कारी महतो थारु।
सत्तारुढ दल नेकपाकी सांसद राधाकुमारी ज्ञवालीले तराईका हजारौं बिघा जमिन चौधरीहरुको नाममा रहेको र उनीहरु सबै भारतीय भएको आरोप लगाएको समाचार केहि अनलाईनहरुमा प्रकाशन भएपछि समाजिक सञ्जालहरुमा उनको विरोध भइरहेको देखिन्छ । गत जेठ २ गते सोमबार संसदको कृषि तथा सहकारी तथा प्रकृतिक श्रोत समितिमा ज्ञवालीले उक्त आरोप लगाउँदै विदेशीका नाममा रहेको जग्गा नेपाल सरकारको वा जोतभोग गरिरहेका नेपाली नागरिकको नाममा ल्याउनुपर्नेमा धारणा राखेकी छन् । सबै जग्गाहरुलाई एकीकृत गरी सहकारीको मोडलमा गएर जग्गाको उपभोग गर्नेतर्फ सोच्नुपर्ने तथा ऐलानी जग्गा उपभोग गर्दै आएकाहरुको हकमा पनि बसोबासको व्यवस्था गरी बाँकी जग्गा सहकारीकै मोडलमा लगेर उत्पादन बढाउनेतर्फ ख्याल गर्नुपर्ने उनको विचार रहेछ । Continue reading “नेपालको थरुहट भूमिको रक्षक”
Author: admin
सत्तापक्ष थारु सांसद्द्वारा गुठी विधेयकको बचाउ, भने, ‘आन्दोलन गर्ने मान्छेहरु भाडाका हुन्’
गुठी विधेयकबारे थारु सांसदहरुले संसदमा राखेको व्यतव्य हेर्नुहोस्।
थारुहरुले सुदूरपश्चिम प्रदेश नमान्ने, भदौ ७-९ सम्म टीकापुरमा बृहत् भेला हुने
लखन चौधरी/धनगढी।
थरुहट/थारूवान संयुक्त संघर्ष समितिले टीकापुर घटना घटेको दिनलाई कालो दिनका रूपमा मनाउने भएको छ । संघर्ष समितिले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थरुहट नेता लक्ष्मण थारूले यस्तो घोषणा गरेका हुन् । Continue reading “थारुहरुले सुदूरपश्चिम प्रदेश नमान्ने, भदौ ७-९ सम्म टीकापुरमा बृहत् भेला हुने”
‘तेरो छोरालाई मार्यौं, रो बुढी भन्दै रुन लगाउँथे’
सुखलीदेवी चौधरी।
मलाई थाहै थिएन, छोरा माओवादी भइसकेको रहेछ । घर आउँथ्यो, खाना हतारमा खान्थ्यो । हाम्रो नजिक गाँउको जमिन्दारलाई कारबाही गरेपछि बिहानदेखि पुलिस आउन थाले । छोरा कहाँ छ भनेर सोध्नथाले । म चाहिँ मेरो छोरा धनगढी छ भन्थे । अनि घर तलास गरे । भान्सामा छिरे । भान्सामा सुकाएको साग, सिन्की राखेको थिएँ । डेहरी कुठ्ली बाकस सबै हेरे । बन्दुक छ, तरवार छ, भनेर सोध्थे मलाई । आजसम्म मैले देखेको छैन भन्थे । मेरो बुढो सुतेका थिए । उनलाई पुलिसले धरपकड गरेपछि म बीचमा गएँ । पुलिसबाट बुढोलाई छुटाएँ । पुलिसले यो बुढी धेरै जिद्धी छ भने । गोचाली परिवारको किताब छ कि छैन भनेर सोधे । मलाई पढ्नलेख्न आउँदैन, कुन हो गोचाली परिवारको किताब म थाहा पाउँदिन भने । घरमा दुइटा किताब भेटे । एउटा मलाई राख्न दिए, अर्को चाँहि लगे । त्यसपछि निरन्तर पुलिस आउन थाले । कान्छो छोरालाई समाउँछन् कि भनेर राति अर्काको घरमा सुत्न पठाउँथे । Continue reading “‘तेरो छोरालाई मार्यौं, रो बुढी भन्दै रुन लगाउँथे’”
सन्दर्भ: जोखन रत्गैँयाको १७औं स्मृति दिवस, इन्दु थारुको कथा
इन्दु थारु।
जीन्दगीले मलाई कुनै पनि कुरा थालमा पस्किएर दिएन । म सानै हुँदा बाबा भूमिगत हुनुभयो । मलाई उहाँको अभाव सामना गर्न प¥यो । मेरो पेटलाई भोक लागिरहेको हुन्थ्यो, म चुपचाप सहेर बस्नपथ्र्यो । किताब किन्ने पैसा थिएन, मैले अरुको मागेर पढेँ । हजुर बुबा, बाबा र अंकल सबैलाई गुमाइसकेपछि हामीले दशैं मनाउन छोड्यौं, दिपावलीमा दियो बाल्न छोड्यौं । हाम्रो जीवन यस्तो सन्नाटाले छायो, म वर्णन गर्न सक्दिन । Continue reading “सन्दर्भ: जोखन रत्गैँयाको १७औं स्मृति दिवस, इन्दु थारुको कथा”
लोककथामा आधारित नाटक ‘हिट्वा’ काठमाडौंमा मञ्चन [फोटो-भिडियो]
थारु लोककथामा आधारित नाटक हिट्वा काठमाडौंमा मञ्चन गरिएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा नाटक सर्वनाम थिएटरमा मञ्चन गरिएको थियो। नाटकलाई दुई सयभन्दा बढी दर्शकले हेरेका थिए। सुशील चौधरीले लेखेको नाटकलाई झकेन विसीले निर्देशन गरेका छन्। नाटकलाई शान्तिका लागि युवा सञ्जाल र सैडान नाट्य समूह राजापुरले निर्माण गरेका हुन्। Continue reading “लोककथामा आधारित नाटक ‘हिट्वा’ काठमाडौंमा मञ्चन [फोटो-भिडियो]”
मेयर चौधरीले फिर्ता लिए नाकको हड्डी भाँच्ने धम्की
चर्को आलोचनापछि इटहरी नगरपालिकाका मेयर द्वारिकलाल चौधरीले ‘पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु’ भन्ने विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् । Continue reading “मेयर चौधरीले फिर्ता लिए नाकको हड्डी भाँच्ने धम्की”
प्रदेश २ सरकारलाई थाकसको ज्ञापनपत्र, थरुहट थारुवान प्रदेश नामाकरण गर्न माग
थारु कल्याणकारिणी सभा उर्फ थरुहट थारुवान संयुक्त संघर्ष समितिले प्रदेश देश २ को नाम थरुहट/थारुवान प्रदेश राख्न माग गरेको छ। सभाका महामन्त्री प्रेमीलाल चौधरीले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई ९ बुँदे ज्ञापन पत्र बुझाउँदै थरुहट/थारुवान प्रदेश माग गरेका हुन्। ज्ञापन पत्रमा पर्सादेखि झापासम्मको भू-भागलाई स्वायत्तः थरुहट/थारुवान प्रदेश माग गरिएको छ। Continue reading “प्रदेश २ सरकारलाई थाकसको ज्ञापनपत्र, थरुहट थारुवान प्रदेश नामाकरण गर्न माग”
थारु पत्रकार संघको महाधिवेशन चितवनमा हुने, तयारी समिति गठन
चितवन।
थारु पत्रका संघ चितवन शाखाको कचहेरी आज शनिबार नारायणगढस्थित होटल ह्याप्पी होममा सम्पन्न भएको छ । गतवर्ष असोजमा दाङमा भएको केन्द्रीय भेलाबाट पाँचौ महाधिवेशन चितवन जिल्लामा आयोजना गर्ने निर्णय भएकोले उक्त महाधिवेशनको तयारी बारे चितवन शाखाले कचहेरी आयोजना गरेको हो । Continue reading “थारु पत्रकार संघको महाधिवेशन चितवनमा हुने, तयारी समिति गठन”
हावाहुरीले कैलालीमा दुईजनाको मृत्यु, जनजीवन प्रभावित
बिहीबार राति ८ बजेको समयमा आएको तीव्र गतिको आँधी हुरीले कैलालीसहित सुदूरपश्चिमको अवस्था तहसनहस भई जनजीवन प्रभावित बनेको छ । Continue reading “हावाहुरीले कैलालीमा दुईजनाको मृत्यु, जनजीवन प्रभावित”