मध्य तराईको थारु समुदायमा दाइजो प्रथाले विकराल रुप लिएको छ। बारा, पर्सा र रौतहटमा दाइजोमा मोटरसाइकल अनिवार्यजस्तै भएको छ। यस्तैमा करैयामाइ गाउँपालिकाका कार्यकारी अधिकृत आमोद चौधरीले सबैको ध्यानकृट हुनेगरी विवाह गरेका छन्। Continue reading “एउटा फरक विवाह, जहाँ दाइजोको सट्टा दाइजोविरुद्धको ब्यानर टाँगियो”
Author: admin
वीर अस्पतालमा जब महन्थ ठाकुर र रेशम चौधरी भक्कानिए !
‘के हो यस्तो, यसैका लागि तपाईलाई हामीले समर्थन गरेका हौं, तपाईले के भनेर हामीलाई आश्वासन दिनुभएको थियो, एकजना सांसद जो अस्पतालमा उपचार गराई रहेका छन्, उसलाई यसरी जञ्जिर लागेर राख्न पाईन्छ ?’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसरी कड्किएर फोन गर्ने राष्ट्रिय जनता पार्टी नेपालका संयुक्त महन्थ ठाकुर हुन् । Continue reading “वीर अस्पतालमा जब महन्थ ठाकुर र रेशम चौधरी भक्कानिए !”
राष्ट्रपतिमा पुनः विद्यादेवी भण्डारी निर्वाचित
संघीय गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपतिका रुपमा दोस्रो कार्यकालका लागि पनि निर्वाचित भई वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः शीतल निवासको प्रवेशको ढोका खुलेको छ। Continue reading “राष्ट्रपतिमा पुनः विद्यादेवी भण्डारी निर्वाचित”
ममताप्रसाद चौधरीमाथि गोली हानेको आशंकामा विप्लवका ३ कार्यकर्ता पक्राउ
कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीमाथि सोमबार राति गोली र खुकुरी प्रहार गरेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । Continue reading “ममताप्रसाद चौधरीमाथि गोली हानेको आशंकामा विप्लवका ३ कार्यकर्ता पक्राउ”
घाेडाघाेडी नगरपालिकाका मेयर ममताप्रसद चाैधरीमाथि गाेली प्रहार
कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि खुकुरी प्रहार भएको छ । सोमबार बेलुकी आफ्नै घरमा बसिरहेका चौधरीमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेको प्रदेश ७ का प्रहरी प्रमुख एआइजी माधव नेपालले जानकारी दिएका छन् । चौधरीको टाउकोमा खुकुरी प्रहार भएको छ । Continue reading “घाेडाघाेडी नगरपालिकाका मेयर ममताप्रसद चाैधरीमाथि गाेली प्रहार”
१५ दिनभित्र माग पूरा नगरे कडा आन्दोलन गर्ने चेतावनी [भिडियो]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना, कम्तीमा ४९ जनाको मृत्यु
यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको प्रहरीले पुष्टि गरेको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । Continue reading “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना, कम्तीमा ४९ जनाको मृत्यु”
चारबुँदे सहमतिपछि टीकापुर घटनाका आरोपित थारुहरुले अनशन तोडे
कैलाली कारागारका २४ जना थुनुवाले अनशन स्थगित गरेका छन् । टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई सांसद प्रमाणपत्र वितरण तथा सपथ खुवाउनुपर्ने लगायतका माग राखेका उनीहरुले स्थानीय प्रशासनसँग चार बुँदे सहमति भएपछि अनशन स्थगित गरेका हुन् । Continue reading “चारबुँदे सहमतिपछि टीकापुर घटनाका आरोपित थारुहरुले अनशन तोडे”
रेशम चौधरीको समर्थनमा राजधानीमा मसाल जुलुससहित विरोध प्रदर्शन गरिँदै
प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशमलाल चौधरीसहित टीकापुर घटनामा जेलबन्दी रहेका थारुहरुको रिहाई माग गर्दै थरुहट/थारुवान संयुक्त संघर्ष समितिले राजधानीमा मसाल जुलुस प्रदर्शन गर्ने भएको छ। Continue reading “रेशम चौधरीको समर्थनमा राजधानीमा मसाल जुलुससहित विरोध प्रदर्शन गरिँदै”
रेशमको रिहाई माग गर्दै थाकस नवलपरासीद्वारा आन्दोलन घोषणा
जितनारायण थनेत/नवलपरासी।
प्रतिनिधिसभा सदस्य पदको शपथग्रहण गर्न पाउनुपर्ने माग गर्दै अनशनमा बसेका कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको रिहाइ र सांसदको मान्यता दिनुपर्ने माग गर्दै थारु कल्याणकारिणी सभा नवलपरासीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
फागुन २८ गतेबाट पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। आइतबार नवलपरासी पूर्व डण्डामा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा थारु कल्याणकारिणी सभा नवलपरासीका सभापती गणेशमान महतोले फागुन २८ गते सोमवारदेखि चैत्र ५ गतेसम्म आन्दोलनका लागि प्रत्येक वडामा गएर जनजागरण अभिायान सञ्चालन गरिने जानकारी गराए।
यस्तै चैत्र ६ गते आमभेला , चैत्र ७ गते सदरमुकाममा प्लेकार्डसहितको र्याली, चैत्र ८ गते साँझ मसाल जुलुस, चैत्र ९ गते जिल्ला प्रशाशन कार्यालय नवलपुरमा धर्ना र चैत्र १० गते विरोध सभाको कार्यक्रम गरिने महतोले बताए। यी सबै कार्यक्रमबाट पनि आफूहरुको माग सुनुवाई नभए थप आन्दोलनका कार्यक्रम घाषणा गरिने महतोले बताए।
पत्रकार सम्मेलनमा बोल्दै महतोले सरकारको विभेदकारी नीतिको आफूहरुले विरोध गरेको बताए। सरकारी अनुसन्धानबाट नै चौधरी दोषी नरहेको प्रतिवेदनमा आउँदाआउँदै चौधरीलाई सपथ खान नदिनु, सासंद नमान्नु र थुनामा राख्नु मानव अधिकारी विरोधी क्रियाकलाप भएको महतोले आरोप लगाए।
यस्तै थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य इनर प्रसाद महतोले कैलालीको टीकापुर घटनापछि रेशम चौधरी, लक्ष्मण थारुलगायत थारु अगुवाहरुमाथि लगाइएको झुटा मुद्दा विनासर्त तत्काल खारेज गर्न माग गरे। कैलाली कारागारमा आमरण अनसनमा बसेका २४ जना अनसनकारीहरुको जीउज्यानको रक्षा गर्दै अबिलम्ब अनसन तोड्ने वातावरण बनाई रिहा गर्न माग गरे।