहरसङ्गै
तिम्रो अोठमा मुस्कान हेर्न मन छ । Continue reading “छोरीको भुरभुरा रहर”