दश कक्षामा पढ्ने विद्यार्थीको दुवै मृगौला फेल

कारी महतो/चितवन।
फागुन १, खैरहनी नगरपालिका वडा नं. २ मा अवस्थित कंकाली माध्यमिक विद्यालय कक्षा दशमा पढ्ने १७ वर्षीय विद्यार्थी लडाई सहनीको दुवै मृगौला फेल भएको छ । उनको नाक र कानबाट रगत बग्न थालेपछि पर्सा बजारको चौधरी पोलिक्लिनिकमा सामान्य चेकजाँच गर्दा मृगौला खराब भएको रिपोर्ट आएपछि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा थप परीक्षण गर्दा दुवै मृगौला फेल भएको थाहा भएको लडाई सहनीका आमा रुपिया सहनीले बताइन् । अहिले उनको काठमाडौको सुमेरु अस्पतालमा उपचार भईरहेको छिमेकी सीता विकले बताइन् ।
धेरै लामो समयसम्म ज्वरो आउने र कहिलेकाही नाकबाट रगत निस्किने गरेको थियो । ज्वरो आउँदा स्थानीय मेडिकलबाट औषधी किनेर खाई स्कुल जाने गरेका आमा रुपिया सहनीले बताइन् । परीक्षाकै समयमा च्यापेपछि लडाई सहनीले दश कक्षाको प्रवेशिका ल्याकत परीक्षाको अर्थशास्त्र र लेखा विषयको परीक्षा दिन नपाएको सहनी परिवारले बताए । Continue reading “दश कक्षामा पढ्ने विद्यार्थीको दुवै मृगौला फेल”

कांग्रेसबाट समानुपातिकमा थारु समुदायका तीन जना

नेपाली कांग्रेसले सोमबार प्रतिनिधिसभातर्फको समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको छ। कांग्रेसले थारु समुदायबाट तीन जनाको नामावली बुझाएको छ। पूर्वसांसद सिरहाका पद्मनारायण चौधरी, दाङकी पार्वता डिसी चौधरी र सप्तरीकी नमिता कुमारी चौधरी सूचीमा अटेका छन्। यद्यपि निर्वाचन आयोगले सोमबारै सूची सच्याउन पत्राचार गरेको छ। Continue reading “कांग्रेसबाट समानुपातिकमा थारु समुदायका तीन जना”

फोरमले छान्यो ६ समानुपातिक सांसद, थारु परेनन्

संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभाको ६ समानुपातिक सांसद छानेको छ । फोरमबाट सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँगै सरिता गिरी र रेणु यादव सांसद बन्ने भएका छन् । यस्तै कलुदेवी विक, रेणुका गुरुङ र रुही नाजको नाम सिफारिस भएको छ । Continue reading “फोरमले छान्यो ६ समानुपातिक सांसद, थारु परेनन्”

Women with Possibilities

Srijana Chaudhary.

It’s really an honor to see women holding a vital position which we see less in comparison of man especially women from Tharu community. The government has categorized Tharu community as the backward community of the country. On top of that, Tharu women who are doubly marginalized, being a women and also being women from Tharu Community. It feels proud when Tharu women are in highest position and with a dynamic profession like in writing, journalism, literature, social works and governance. Continue reading “Women with Possibilities”

प्रदीप चौधरीको ‘कालापत्थर’

कृष्णराज सर्वहारी।

श्रीमान् अनि दुई छोराको पर्वतारोहणका क्रममा मृत्यु भएपछि कुनचाहिँ आमाले भएको एउटा छोरालाई पर्वतारोहणका लागि स्वीकृति दिन्छे र ? तर कान्छो छोरो दावा जिद्दिवाल छ । आमाले नाइँनास्ती गर्दा पनि ऊ हिमाल जाने ढिपि गरिरहन्छ । फर्केर पेम्बासँग बिहे गर्छ । तपाईंलाई खुसी पार्छु आमै भनेर आश्वासन दिन्छ । Continue reading “प्रदीप चौधरीको ‘कालापत्थर’”

बढैयातालमा साहित्यिक विमर्श

सुशील चौधरी।
बढैयाताल बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका स्थित एक ऐतिहासिक सिमसार हो । १ सय ९ विगाह बढी क्षेत्रफलमा रहेको चचल पानी, सितल हावा, रगिचंगी फूल, चराचुरुंगीहरुले सचिजएर सुन्दारताको मानक बनाएको सुन्दर, शान्त र भव्य बढैयाताल काव्यिक सरगमको मादकतामा झुम्यो । तालको ढिकमा ऐतिहासिक राष्ट्रिय थारु साहित्यक मेला माघको पहिलो हप्तामा सम्पन्न भएको छ । यस सानो लेखमा त्यही साहित्यिक मेलाको सन्दर्भ, सौर्य, सन्देश र समीक्षात्मक भाव पस्कने प्रयास गरिएको छ । Continue reading “बढैयातालमा साहित्यिक विमर्श”

गंगा थारुसहित एमालेबाट तीन जना थारु महिला समानुपातिक सांसद

नेकपा एमालेले प्रतिनिधिसभा समानुपातिकतर्फ थारु समुदायबाट तीन जना थारु महिला छनौट गरेको छ। पूर्वसांसद शान्ता चौधरी, गंगा सत्गंवा थारु र लक्ष्मीकुमारी चौधरीलाई एमालेले थारुको महिला कोटातर्फ छनौट गरेको हो। पुरुषतर्फ भने कुनै थारु समुदायका कोही परेनन्। Continue reading “गंगा थारुसहित एमालेबाट तीन जना थारु महिला समानुपातिक सांसद”

यसरी लुटियो बेनी चौधरीको १ बिघाभन्दा धेरै जग्गा (विवरणसहित)

कारी महतो, चितवन।
बेनी चौधरी भनेर चिनिने फटाला महतोको सबै जग्गा बलराम धरेलले जालसाँजी गरेर आफ्नी आमा ललिता कुमारी धरेलको नाममाा लालपुर्जा बनाए । उक्त जग्गा बेनीका बुबा घेघरा महतो र काका सुकरा महतोले वि.सं. १९७९ सालदेखि भोगचलन गर्दै आएका थिए । जग्गाको क्षेत्रफल १ बिघा १ कट्ठा १८ धुर रहेको छ । बेनीको घर त्यहि जग्गामा नै छ । तर लालपुर्जा भने अर्कैको नाममा गयो । उनले लालपुर्जा बनाउनका लागि २०५० सालदेखिनै कसरत गरेका थिए । त्यसअघि अशिक्षा र अज्ञानताको कारणले उनका बुबाले लालपुर्जा बनाएका थिएन । बेनीले उक्त जग्गाको लालपुर्जा बनाउन प्रयास नगरेका भने होइन । उनले सरकारी नीतिनियमको झमेलाबाट लालपुर्जा बनाउन सकेन । तर त्यही नीतिनियमबाट कुन सूत्र प्रयोग गरेर २०६७ सालमा बलराम धरेलले पुरै जग्गा आफ्नी आमाको नाममा लालपुर्जा बनाए, बेनीले थाहै पाएन । अरुको नाममा लालपुर्जा बनेपछि बेनी (फटाला)ले आफ्नो जग्गा लुटिएको महशुस गरेका छन् । Continue reading “यसरी लुटियो बेनी चौधरीको १ बिघाभन्दा धेरै जग्गा (विवरणसहित)”

राष्ट्रियसभा सदस्यमा एक्ला हरिराम चौधरी

५६ सिटका लागि बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा थारु समुदायबाट कैलालीका हरिराम चौधरी निर्विरोध भएका छन्। उनी ७ नम्बर प्रदेशमा माओवादीबाट निर्विरोध भएका हुन्। बाँकी कुनैपनि प्रदेशमा थारुको उपस्थिति देखिएन।  Continue reading “राष्ट्रियसभा सदस्यमा एक्ला हरिराम चौधरी”