माघी महोत्सव एकै ठाउँमा हुनुपर्छ भन्दै बनाइएको युथ प्रेसर ग्रुपले थारु कल्याणकारिणी सभा केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन्। विमल चौधरी नेतृत्वमा रहेको टोलीले केन्द्रीय कार्यसमितिलाई महोत्सव एकै ठाउँमा मनाउन अल्टिमेटम दिएपनि नटेरेको भन्दै शनिबार साँझ तालाबन्दी गरेको हो। Continue reading “थाकस केन्द्रीय कार्यालयमा तालाबन्दी, माघी एकै ठाउँमा मनाउनुपर्ने माग”
Author: admin
यात्रा संस्मरण : डेनमार्कको त्यो चुनाव
इन्दु थारू।
डेनमार्कको चुनाव कस्तो बोरिङ । चुनाव हुनु त नेपालको जस्तो, उल्लासपूर्ण । २० वर्ष पश्चात नेपालमा भएको स्थानीय तहको चुनाव पर्यवेक्षण गरेपछि प्रत्येक ६ वर्षमा हुने डेनमार्कको चुनाव हेर्ने मौका मिलेको थियो । र, त्यहाँबाट फर्के पश्चात नेपाल संघीय संरचनामा गएपछिको पहिलो प्रादेशिक चुनाव र सँगै भएको प्रतिनिधि सभाको चुनाव पनि हेर्ने मौका मिल्यो । नेपालमा हुने सबै तहको चुनाव उत्सवमय हुने गर्छन् । उत्सवजस्तो रमाइलो मात्र कहा हो । नेपालका चुनाव साँचो अर्थमा शान्तिपूर्ण भएको इतिहास भेटाउन गाह्रो छ । स्थानीय तहको चुनावमा म नेपालको देलखामा थिए, दोलखामा चुनावका बेलामा चुनावी कारणले २ जना व्यक्तिको मृत्यु भयो । तैपनि त्यहाँका एक सरकारी अधिकारीले भने चुनाव शान्तिपूर्ण वातावरणमा सम्पन्न भयो । ठाउँठाउँमा बम पड्किन्छ, झडप हुन्छ, थुप्रै मान्छे घाइते हुन्छन्, अझ कतिपयले ज्यान गुमाउनुपरेको हुन्छ अनिमात्र न नेपालको चुनाव शान्तिपूर्वक सम्पन्न हुन्छ । अनि बम नै नपड्किने, झडप नै नहुने, ढुंगामुडा नहुने, गोली नचल्ने, मान्छे नमर्ने डेनमार्कको चुनाव बोरिङ नहुने त कुरै भएन । Continue reading “यात्रा संस्मरण : डेनमार्कको त्यो चुनाव”
कपिलवस्तुमा माघी महोत्सवको भव्य तयारी
सीताराम चौधरी/चन्द्रौटा।
माघी नजिकिएसँगै यतिबेला थारु बस्तीमा रौनक छाएको छ । कपिलवस्तु, दाङ, रुपन्देही, नवलपरासी लगाएका थारु बस्तीहरुमा माघीको रौनकता बढेको हो । माघीको रौनकसँगै कपिलवस्तुमा आठौं माघी महोत्सवका लागि थारु कल्याणकारिणी सभा तीब्र तयारीमा जुटेको छ । जिल्लाको गोरुसिङेस्थित थारु कल्याणकारिणी सभा हल प्राङ्गणमा महोत्सव लगाउने तयारी गरिएको छ । तीन दिनसम्म संचालन हुने माघी महोत्सव भव्य रुपमा सम्पन्न गर्न मूल समिति र विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ । महोत्सव सफल बनाउन आर्थिक संकलन, सम्पर्क समन्वय लगायतका कार्यलाई अघी बढाइएको छ । Continue reading “कपिलवस्तुमा माघी महोत्सवको भव्य तयारी”
कांग्रेसले प्रदेशसभा समानुपातिकमा छान्याे सात जना थारू सांसद
नेपाली कांग्रेसले प्रदेशसभा समानुपातिकतर्फको ७२ जना सांसद् छनौट गरेको छ। जसमा थारु समुदायका ६ जना परेका छन्। मोरङबाट विद्यानन्द चौधरी, सुनसरीबाट नवोदिताकुमारी चौधरी र टेकचन्द्र विश्वास, पर्साबाट आशियादेवी थरूनी, रुपन्देहीबाट पुष्पा थरुनी, बर्दियाबाट भुवनेश्वर चौधरी र कञ्चनपुरबाट शयामलाल राना छन् । Continue reading “कांग्रेसले प्रदेशसभा समानुपातिकमा छान्याे सात जना थारू सांसद”
प्रदेशसभामा थारु सांसदको संख्या २५ पुग्यो, सबैभन्दा धेरै केलालीमा
माओवादी, संघीय फोरम र राजपाले प्रदेशको समानपातिक सांसदको टुंगो लगाएको छ। माओवादीबाट दुई जना, संघीय फोरम र राजपाबाट एक एक जना थारु सांसद चुनिएका छन्। सबैजना थारु महिला छन्। Continue reading “प्रदेशसभामा थारु सांसदको संख्या २५ पुग्यो, सबैभन्दा धेरै केलालीमा”
‘ब्ल्याक मनी’का कारण आफू पराजित भएको सुरेन्द्र चौधरीको खुलासा
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरीले लोकतन्त्रलाई अबको खतरा भनेको ‘ब्ल्याक मनी’ (अबैध पुँजी)बाट भएको टिप्पणी गरेका छन् । काँग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व पर्सा जिल्ला सभापति समेत रहेका उनी जिल्लाबाट ३ पटक सांसद बनिसकेका छन्। Continue reading “‘ब्ल्याक मनी’का कारण आफू पराजित भएको सुरेन्द्र चौधरीको खुलासा”
भगवती चौधरीको रिटमा सर्वोच्चको यस्तो आदेश
सुनसरी–३ को प्रतिनिधिसभा सदस्य चुनावको मतपेटिका मतपत्रसहित सम्पूर्ण कागजात पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी एमाले नेतृ भगवती चौधरीले दायर गरेको रिट निवेदनमाथि शुक्रबार संवैधानिक इजलासले सुनुवाई गर्दै मतपत्र, मतपेटिका र अरू कागजता पेश गर्न आदेश दिएको हो। Continue reading “भगवती चौधरीको रिटमा सर्वोच्चको यस्तो आदेश”
यी हुन् एमालेले प्रदेशसभामा चुनेका चार थारु सांसद
नेकपा एमालेले प्रदेशतर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहीबार बसेको स्थायी कमिटी बैठकले ७५ जना समानुपातिक सांसदको टुंगो लगाएको हो। Continue reading “यी हुन् एमालेले प्रदेशसभामा चुनेका चार थारु सांसद”
मन्डला थिएटरले माघी पर्व मनाउने
मण्डला थिएटर नेपालले यस वर्ष माघी पर्व मनाउने भएको छ । माघी पर्व सामान्यतया हिन्दु धर्मावलम्बीले मकर संक्रान्तीको रुपमा मनाउँदै आए पनि थारु समुदायले यस पर्वलाई विशेष रुपले मनाउँदै आएको छ । Continue reading “मन्डला थिएटरले माघी पर्व मनाउने”
थरुहट आन्दोलनका घाइतेलाई निशुल्क उपचार गर्ने डाक्टरलाई खिचरा महोत्सवमा सम्मान गरिने
सन्तकुमार चौधरी/चितवन।
पाँचौ खिचरा महोत्सव २०७४ मा डा. प्रमोद लामिछाने र डा. वीएम खरेललाई सम्मान गर्ने निर्णय भएको छ । थरुहट आन्दोलनका घाइते सन्जीत महतोको उपचारमा सहयोग गरेको भन्दै एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरका चिकित्सक डा. प्रमोद लामिछाने र हस्पिटलकी प्रबन्ध निर्देशक डा. बीएम खरेललाई सम्मान गर्ने निर्णय भएको हो । Continue reading “थरुहट आन्दोलनका घाइतेलाई निशुल्क उपचार गर्ने डाक्टरलाई खिचरा महोत्सवमा सम्मान गरिने”