रेशम चौधरीसँग कानुनविपरीत व्यवहार : थारु कानुन व्यवसायी

सुनिल चौधरी/झुम्का।

कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार रेशम चौधरीलाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र नदिएको भन्दै राज्यले ‘रुल अफ ल’बिपरीत ब्यवहार गरेकोप्रति थारु कानुन ब्यवसायी सभाले आपत्ति जनाएको छ। चौधररी ३४ हजार ३ सय ४१ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित एका छन् । Continue reading “रेशम चौधरीसँग कानुनविपरीत व्यवहार : थारु कानुन व्यवसायी”

मेधावी थारु विद्यार्थीको लागि छात्रवृत्तिको अवसर

गरिब तथा जेहेन्दार थारु विद्यार्थीको लागि छात्रवृत्ति खुलेको छ। थारु एन्ड फ्रेन्ड्स एसोसियसन अमेरिकाले प्लस टु र स्नातकका लागि छात्रवृत्ति आह्वान गरेको छ। इच्छुक विद्यार्थीले माघ १ सम्म फारम बुझाइसक्नुपर्नेछ। यस वर्षदेखि अनलाइन फारम भर्न सकिने सो संस्थाका सचिव सत्यनारायण चौधरीले जानकारी दिए। यहाँबाट अनलाइन फर्म भर्न सकिन्छ। उनका अनुसार थारु समुदायको हरेक क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको थारु एन्ड फ्रेन्ड्स एसोसियसनले २०१७-०१८ का लागि छात्रवृत्ति प्रदान गर्ने निर्णय छ। Continue reading “मेधावी थारु विद्यार्थीको लागि छात्रवृत्तिको अवसर”

रेशमलाई सर्वोच्च अदालतको पनि रोक, रिट दर्ता गर्न आफैँ उपस्थित हुनुपर्ने

फरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । चौधरी टीकापुर घटनाका मुख्य अभियुक्त हुन् । फरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यको चुनाव जितेका उनी भारी मतले विजयी भए । तर, निर्वाचन अधिकृतले वारेसमार्फत विजयी भएको प्रमाणपत्र दिएनन् । Continue reading “रेशमलाई सर्वोच्च अदालतको पनि रोक, रिट दर्ता गर्न आफैँ उपस्थित हुनुपर्ने”

टीकापुर घटनामा रामजनम, धनिराम, रुक्मिणी, राजकुमारहरु कति दोषी ?

विनय चौधरी।
नेपालको इतिहासमा धेरै हत्या हिंसाका घटनाहरु हुँदै आएका छन् । जसमा धेरैजसो व्यक्ति र परिवारहरु पीडित भएका छन् । यसै सन्दर्भमा दुई वर्षअघि २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनाको विषयका केही तथ्यहरु उजागर गर्न मन लाग्यो । टीकापुर घटना एउटा आर्थिक, राजनीतिक र सामाजिक न्याय र अधिकारको लागि भएको आन्दोलनलाई आन्दोलनका नेतृत्वकर्ताहरुले सही दिशा दिन नसक्दाको परिणाम होजस्तो लाग्छ । जुन आन्दोलनले झण्डै साम्प्रदायिकताको रुप लिएको थियो । Continue reading “टीकापुर घटनामा रामजनम, धनिराम, रुक्मिणी, राजकुमारहरु कति दोषी ?”

फास्टट्र्याक र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेछु : उमाकान्त चौधरी

१) निर्वाचित भएपछि कस्तो अनुभव गर्नुभएको छ ?
खुशीसँगै ठूलो जिम्मेवारी थपिएको महसुस गरेको छु । जनताले राखेको अपेक्षा पूरा गर्न सक्छु वा सक्दिन भन्ने चिन्ता पनि लागेको छ । जनताको आशा र अपेक्षा पूरा गर्न सधंै लागि रहनुपर्ने महसुस गरेको छु । Continue reading “फास्टट्र्याक र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेछु : उमाकान्त चौधरी”

सुनसरी ३ मा छानबिन गर्न भगवती चौधरीको माग

सुनसरी क्षेत्र नं. ३ मा कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारसँग पराजित वाम गठबन्धनकी भगवती चौधरीले उच्चस्तरीय समिति गठन गरी निर्वाचनका सम्बन्धमा छानबिन गर्न माग गरेकी छिन् । Continue reading “सुनसरी ३ मा छानबिन गर्न भगवती चौधरीको माग”

निर्वाचन आयोगलाई कुन कानुनले प्रमाण पत्र नदिने अधिकार दियो : अधिवक्ता लिम्बु

सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता शंकर लिम्बुले रेशम चौधरीलाई जितेको प्रमाण दिन कानुनले नरोक्ने बताएका छन्। उनले निर्वाचनलाई आयोगलाई कुन कानुनले प्रमाणपत्र नदिन अधिकार दिएको भन्दै प्रश्न गरेका छन्।  Continue reading “निर्वाचन आयोगलाई कुन कानुनले प्रमाण पत्र नदिने अधिकार दियो : अधिवक्ता लिम्बु”

रेशमलाई दिइने प्रमाणपत्र कुरियर गरेर काठमाडौं पठाइयो

कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रहरीको फरार सूचीमा रहेका रेशम चौधीको प्रमाणपत्र निर्वाचन अधिकृतले बुधवार कुरियरबाट निर्वाचन आयोगमा पठाएका छन्। वारेशनामाबाट प्रमाणपत्र दिने वा नदिने बिषयमा विवाद भइरहेका बेला कैलाली क्षेत्र नम्बर १ का निर्वाचन अधिकृतले कुरियरबाट आयोगमा पठाएका हुन। Continue reading “रेशमलाई दिइने प्रमाणपत्र कुरियर गरेर काठमाडौं पठाइयो”

एथलेटिक्सकी कीर्तिमानी केशरी चौधरी जागिर छाडेर दुबई प्रस्थान

नेपालकी प्रतिभाशाली एथलिट केशरी चौधरी अन्ततः विदेशिएकी छिन्। उनी नेपाल प्रहरीको जागिर छोडेर दुबई पुलिसमा काम गर्न बुधबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट उडेकी छन्। Continue reading “एथलेटिक्सकी कीर्तिमानी केशरी चौधरी जागिर छाडेर दुबई प्रस्थान”

थारु समुदायका ‘हिरो’ रेशम चौधरी

इन्द्रेणी थारू।
थारू हुनुमा गर्व गर्नसक्ने थुप्रै कारण नभएका होइनन् । रेशम थारू र लक्ष्मण थारूको नामै सुन्दा त्यसै त्यसै म गौरवान्वित हुन्छु । किनभने लक्ष्मण र रेशम, थारू आन्दोलनका स्रोत हुन् । थारू आन्दोलनका मसिहा हुन् । Continue reading “थारु समुदायका ‘हिरो’ रेशम चौधरी”