लखन चौधरी/धनगढी।
प्रदेश नं. ७ का प्रदेश सांसदहरुले आज (आइतवार) शपथ ग्रहण लिएका छन् । प्रदेश प्रमुख मोहनराज मल्लले ज्येष्ट सांसद दिब्यश्वरी शाहलाई सपथ ग्रहण गराएपछि बाँकी सांसदहरुलाई सांसद शाहले शपथ ग्रहण गराएकी हुन् । Continue reading “प्रदेश ७ मा थारु सांसदले थारु भाषामै लिए शपथ”
Author: admin
लगनलाल चौधरीले गराए २ प्रदेशका सांसदलाई शपथ
प्रदेश नम्बर २का प्रदेशसभा सदस्यहरूले सपथ ग्रहण गरेका छन् । प्रदेश मुकाम जनकपुरस्थित उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा १०७ सांसदले शपथ ग्रहण गरेका हुन्। Continue reading “लगनलाल चौधरीले गराए २ प्रदेशका सांसदलाई शपथ”
थाकस कोरियाद्वारा सञ्जीत महतो र रीमा थारुलाई लाख बढी सहयोग
थारु कल्याणकारिणी सभा दक्षिण कोरियाले सञ्जीत महतो अक्ष्यकोषका लागि एक लाख ५ सय रुपैयाँ प्रदान गरेको छ। चितवनमा आयोजित पाँचौं खिचरा महोत्सवको अवसरमा कोरिया च्याप्टरका अध्यक्ष शिव चौधरी र भूमीसुधार तथा व्यवस्थामन्त्री डा. गोपाल दहितले संयुक्तरुपमा सो बाराबर रकमको चेक हस्तान्तरण गरेका थिए। Continue reading “थाकस कोरियाद्वारा सञ्जीत महतो र रीमा थारुलाई लाख बढी सहयोग”
थारु साहित्यिक मेलामा ‘बौद्धिक बहस’ [फोटो फिचर]
विभिन्न विषयको बहससँगै तेस्रो थारु साहित्यिक मेला सम्पन्न भएको छ। बर्दियाको बाढैयातालमा आयोजित दुई दिने साहित्यिक मेलामा आधा दर्जन बढी कृति सार्जनिक गरिएको थियो। त्यससँगै कार्यक्रमममा थारु लोककथा समालोचनात्मक दृष्टि, आख्यान लेखन र रचना गर्भ, नेपालमा रंगमञ्च चुनौती र सम्भावना, महिला लेखन र नेतृत्व विकास, स्थानीय विकासमा बरघर प्रणालीको भूमिका विषयमा बहस हुनुका साथै स्थानीय नाटक प्रस्तुत गरिएको थियो। कार्यक्रममा थारु भाषामा राष्ट्रिय गान गाइएको थियो। Continue reading “थारु साहित्यिक मेलामा ‘बौद्धिक बहस’ [फोटो फिचर]”
बारामा तीन दिने माघी महोत्सव सुरु, उद्घाटन समारोहमा भब्य जनसहभागिता
बाराको कोल्हबीमा तीन दिने माघी महोत्सवको उद्घाटन सोमबार भएको छ। बारा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं कांग्रेस नेता उमाकान्त चौधरीले महोत्सवको उद्घाटन गरेका थिए। कार्यक्रममा एमाले नेता एवं प्रदेशसभा सदस्य त्रिलोकी चौधरीको पनि उपस्थिति थियो। कार्यक्रममा स्थानीय थारुहरुको साँस्कृति झल्किने नृत्यहरु प्रस्तुत गरिएको थियो।









थारू समुदायमा माघी : हिजो र आज
छविलाल कोपिला।
बाबाकी सगर गैनु हाँ, मुरिया लहाने
सखि ए हो, सेंडुर छुटल पानीघाट, सखि ए हो ! …….
केही दिन यता थारू वस्तीहरुमा यी र यस्तै गीतहरु सुनिन थालेका छन् । यो मघौटा गीत हो । माघी पर्वमा मघौटा, ढमार र ढुम्रु बिशेष गीतको रुपमा लिइन्छ । माथिको गीतले माघी आगमनको संकेत गर्छ र मनभित्र गुम्सिएर रहेका पीडाहरुलाई पनि बिर्साउँछ अनि धेरै दिनदेखि छुट्टिएर बसेका साथी, भाइ, इष्टमित्रहरुसंग भेटघाटमा जोडिदिएको अनुभूत गराउँछ । यसरी सद्भावपूर्ण महत्वका साथ गाइने यस गीतले माघीको वास्तविक सांस्कृतिक झल्को पनि दिन्छ । समय संगै अहिले माघी मनाउने शैली फेरिदै गएको छ । हिजो गाउँघरमा नाचगान गरेर मनाइने माघी अहिले मञ्च कार्यक्रम गरेर राजधानी लगायत शहर केन्द्रित भइरहेको छ भने विदेशमा रहेका थारू समुदायले पनि महोत्सवको रुपमा मनाउँदै आएको खबर आइरहेका छन् । यसैले यसको महत्व अझै बढ्दै गएको अनुभूति गर्न सकिन्छ । अब माघी पर्वको बारेमा थोरै चर्चा गरौं । Continue reading “थारू समुदायमा माघी : हिजो र आज”
थारू एकताको सन्देश
२०७२ असोज ३ गते लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो संविधान जारी हुँदै थियो । संविधानको मस्यौदा आएसँगै थारू समुदाय भने त्यसको विरोधमा आन्दोलनमा होमिएका थिए । असोज ३ गते संविधान जारी हुँदै गर्दा आन्दोलित थारूहरू विभाजित भए । संविधानमा हस्ताक्षरै नगर्ने भनिएका कतिपय थारू नेताहरू सुटुक्क हस्ताक्षर गरे, कोही थारू नेता शानले हस्ताक्षर गरे । संविधानसभाभित्र हस्ताक्षर भइरहँदा संविधानसभा बाहिरका थारूहरू पनि विभाजित भइसकेका थिए । असोज ३ लाई कालो दिनको ब्याख्या गर्दै अधिकांश थारूहरू ब्ल्याकआउट गरिरहँदा केहीले भने दीप प्रज्वलन गरेर संविधानको स्वागत गरेका थिए । Continue reading “थारू एकताको सन्देश”
बहस ‘माघ’को
इन्दु थारु।
थारू समुदायले ‘माघ’ मनाउने गर्छन्, ‘माघी’ होइन। भलै पूर्वी तराईका थारूहरूले माघ १ गतेलाई माघी भन्ने गरेका छन्, कसैले माघे संक्रान्ति भन्छन्। पश्चिम तराईका थारू समुदायमा भने ‘माघ’ नै भन्ने चलन छ। पश्चिम नेपालको थारू गाउँघरमा मनाइने ‘माघ’ अहिले अपभ्रंश भएर ‘माघी’ पर्व बनेको छ। यो पर्व मनाउने चलन राजधानीमा अझै व्यापक बन्दै गएको छ। Continue reading “बहस ‘माघ’को”
काठमाडौंमा माघी महोत्सवको तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने
उपत्यकामा बसोवास गर्ने थारू समुदायले यस वर्ष पनि थारू माघी महोत्सव २०७४ काठमाडौँको टुँडिखेलमा भव्यतासाथ मनाउने तयारी गरेका छन् । महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने आयोजकले जनाएको छ। थारू कल्याणकारिणीसभा (थाकस) केन्द्रीय कमिटीको नेतृत्वमा यस वर्ष माघी महोत्सव एकै ठाउँमा हुने आयोजकले बताएको छ। Continue reading “काठमाडौंमा माघी महोत्सवको तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने”
थरुहट राजनीतिको भविष्य [विश्लेषण]
कृष्णराज सर्वहारी।
थारू समुदायको नयाँ वर्ष माघी आँगनमा छ। डेढ दशकदेखि काठमाडौं उपत्यका र वरपर बस्ने थारूहरूले टुँडिखेलमा माघी मनाउँदै आएका छन्। केही वर्षयता राजनीतिक फुटका कारण राजधानीमा माघीको महोत्सव दुई ठाउँमा हुँदै आएको थियो। यसपालि एकै ठाउँमा मनाउने भनेर एकताको सन्देश दिइएको छ। तर चाडवाडको एकतासँगै थरुहटकेन्द्रित पार्टीको अस्तित्व जोगाउने राजनीतिक बहस भने सुनिएको छैन। यस आलेखमा मंसिर २१ मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा थारू समुदायबाट प्रतिनिधित्व गर्नेहरूले थरुहटकेन्द्रित पार्टीको अस्तित्व जोगाउन कस्तो कसरत गर्लान् तथा थरुहट प्रदेशको सवाल र थरुहटकेन्द्रित पार्टी इतिहासमै सीमित हुने त होइनन् भन्ने विषयमा उत्तर खोज्ने प्रयास गरिएको छ। Continue reading “थरुहट राजनीतिको भविष्य [विश्लेषण]”