बर्दिया प्रदेश सभा-१ ‘क’ मा बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका कविराम थारु २३५६० मतले विजयी भएका छन्। उनले निकट्तम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका सोदे बिस्टलाई २३६७ मतले पराजित गरेका हुन्। विस्टले २११९३ मत प्राप्त गरेका हुन्। Continue reading “बर्दिया प्रदेशमा एमालेका कविराम थारु विजयी”
Author: admin
पर्सा प्रदेशमा एमालेका पूर्वसांसद जयप्रकाश थारुलाई हराउँदै शंकर चौधरी विजयी
नेपाली कांग्रेसले पर्साको प्रदेश सभामा खाता खोलेको छ। पर्सा क्षेत्र नम्वर ४ (क)मा कांग्रेसका शंकर चौधरीले विजय हासिल गरेको हो। एमालेका पुर्व सभासद जयप्रकाश थारुलाई पराजित गर्दै नेपाली कांग्रेसका पुराना नेता शंकर चौधरी निर्वाचित भएका छन्। शंकरले जयप्रकाशलाई ४४८ मत अन्तरले पराजित गरेका हुन्। Continue reading “पर्सा प्रदेशमा एमालेका पूर्वसांसद जयप्रकाश थारुलाई हराउँदै शंकर चौधरी विजयी”
खिचरा महोत्सवमा थारुको घरेलु हस्तकला निर्माणसम्बन्धी प्रतियोगिता हुने
कारी महतो/चितवन।
चितवनको खैरहनी नगरपालिका वडा नं. ५ गौचरनमा पुस २८ देखि माघ ८ सम्म हुने पाँचौ खिचरा महोत्सवमा थारु जातिका लोपोन्मुख साँस्कृतिक घरेलु हस्तकला सामग्री निर्माण प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सहभागीताका लागि ल्याइने सामग्रीहरु महोत्सवमा व्यवस्थित रुपमा प्रदर्शनी समेत गरिने आयोजक समितिले जनाएको छ । Continue reading “खिचरा महोत्सवमा थारुको घरेलु हस्तकला निर्माणसम्बन्धी प्रतियोगिता हुने”
रेशम चौधरीले किन धेरै भोट पाए? यस्तो छ कारण
थारु समुदायमा कैलालीको क्षेत्र नम्बर १ चर्चाको विषय बनेको छ। यहाँ टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरी प्रतिनिधि सभा उम्मेदवार छन्। पछिल्लो परिणाम अनुसार उनी चार गुणा बढी मतले अगाडि देखिन्छन्। उसो भए रेशम चौधरी विजयी बन्छन्? आम थारुहरुको मनमा यही प्रश्नले जडा गाडेको छ। Continue reading “रेशम चौधरीले किन धेरै भोट पाए? यस्तो छ कारण”
बर्दिया २ को प्रदेशसभामा माओवादीका दिपेश थारु विजयी
बर्दिया क्षेत्र नम्बर २ ख मा माओवादीको प्रदेशसभा उम्मेदवार दीपेश थारु विजयी भएका छन्।उनले २३६३२ मतसहित विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नाचुराम थारुले १७९१२ मत पाए। यो बर्दियाको थारु गढ मानिन्छ। Continue reading “बर्दिया २ को प्रदेशसभामा माओवादीका दिपेश थारु विजयी”
विजय गच्छदार भवगती चौधरीभन्दा ४४ मतले पछाडि
थारुहरुले हेभिवेटको रुपमा हेरिरहेको सुनसरी क्षेत्र नम्बर ३ मा एमालेका भगवती चौधरीले अग्रता लिएकी छन्। उनी ३२५७० मतसहित अग्रस्थानमा छन्। कांग्रेसका उम्मेदवार विजय गच्छदार ३२५२ सय मत ल्याएका छन्। गच्छदार ४४ मतले पछाडि छन्।
सप्तरीमा २ मा उपेन्द्र यादव भारी मतले विजयी
सप्तरी क्षेत्र नं २ बाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भारी मतान्तरले विजयी भएका छन्। जिल्ला मुख्य निर्वाचन कार्यालयका अनुसार संघीय फोरम अध्यक्ष यादवले २१ हजार ६२० मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का उमेशकुमार यादवले ११ हजार ५८० प्राप्त गरे। Continue reading “सप्तरीमा २ मा उपेन्द्र यादव भारी मतले विजयी”
नारायणकाजीलाई हराउँदै गोरखामा बाबुराम भट्टराईको ‘ह्याट्रिक’
गोरखा क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार डा. बाबुराम भट्टराई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई ६ हजार ८ सय ७४ मतान्तरले पराजित गरेका हुन्। Continue reading “नारायणकाजीलाई हराउँदै गोरखामा बाबुराम भट्टराईको ‘ह्याट्रिक’”
कैलाली ५ मा नारदमुनीको मत आरजुभन्दा तीन हजारले बढी
कैलालीको क्षेत्र नं. ५ को पछिल्लो मतपरिणाम प्राप्त भएको छ । प्राप्त पछिल्लो अपडेट अनुसार नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले अग्रता कायम गरेका छन् । रानाले २१६३९ मत ल्याउँदा कांग्रेस उम्मेदवार आरजु राणाले १८८७३ मत ल्याउँदै पछ्याइरहेकी छिन् । राष्ट्रिय जनता पार्टीका उम्मेदवार लक्ष्मण चौधरीले ५ हजार बढी मत ल्याएका छन् । Continue reading “कैलाली ५ मा नारदमुनीको मत आरजुभन्दा तीन हजारले बढी”
कांग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई हराउँदै अमनलाल मोदी विजयी
मोरङको क्षेत्र नं. ४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी भएका हुन् । मोदीले कांग्रेस नेता महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । मोदीले ६ हजार ७२९ मतान्तरले आचार्यलाई पराजित गरेका हुन् । Continue reading “कांग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई हराउँदै अमनलाल मोदी विजयी”