थारु कल्याणकारिणी सभा (थाकस) चितवनको फागुन २४, २५ र २६ गते हुने १२औं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । १२ औं अधिवेशन मूल आयोजक समितिका संयोजक एवं थाकस चितवनका सभापति विश्राम महतोले अधिवेशनको सबै तयारी सम्पन्न भैसकेको बताए । Continue reading “थाकस चितवनको १२औं अधिवेशन तयारी पूरा, सांसद महतोले उद्घाटन गर्ने”
Author: admin
थरुहट/थारुवान संयुक्त संघर्ष समिति फेरि व्युँतियो, कडा आन्दोलन गर्ने चेतावनी
पूर्वसांसद रुक्मिणी चौधरीले २०७२ सालमा घटेको टीकापुर घट्ना नितान्तै राजनीतिक भएको बताएकी छन्। थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले टीकापुर घटनाको सत्यतथ्यसहितको प्रतिवेदन तयार पारिए पनि सार्वजनिक नगरिएकोमा आपत्ति जनाइन्। Continue reading “थरुहट/थारुवान संयुक्त संघर्ष समिति फेरि व्युँतियो, कडा आन्दोलन गर्ने चेतावनी”
जेलमै अनशन बसेका लक्ष्मण थारु अस्वस्थ, समस्या समाधान गर्न अपिल
कैलाली कारागारमै फागुन २० गते साँझदेखि आमरण अनशनमा बसेका थुनुवाहरुको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि थारु अगुवा र राष्ट्रिय मानव अधिकार आयोगबीच आज भेटवार्ता भएको छ। अनसनमा रहेका २४ जनामध्ये लक्ष्मण थारुको पेट र छातीमा समस्या देखिएको अस्पतालका फिजिसियन डाक्टर रुपेशकान्त मिश्रले बताएका छन् । अर्का थुनुवा किसन चौधरीको प्रेसर बढेको जनाइएको छ । Continue reading “जेलमै अनशन बसेका लक्ष्मण थारु अस्वस्थ, समस्या समाधान गर्न अपिल”
संघीय र प्रदेश संसदमा रेशमको चर्चा : कतै नियमापत्ति, कतै रिहाईको माग
लखन चौधरी/धनगढी।
प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मतको लागि संसदमा प्रस्तावपत्र दर्ज गरेपछि पक्ष र विपक्षमा सांसदहरु आ–आफ्नो मत जाहेर गरे । प्रतिपक्षमा रहेको राष्ट्रिय जनता पार्टीकी सांसद मालामति रानाथारुले सभामुख अर्जन थापाले दिएको १० मिनेटको समय सीमामा अधिकांश समय कारागारबाटै आमरण अनशन थालेका प्रतिनिधिसभा ‘सांसद’ रेशम चौधरीको पक्षमा खर्चिन् । जनमतबाट निर्वाचित सांसद चौधरीलाई हालसम्म प्रमाणपत्र र शपथ ग्रहण नगराएको र जर्बजस्ती अपराधी सावित गर्न खोजेको आरोप लगाइन् । Continue reading “संघीय र प्रदेश संसदमा रेशमको चर्चा : कतै नियमापत्ति, कतै रिहाईको माग”
थाकस चितवनको छात्रावासबाट गरिब विद्यार्थीहरु लाभान्वित
कारी महतो/चितवन।
थारु कल्याणकारिणी सभा (थाकस) चितवनले भरतपुरमा निर्माण गरेको थारु छात्रावासबाट आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई निकै सहयोग पुगेको छ । माडीबाट उच्चशिक्षा अध्ययन गर्न आएकी मनिका मर्दनियाले भनिन् “थाकसले निर्माण गरेको छात्रावासबाट निकै सहज भएको छ ।”
उनी सप्तगण्डकी क्याम्पसमा स्नातक तेश्रो वर्षमा अध्ययनरत छिन् । सोहि छात्रावासमा बसेर नेपाल पोलिटेक्निक इन्स्टिच्युटमा पहिलो सेमेस्टरमा अध्ययनरत परासी जिल्लाका भक्त बहादुर चौधरीले भने. ‘कोठा भाडामा लिएर बसेको भए महिनाको तीन चार हजार रुपैयाँ कोठा भाडामै सकिन्थ्यो, तर यहाँ महिनाको पाँच सयमा बसेर पढ्न पाएको छु ।’ माडी बघौडाका आशिष महतोले पनि त्यस्तै कुरा सुनाए । चनौलीबाट स्कुल अफ हेल्थ सोइन्समा दोश्रो वर्ष फार्मेसी पढ्दै गरेका यम नारायण महतोले दैनिक घरबाट आवतजावत गर्दा धेरै समय बसमै खर्च हुने भएर थारु छात्रावासमा बसेर अध्ययन गर्दै आएको बताए ।
विगत दुईवर्ष देखि थारु छात्रावासमा बसेर पढ्दै गरेका यमनारायण महतोले छात्रावासमा केहि कुराको अभाव खड्किएको महशुस गरेका छन् । ‘सानो भएपनि एउटा खेलमैदान भएको भए राम्रो हुन्थ्यो,’ उनले बताए । फोहोर पानीको निकासको व्यवस्था नहुँदा वर्षभरि नै लामखुट्टेले हैरान पारेको उनले बताए । ‘वरपर फोहोर व्यवस्थापन गर्न पनि ठाउँ निकै साँघुरो छ । छात्रावासको आडकै खाली ठाउँलाई सदुपयोग गर्न पाएको भए राम्रो हुन्थ्यो,’ उनले बताए ।
उक्त छात्रावासबाट यसवर्ष ७ महिलासहित २२ जना विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित भएका छन् । उक्त भवन अझै निर्माणाधिन भएपनि निर्माण सम्पन्न भईसकेको कोठाहरुमा आर्थिक समस्या भएका विद्यार्थीहरुलाई सहुलियत दरमा उपलब्ध गराइएको थाकस चितवनका सभापति विश्राम महतोले बताए । अधिकांश विद्यार्थीहरुले भरतपुरमा चार हजारसम्म कोठाभाडा तिरेर अध्ययन गरीरहेको अवस्थामा थाकस चितवनले प्रतिविद्यार्थी पाँच सय मात्र लिई छात्रावास उपलब्ध गराएको छ । छात्रावासमा बसेर अध्ययन गर्नेहरुमा अधिकांश चितवनको दुर्गम ठाउँ माडीका विद्यार्थीहरु रहेका छन् ।
उक्त छात्रावास निर्माणसम्पन्न गर्नका लागि हालसम्म करीब ७५ लाख खर्च भएको छ । २२ वटा कोठाहरु निर्माण भएको छ । आर्थिक अभावका कारणले पूर्णरुपमा अझै सम्पन्न हुन सकेको छैन । निर्माण कार्यका लागि विभिन्न व्यक्तित्वहरुले आर्थिक सहयोग गरेको भएतापनि अपुग भएपछि थाकसले गाउँगाउँमा गएर खरिहानी कार्यक्रम मार्फत् धान संकलन गरी निर्माण गरेको कुरा सभापति विश्राम महतोले बताए । छात्रावास निर्माण गर्नका लागि संसद विकास कोष मार्फत् पूर्व सभासदहरु लालमणि चौधरीले दुई लाख, सावित्री चौधरीले दुई लाख र रुक्मिणी चौधरीले पटकपटक गरी आठ लाख सहयोग गरेका छन् । चितवन जिल्ला विकास समितिले थारु विकास कार्यक्रम मार्फत प्रतिवर्ष तीन लाखका दरले उपलब्ध गराउने बजेट पनि यहि भवन निर्माण गर्नमा खर्च गरिएको छ । यी बाहेक नेपाल सरकारको कुनै पनि निकायले छात्रावास भवन निर्माणका लागि बजेट उपलब्ध गराएको छैन ।
थारु छात्रावास निर्माणका लागि जिल्ला विकास समितिले २०४९ सालमै जिल्ला प्रहरी कार्यालय अगाडि चार कट्ठा जग्गा उपलब्ध गराएको थियो । त्यसबेला थाकस चितवनको सभापति जोखा चौधरी थिए । जोखा चौधरीकै कार्यकालमा उक्त जग्गामा तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले छात्रावास भवनको सिलान्यास गरिएको थियो । तर आन्तरिक किचलोका कारण थाकसले समयमै भवन बनाउन नसक्दा जिल्ला विकास समितिले जग्गा फिर्ता लिई अन्यत्र एक कट्ठा उपलब्ध गराएको थियो । त्यो ठाउँमा स्थानीय क्लबहरुले भवन बनाउन नदिएपछि थाकसको छात्रावास वर्षौसम्म अलपत्र परेको थियो । पछि थाकसले चितवन महोत्सव बहिष्कार गरेपछि थाकसलाई फकाउन जिल्ला विकास समितिले बार एसोसिएसन अगाडि एक कट्ठा जग्गा उपलब्ध गराई एक महिनाभित्र भवन बनाउन अल्टीमेटम दिएको सभापति विश्राम महतोले बताए । अनेक दुख गरेर दुई कोठे टहरो बनाई अफिस सञ्चालन गरिदै आएको थियो । विश्राम महतोको कार्यकाल पश्चात जिल्ला सभापति टिकेन्द्र चौधरीले आफ्नो कार्यकालमा व्यवस्थित नक्सासहित अहिलेको भवन बनाउन शुरुवात गरेका थिए । टिकेन्द्रको कार्यकाल समाप्त भएपछि पुन विश्राम महतो सभापति भई विभिन्न चन्दा सहयोग र खरिहानी उठाएर अहिलेको २२ कोठे भवनको निर्माण गरिएको हो ।
बाम बचपना [विचार]
दिल बहादुर चौधरी।
‘दिल देखो काला कुटिल देखो चाल, मुहसे बोले मीठ बोली हो,
मुहसे बोले मीठ बोली रे दैया, बोलीसे मन्तर लगावै हो’
यो थारु भाषाको धमार गीत हो, अर्थ हो, ‘दिल कालो छ, चाल कुटिल छ तर मुखले राम्रो बोल्दछ, मोहनी लगाउँदछ ।’ अहिले थारुहरु यही गीत गाइरहेका छन् । थारु भाषामा एउटा भनाई छ, नियत भला तो सब भला, नियत बुरा तो सब बुरा । अर्थ हो, नियत ठिक भए, सब ठिक हुन्छ, नियत गलत भए, सब गलत हुन्छ । आज ब्यबस्था बदलिएको छ, अबस्था उही छ । रुप परिबर्तन भएको छ, सार उही छ । यसले प्रमाणित गर्दछ कि नीति बनाउनेहरुको नियत अहिले पनि ठिक छैन । अहिले पनि जाति, क्षेत्र, नातागोता, ईष्टमित्र, चाकरीदारहरु नै सत्ताको नजिक पुग्ने र पुगाउने कार्य भैरहेको छ । नेताहरुको कथनी र करणीमा फरक छ । Continue reading “बाम बचपना [विचार]”
रेशमबाहेक १६ जना थारू सांसदले लिए पद तथा गोपनीयताको शपथ
संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सांसदहरुलाई आज अपराह्न संघीय संसद भवन, नयाँ बानेश्वरस्थित प्रतिनिधिसभाको सभाहलमा शपथ गराए। यसअघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्य ठाकुरलाई शपथ गराएकी थिइन्। Continue reading “रेशमबाहेक १६ जना थारू सांसदले लिए पद तथा गोपनीयताको शपथ”
रेशम चौधरीलाई शपथ नगराए संसद ठप्प पार्ने चेतावनी
रेशम चौधरीलाई तत्काल सांसदको शपथ लिने व्यवस्था नमिलाइए प्रदेश नम्बर ७ को संसद बैठक चल्न नदिने चेतावनी दिइएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) का प्रदेश सांसद कृष्ण चौधरीले प्रतिनिधि सभा सांसद रेशम चौधरीलाई शपथ ग्रहण नगराए फागुन २२ हुने प्रदेश नं. ७ को संसद चल्न नदिने चेतावनी दिएका छन् । Continue reading “रेशम चौधरीलाई शपथ नगराए संसद ठप्प पार्ने चेतावनी”
टीकापुर घटनाका कैदीहरुद्वारा कारागारमै आमरण अन्सन सुरु
प्रतिनिधि सभा सदस्य रेशम चौधरीलाई सपथ गर्न नदिएको भन्दै टीकापुर घटनामा जेलबन्दी परेका २५ जना थारुहरु आमरणअन्सन बस्ने भएका छन्। उनीहरु कैलालीको धनगढीस्थित कारागारमै आमरण अन्सन बस्न लागेका हुन्। जेलबन्दीहरुले तीन बुँदे मागसहित आमरणअन्सन बस्न लागेका हुन्। Continue reading “टीकापुर घटनाका कैदीहरुद्वारा कारागारमै आमरण अन्सन सुरु”
सवि चौधरीको अध्यक्षतामा ‘ख्याल बगाल’को तदर्थ समिति गठन
थारु युवायुवती हरुको भेला दाङको तुल्सीपुरस्थित रिपोर्टस क्लबमा भएको छ । सबि थारुको अध्यक्षता तथा रिपोर्ट्स क्लब प्रदेश पाँचका अध्यक्ष शरद रेग्मीको प्रमुख आतिथ्यमा आयोजित भेलामा वक्ताहरुले भाषा ,संस्कृति कला र परम्परा जोगाउन हरेक समुदायका युवायुवती हरुको काँधमा विशेष दायित्व रहेको बताए। Continue reading “सवि चौधरीको अध्यक्षतामा ‘ख्याल बगाल’को तदर्थ समिति गठन”