काठमाडौं माघी महोत्सवको तयारी तिव्र, उद्‍घाटन प्रधानमन्त्रीले गर्ने

लक्की चौधरी।काठमाडौं।

हरेक वर्षझैं उपत्यकामा बसोबास गर्ने थारु समुदायले यस वर्षपनि थारु माघी महोत्सव २०७४ काठमाडौंको टुँडीखेलमा भव्यताकासाथ मनाउने तयारी गरेका छन् । महोत्सवको उदघाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने आयोजकले बताएको छ । Continue reading “काठमाडौं माघी महोत्सवको तयारी तिव्र, उद्‍घाटन प्रधानमन्त्रीले गर्ने”

निकासबिनाको हाम्रो विकास

दिलबहादुर चौधरी।
सामान्यतः विकास भनेको सकारात्मक दिशामा अगाडि बढ्ने कुरालाई बुझाउँछ । अर्थात् एकबाट दुई हुनु, सानोबाट ठूलो हुनु, अप्ठ्यारोबाट सजिलो हुनु, कच्चीबाट पक्कीहुनु, संकीर्णबाट उदार हुनुयी सब विकास हुन् । विकास हुनु राम्रो कुरा हो । विकास हुनैपर्छ । तर हामीले गर्ने र गरिरहेको विकासमाथि भनिएजस्तै छ त ? हामी सकारात्मक दिशातिर अगाडि बढिरहेका छौं त ? अप्ठ्यारोबाट सजिलोतिर गइरहेका छौं त ? यस बिषयमा छलफल आवश्यक छ ।
जुन विकासले भोलिसम्म निकास दिन सक्छ, त्यो विकास हाम्रो लागि राम्रो हो, जुन विकासले भाेिीसम्म निकास दिन सक्तैन, त्यो विकास हाम्रो लागि राम्रो होइन । विकास सबैसँग सरोकार राख्ने सार्वजनिक महत्वको बिषय हो, त्यसैले यससँग साधारण जनतादेखि शासकसम्मको सरोकार हुन्छ । आज देश संघीय शासनतिर अगाडि बढिसकेको छ । हरेकको मुखमा विकास झुण्डिएको छ । धेरैले भनिरहेका छन् कि अब द्रुत गतिमा विकास हुन्छ । विकासले निकास दिन्छ । विकास भएपछि द्वन्द्व पूर्णरुपमा समाप्त हुन्छ । के साँच्चै त्यस्तो हुन गइरहेको छ त ? Continue reading “निकासबिनाको हाम्रो विकास”

राष्ट्रिय थारु साहित्यिक मेला किन ? एक परिचय

सुशील चौधरी।
संघीय शासन व्यवस्था अन्तर्गत प्रादेशीक सरकारको अध्यासको संघारमा मुलुक उभिएको बेला प्रदेशमा रहेका भाषामा सरकारी कामकाज र शिक्षाका लागि भाषिक तथा साहित्यिक विकास अति जरुरी छ । बर्दिया जिल्ला थारु बहुल जिल्ला पनि भएकोले भाषिक मानकताको अभियानमा अगुवाई गर्नुपर्ने दायित्व छ । नेपाल जातीय, भाषिक, साँस्कृतिक विविधताले भरिएको देश हो । समावेशी लोकतन्त्रको अभ्यास गर्दै गर्दा सबै वर्ग र समुदायको विकासमा समानता ल्याउन सक्दा सामाजिक न्याय स्थापित हुन सक्ने मान्यताका साथ थारु समुदायका प्रवृद्ध व्यक्तित्वहरुको पहलमा सुरु गरिएको छ । Continue reading “राष्ट्रिय थारु साहित्यिक मेला किन ? एक परिचय”

थरुहटका दुई जिल्ला प्रदेशको अस्थायी राजधानी

सरकारले ७ वटै प्रदेशको अस्थायी राजधानीबारे खाका तयार पारेको छ। सहरी विकास मन्त्रालयले तयार पारेर मन्त्रिपरिषद कार्यालयलाई सिफारिस गरेको खाकामा भौतिक पूर्वाधार, कर्मचारी व्यवस्थापन, सुरक्षा व्यवस्थापन लगायतका विषयलाई आधार मानिएको मन्त्रिपरिषद कार्यालयका प्रवक्ता हरि प्रसाद पन्थीले बताए। Continue reading “थरुहटका दुई जिल्ला प्रदेशको अस्थायी राजधानी”

थारु महिला सभाले रामधुनीमा माघी महोत्सव मनाउने

कुलदिप चौधरी/सुनसरी।

थारु महिल सभा रामधुनिले थारुहरुको नयाँ वर्ष माघीको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। मंगलबार रामधुनीमा पत्रकार सम्मेलन गरी कार्यक्रमको जानकारी दिएको थियो। थारु महिला सभा रामधुनीकी अध्यक्ष सीता चौधरीले सबैतिर मनाउने यो पर्व रामधुनीमा पनि विशेष कार्यक्रम आयोजना गरेर मनाउने  बताइन्।  Continue reading “थारु महिला सभाले रामधुनीमा माघी महोत्सव मनाउने”

दाङको घोराहीमा पनि माघी महोत्सव हुने

सन्तोष दहित/घोराही।

दाङको सदरमुकाम घोराहीमा माघी महोत्सव हुने भएको छ । थारु कल्याणकारिणी सभा लगायत दर्जनौ थारु संघसस्थाको सहकार्यमा माघी महोत्सव २०७४ हुन लागिएको आयोजक संस्थाले जनाएको छ । थारु कल्याणकारिणी सभाको पहलमा मंगलबारको दिन बसेको थारु अगुवाहरुको भेलाले एक दिने महोत्सव आयोजना गर्ने निश्कर्ष निकालेको हो । Continue reading “दाङको घोराहीमा पनि माघी महोत्सव हुने”

बर्दिया र बाँकेमा माघी मेला आयोजना गरिँदै

विमला चौधरी/नेपालगञ्ज।
थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने माघी पर्व नजिकिदै गर्दा बाँके र बर्दिया जिल्लाका बिभिन्न स्थानमा माघी मेला तथा महोत्सव आयोजनाको तयारी गरिएको छ । माघीको अवसरमा बाँकेको राप्तीसोनारी गउँपालिकाको वडानम्बर ४ स्थित भुवर भवानी, वडा नम्बर ६ फत्तेपुर, बैजनाथ गाउँपालिकाको फत्तेनगर र बर्दियाको बासगढी र बढैया तालमा मेला तथा महोत्सव आयोजना हुन लागेको हो । Continue reading “बर्दिया र बाँकेमा माघी मेला आयोजना गरिँदै”

दंगीशरण गाउँपालिकामा माघी विशेष साँस्कृतिक कार्यक्रम हुने

दंगीशरण गाउँपालिकामा माघीको अवसरमा माघी मिलन तथा थारु साँस्कृतिक कार्यक्रम हुने भएको छ । हमार दंगीशरण क्लवको आयोजनामा पुस २७ र २८ गते दंगीशरण गाँउपालिका वडा नं ३ हेकुलीमा गाउँपालिका स्तरीय साँस्कृतिक कार्यक्रम गर्न लागिएको हमार दंगीशरण क्लब सचिव नविन दहितले जानकारी दिए । उनको अनुसार मघौटा नाच प्रतियोगिता गरिनेछ । Continue reading “दंगीशरण गाउँपालिकामा माघी विशेष साँस्कृतिक कार्यक्रम हुने”

प्रवासी खेलाडीलाई मलेसियामा सम्मान

मलेसिया- नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियामा प्रवासी खेलाडीहरुलाई प्रोत्साहन गर्न अवार्ड कार्यक्रम आयोजना गरेको छ। मलेसियाको होटेल ग्रेण्ड कन्टिनेन्टल क्वालालम्पुरमा आयोजित कार्यक्रममा १४ विद्यामा मनोनीत खेलाडीहरुलाई अवार्ड वितरण गरिएको थियो। Continue reading “प्रवासी खेलाडीलाई मलेसियामा सम्मान”

राष्ट्रिय माघी महोत्सव एकै ठाउँमा गर्ने थाकसको निर्णय

थारु कल्याणकारिणी सभाले राजधानीमा मनाउने राष्ट्रिय माघी महोत्सवको संयोजन लिने निर्ओय गरेको छ। आज बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय माघी महोत्सव २०७४ एकै ठाउँमा मनाउने निर्णय गरेको थारु युवा सभाका अध्यक्ष कानुनलाल चौधरीले जानकारी दिए। Continue reading “राष्ट्रिय माघी महोत्सव एकै ठाउँमा गर्ने थाकसको निर्णय”