रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटले प्रतिनिधि सभातर्फको ३ प्रतिशत थ्रेसहोल्ड र प्रदेशसभातर्फको १.५ प्रतिशत थ्रेसहोल्ड ल्याउन सकेन। जसका कारण पहिलो र दोस्रो संविधानसभामा समानुपातिकतर्फ सिट ल्याएको यो पार्टी पाँच वर्षसम्म अस्तित्वविहीन बन्ने भएको छ। Continue reading “‘थरुहट’ मुद्दा बोकेको रुक्मिणी पार्टीलाई थारुहरुले पत्याएनन् !”
Author: admin
रेशम चौधरीको समर्थनमा काठमाडौंमा प्रदर्शन, प्रमाणपत्र नदिइए आन्दोलन गर्ने चेतावनी
राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले कैलालीको टीकापुर क्षेत्र नम्बर १ बाट निर्वाचन सांसद रेशमलाल चौधरीलाई तत्काल विजेताको प्रमाणपत्र प्रदान नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । प्रचार–प्रसार समिति टीकापुर क्षेत्र नम्बर १ कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष लालले यस्तो चेतावनी दिएका हुन् । Continue reading “रेशम चौधरीको समर्थनमा काठमाडौंमा प्रदर्शन, प्रमाणपत्र नदिइए आन्दोलन गर्ने चेतावनी”
प्रदेशसभाको समानुपातिक सिट बाँडफाँट, कुन दलबाट कति जना थारु सांसद बन्दैछन्?
निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक निर्वाचनको नतिजा सार्वजनिक गरेको छ । आयोगले शुक्रबार सार्वजनिक गरेको समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट अनुसार एमाले २ नम्बर प्रदेश बाहेक सबैमा पहिलो भएको छ । Continue reading “प्रदेशसभाको समानुपातिक सिट बाँडफाँट, कुन दलबाट कति जना थारु सांसद बन्दैछन्?”
खिचरा महोत्सवको उत्कृष्ट रिपोर्टिङ गर्ने पत्रकारलाई नगदसहित पुरस्कृत गरिने
चितवन- खैरहनी५, जबकौली गौचरनमा यही पुस २८ देखि माघ ८ सम्म सञ्चालन हुने पाँचौ खिचरा महोत्सवबारे महोत्सव पूर्व र महोत्सव अवधिभर उत्कृष्ट समाचार तथा फिचर लेखेर प्रकाशन तथा प्रसारण गरेवापत खिचरा महोत्सवको समापन समारोहमा चार जना पत्रकारहरुलाई नगदसहित पुरस्कृत गरिने भएको छ । Continue reading “खिचरा महोत्सवको उत्कृष्ट रिपोर्टिङ गर्ने पत्रकारलाई नगदसहित पुरस्कृत गरिने”
माघी महोत्सवमा थारु कल्याणकारिणी सभाको भूमिका [विचार]
विनय चौधरी।
नेपाल अनेक जाति, भाषा, धर्म, संस्कृतियुक्त मुलुक हो, जुन नेपालको संविधानले पनि प्रष्ट पारेको छ । विविधतायुक्त यस समाजमा थारू समुदायको स्थान विशिष्ट र पहिचानयुक्त रहेको कुरा कसैसामू भनिरहनु पर्दैन । थारू समुदायको छुट्टै पहिचान निर्माणमा थारू समुदायको छुट्टै भाषा र संस्कृतिको स्थान अति नै उच्च छ । थारू समुदायका थुप्रै सांस्कृतिक महत्वका पर्वहरुमध्ये अष्टिम्की, अटवारी, गुरही, माघी प्रमुख हुन् । यी विविध पर्वहरुमध्ये नजिकै आइरहेको माघी पर्वको बारेमा चर्चाको विषय बन्नु स्वभाविक हो । माघी पर्व थारू समुदायले नयाँ वर्षको रुपमा मनाउने एउटा महत्वपूर्ण पर्व हो । उक्त पर्वमा घर, परिवार, आफन्त लगायत सम्पूर्ण समाज नै एकजुट भएर खुसी साटासाट गर्नुका साथै आगामी दिनमा सुख र समृद्धिको कामना गर्दै आर्शीवाद आदानप्रदान गर्ने गर्छन् । Continue reading “माघी महोत्सवमा थारु कल्याणकारिणी सभाको भूमिका [विचार]”
रेशम चौधरीलाई प्रमाणपत्र दिन थाकस कोरियाको माग
प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशमलाल चौधरीलाई निर्वाचन आयोगले विजयको प्रमाणपत्र दिन आनाकानी गरिरहेको भन्दै दक्षिण कोरियामा सक्रिय नेपाली संघ संस्थाले विरोध जनाएका छन् । Continue reading “रेशम चौधरीलाई प्रमाणपत्र दिन थाकस कोरियाको माग”
न्यायाधीश पदमा थारु कोटाको माग गर्दै ज्ञापन पत्र
सुनिल चौधरी/झुम्का।
थारु कानुन व्यवसायी सभाले न्यायपरिषदले निकालिएको जिल्ला न्यायाधीश पदको खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामा थारु कोटा निर्धारण गर्न माग गरेको छ। गोरखा पत्र र न्यायपरिषद समेतको वेवसाइटमा प्रकाशित सूचनामा थारुको सिट आरक्षित नरहेको भन्दै समावेसिताको माग गर्दै सभाले ज्ञापनपत्र समेत बुझाएको छ। Continue reading “न्यायाधीश पदमा थारु कोटाको माग गर्दै ज्ञापन पत्र”
सर्वोच्च अदालतले माग्यो रेशम चौधरीविरुद्धको अभियोगपत्र
सर्वोच्च अदालतले राष्ट्रिय जनता पार्टीबाट कैलाली १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरीको अभियोगपत्र लगायतका अभिलेख मगाएको छ। टीकापुर घटनाका मुख्य दोषी भन्दै सरकारले जिल्ला अदालत कैलालीमा उनीविरुद्ध मुद्दा दायर गरेको छ। Continue reading “सर्वोच्च अदालतले माग्यो रेशम चौधरीविरुद्धको अभियोगपत्र”
गच्छदारको दाबी- ‘मैले बनाएको राजनीतिक छबि ५० वर्षसम्म कुनै थारुले बनाउन सक्दैन’
नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले आफूलाई भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुसँग तुलना गरेका छन्। हालै सम्पन्न प्रतिनिधि सभा चुनावमा सुनसरी ३ बाट विजय हुँदै गच्छदारले अपराजित यात्रा जारी राखेका छन्। सोही सन्दर्भमा उनले भारतीय नेता जवाहरलाल नेहरु र राम मनोहर लोहियासँग तुलना गरेका हुन्। Continue reading “गच्छदारको दाबी- ‘मैले बनाएको राजनीतिक छबि ५० वर्षसम्म कुनै थारुले बनाउन सक्दैन’”
१४ तस्बिरमा हेर्नुस् मिस थारुको अन्तिम स्पर्धा
मिस थारुको उपाधि चितवनकी जेनिशा चौधरीले जितेकी छन्। सोमबार राजधानीमा आयोजित अन्तिम स्पर्धामा २६ जना प्रतिस्पर्धीलाई पछि पार्दै जेनिशाले उापधि जितेकी हुन्। उनलाई प्रमुख निर्णायक मिस नर्थ इन्डिया २०१३ की विजेता इशा सिंहले ताज पहिर्याइदिएकी थिइन् Continue reading “१४ तस्बिरमा हेर्नुस् मिस थारुको अन्तिम स्पर्धा”