राजधानीमा आयोजना हुने मिस्टर एन्ड मिस थारुको ट्यालेन्ट राउन्ड आइतबार हुने भएको छ। सहभागी सबै प्रतिस्पर्धीहरुले आफ्नो प्रतीभा आइतबार प्रस्तुत गर्ने आयोजक थारु अनलाइन मिडियाका सुदीप चौधरीले जानकारी दिए। उनका अनुसार बिहान ११ बजेदेखि जमलस्थित नाचघरमा ट्यालेन्ट राउन्ड हुनेछ। Continue reading “मिस्टर एन्ड मिस थारुको ट्यालेन्ट राउन्ड आइतबार, पब्लिक च्वाइसको भोटिङ सुरु”
Author: admin
रेशम र लक्ष्मणको घरदैलो अभियानमा प्रहरी र कांग्रेसको अवरोध
धनगढी– टीकापुर घटनाका आरोपी प्रतिनिधि सभा सदस्य उम्मेदवारद्वय रेशम चौधरी र लक्ष्मण थारुको घरदैलो अभियानमा प्रहरी प्रशासन र काँग्रेसी कार्यकर्ताले अवरोध पु¥याएका छन् । Continue reading “रेशम र लक्ष्मणको घरदैलो अभियानमा प्रहरी र कांग्रेसको अवरोध”
कमलरीको लामो लडाइँ
कृष्णराज सर्वहारी।
अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस । खासगरी पश्चिम नेपालको थारू समुदायमा कमैया, कमलरीको नाममा दासप्रथा कायमै थियो । २ साउन, २०५७ मा तत्कालीन देउवा सरकारले कमैया मुक्तिको घोषणा गर्यो । तर, समयमा उनीहरूको उचित पुनस्र्थापन हुन सकेन । मुक्त कमैयालाई जमिनदारले अढिया खेती दिने नाउँमा उनीहरूका नाबालिका छोरीहरूलाई कमलरी बनाउने धन्दा अझ मौलायो ।
अन्ततः कमलरी पनि आन्दोलित भए । कमैया मुक्ति घोषणा गरेपछि कमलरीहरू पनि स्वतः मुक्त हुनुपर्नेमा आन्दोलनपछि १३ असार २०७० मा कमलरी मुक्तिको घोषणा पुनः गर्नु पर्यो सरकारलाई। Continue reading “कमलरीको लामो लडाइँ”
थारु समुदायको लागि अग्नि परीक्षा
वीरभद्र थारु।
थरुहट आन्दोलनका क्रममा २०७२ साल भदौं ७ गते कैलालीको टीकापुरमा हिंसात्मक घटना भएपछि तत्कालीन सरकार र राष्ट्रिय राजनीतिमा रहेका नेताहरुले भनेका थिए । ‘आततायी घटना घटाउने, जो कोही होस, त्यो आतंककारी हो । यो राजनीतिक घटना हुनै सक्दैन । आपराधिक मानसिकताले घटाइएको घटनामा संलग्न व्यक्ति अपराधिमात्रै होइन । आतंककारी हो ।’ Continue reading “थारु समुदायको लागि अग्नि परीक्षा”
प्रतिबद्धता पूरा नभएपछि रानाथारू समुदाय निरास
गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नं २ शुक्लाफाँटा नगरपालिका–१ बन्साहबाट वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवार बन्नुभएका विनाराम रानाथारूलाई चुनावी चटारोले छोएको छैन । Continue reading “प्रतिबद्धता पूरा नभएपछि रानाथारू समुदाय निरास”
सुकुम्बासीलाई लालपूर्जाको ग्यारेन्टी गर्ने प्रदेश उम्मेदवार चौधरीको प्रतिबद्धता
शिव चौधरी/भैरहवा।
संयुक्त बाम गठबन्धन रुपन्देही क्षेत्र नं. ३ प्रदेश सभा २ का एमाले उम्मेदवार तुलसीप्रसाद चौधरीले सुकुम्बासीलाई लालपुर्जाको ग्यारेन्टी बाम गठबन्धनले मात्रै गर्ने बताएका छन्। बुधबार क्षेत्रअन्तर्गत पर्ने बुटवल उपमहानगरपालिका वडा नं. १९ मा आयोजित भेलालाई सम्बोधन गर्दै चौधरीले २०५१ सालमा एमाले नेतृत्वको सरकार हुँदा रुपन्देहीका ६ हजार बढी सुकुम्बासीलाई लालपुर्जा वितरण गरेको स्मरण गर्दै चौधरीले त्यसपछिको समयमा काँग्रेस र राप्रपाको कारण लालपुर्जा वितरण गर्न नसकिएको बताए।
‘हामीले सुकुम्बासीलाई लालपुर्जा, भूमिहीनलाई भूमि र घरबारविहीनलाई जनता आवासअन्तर्गत घर प्रदान गर्न प्रयास गरिरहेको थियौं,’ उनले भने– ‘हामीले जनहीतमा जे–जे काम गर्छौं कांग्रेस र राप्रपाको सरकार बन्यो कि निर्णय उल्टाइदिन्छ।’
उनले क्षेत्रलाई सम्बृद्ध बनाउन आफूहरु लागि पर्ने बताउँदै जनमतको अपमान गर्ने कांग्रेस राप्रपालाई सबैले दण्डित गर्नु पर्ने बताए । मोतिपुर औद्योगिक क्षेत्र निर्माण गर्दा अधिग्रहण पर्ने र घरबारविहीन हुनेलाई उचित क्षतिपूर्ति र आवासको व्यवस्था गठबन्धनले गर्ने जनाउँदै चौधरीले आफूले जिते जनतामाझ गरेको प्रतिबद्धता पूरा गर्ने बताए।
बुधबारै क्षेत्रअन्तर्गत पर्ने रानीबारी, पोखराबारी, पञ्चनगर र रानीपुरमा आयोजित छुट्टाछुट्टै भेलालाई सम्बोधन गर्दै चौधरीले स्थानीय तहमा सचालित सरकारी तथा गैरसरकारी विद्यालयहरुमा अगंग्रेजी माध्यमलाई प्रोसाहित गर्न एक विद्यार्थी एक अनुसन्धान, एक विद्यालय एक आविस्कारको नारालाई क्रमशः लागू गर्ने बताए । उनले सबै भाषा, धर्म, संस्कृति, जातजातिको अधिकारको सुनिश्चितता गर्न आफ्नो क्षेत्रबाटै अभियान सञ्चालन गर्ने बताए ।
बमले उडाएको विनोद चौधरीको सपना
बसन्त विवश आचार्य।अनलाइनखबर।
तुलसीपुर उपमहानरपालिका क्वाडीका विनोद चौधरीले डेढ वर्षीया छोरीलाई काखमा हाले, गाला सुम्सुम्याए अनि श्रीमती अञ्जनालाई छोरी थमाएर ‘बाई’ गर्दै भने, ‘साँझ आउँछु चकलेट लिएर ।’ छोरीले अर्थ बुझिन् या बुझिनन्, हात हल्लाइन् र मख्ख परिन् । Continue reading “बमले उडाएको विनोद चौधरीको सपना”
प्रदेश २ को राजधानी बारा वा पर्सा बनाउने चौधरीको घोषणा
नागेन्द्र चौधरी/बारा
बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका उम्मेदवार देवनारायण चौधरीले प्रदेश नम्बर २ को राजधानी बारा वा पर्सामा बनाउने बताएका छन्। जितपुर सिमरा वडा १ मा आयोजित घरदैलो कार्यक्रममा चौधरीले आर्थिक समृद्धिको हिसाबले बारा पर्सा अगाडि रहेकाले प्रदेशको राजधानी पनि यहीँ हुनुपर्ने बताए। Continue reading “प्रदेश २ को राजधानी बारा वा पर्सा बनाउने चौधरीको घोषणा”
को बन्ला मिस थारु २०१७ ?
थरुहट आन्दोलनका अटल योद्धा भानुलाई सम्झँदा
माधव थारु।
उमेरले ६२ कटिसकेका भानुराम थारु, जोश र आक्रोशले युवा भन्दा कम छैनन् । २५ वर्षसम्म हुलाक कर्मचारी हुँदा समेत उनी समाजका लागि चिन्तन मननमा ब्यस्त थिए । ०५४ बैशाख १० मा हुलाकबाट अवकाश पाएपछि एमालेका संगठित सदस्य भएर काम गरे । उनले ०५४ देखि ०६४ सम्म गाउँकै जनसेवा प्राथमिक बिद्यालयमा संस्थापक अध्यक्ष, ०५५ मा थाकसका क्षेत्रीय सभापति, ०५७ मा बनदेवी सामुदायिक बनका अध्यक्ष, ०५८ मा सामुदायिक बन उपभोक्ता समन्वय समिति सु.प.को संस्थापक अध्यक्ष, ०६२ देखि ०६६ सम्म थाकस कैलालीका सभापति, ०६४ मा आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कैलालीका उपाध्यक्ष, ०६४ मा लक्ष्मण थारुले गठन गरेको संयुक्त थारु राष्ट्रिय मोर्चाका सल्लाहकार, ०६५ देखि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय सदस्य, थरुहट स्वायत्त राज्य परिषदका केन्द्रीय उपाध्यक्ष, ०६८ श्रावण २७ गते गठन भएको थरुहट तराई पार्टीका उपाध्यक्ष भई काम गरे । लक्ष्मण थारु २०६९ साल असोज १८ गते देउखुरीमा सम्पन्न मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) को आम सभामा पार्टी प्रवेश गर्दा पनि भानुराम थारु मुद्दा छोडेनन्, पार्टीलाई जोगाई राखे, उनमा बिचलन आएन । लक्ष्मण थारु लोकतान्त्रिक फोरममा प्रबेश गरेपछि असोज १९ गतेदेखि उनी थरुहट तराई पार्टीको कार्यबाहक अध्यक्ष भए र ०६९ कार्तिक १२ देखि अध्यक्ष पदमा रही काम गरे । धेरै आरोह र अवरोह पार गरे उनी । Continue reading “थरुहट आन्दोलनका अटल योद्धा भानुलाई सम्झँदा”