मिस थारुको उपाधि चितवनकी जेनिशा चौधरीले जितेकी छन्। सोमबार राजधानीमा आयोजित अन्तिम स्पर्धामा २६ जना प्रतिस्पर्धीलाई पछि पार्दै जेनिशाले उापधि जितेकी हुन्। उनलाई प्रमुख निर्णायक मिस नर्थ इन्डिया २०१३ की विजेता इशा सिंहले ताज पहिर्याइदिएकी थिइन्। Continue reading “चितवनकी जेनिशा र सिरहाका चन्दन बने मिस एन्ड मिस्टर थारु”
Author: admin
अब के हुन्छ ‘थरूहट’ ?
देवेन्द्र बस्नेत/नागरिक दैनिक
२०६३ को अन्तिमतिर पूर्वी तराईमा चलेको ‘मधेश प्रदेश’ आन्दोलनले एक अध्याय पूरा गरिसकेको थियो । यो आन्दोलनले सार्थकता पाउनासाथ थारू बहुल क्षेत्र मधेसमा गाभिने संशय पश्चिम तराईमा फैलियो । यसर्थ मधेशमा समाहित हुने खतराबाट जोगिन पश्चिम तराईमा अर्को आन्दोलन सुरु भयो ‘थरूहट आन्दोलन ।’ योगेन्द्र चौधरी र लक्ष्मण थारूले सुरु गरेको यो पहिचानवादी आन्दोलनमा सिंगो पश्चिम तराईको थारू समुदाय सहभागी भयो । Continue reading “अब के हुन्छ ‘थरूहट’ ?”
छायाँकनमा सधैं अब्बल हरिनारायण चौधरी
गर्दै गएपछि असम्भव चीज यो संसारमा केही छैन। जुन कुरा सिनेमेटोग्राफर हरिनारायण चौधरीले प्रमाणित गरेका छन्। यो विषयमा कुनै औपचारिक शिक्षा नलिएपनि अहिले चल्तीका क्यामेरा चलाउने दक्षता उनले हासिल गरेका छन्। गर्दै गएसी सबै सिकिने उनको धारणा छ। मेहनत र लगन भने भने निरन्तर गर्नुपर्ने उनले बताए। Continue reading “छायाँकनमा सधैं अब्बल हरिनारायण चौधरी”
भारतीय ट्रकले ठक्कर दिँदा म्यादी प्रहरी चौधरीको मृत्यु
शिव थारु/रुपन्देही।
रुपन्देहीको रोहिणी गाउँपालिका–३ लक्ष्मीनगरमा भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जना म्यादी प्रहरीको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। Continue reading “भारतीय ट्रकले ठक्कर दिँदा म्यादी प्रहरी चौधरीको मृत्यु”
मिस एन्ड मिस्टर थारुको अन्तिम प्रतिस्पर्धा सोमबार हुँदै, वर्षा लेखीले क्राउन पहिर्याउने
मिस्टर एण्ड मिस थारु २०१७ को अन्तिम प्रतिस्पर्धा सोमबार हुने भएको छ। आयोजक थारु अनलाइन मिडियाका अनुसार सोमबार दिउसो २ बजेदेखि नाचघरमा अन्तिम प्रतिस्पर्धा हुनेछ। Continue reading “मिस एन्ड मिस्टर थारुको अन्तिम प्रतिस्पर्धा सोमबार हुँदै, वर्षा लेखीले क्राउन पहिर्याउने”
यी हुन् प्रतिनिधि र प्रदेशमा समानुपातिकबाट चुनिने सम्भावित थारु सांसद
आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम आइसकेको छ । जसमा प्रतिनिधिसभामा १० जना र प्रदेशसभामा १७ जना थारुहरु निर्वाचित भएका छन् । Continue reading “यी हुन् प्रतिनिधि र प्रदेशमा समानुपातिकबाट चुनिने सम्भावित थारु सांसद”
दाङमा कांग्रेस गढ भत्काउने पर्दा पछाडिका ‘हिरो’
सन्तोष दहित/घोराही।
केही महिना अगाडि स्थानीय तहको निर्वाचन सम्पन्न भयो । मंसिर १० र २१ गते प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनसँगै निर्वाचित प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरु यतिबेला गाउँ गाउँमा खुसीयाली साट्दै छन् भने कोही मन्त्रीको लाइमा राजधानीसमेत धाइसेकेका छन् । तर ती निर्वाचित सदस्यहरुलाई जिताउन दाङका एक ब्यक्ति सधैं पर्दा पछाडिबाट लाग्ने गर्छन् । लागेपछि सफल बनाइ छाड्छन् पनि । Continue reading “दाङमा कांग्रेस गढ भत्काउने पर्दा पछाडिका ‘हिरो’”
निर्देशक प्रदीप चौधरी र मसानटार नियति
गोकर्ण गौतम/कान्तिपुर।
भो नरो सेते, रोकिदेऊ आँसुको धारालाई
रोएर हुन्न, ब्युँझाउनुपर्छ सुतेका सारालाई
२०५५ सालतिर उदयपुरको मोतीगडामा पहिलो पटक नाटक देखाइएको थियो, ठूली । गाउँ पूरै उल्टियो हेर्न । त्यही भीडमा थिए, पाँच कक्षामा अध्ययनरत फुच्चे प्रदीपकुमार चौधरी । क्रान्तिकारी प्रवृत्तिको उक्त नाटकमा एक पात्रले गाएको माथिका पंक्तिले प्रदीपमा उत्साह र जोस पैदा गर्यो । त्यसैले प्रदीपले अर्को वर्षको जितिया पर्वमा आफैंले नाटक लेखेर निर्देशन गरी मञ्चन गरे । Continue reading “निर्देशक प्रदीप चौधरी र मसानटार नियति”
टीकापुर घटनाबारे नयाँ ट्विस्ट, रेशम चौधरी प्रमुख योजनाकार होइनन् !
नवराज सिलवाल/नेपाललाइभ
उच्चस्तरीय जाँचबुझ आयोगले कैलालीको टीकापुर घटनाको मुख्य योजनाकार रेशम चौधरी नभएको ठहर गरेको छ। शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको प्रतिवेदनमा चौधरीलाई टीकापुर घटनाको पीडितका रुपमा उल्लेख गरिएको छ। Continue reading “टीकापुर घटनाबारे नयाँ ट्विस्ट, रेशम चौधरी प्रमुख योजनाकार होइनन् !”
गुमनाम धनिरामको ६ बुँदे विज्ञप्ती, रेशमलाई प्रमाणपत्र नदिए आन्दोलन गर्ने चेतावनी
करिब दुई वर्षपछि थारु कल्याणकारिणी सभाका अध्यक्ष एवं थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजक धनिराम चौधरीले प्रेस विज्ञप्ती जारी गरेका छन्। उनले संयुक्त संघर्ष समितिको नामबाट विज्ञप्ती जारी गरेका हुन्। ६ वटा बुँदा रहेको विज्ञप्तीमा पुरानै बक्तव्य दोहोरिएका छन्। उनले अन्तिम बुँदामा भने कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरीलाई अविलम्ब प्रमाणपत्र दिन आग्रह गरेको छ। प्रमाणपत्र गर्न ढिलाई गरे सशक्त आन्दोलनमा उत्रिने चेतावी विज्ञप्तीमा उल्लेख छ। Continue reading “गुमनाम धनिरामको ६ बुँदे विज्ञप्ती, रेशमलाई प्रमाणपत्र नदिए आन्दोलन गर्ने चेतावनी”