भोट हाल्दै गच्छदारले भने- ‘सबै निरासालाई यो चुनावले अन्त्य गर्छ’

नेपाली कांग्रेसका नेता उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले आज दिउँसो दुहवी नगरपालिका–२ तुताहास्थित नवीन निकेतन शिक्षा विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् । उपप्रधानमन्त्री गच्छदारको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) वैकल्पिक केन्द्रीय सदस्य एवम् पूर्वराज्यमन्त्री भगवती चौधरीले पनि सोही मतदान केन्द्रबाट ‘ख’ मतदान गरिन्। Continue reading “भोट हाल्दै गच्छदारले भने- ‘सबै निरासालाई यो चुनावले अन्त्य गर्छ’”

बर्दियाका २ का प्रतिनिधिसभा उम्मेदवार दहित र चौधरीले गरे मतदान

बिना विभागीय मन्त्री सन्तकुमार थारुले बारबर्दिया नगरपालिका–२ स्थित जोगीगाउँमा रहेको युवक माविको केन्द्रबाट मतदान गरेका छन् । भूमिसुधार मन्त्री गोपाल दहितले राजापुर नगरपालिका वडान–२ मा रहेको ज्ञानोदय प्रावि सोहरिया मतदान केन्द्रबाट मतदान गरेका छन् । Continue reading “बर्दियाका २ का प्रतिनिधिसभा उम्मेदवार दहित र चौधरीले गरे मतदान”

थरुहट क्षेत्रसहित ४५ जिल्लामा उत्साहपूर्ण मतदान हुँदै

मुलुकका ४५ जिल्लामा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य अहिले बिहान ७ बजेदेखि शुरु भएको छ ।संविधानसभाबाट जारी भएको नेपालको संविधानको कार्यान्वयनको महत्वपूर्ण खुड्किलाका रुपमा हुँदै गरेको यो निर्वाचनमा एक करोड २२ लाख ३५ हजार ९९३ मतदातालाई मतदानको अधिकार रहेको छ । Continue reading “थरुहट क्षेत्रसहित ४५ जिल्लामा उत्साहपूर्ण मतदान हुँदै”

समाजसेवी रामलाल चौधरीलाई पितृशोक

थारु फिल्मस् प्रोडक्सन प्रालिका प्रबन्ध निर्देशक एवं समावसेवी रामलाल चौधरीलाई पितृशोक परेको छ। उनका बुबा छेदिलाल चौधरीको बुधबार राति १२:४५ बजे ७५  वर्षको उमेरमा निधन भएको हो। Continue reading “समाजसेवी रामलाल चौधरीलाई पितृशोक”

अबको संसदमा दुई थरी दल

नयाँ संघीय संरचनाअनुसार अब बन्ने केन्द्रीय संसद्मा दुई थरी राजनीतिक दलले प्रतिनिधित्व गर्दैछन् । तीन प्रतिशत थ्रेस होल्डका कारण एक थरी राष्ट्रिय मान्यता प्राप्त दल र अर्को थरी सामान्य राजनीतिक दलका हैसियतमा प्रतिनिधिसभा प्रतिनिधित्व गर्दैछन् । Continue reading “अबको संसदमा दुई थरी दल”

कैलाली १ मा जित्‍ने रेशमको दाबी, ब्यालेटबक्स जोगाउन चिन्ता

कैलाली क्षेत्र नम्बर १ का राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार रेशम चौधरीले ब्यालेट बक्स कसरी जोगाउने चिन्ता भइरहेको बताएका छन्। मौन अवधि सुरु हुनुअघि थारुवानसँग कुरा गर्दै उनले आफ्नो पक्षमा जनलहर रहेको र आफू जसरी पनि विजय हुने बताए। Continue reading “कैलाली १ मा जित्‍ने रेशमको दाबी, ब्यालेटबक्स जोगाउन चिन्ता”

अनुगमन रिपोर्ट भन्छ- ‘दमनको फाइदा रेशम र लक्ष्मणलाई’

प्रदीप चौधरी

आफूसँग धेरै ब्यक्तिहरुको फोन नं रहेको र उनीहरुबाट समग्र जिल्लाको मतदाता शिक्षा र चुनावको अबस्थाबारे जानकारी लिने काम गरिरहेको थिएँ । तर दिएको जानकारी सही हो वा होइन बिश्वास गर्न गार्हो भैरहेको थियो । अाफू नगएसम्म के हो ? के हो ? भन्ने लागेर ०७४ मंसिर ९ र १० गते कैलालीको क्षेत्र नं ३, १ र २ को अनुगमन गरियो । Continue reading “अनुगमन रिपोर्ट भन्छ- ‘दमनको फाइदा रेशम र लक्ष्मणलाई’”

थरुहट राजनीतिके चंगा : लट्टाइ औरेक हाँठमे

कृष्णराज सर्वहारी।
डोसर चरणके प्रदेश ओ प्रतिनिधि सभाके चुनाव फेन आब् ढेर डिन नैहो । इहे अघन २१ गटे तराई थरुहट क्षेत्रमे चुनाव हुइ जाइटा । खासकैके प्रतिनिधि सभाके चुनावमे प्रत्यक्ष उमेदवार थारु नेताः के कट्रा पानीम् बा ? यकर संक्षिप्त विस्लेसन कर्ना यि लेखके मकसद हो । Continue reading “थरुहट राजनीतिके चंगा : लट्टाइ औरेक हाँठमे”

जब यी दुई प्रतिस्पर्धीकाे जम्काभेट भयाे !

लखन चाैधरी/धनगढी।

चुनावी घरदैलो कार्यक्रम गरिरहेको बेला कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका दुई पूर्वमन्त्रीहरुबीच आज (आइतबार) जम्काभेट भएको छ । कैलारी गाउँपालिका–२ बसौटी गाउँमा घरदैलोको क्रममा पूर्वकृषि मन्त्री गौरीशंकर चौधरी र पूर्वस्वास्थ्य मन्त्री रामजनम चौधरीबीच भेटघाट भएको हो । पूर्वकृषि मन्त्री गौरीशंकर चौधरी वामगठबन्धनबाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिएका छन् । भने पूर्वस्वास्थ्य मन्त्री रामजनम नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका हुन् । Continue reading “जब यी दुई प्रतिस्पर्धीकाे जम्काभेट भयाे !”

कैलाली-३ रामजनमकाे क्षेत्र हाेइन, त्यसैले जित्छाैं : गाैरीशंकर चौधरी

कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट वामगठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका ३६ वर्षीय गौरीशंकर चौधरी पूर्वकृषि मन्त्री हुन् । कैलारी गाउँपालिका–२ बसौटीका स्थानीय समेत रहेका चौधरी ०५३ सालदेखि आफ्नो राजनीतिक यात्रा सुरु गरे । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र जनयुद्धको क्रममा ०५५ मा जनमेलिसिया, ०५६ देखि ०६१ सम्ममा उनी स्क्वाइट (शैन्य दस्ता), सेक्सन कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डरसम्मको भूमिका निर्वाह गरे । ०६३ देखि माओवादी केन्द्रको केन्द्रीय सदस्य र ०७३ देखि पोलिटब्यूरो सदस्यसमेत रहेका चौधरीसंग लखन चौधरीले चुनावी गतिविधिवारे गरिएको कुराकानीको सम्पादित अंशः

चुनावी मैदानमा हुनुहुन्छ, जनताको गुनासो के छ ?
जनताको मुख्य माग नै विकास हो । किन विकास भएन भन्ने प्रमुख अहिलेको पूमुख जनगुनासो हो । संक्रमण काल अझै जारी रहेकोले र स्थायी सरकार नभएकै कारण विकासले हालसम्म गति लिन सकेको छैन । इन्डियामा हेर्नुस् मोदीले अझै पाँच वर्षे आफ्नो सरकार चलाई रहनु भएको छ । मजाले आफ्नो भिजनसहित सरकार चलाई रहनुभएको छ । तर यहाँ हेर्नुस् ६÷६ महिनामा सरकार परिवर्तन हुन्छ । ०७० सालयता नेपालमा चार जना प्रधानमन्त्री भैसके । जसकारण यहाँ विकास हुन नसकेको हो ।

त्यसैले हामीले जनतालाई अनुरोध गरिरहेका छौ, वामगठबन्धनले बहुमत ल्याएमा, दुई तिहाईको सरकार बनाएमा हामी पाँच वर्षमा नयाँ विकास, नयाँ गति, नयाँ परिणाम दिन सक्छौ । आफ्नो कार्यक्रमलाई नमूनाको रुपमा अगाडी बढाउन सक्छौ । यो विषयलाई हामी जनतामाझ राख्दै आएका छौ ।

तपाईको मुख्य एजेण्डा के–के हुन ?
हाम्रो मुख्य एजेण्डा संविधान कार्यान्वयन हो । दोस्रो विषय, विकास निर्माण हो । यो चुनाव नै विकास निर्माणकै लागि हो । यसमा भौतिक संरचना निर्माण, पूल पुलेसो निर्माण, कृषि, खानेपानी, स्वास्थ्य, शिक्षालगायत आउँछन् । मैले प्राथमिकताका साथ भन्ने गरेको छु, जबसम्म राज्यले कृषि क्षेत्रमा लगानी गर्दैन तबसम्म कृषि क्षेत्रमा आधुनिकीकरण हुनै सक्दैन, देश समृद्ध बन्नै सक्दैन ।

फलतः मैले कृषिमन्त्री भएको छोटो अवधीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु गरेको छु । राज्यले कृषि क्षेत्रमा लगानी गर्नुपर्छ । साना किसानको समृद्धिले अर्थतन्त्र बजबुट बनाउँछ । अर्कोतिर राज्यले ऊर्जा क्षेत्रमा लगानी बढाउनुपर्छ । आज हाम्रो यहाँ नदी किन भयो भनेर भन्ने अवस्था छ । हामी सदुपयोग गर्न सकेका छैनौ । सदुपयोग भएको खण्डमा देशको अर्थतन्त्र त्यसै बलियो भैहाल्यो नि । जडिबुटी, पर्यटन, खानीमा लगानी गरे प्रर्याप्त सम्भावना छ । त्यसैले यी सम्भावनाको उजागर गर्ने र निकास खोज्ने नै मेरो एजेण्डा हुन् ।

तपाईको जित्ने आधार के हो ?
हामी निरन्तर जनताको सुख–दुखमा साथ दिएका छौ । संगै नमूना विकासका कार्यक्रम गरेर देखाई सकेका छौ । उदाहरणको लागि उदासीपुरमा प्रधानमन्त्रीले आधुनिकीकरण कार्यक्रम अन्तगरगत गोहु सुपर जोन स्थापना, घोडाघोडीको १ देखि ९ वडा र मुनुवा थापापुर, जोशीपुर जोडेर तेलहन जोन कार्यक्रम राखिसकेका छौ । पवेरामा धान ब्लग राख्यौ । जिल्लाभरी माछा ब्लग कार्यक्रम । भजनी, धनगढीलगायत क्षेत्रमा कृषिका विभिन्न ब्लग राखेका छौ । तत्कालीन आफ्नो क्षेत्रसहित विभिन्न स्थानमा अर्टिजन बोरिङ, सिचाई कुलो सञ्चालन गरेको छु । पहलमानपुरमा तीन हजार मेट्रिक टन क्षमताको कोल्ड स्टोरको योजना ल्याएको छु । जुन सुदूरपश्चिममै सबभन्दा ठूलो कोल्ड स्टोर हो । कैलालीमै स्थापना हुने गरी पाँच हजार मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण गर्ने निर्णय मन्त्री परिषदबाट गराएको छु । अर्को अत्तरियामा पनि कोल्ड स्टोर बनाउने निर्णय गराएको छु । बाढी नियन्त्रण तथा वस्ती व्यवस्थापनको लागि कान्द्रामा ६ करोडको आयेजना लागु गरेको छु ।

मैले मन्त्री भएको बेला रसायनिक मलको मूल्य घटाएको छु । मैले पहिलो पटक मन्त्री भएको बेला किसान आयोग बनाई दिएको छु, जुन संवैधानिक एंव पावरफुल आयोग हो । मैले किसान पेन्सनको योजना पनि बनाएको छु । हाम्रो सरकार बन्ने बित्तिकै किसान पेन्सनको कार्यक्रम लागु हुन्छ । जुनकारण मेरो जित्ने प्रयाप्त आधार छ ।

अर्कोतिर, मेरो प्रतिश्पर्धी काँग्रेस उम्मेदवार रामजनम चौधरी २६ वर्ष जितेर जानु भएको छ । उहाँ हालको ३ नम्बर क्षेत्रको पनि होइन । उहाँले जनतालाई ठग्ने काम मात्रै गर्नु भएको छ । मलाई अन्तिम पटक जिताई देउ भनेर धेरै पटक आए, तर केही गरेनन् । त्यो सब जनताले हेरिरहेका छन् । म यहाँको लोकल व्यक्ति हो, रामजनम यहाँको लागि पर्यटक हनु । दुई÷चार दिनको पहुना हुन् । उहाँले केहि नगरेकोले उहाँको लागि यहाँ ठाउँ नै छैन । अर्कोकुरा ३ नम्बर क्षेत्र कम्युनिष्टको गढ हो । यस क्षेत्रभित्र पर्ने कैलारी गाउँपालिका, घोडाघाडी नपा र भजनी नपामा स्थानीय निर्वाचनमा हामीले नै जीतेका छौ । यो क्षेत्र हाम्रो लालकिल्ला हो । जसले गर्दा हाम्रो हार्ने ठाउँ छैन ।

अबको मेरो अभियान यो क्षेत्रमा सिचाइँको व्यवस्था गर्ने, पुल पुलेसो बनाउने, खानेपानी बनाउने हो । सञ्चार, विद्युत, स्तरिया शिक्षा, सबै ठाउँमा पु¥याउने अभियान रहन्छ । निजी शिक्षकहरुको समस्या व्यवस्थापन गर्ने योजना गर्ने हाम्रो योजना हो ।

तपाईहरु पहिचानको मुद्धा धेरै उठाउनु भो, अहिले बिर्सिएकै हो ?
धेरैको जिज्ञासा यहि हो । हामीले उठाएको मुद्धा सकिएको छैन, जारी रहन्छ । भारतमा १३ प्रान्तबाट सुरु भएको थियो, अहिले २९ संघीय प्राप्त पुगेको छ । यहाँ उठेको पहिचान, संघीयताको मुद्धा कायमै छ । छलफलमै छ । एक दिनमा हल हुने हैन । आज उठायो, भोलि हुने मुद्धा होइन । बहसमा गैसकेकोले कुनै दिन यसको हल अवश्य हुन्छ ।