आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालका आदिवासी थारु समुदायमा देखिएको ‘सिकलसेल एनिमिया’ रोगका बारेमा संयुक्त राष्ट्रसङ्घको ध्यान जानुपर्ने बताउनुभएको छ । Continue reading “‘सिकलसेल एनिमिया’का बारेमा राष्ट्र संघले सोच्नुपर्छ : अध्यक्ष मगर”
Author: Madan Kumar
लेखिँदैछन् अक्षरहरू
रेशम चौधरी
एउटै मूल नभिजे धरती
उठ्दैन देश नसुधारे मति
हरायो माटोको ममता
घरभित्र आगो लागेपछि
– वखत कठेत् ।
कविता आफैंले बोल्छ, उनी माटो प्रेमी हुन्।
राष्ट्र उनको आत्मा र राष्ट्रियता उनको अंग हो। एक विहानी उनी जेलमा केही पुस्तक बोकेर आए। सामान्य परिचय भो। एक कप कफी पिए। आफ्नै बाटो लागे। भलाकुसारीका बखत उनैले बोले- मैले तपाईँको बारे उपन्यास लेखेको छु- फूल्की| सँगै आएका पूर्व परिचित लेखक रमेशमोहन अधिकारीले दुवैका बारे संबादिए। बस्,
त्यत्ति हो चिनजान।
उपन्यासको सुरुवाती कविताले दाह्रा किट्दै मुट्ठी कसें मैले।
बहादुर ऐतवालले चिट्ठी दिए
प्रेमसिंह धामीले प्रेम र पसिना दिए
कसैले उखान टुक्का र रमाइलो दिए
गोविन्द गौतमले रगत दिए
रविन्द्र जैसवालले पहरा दिए
रामप्रसाद चमारले बलिदान दिए.
सजाउँदै शब्द शब्दले पूजा गरेँ जसबार
जन्मियो फुल्की बस।
बखत कठेतले आफ्नो उपन्यासमा मेरो पीडा, ममाथि भएको घोर अन्याय र पुस्तकको पात्र फुल्कीमार्फत् किन ओकलाए त्यो त उपन्यास पढे थाहा होला । तर वास्तविकता यही हो, एक लेखक साहित्यकारले आफ्नो कलमबाट झुठ लेख्न सक्दैन। लोकको कहीँ भएको अन्याय उसले सहन गर्न सक्दैन।
लेखकले पात्र भेट्नै पर्दैन। पात्रको पीडा उसले कहीँबाट पनि प्राप्त गर्नसक्छ। चाहे पढेर होस्, चाहे सुनेर। बखत कठेतले मलाई चिन्नै परेन। उनको र मेरो पहिलो वा अहिलेसम्मको अन्तिम पुस्तक फुल्की दिएकै दिन हो। उनी उपन्यासकै फुल्की पात्रमार्फत् कहाउँछन- ‘रेशम अलि पढेलेखेका उद्यमि, गायक, कलाकार, खेलाडी, पत्रकार र बहुआयामिक व्यक्ति हुन्।’
गणतन्त्र आयो, संघीयता आयो। हामीलाई उचाल्ने सत्तामा पुगे। हाम्रो बिल्लीबाठ भयो। केही साथीहरूलाई जेलमा पुर्याए। त्यस्तै एउटा पात्र हुन्- रेशम चौधरी।
फुल्की उपन्यासकी अर्की पात्र धर्ति कहन्छिन्- घटना घट्यो, जसले रेशम चौधरीको जीवनमा आँधीबेहरी ल्यायो। सात प्रहरी र एक बालक हत्याको आरोप लगाएर उनलाई जेल हालियो। सरकारी कर्फ्यूका बीचमा उनको घर, रेष्टुरेन्ट, एफएममा आगो लगाइयो। घटना घट्दा नेपाल टेलिकमको कल डीटेलले उनी बर्दियामा रहेको पुष्टि गर्छ। तैपनि उनलाई जेल हालियो। तिनीहरूलाई रेशम चौधरीको आँशु लग्नेछ।
टीकापुरका स्थानीय थारु साथीहरू मलाई जेलमा आएर सुनाउँछन्- घटना घटेको दुई तीन महिना त पुस्तक लेख्छौं भनेर टीकापुर आउने लेखकको बाढी नै लागेको थियो रे। सबैजसोले पुस्तक लेख्छु भन्थें र घटनाको बारेमा भन्न खोज्दथे। तर जब थारूहरू यस घटनामा संलग्न छैनन् भन्ने बारेमा वास्तविकता थाहा हुन्थ्यो अनि विभिन्न बहानामा टीकापुरबाट सुइकुच्चा ठोक्थे। यस्तो गर्नेमा कोही त त्रिभुवन विश्व विद्यालयका प्रध्यापकसमेत थिए रे! (रे, होइन थिए नै तर यहाँ मैले नाम उल्लेख गर्नु उचित सम्झेन)
मेरो बारेमा थोरै भए पनि अंश लेखिएको अर्को उपन्यास हो- मिन्झारी। यसका लेखक हुन्- महेन्द्र उपाध्याय। मिन्झारी उपन्यासको अन्तिम गातामा लेखिएको छ, ‘पहाडिया भनेका मिन्झारीका बाघ हुन्। यी रगत खानेलाई हामीले दुध खुवाइरह्यौं।’
महेन्द्र उपाध्याय आफैं पहाडिया हुन्। तिनले किन त्यसो लेखे, मैले माथि लेखकको वास्तविकताका बारेमा लेखेबाटै थाहा हुन्छ। एक तथ्य जानकार लेखकले बरु लेख्दैन तर असत्य लेख्न सक्दैन। यही स्वरूपता महेन्द्रमा पनि झुल्कियो कि?
मिन्झारी उपन्यासको २०१ पृष्ठमा उनले लेखेका छन्- चुनावको नतिजा भटाभट आउन थाल्यो। कैलाली क्षेत्र नं-१ बाट रेशम चौधरीको जीत भयो। फेरि गाउँ दुई हिस्सामा बाँडियो। थारूहरू खुसी भए पहाडी दुखी। गाउँमा दुवै वर्गको अनुहार हेर्नलायक बन्यो। फेरि केही दिन पहाडीका पसलहरूमा थारू ग्राहक घटे। बोलचाल घट्यो। सामाजिक दूरी बढ्यो।
म चाहन्थें, मेरा बारेमा म आफैं लेखुँ। आफ्नो बारेमा आफैंले लेखे यो सबै प्रष्टिन्छ, अरुले लेखे क्या हो, क्या हो।
अहिले जेलमा आएर मेरो बारेमा पुस्तक लेख्छु, फिल्म बाउँछु भन्नेको संख्या उल्लेखनीय छ। मलाई देवत्वकरण गरेर लेखिने पुस्तक, फिल्म आदिका बारेमा भन्दा हाम्रो सिंगो समुदायलाई राज्यले न्याय दिदिए ठीक हुन्थ्योजस्तो लाग्छ। राज्यको सबै संरचनामा थारू हेपिएको देख्दा मन कुँडिएर आउँछ। राज्यको तीनै तह, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा थारू प्रायशून्य छन्। करिब तीस लाख जनसंख्या भएको थारू समुदायका आज एक जना पनि सिडिओ, जर्नेल, डिआइजी न्यायाधीश छैनन्। राज्यको पूर्नसंरचनामा थारूलाई समावेश नगर्ने राज्यसत्ता शासकको कस्तो स्वार्थ हो?
साँच्चै भन्नुपर्दा हामीहरू अपहेलित भएकै छौं। भर्खर भर्खर कलम चलाउनेको जमातले हामीलाई अन्याय भएको लेख्न थालेका छन्। जुन निकै सकारात्मक पक्ष हो। अब हामीले अपेक्षा गरेको सबै पक्षबाट हामीलाई न्याय होस्। पाँच वर्षे जेल जीवनमा मैले जाने बुझेको कुरो एउटै हो, ‘जेलमा भन्दा बाहिर अपराधी धेरै छन्। अधिकांश कैदी परिवारका कारण जेल यापन गर्न बाध्य छन् भने साँच्चिकै अपराधीहरूको हातमा सबथोक छ। सिंगो राज्य छ। उनैका स्वार्थ खातिर धेरै नागरिकको घर जेल हुन पुगेको छ।
हाल : डिल्लीबजार, कारागार
थारू सांसदहरू संसद्को कुन कुन समितिमा परे?
प्रतिनिधिसभाको आजको बैठकले विषयगत १० समितिमा रहने सांसदको नाम अनुमोदन गरेको छ । सभामुख देवराज घिमिरले राख्नुभएको उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले मनुमोदन गरेको हो । Continue reading “थारू सांसदहरू संसद्को कुन कुन समितिमा परे?”
कांग्रेस सांसद बिना थनेत संसदको २६ बैठकमा अनुपस्थित
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा १० वा सो भन्दा बढीपटक अनुपस्थित सांसदहरुको नाम सार्वजनिक गरेका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा विभिन्न कारण देखाएर संसद बैठकमा लामो समय अनुपस्थित ५ सांसदको नाम सार्वजनिक गरेका हुन्। Continue reading “कांग्रेस सांसद बिना थनेत संसदको २६ बैठकमा अनुपस्थित”
मुख्यमन्त्री डिल्ली चौधरीले लिए सपथ, नागरिक उन्मुक्तिबाट धर्मबहादुर बने मन्त्री
लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ लिएका छन् । कांग्रेस संसदीय दलका नेता चौधरीले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालय आज शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्य मन्त्रीको पद तथा गोपनियताको शपथ लिएका हुन् । Continue reading “मुख्यमन्त्री डिल्ली चौधरीले लिए सपथ, नागरिक उन्मुक्तिबाट धर्मबहादुर बने मन्त्री”
भूमिपुत्र थारू मुख्यमन्त्री बनेको दिन, दासताविरुद्ध लडेका डिल्ली चौधरी
कुनै बेला डिल्लीबहादुर चौधरीको परीवार जमिन्दारको घरमा कमैया बसेको थियो। पढाइ लेखाइ उनको समुदायमै आकाशको फलजस्तै थियो। चौधरी समुदायका उनै मान्छे अर्थात डिल्लीबहादुर चौधरीको यात्रा प्रदेश नेतृत्वसम्म पुगेको छ। Continue reading “भूमिपुत्र थारू मुख्यमन्त्री बनेको दिन, दासताविरुद्ध लडेका डिल्ली चौधरी”
कैलाली र कञ्चनपुरमा मुक्तकमैया कमलरी पुनःस्थापन अधिकार यात्रा
मुक्तकमैया कमलरी पुनः स्थापन अधिकार यात्रा २०८० कैलाली र कञ्चनपुरमा आजदेखि एकै साथ सुरु गरिएको छ । पुनः स्थापन हुनबाट छुटेका मुक्तकमैया र कमलरीको पुनः स्थापनको माग गर्दै मुक्तकमैया समाजले यात्राको थालनी गरिएको हो । Continue reading “कैलाली र कञ्चनपुरमा मुक्तकमैया कमलरी पुनःस्थापन अधिकार यात्रा”
सिकलसेल एनिमियाबारे स्थानीयलाई सचेत गराइँदै
बाँकेको कोहलपुर नगरपालिका-४ गोहवाका स्थानीयलाई सिकलसेल एनिमिया तथा थालेसेमिया रोगबारे सचेत बनाउन थालिएको छ। भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सलट्यान्ट फिजिसियन तथा सिकलसेल विज्ञ डा राजन पाण्डेले सिकलसेल र थालेसेमिया रोगले पुर्याउने क्षति र त्यसबाट सर्तकता अपनाउने विषयमा सचेत गराए। Continue reading “सिकलसेल एनिमियाबारे स्थानीयलाई सचेत गराइँदै”
कतारलाई हराउँदै नेपाल बन्यो समूह विजेता, सेमिफाइनलमा कुवेतसँग भिड्ने
एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितमा नेपाल समूह ‘ए’ को समूह विजेता सेमिफाइनल प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले कतारलाई ६८ रनले पराजित गर्दै समुह ‘ए’ को विजेता बन्न सफल भयो। Continue reading “कतारलाई हराउँदै नेपाल बन्यो समूह विजेता, सेमिफाइनलमा कुवेतसँग भिड्ने”
थारू समुदायबाट पहिलो मुख्यमन्त्री बने डिल्ली चौधरी
लुम्बिनी प्रदेशमा कांग्रेस डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा नियुक्त गरेका हुन्। Continue reading “थारू समुदायबाट पहिलो मुख्यमन्त्री बने डिल्ली चौधरी”