ममताप्रसादलाई प्रधानमन्त्रीको आश्वासन, ‘दोषी उम्कन पाउँदैनन्’

प्रधानमन्त्री केपी शर्मा ओलीले घोडाघोडी नगरपालिका, कैलालीका मेयर ममता प्रसाद चौधरीको स्वास्थ्य अवस्था जानकारी लिएका छन् चौधरीलाई अपरिचत समूहले गत सोमबार घोडाघोडीमै गोली र खुकरी हानेर सख्त घाइते भएका थिए । Continue reading “ममताप्रसादलाई प्रधानमन्त्रीको आश्वासन, ‘दोषी उम्कन पाउँदैनन्’”

मैले चिनेको रेशम चौधरी (ब्लग)

संजय यादव।
थारु आन्दोलनका क्रममा टीकापुरमा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्तको रुपमा राज्यले रेशम चौधरीलाई घोषणा गरीसके पनि रेशम चौधरी भने पटक पटक आफूलाई निर्दोष भन्दै आउनु भएको छ । घटनाको बेला आफू कैलालीमा नरहेको कुरा उहाँले दावी गर्नुहुन्छ । Continue reading “मैले चिनेको रेशम चौधरी (ब्लग)”

ढेड लाख राशिको कोल्हबी गोल्डकपको तयारी पूरा

नागेन्द्र चौधरी/बारा।
बारा जिल्लामा पछिलो दिनमा फुटवल प्रेमीहरु बढदै गइरहका छन् । सिमरा गोल्डकप र पिपरा गोल्डकपपछि निजगढ गोल्डकप र कोल्हबी गोल्डकप हुने भएको छ । Continue reading “ढेड लाख राशिको कोल्हबी गोल्डकपको तयारी पूरा”

ओली क्याबिनेटका एक्ला थारू मन्त्री रामकुमारी चौधरी

प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रोपटक मन्त्रिपरिषद विस्तार गर्दा देशकै चौथो ठूलो जनसंख्या भएको थारु समुदायबाट रामकुमारी चौधरी एक्ला मन्त्री बन्न सफल भइन्। माओवादी केन्द्रकी समानुपातिक सांसद चौधरीलाई कृषि राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। यसअघि माओवादीमा मन्त्रीको सिफारिसमा परिएको भनिएका अमनलाल मोदी भने मन्त्री बन्न सकेनन्। Continue reading “ओली क्याबिनेटका एक्ला थारू मन्त्री रामकुमारी चौधरी”

रेशम चौधरीले १८ दिनपछि अनसन तोडे, गृहमन्त्रीले पिलाए जुस

कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशम चौधरीले शुक्रबार अनशन तोडेका छन्। शुक्रबार वीर अस्पतालमा गृहमन्त्री रामबहादुर थापा बादलले चौधरीलाई जुस पिलाएर अनशन तोडाएका हुन्। उनले १८ दिनपछि अनशन तोडेका हुन्। थारु आन्दोलनका क्रममा टीकापुर घटनामा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्त चौधरीलाई कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। Continue reading “रेशम चौधरीले १८ दिनपछि अनसन तोडे, गृहमन्त्रीले पिलाए जुस”

मोहन दहितले ल्याए ‘धनगढीकी छोरी’

गायक तथा संगीतकार मोहन दहितले नयाँ गीत बजारमा ल्याएका छन्। ‘धनगढीकी छोरी’ बोलको गीत उनले बजारमा ल्याएका हुन्। आफ्नै शब्द र संगीत रहेको गीतमा मनिषा राईले स्वर दिएकी छन्। यसअघि उनले लेहेँगा मोर र नौरंगी लेहेँगाजस्ता सुपरहिट गीत बजारमा ल्याइसकेका छन्।

क्रिकेटमा नेपालको ऐतिहासिक उपलब्धि, पायो एकदिवसीय मान्यता

नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको छ। यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धि हो। ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा नेपालले बिहीबार पपुवा न्यूगिनीलाई ६ विकेटले हरायो। लगतै नेपालले चाहे जस्तै नेदरल्याण्डले हङकङलाई पराजित गराएपछि ओडीआई स्टाटस पक्का भएको हो। Continue reading “क्रिकेटमा नेपालको ऐतिहासिक उपलब्धि, पायो एकदिवसीय मान्यता”

बोक्सी घटनाका अभियुक्त सार्वजनिक, पीडितलाई ‘भिडियो’ले न्याय दिलायो

फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसका दिन १८ वर्षीया राधा चौधरीलाई भोलेबाबा भनिने रामबहादुर चौधरीसहितकाले ६ घण्टा निरन्तर कुटपिट गरे। कुटपिट गरिएकी युवती न्यायका लागी इलाका प्रहरी कार्यालयमा गइन। समान्य कुटपिट भन्दै मिलापत्र गराएर भोलेबाबालाई छोडियो। यो घटनाको जानकारी पाएपनि समान्य कुटपिट मानेर संचारकर्मी र संचारमाध्यमले पनि महत्व दिएन। Continue reading “बोक्सी घटनाका अभियुक्त सार्वजनिक, पीडितलाई ‘भिडियो’ले न्याय दिलायो”

ताराताल टु त्रिपुरेश्वर : माधवकुमार चौधरीको खेलकुद सपना

रोशन राउत/अन्नपूर्णपोष्ट।

विद्यालयमा उनी राम्रो विद्यार्थीमा गनिन्छन्। स्कुले जीवनका लागि महत्वपूर्ण खुड्किलोका रूपमा रहेको सेकेन्डरी एजुकेसन एक्जामिनेसन (एसईई) परीक्षा सँघारमै आइपुगेको छ। तर, बर्दियाको ग्रामीण भेगबाट मीठो सपना साँचेर काठमाडौं हानिएका एक किशोर भने त्यही सपना पूरा गर्न दिनरात नभनी त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको फन्को मार्न व्यस्त छन्। Continue reading “ताराताल टु त्रिपुरेश्वर : माधवकुमार चौधरीको खेलकुद सपना”

आइसा चौधरीको हत्या भएको भन्दै ३ जनाविरुद्ध किटानी जाहेरी

आर्थिक अवस्था कमजोर रहेकी गुल्जारी चौधरीले आफ्नो छोरी आइसाको हत्या भएको किटानी जाहेरी दिएकी छन्। मोरङ प्रहरीमार्फत महानगरिय प्रहरी परिसर ललितपुरको नाममा जिल्ला प्रहरी कार्यालय मोरङले जाहेरी बुझेर पठाएको हो। मोरङ प्रहरीले अधिकारकर्मीहरुरको दबाबपछि ललितपुरमा शंकास्पद ज्यान गुमाएकी मोरङको कटहरीकी आइसा चौधरीको हत्या भएको किटानी जाहेरी ललितपुर प्रहरीलाई पठाएको जनाएको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका–३, इमाडोलका बिनय दाहाल र लिना सिलवाल (दाहाल) को घरमा घरेलुकामदारको रुपमा काम गर्दै आएकी १७ वर्षकी आइसाको चार दिन अघि शंकास्पद ज्यान गएको थियो। ललितपुरको सातदोबाटो प्रहरी वृतले आत्मा हत्या भएको भन्दै आइसाकी आमा गुलजारीदेवी चौधरीलाई शनिबार शव बुझाएको थियो। मंगलबार मोरङ प्रहरीले गुलजारीको जाहेरी लिएर ललितपुर प्रहरीलाई पठाएको छ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले घटना ललितपुरमा भएको कारण छानबिनलगायतको प्रक्रिया त्यहीको प्रहरीले गर्ने भएकाले महानगरिय प्रहरी परिसर ललितपुरलाई किटानी जाहेरी पठाएको जानकारी दिए। सुकुम्बासी परिवारका गुलजारीले काठमाडौं जानआउन खर्चको अभाव भएकोले जिल्ला प्रहरी मोरङमार्फत जाहेरी पठाएको बताए।

जाहेरीमा आइसालाई बलत्कार गरेर हत्या गरेको उल्लेख छ । उक्त घटनामा बिनय र उहाँका सासुससुरा विराटनगर–७, का गीता सिलवाल र केशब सिलवाल विरुद्ध किटानी जाहेरी जिल्ला प्रहरी कर्यालय मोरङमार्फत महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइएको छ ।

आइसासँग होली पर्वको दिन १७ गते अपरान्ह फोनमा कुरा भएको थियो त्यसपछि कुरा नभएको गुलजारीले बताए। पारिवारिक स्रोतका अनुसार होलीपछि २५ गते शुक्रबार गीता र केशवले कटहरीको खोरियाका जयप्रकाश राजबंशीमार्फत आइसाले सुनको गहना र नगद चोरी गरेको खबर पठाएका थिए ।

‘जयप्रकाशसँगै विराटनगर–७, स्थित सिलवालको घरमा जाँदा तिम्रो छोरी प्रहरीमा रहेकोले तत्काल नागरिकता लिएर काठमाडौं जान भन्यो,’ गुलजारीले भने, ‘अनि गीतासँग प्लेन चढेर काठमाडौं गएँ । एउटा किराना पसलमा एकछिन बसेर बिनय र गीतासँग छोरीलाई छुटाउन सहीछाप गर्ने ठाउँमा गएर सहीछाप लगाई दिएँ।’

सहीछाप गरेर बिनयको घरमा रातिको खाना खाने बेलामा आफ्नी छोरीसँग भेटाइदिन अनुरोध गर्दा गीताले भोलि बिहान मात्रै भेट्न सकिने बताएको उनले सुनाए। गुलजारी थारु भाषा बाहेक अन्य भाषा कमै बुझ्छिन्। ‘बिहानको खाना खाएपछि लास भएको ठाउँमा लगेर यही हो तिम्रो छोरी भनेर उनीहरुले देखाइदियो,’ गुलजारीले दुखेसो गरे। ललितपुरको सातदोबाटो प्रहरी वृतका प्रहरी नायव उपरीक्षक बिनोद सिलवालले गुलजारी चौधरीले आफ्नी छोरी आफैँ झुण्डिएर आत्महत्या गरेको भन्दै जाहेरी दिएपछि पोष्टमार्डम गराएर सदगतका लागि शव बुझेर गएको बताए।

उनले घटना भएको २ वर्षभित्र कुनै प्रमाण भेटिए कारबाही प्रक्रियामा जाने कानूनी व्यवस्था रहेको बताए। आफूहरुले अहिले पनि छानबिन गरिरहेको उनको भनाइ छ। पीडित पक्षले बिनयको सासु–ससुराको नाता पर्ने प्रहरी उपरीक्षक सिलवालले पीडकसँगको मिलेमतोमा हत्यालाई आत्महत्यामा परिणत गरेको आरोप लगाएका छन्।

घटना सार्वजनिक भएपछि मिलाउने षड्यन्त्र
घटनाबारे पत्रपत्रिकामा समाचार छापिएपछि घटनालाई अगाडि नबढाउन सोमबार बिनयले वडाअध्यक्ष कपुरलाल माझीमार्फत ३५ हजार नगद पीडित परिवारलाई बुझाएका छन् । बिनयले गुलजारीलाई घटना अघि नबढाए अन्य छोरीछोरीको पढाउन र परिवार पाल्न खर्च उपलब्ध गराउने प्रलोभन दिँदै आएको पीडित परिवारले बताएका छन् । घटना मिलाउन स्थानीय मनोज भुजेललगायतका केही राजनीतिक दलका नेताहरुले समेत दबाब दिँदै आएको गुलजारीदेवीले गुनासो पोखिन्। उनले आफ्नी छोरीको हत्यारालाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेकी छन्।

सुमन तिमल्सिना/उज्यालो अनलाइन