एमाले र माओवादीबीच मन्त्रालय भागवण्डा मिलेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा मन्त्रालय भागवण्डा टुंगो लगाएको हो । एमालेले अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार, सञ्चार, संघीय मामिला तथा सामान्य प्रशासन लगायतका १० मन्त्रालय राखेको छ । Continue reading “एमालेलाई १० र माओवादीलाई ७ मन्त्रालय”
Author: admin
प्रदेश २ का मुख्यमन्त्रीलाई वाम गठबन्धनको पनि समर्थन
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाको विश्वासको मत पाएका छन् । वाम गठबन्धनले समेत समर्थन गरेपछि राउतले दुई तिहाईको समर्थन पाएका छन् । कांग्रेस भने विपक्षमा बनेको छ । फोरम र राजपा गठबन्धनबाट मुख्यमन्त्री बनेका लालबाबु राउतले बिहीबार प्रदेशसभामा विश्वासको मत लिनुपर्ने थियो । Continue reading “प्रदेश २ का मुख्यमन्त्रीलाई वाम गठबन्धनको पनि समर्थन”
राष्ट्रपति निर्वाचन फागुन २९ गते
राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनको मिति तोकेको हो । आयोगले निर्वाचनको कार्यक्रम समेत तय गरेको छ । जसअनुसार २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । Continue reading “राष्ट्रपति निर्वाचन फागुन २९ गते”
जब मैले थारू बोल्न जानिनँ
इन्दु थारू।
सन्दर्भ मातृभाषा दिवस
गाउँघरबाट आउनुहुने पाहुनाहरुले थारू भाषामा कुरा गर्न खोज्थे । थारू बुझे पनि थारूमै फर्काउन आउँदैनथ्यो मलाई । अनि जवाफ खस नेपाली भाषामा दिन्थे । आमाबुबाले मुस्कुराउँदै भन्नुहुन्थ्यो– सानैदेखि शहरमा बस्यो, थारू अलिअलि बुझ्छ, बोल्नचाहिँ आउँदैन । Continue reading “जब मैले थारू बोल्न जानिनँ”
प्रहरीको यातनाबाट आँखाको ज्योति गुमाएकी मन्त्री विनिता चौधरी
लखन चौधरी/धनगढी।
प्रहरीको यातनाका कारण दायाँ आँखाको ज्योति गुमाएकी विनिता चौधरी प्रदेश नंं. ७ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेकी छिन् । नेकपा (माओवादी केन्द्र)बाट समानुपातिक प्रदेश सांसद बनेकी ३२ वर्षिया बिनिता चौधरी भजनी नगरपालिका–४ धनौराकी स्थानीय हुन् । Continue reading “प्रहरीको यातनाबाट आँखाको ज्योति गुमाएकी मन्त्री विनिता चौधरी”
कृष्णी थारु : कमलरीदेखि उपसभामुखसम्म
सात वर्षकै उमेरमा उनी जमिन्दारको घरमा कमलरी बस्न बाध्य भइन् । विद्यालय जान पाइनन् । भाडा माझ्ने, घर–आँगन सफा गर्ने र जमिन्दारका छोराछोरीको झोला बोकेर उनीहरूलाई विद्यालय पुर्याउने दिनचर्या बन्यो । १० वर्षसम्म यस्तै दैनिकी थियो, राजापुर ४ संघर्षनगरकी ४२ वर्षीया कृष्णी चौधरीको । एमालेबाट प्रदेशसभा सदस्यमा मनोनीत हुँदै उनी प्रदेश ५ को उपसभामुख निर्वाचित भएकी छन्। Continue reading “कृष्णी थारु : कमलरीदेखि उपसभामुखसम्म”
प्रदेशसभा ५ को उपसभामुखमा बर्दियाकी कृष्णी थारु निर्वाचित
प्रदेशसभा ५ को उपसभामुखमा पूर्व कमलरी कृष्णी थारु निर्वाचित भएकी छिन् । दुई जनाको उम्मेदवारी परेकोमा थारुले ६६ मत ल्याउँदै निर्वाचित भएकी हुन् । संसदमा उपस्थित ८५ सांसदमध्ये थारुको पक्षमा ६६ र विपक्षमा १९ मत परेको छ । Continue reading “प्रदेशसभा ५ को उपसभामुखमा बर्दियाकी कृष्णी थारु निर्वाचित”
फोनिज बाराको अधिवेशन फागुन मसान्तभित्र
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बारा शाखाको अधिवेशन फागुन मसान्तभित्र हुने भएको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले फागुन मसान्तभित्र अधिवेशन गर्ने निर्णय गरेको सचिव दुष्यन्त चौधरीले जानकारी दिए। Continue reading “फोनिज बाराको अधिवेशन फागुन मसान्तभित्र”
प्रदेशसभा ५ को उपसभामुखमा कृष्णी थारुको उम्मेदवारी दर्ता
प्रदेशसभा ५ को उपसभामुख पदका लागि एमालेकी सांसद् कृष्णी थारुले उम्मेदवारी दर्ता गराएकी छन् । मनोनयन स्थल रहेको प्रदेशसभा भवनमा १० बजेर नै पुगेकी उनले सुरूमै उम्मेदवारी दर्ता गराएकी हुन् । Continue reading “प्रदेशसभा ५ को उपसभामुखमा कृष्णी थारुको उम्मेदवारी दर्ता”
माओवादीबाट विनिता चौधरी बनिन् प्रदेश ७ मा मन्त्री
माओवादीले प्रदेश ७ को मुख्यमन्त्रीमा थारु समुदायका ब्यक्ति नराखेपनि एक जना मन्त्रीको जिम्मेवारी दिएको छ। कैलालीकी समानुपातिक सांसद विनिता चौधरीलाई भूमि व्यवस्थापन, कृषी तथा सहकारी मन्त्रीको जिम्मेवारी दिएको छ। चौधरीले आजै शपथ लिएकी छन्। उनीसँगै सात सदस्यीय सरकार गठन भएको छ। Continue reading “माओवादीबाट विनिता चौधरी बनिन् प्रदेश ७ मा मन्त्री”