वैजनाथ चौधरी प्रदेश ५ को भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त

एमालेको प्रदेशसभा सदस्य वैजनाथ चौधरी प्रदेश ५ को भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा उनी मन्त्री बनेका हुन्।  प्रदेश प्रमुख उमाकान्त झाले चौधरीलाई मन्त्री नियुक्त गरेका हुन्।

उनीसँगै माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी गृह (आन्तरिक मामिला तथा कानुन) मन्त्रीमा नियुक्त भए। चौधरी र केसीले प्रदेश प्रमुख झासमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन्।

थरुहट आन्दोनबाट बिच्किएका थिए वैजनाथ
थरुहट आन्दोलनमा थारु समुदाय विरुद्ध बोलेर अलोकप्रियता कमाए पनि नवलपरासीको प्रभावशाली नेताको रुपमा चिनिन्छन् वैजनाथ चौधरी । थरुहट आन्दोलनको क्रममा उनको घरमा तोडफोड पनि गरिएको थियो । २०७० मा चुनाव जित्दा थारु समदायका अधिकांशले भन्थे, अव उनले कहिल्यै चुनाव जित्ने छैनन् । तर नवलपरासी (पश्चिम) बाट उनी अहिलेको चुनावमा प्रदेश सभामा चुनिए । अझ उनको चर्चा भावी मुख्यमंत्रीको रुपमा समेत भएको थियो ।

थरुहट/मधेश आन्दोलन उत्कर्षमा पुग्दा सदनमा वैजनाथले मधेसीया र पहाडिया बीचमा सामाजिक सद्भाव खल्बल्याउनु हुन्न, जातीय अहंकारमा जानु हुँदैन भनेर आवाज उठाइ आफ्नो पार्टी एमालेको मन जितेका थिए ।

उनको जन्म तेत्तर प्रसाद थारु र फूलमती थारुको कोखबाट २०२२ साल असार १४ गते नवलपरासीको बर्दघाट सुस्ता पश्चिम सरवल गाउँपालिका २ मगर मुडाहामा भएको हो । सामान्य किसान परिवारमा जन्मेका उनका श्रीमती द्रौपदी सहित २ छोरी वर्सा र निसा अनि१ छोरा विजय छन् । उनी अहिले पनि ३२ जनाको संयुक्त परिवारमा बस्छन् । भन्छन्, ‘हामी अहिले पनि सबै जना मिलेर बसेका छौँ, आपसी मेलमिलाप राम्रो छ ।’

पुल्चोक इन्जिनियिरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङ गरेका उनले समाजशास्त्र तथा राजनीति शास्त्रमा स्नातक पनि गरेका छन् । उनले २०३८ सालबाट पूल्चोक क्याम्पसमा भर्ना भएपछि त्यहाँबाट राजनीतिक यात्राको सुरुवात गरेका थिए । अनेरास्ववियुको प्रारम्भिक कमिटिबाट राजनीतिक यात्रा सुरु गरी २०४७ सालमा राष्ट्रिय युवा संघको केन्द्रिय सदस्य भएका थिए, उनी । त्यही वर्ष एमाले जिल्ला कमिटि सदस्य पनि भए । ६ वर्षसम्म जिल्ला कमिटीको उपसचिव भएका चौधरी २०४९ देखि १० वर्ष जिल्ला विकास समिति, नवलपरासीको पहिलो जिल्ला सभापतिको पद सम्हालेका थिए । उनी हाल एमालेको बैकल्पिक केन्द्रिय सदस्य छन् । आठौँ अधिवेशनबाट केन्द्रिय सदस्य पदमा रहेका उनी २०७० सालको चुनावमा सभासद बनेका थिए र अहिले उनी प्रदेश सभाबाट जितेका छन् ।

‘म थारु भएको नाताले हाम्रा माग मुद्धाहरु सम्बोधनको कोसिसमा लाग्नेछु, ’ उनी भन्छन् । ‘नवलपरासीदेखि बर्दियासम्म थारु बहुल क्षेत्र हो । पाँच नं. प्रदेशको सदस्य भएकोले थारुहरुको उत्थानका लागि विशेष कार्यक्रमहरु ल्याउने उनी बताउँछन् । हामीसँग स्रोत साधन थुपै्र छ तर राम्ररी उपभोग गर्न जानेका छैनौं । म आफ्नो प्रदेशको सम्भावनालाई राम्ररी पहिचान गरी सही सदुपयोग गराउनेछु ।’

अन्ततः त्रिलोचन भट्ट प्रदेश ७ को मुख्यमन्त्रीमा नियुक्त

प्रदेशसभाको निर्वाचन भएको झण्डै ७२ दिनपछि प्रदेश नंं ७ ले आज मुख्यमन्त्री पाएको छ । प्रदेश प्रमुख मोहनराज मल्लले नेकपा (माओवादी केन्द्र)का प्रदेश संसदीय दलका नेता त्रिलोचन भट्टलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। भट्टको शपथ भने यही फागुन ५गते गर्ने तयारी गरिएको छ । Continue reading “अन्ततः त्रिलोचन भट्ट प्रदेश ७ को मुख्यमन्त्रीमा नियुक्त”

केपी ओली बने नेपालको ४१औं प्रधानमन्त्री

नेपालको संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो प्रधानमन्त्रीका रुपमा नियुक्त नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली मुलुकको ४१औं प्रधानमन्त्री बनेका छन्। Continue reading “केपी ओली बने नेपालको ४१औं प्रधानमन्त्री”

भूमि र सम्पत्तीसँग नागरिकको सोझो सम्बन्ध हुन्छ : मन्त्री दहित

भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले नेपालको ९६ प्रतिशत नागरिकको संस्कार संस्कृति र सम्पत्तीसम्बन्धी सोझो सम्बन्ध रहेको भूमिप्रतिको प्रशासन चुस्त, पारदर्शी र प्रविधिमैत्री बनाउन जरुरी रहेको बताएका छन्।  Continue reading “भूमि र सम्पत्तीसँग नागरिकको सोझो सम्बन्ध हुन्छ : मन्त्री दहित”

नेपालको सनसनीपूर्ण जित, विश्वकप छनोट खेल्ने पक्का

क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ । नेपालको जितमा करण केसी नायक बने । १९५ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो । तर, करणले सन्दिप लामिछानेसँग लोभलाग्दो आक्रामक पारी खेल्दै नेपाललाई जित दिलाए ।

अन्तिम ओभरमा नेपाललाई ६ बलमा ८ रन चाहिएको थियो र क्रिजमा करण थिए । लगातार चार बल उनले रन जोड्न सकेनन् । तर, पाँचौं बल छक्का हान्दै जितको आश जगाए ।

अर्को बल वाइड भएसँगै नेपालको खातामा एक रन थपियो र दुबै टिमको स्कोर ड्र भयो । अब अन्तिम बलमा मात्र एन रन चाहियो, जुन करणले सहजै पूरा गरे र नेपाललाई डिभिजन टूको फाइनलसँगै विश्वकप छनोटमा पुर्‍याए । ३१ बलको सामना गरेका उनले ३ चौका र चार छक्काको मद्धतले नटआउट ४२ रन बनाए ।

बुधबार नै भएको अर्को खेलमा यूएईले नामिबियामाथि १९ रनको जित निकालेको छ र फाइनलसँगै विश्वकप छनोटमा स्थान बनाएको छ ।

पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर २४७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोलीले २ बल खेल्नु अघि सबै विकेट गुमाएर २२८ रन मात्र बनाउन सक्यो ।
नेपाल र यूएईको उपाधि भिडन्त पर्सि हुनेछ ।

हारेका दुई टिम क्यानडा र नामिबिया डिभिजन टूमै रहने भएका छन् भने केन्या र ओमान रेलिगेशनमा परेका छन् ।

थारु कल्याणकारिणी सभाका पूर्वअध्यक्ष अष्टभूजा चौधरीको निधन

थारु कल्याणकारिणीसभाका पूर्व अध्यक्ष समाजसेवी अष्टभूजाप्रसाद चौधरीको बुधबार ८२ वर्षको उमेरमा निधन भएको छ। उनको  भैरहवास्थित निवासमा साँझ ५ बजे निधन भएको हो। चौधरीको वि.सं. १९९२ मा जन्म भएको थियो । Continue reading “थारु कल्याणकारिणी सभाका पूर्वअध्यक्ष अष्टभूजा चौधरीको निधन”

प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत निर्विरोध निर्वाचित

प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त भएका छन् । प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार संघीय समाजवादी फोरम प्रदेशसभा संसदीय दलका नेता राउतलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । कार्यालय परिसरमा आयोजित कार्यक्रममा कायश्थले राउतलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र नै दिएका छन् । Continue reading “प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत निर्विरोध निर्वाचित”

मेयर कपको उपाधि एपीएफलाई, सरस्वती चौधरी बनिन् उत्कृष्ट खेलाडी

चितवनको पर्यटकीय नगरी पटिहानीमा भएको प्रथम मेयर कप अन्तराष्ट्रिय आमन्त्रण महिला भलिबलको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । मंगलबार सम्पन्न भएको फाइनल खेलमा प्रतिस्पर्धी टिम शिवम् न्यू डायमण्ड काठमाडौंलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो । Continue reading “मेयर कपको उपाधि एपीएफलाई, सरस्वती चौधरी बनिन् उत्कृष्ट खेलाडी”

नाइटिङ्गेल स्कुलले मनायो रजत जयन्ती, यस्तो थियो २५ वर्षे यात्रा

नाइटिङ्गेल स्कुलले सोमबार रजत जयन्ती मनाएकको छ । ललितपुरको लगनखेलस्थित आर्मी कल्बमास्कुलले यो २५ व्र्ष पूरा गरेको उपलक्ष्यमा रजत महोत्सव मनाएको हो । करिब ५० जना विद्यार्थीबाट वि.सं २०४९ सालमा सुरु भएको नाइटिङ्गेल स्कुल थुप्रै चुनौतका बाबजुद गुणस्तरीय शिक्षा प्रदान गर्न अग्रस्थानमा रह्यो । नाइटिङ्गेल स्कुलबाट गुणस्तरीय शिक्षाका लागि यस स्कुलका संस्थापक अध्यक्ष एवं सांसद तेजुलाल चौधरी जीवन नै समर्पण गरे । Continue reading “नाइटिङ्गेल स्कुलले मनायो रजत जयन्ती, यस्तो थियो २५ वर्षे यात्रा”

खिचरा महोत्सव आयोजक संस्था थाकसको क्षेत्रीय अधिवेशन फागुन १२ गते हुने

कारी महतो/चितवन।
पूर्वी चितवनको खैरहनी नगरपालिकामा विगत पाँच वर्षदेखि खिचरा महोत्सव आयोजना गर्दै आएको थारु कल्याणकारिणी सभा (थाकस) को क्षेत्रीय अधिवेशन फागुन १२ गते हुने भएको छ । Continue reading “खिचरा महोत्सव आयोजक संस्था थाकसको क्षेत्रीय अधिवेशन फागुन १२ गते हुने”