बारामा पिपरा गोल्डकपको दोस्रो संस्करण हुने, ‘चौधरी-११’ टोली पनि भिड्ने

नागेन्द्र चौधरी/बारा।
पिपरा गोल्डकपको दोस्रो संस्करण माघ ११ गतेदेखि बाराको करैयामाई गाउपालिका ७ पंचगछिया खेल मैदानमा सञ्चालन हुने भएको छ। बाराको सदरमुकाम कलैयास्थित रहेको थारु कल्याणकारिणी सभा हलमा आयोजक सिर्जनशिल युवा क्लबले पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी गराए। Continue reading “बारामा पिपरा गोल्डकपको दोस्रो संस्करण हुने, ‘चौधरी-११’ टोली पनि भिड्ने”

बर्दिया २ मा कांग्रेसका केन्द्रीय नेताहरुबाटैअन्तर्घात

हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा बर्दिया क्षेत्र नम्बर २ मा कांग्रेसका केही नेताहरुले अन्तर्घात गरेको खुलासा भएको छ। केन्द्रीय पार्टी कार्यालयमा परेको उजुरीअनुसार प्रतिनिधिसभाका उम्मेदवार गोपाल दहितलाई हराउनका लागि अन्तर्घात गरिएको बताइएको छ। Continue reading “बर्दिया २ मा कांग्रेसका केन्द्रीय नेताहरुबाटैअन्तर्घात”

७ नम्बर प्रदेशको मुख्यमन्त्री बन्लान् थारुको छोरा ?

केन्द्र र प्रदेश सरकार गठनको तयारी भइरहेका बेला प्रदेश ७ को मुख्यमन्त्रीको चर्चा पनि सुरु भएको छ । चुनाव अघिसम्म मुख्यमन्त्रीको प्रमुख दावेदारका रुपमा रहेका एमाले नेता कर्णबहादुर थापा प्रदेशसभा सदस्यमै नआउने भएपछि मुख्यमन्त्रीका लागि नयाँ अनुहारले दाबी सुरु गरेका छन् । Continue reading “७ नम्बर प्रदेशको मुख्यमन्त्री बन्लान् थारुको छोरा ?”

दुबईमा मिठाई व्यवसायको सुरुवात गर्दै मान महतो

वैदेशिक रोजगारीका लागि दुबई पुगेका मान महतोले आफ्नै व्यवसाय सुरु गर्ने भएका छन्। उनी कार्यरत रहेको दुबईमा उनले मिठाईको व्यवसाय सुरु गर्ने भएका हुन्। Continue reading “दुबईमा मिठाई व्यवसायको सुरुवात गर्दै मान महतो”

पुनः मतगणनाको माग गर्दै भगवती चौधरीद्वारा सर्वोच्चमा उजुरी दर्ता

सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यका लागि वाम गठबन्धनकी उम्मेदवार भगवती चौधरीले मतपरिणाम बदर गरी पुनः मत गणनाको माग गर्दै सर्वोच्चमा उजुरी दिएकी छन् । Continue reading “पुनः मतगणनाको माग गर्दै भगवती चौधरीद्वारा सर्वोच्चमा उजुरी दर्ता”

कपिलवस्तुमा तीन दिने माघी महोत्सव हुने

थारु कल्याणकारिणी सभा कपिलवस्तुले माघीको तयारी सुरु गरेको छ। कपिलवस्तुको गोरुसिङेमा तीन दिन सम्म आयोजना गर्ने माघी महोत्सवको तयारी सुरु गरेको हो। पुस २७,२८ र २९ गते सम्म सञ्चालन हुने महोत्सवको तयारी स्वरुप विभिन्न समितहरु गठान गरिएको छ। थारु कल्याणकारिणी सभाका अध्यक्ष जनजिर प्रसाद थारुको संयोजकत्वमा १ सय १ सदस्यी मूल समिति र १५ वटा उपसमितिहरु गठन गरिएको छ। Continue reading “कपिलवस्तुमा तीन दिने माघी महोत्सव हुने”

दाङ तुल्सीपुरमा माघी विशेष कार्यक्रम हुने

निता चौधरी/दाङ।
तुलसीपुरमा माघी विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ । भुह्याँर थान निर्माण समिति तुलसीपुरको आयोजनामा यही पुस २३ गते माघी विशेष कार्यक्रम हुन लागेको हो । समितिका अध्यक्ष रामशरण चौधरीको अध्यक्षतामा बसेको बैठकले तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ जबरपुरमा रहेको भुह्याँर थान मन्दिरमा माघी विशेष साँस्कृतिक कार्यक्रम गर्न लागिएको हो । Continue reading “दाङ तुल्सीपुरमा माघी विशेष कार्यक्रम हुने”

सर्वोच्चको निर्णय त्रुटिपूर्ण, आन्दोलनको विकल्प छैन : महासचिव लेखी

राष्ट्रिय जनता पार्टी नेपालका महासचिव राजकुमार लेखीले रेशम चौधरीलाई प्रमाण पत्र दिन नमिल्ने न्यायालयको निर्णय दुर्भाग्यपूर्ण रहेको बताएका छन्। सोमबार विज्ञप्ती जारी गर्दै उनले लोकतन्त्रमा जनमतभन्दा ठूलो अरु निर्णय हुन नसक्ने जनाएका छन्। Continue reading “सर्वोच्चको निर्णय त्रुटिपूर्ण, आन्दोलनको विकल्प छैन : महासचिव लेखी”

सर्वोच्चले रोक्यो फरार रेशम चौधरीको ‘माननीय’ बन्ने बाटो

फरार रहेकै अवस्थामा चुनाव जितेका राजपाका रेशम चौधरीको सांसद बन्ने बाटो रोकिएको छ । चौधरी टीकापुर घटनाका मुख्य अभियुक्त हुन् । फरार रहेकै अवस्थामा चुनाव कैलाली १ बाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका चौधरी निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनु पर्ने माग गर्दै सर्वोच्च गएका थिए । Continue reading “सर्वोच्चले रोक्यो फरार रेशम चौधरीको ‘माननीय’ बन्ने बाटो”

पूर्वसांसद सुरेन्द्र चौधरीलाई पार्टीबाट निष्काशन गर्न सिफारिस

स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली कांग्रेस पर्सा क्षेत्र नं ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश गरेको छ । Continue reading “पूर्वसांसद सुरेन्द्र चौधरीलाई पार्टीबाट निष्काशन गर्न सिफारिस”