अस्पताल भर्ना भएको दुई दिनपछि राजपा नेता राजेन्द्र महतो वीर अस्पताल पुगेर सांसद रेशम चौधरीको स्वास्थ्यबारे बुझेका छन्। डिल्ली करागारमा रहँदा आक्कल झुक्कल मात्र आउने राजपा नेताहरु अस्पताल भर्ना हुँदासमेत दुई दिनपछि पुगेका थिए। Continue reading “राजेन्द्र महतोले सुमसुम्याउँदै भने- ‘खै कहाँ दुख्छ माननीयज्यु’”
Author: admin
मानव अधिकार आयोगको टोलीसमक्ष एक नर्सको बयान- ‘हो, उहाँको खुट्टामा नेल बाँधिएकै हो’
शुक्रबार दिउँसो ४:१५ बजे थारु अभियन्ता इन्दु थारुले फेसबुकमार्फत् रेशम चौधरीको नेल लगाएको फोटो सार्वजनिक गर्दै प्रश्न गरिन्, ‘यो देशमा माननीयलाई बाँधेर उपचार गर्ने दिन आएको हो?’ त्यही फोटो एक घन्टामै भाइरल बन्यो। बिहीबार दिउँसो वीर अस्पताल भर्ना भएका रेशम चौधरीको फोटो २४ घन्टापछि भाइरल भएको थियो। Continue reading “मानव अधिकार आयोगको टोलीसमक्ष एक नर्सको बयान- ‘हो, उहाँको खुट्टामा नेल बाँधिएकै हो’”
रेशमलाई नेल लगाउनु पछाडिको सत्य- ‘जेलर र प्रहरीको ठाडो आदेश’
नवराज मैनाली/नयाँ पत्रिका दैनिकबाट साभार
अस्पताल भर्ना गरेपछि सामान्यतया कुनै पनि कैदीबन्दीलाई नेल–हत्कडी लगाइँदैन । तर, फोक्सो र बोनम्यारोमा समस्या देखिएर थलिएका निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा भर्ना गर्दा भने प्रहरीले खुट्टामा फलामे साङ्लो लगायो । कारागार व्यवस्थापन नियमावलीविपरीत नेल लगाइएपछि प्रधानमन्त्री केपी ओलीले नेल खोल्न र संलग्न कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिए । यसलगत्तै कर्मचारी तथा प्रहरीमाथि कारबाही प्रक्रिया पनि सुरु भएको छ । Continue reading “रेशमलाई नेल लगाउनु पछाडिको सत्य- ‘जेलर र प्रहरीको ठाडो आदेश’”
रेशम चौधरीलाई सिक्रीले बाँध्नेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन
वीर अस्पतालमा उपचाररत बन्दी रेशम चौधरीको खुट्टामा फलामको नेल लगाइएको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले चासो दिएका छन् । अस्पतालको बेडमै सांसद चौधरीलाई नेल लगाएर राखिएको समाचार बाहिर आएपछि प्रधानमन्त्री ओलीले यस घटनामा चासो दिएका हुन् । Continue reading “रेशम चौधरीलाई सिक्रीले बाँध्नेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन”
तेजुलालले प्रश्न उठाएपछि संसदमा धन्न रोइनन् राधा ज्ञवाली !
नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले थारुहरुलाई भारतीय भनेर अभिव्यक्ति दिने नेकपाकी सांसद राधा ज्ञवालीलाई संसदमा प्रश्न गरेका छन्। उनले देशका भूमीपुत्र थारुहरु कसरी भारतीय भएको भन्दै संसदमा प्रश्नको जवाफ माग गरेका थिए। Continue reading “तेजुलालले प्रश्न उठाएपछि संसदमा धन्न रोइनन् राधा ज्ञवाली !”
खुट्टामा नेल ठोकेर सांसद रेशम चौधरीको उपचार गरिँदै
कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभामा विजयी भएका सांसद रेशम चौधरीको खुट्टामा नेल ठोकेर उपचार भइरहेकोछ। फोक्सो र बोनम्यारोमा समस्या भएपछि सांसद चौधरीलाई बिहीबार दिउँसो वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको थियो। Continue reading “खुट्टामा नेल ठोकेर सांसद रेशम चौधरीको उपचार गरिँदै”
राधा ज्ञवालीले माफी मागिनन्, गंगा सत्गौंवाले झुटो बोलिन् [भिडियोसहित]
तराईका अधिकांश जग्गा थारुको नाममा रहेको र उनीहरु भारतीय भएको अभिव्यक्ति दिने नेकपाकी सांसद राधा ज्ञवालीले थारुसँग माफी माग्नुको सट्टा समाचार प्रकाशित गर्ने अनलाइनविरुद्ध खेद प्रकट गरेकी छन्। उनले संसदको शुन्य समयमा बोल्दै पित पत्रकारिता गरेर आफूलाई बदनाम गराएको आरोप लगाइन्। Continue reading “राधा ज्ञवालीले माफी मागिनन्, गंगा सत्गौंवाले झुटो बोलिन् [भिडियोसहित]”
सांसद रेशम चौधरी अस्पताल भर्ना
कैलाली क्षेत्र नं १ बाट निर्वाचित रेशम चौधरी अस्पताल भर्ना भएका छन्। फोक्सो र बोनम्यारोमा समस्या देखिएपछि सांसद चौधरीलाई वीर अस्पतालको आकश्मिक कक्षमा भर्ना गरिएको उनका भाइ मिठुलाल चौधरीले जानकारी दिए। उनी तीन साता अघिदेखि बिरामी पर्दै आएका छन्। बिरामी परेदेखि उनी वैशाखी टेकेर हिँड्ने गर्थे। साथै उनी दिनहुँ वीर अस्पतालमा फिजियो थेरापीसमेत गराउँदै आएका छन्। Continue reading “सांसद रेशम चौधरी अस्पताल भर्ना”
संसदमा गंगाले भनिन्- ‘गुठी विधेयक फिर्ताले लाखौं भूमिहीनको भावनामा ठेस पुग्यो’
सत्तारुढ नेकपाका सांसद गंगा चौधरी सत्गौवाले गुठी विधेयक फिर्ता हुँदा गुठी पीडितको भावनामा ठेस पुगेको बताएकी छन् । बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले भूमीहीन, जोताहा किसानले सरकारले ल्याएको गुठी विधेयकको स्वागत र समर्थन गरे पनि फिर्ता लिएपछि उनीहरुको भावनामा ठेस पुगेको बताएकी हुन् । Continue reading “संसदमा गंगाले भनिन्- ‘गुठी विधेयक फिर्ताले लाखौं भूमिहीनको भावनामा ठेस पुग्यो’”
थारुलाई भारतीय देख्ने नेकपा सांसदलाई सार्वजनिकरुपमा माफी माग्न थारु संघसंस्थाको चेतावनी
नेकपाका सांसद राधा ज्ञवालीले दिएको अभिव्यक्तिप्रति थारु संघसंस्थाले आपत्ति जनाएका छन्। बिहीबार बिहान बसेको बैठकले सांसद ज्ञवालीले सार्वजनिकरुपमा माफी माग्नुपर्ने निर्णय गरेको छ। ‘सांसद ज्ञवालीको अभिव्यक्तिले समग्र थारुहरुको अस्तित्व, पहिचान र आत्मसम्मानमा गम्भीर चोट पुर्याएको र आदिवासी थारुहरुको प्रतिष्ठामा धावा बोल्ने राधा ज्ञवालीलाई यो धारणा फिर्ता गर्न चेतावनीका साथ सार्वजनिक रुपमा माफी माग्न आग्रह गर्दछौं,’ निर्णयमा उल्लेख छ। Continue reading “थारुलाई भारतीय देख्ने नेकपा सांसदलाई सार्वजनिकरुपमा माफी माग्न थारु संघसंस्थाको चेतावनी”