चीनको ५जी सपना धरापमा, खर्बौँ खर्चपछि पनि अपेक्षित सफलता भएन

२०१९ मा चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) ले दूरसञ्चार क्षेत्रमा क्रान्तिकारी कदमका रूपमा ५जी महत्वाकांक्षा सार्वजनिक गर्दा यसलाई विश्व नेतृत्वतर्फको “स्मारकीय छलाङ” का रूपमा प्रचार गरिएको थियो। राष्ट्रिय सुरक्षा, औद्योगिक विकास र डिजिटल प्रभावमा दीर्घकालीन प्रभुत्व स्थापित गर्ने योजनासहित सुरु गरिएको यो परियोजनामा चार वर्षमै १.८ ट्रिलियन युआनभन्दा बढी लगानी भयो। देशभर ४.४ मिलियनभन्दा बढी आधार स्टेशन स्थापना गर्दै चीनले विश्वको करिब ६० प्रतिशत ५जी पूर्वाधार निर्माण गर्‍यो।

तर, अनुपम संरचना र ठूलो लगानीको बाबजुद पनि प्रणाली न आर्थिक रूपमा लाभदायी भयो, न रणनीतिक रूपमा दिगो रह्यो। सरकारी स्वामित्वका चाइना मोबाइल, चाइना टेलिकम र चाइना युनिकमलाई व्यापक रूपमा टावर निर्माण गर्न लगाइए पनि लगानीको प्रतिफल कमजोर रह्यो। पूर्वाधार मर्मत खर्चिलो छ र प्रयोगकर्ताको संलग्नता न्यून।

उपभोक्ता सर्वेक्षणहरूले पनि नीति निर्माणमा आधारभूत त्रुटि उजागर गरेका छन्। धेरै प्रयोगकर्ताले ४जी सेवासँग तुलना गर्दा ५जीबाट न्यून मात्र लाभ पाएका छन्। भिडियो स्ट्रिमिङ, ब्राउजिङ र सामाजिक सञ्जालजस्ता गतिविधि ४जीमा नै पर्याप्त गतिमा र कम लागतमा सम्भव भएकाले ५जीको माग बढेन। एक पूर्व टेलिकम कार्यकारीका अनुसार, ५जीले अपेक्षित राजस्व वृद्धि पनि दिलाउन सकेन। उल्टै, ५जी नेटवर्क सञ्चालनमा दैनिक करिब १ अर्ब युआन बराबरको बिजुली खर्च हुने तथ्य सार्वजनिक भएको छ।

विशेषज्ञहरूका अनुसार, ५जी पूर्वाधारलाई उपयोगिताभन्दा पनि “शक्ति प्रदर्शन” को प्रतीकका रूपमा निर्माण गरियो। प्रयोगकर्ताको वास्तविक आवश्यकता भन्दा पनि केन्द्रीय आदेशअनुसार परियोजना अघि बढाइयो। यसबीच चीनले नयाँ रणनीतिक मोड लिँदै कम-पृथ्वी कक्षा (LEO) उपग्रह इन्टरनेटतर्फ ध्यान केन्द्रित गर्न थालेको छ। अप्रिलमा जिउक्वान स्पेसपोर्टबाट चार परीक्षण उपग्रह प्रक्षेपण गर्दै सीसीपीले स्थलीय ५जी मोडेलको सीमितता स्वीकार गरेको संकेत दिएको हो।

चीनका उपग्रह कार्यक्रम प्रमुख युआन जुनग्याङका अनुसार, वर्तमान ५जी प्रणालीमा भौगोलिक सीमाबद्धता, उच्च ऊर्जा खपत, कम-उचाइका ड्रोनका लागि कमजोर समर्थन, र आपतकालीन अवस्थामा सीमित लचिलोपनजस्ता संरचनागत कमजोरी छन्। यी समस्याले केवल प्रविधि मात्र होइन, रणनीतिक क्षमतामा पनि असर पार्छन्।

विश्लेषकहरूले यो मोडलाई सीसीपीको आफ्नै प्रमुख पहलको असफलता स्वीकार गर्ने संकेतका रूपमा लिएका छन्। ताइवानका रक्षा विज्ञहरूको मूल्याङ्कनमा, चीनको ५जी महत्वाकांक्षा अर्धचालक आपूर्तिमा निर्भर रहेकाले विदेशी प्रविधि प्रतिबन्धले ठूलो असर पारेको छ। विशेष गरी ताइवानको TSMC निर्मित ७ न्यानोमिटर प्रोसेसरमा निर्भरता हुँदा अमेरिकी निर्यात नियन्त्रणले हुवावे जस्ता कम्पनीलाई धक्का पुर्‍याएको छ।

घरेलु चिप उत्पादन प्रयास सफल नभएपछि हुवावेलाई फेरि ४जी स्मार्टफोन बजारमा ल्याउन बाध्य हुनुपर्‍यो, जुन ५जी युगमा चीनको प्रभुत्व स्थापनाको दाबीविरुद्धको विडम्बना हो। एक रणनीतिक विश्लेषकका अनुसार, स्थलीय ५जी वा उपग्रह इन्टरनेट, दुवैका लागि अत्याधुनिक अर्धचालकको पहुँच अपरिहार्य छ।

उपग्रह क्षेत्रमा पनि चीनको लक्ष्य चुनौतीपूर्ण देखिन्छ। १२,००० LEO उपग्रह तैनाथ गर्ने योजना पश्चिमी कम्पनी स्टारलिङ्कको २०२७ सम्म ४५,००० भन्दा बढी उपग्रह प्रक्षेपण योजनासँग तुलना गर्दा महत्वाकांक्षी मात्र देखिन्छ। पश्चिमी मोडेलमा ४जी स्मार्टफोनसँग अनुकूलता, विकेन्द्रीकृत नवप्रवर्तन प्रणाली, र निजी पूँजीको पहुँचजस्ता फाइदा छन्, जुन चीनको राज्य-केन्द्रित मोडेलले सजिलै दोहोर्याउन सक्दैन।

चीनको ५जी परियोजना अब सावधानीपूर्ण उदाहरणका रूपमा प्रस्तुत भइरहेको छ, खर्बौँ खर्च, सीमित उपलब्धि, अत्यधिक केन्द्रीकरण, चिप निर्भरता र रणनीतिक असंगति। उपग्रह इन्टरनेटतर्फको हालको मोडलाई विशेषज्ञहरूले आत्मविश्वासी अगाडि बढाइभन्दा पनि “भेषमा पछि हट्ने” कदमका रूपमा देखेका छन्।

विश्लेषकहरूको निष्कर्ष स्पष्ट छ, पूर्वाधार मात्र निर्माण गरेर दूरसञ्चारमा विश्व नेतृत्व हासिल हुँदैन; यसको लागि रणनीतिक स्पष्टता, प्रविधि स्वावलम्बन, र दिगो नवप्रवर्तन प्रणाली अपरिहार्य हुन्छ।

आदिवासीको ज्ञान र सीप जोगाउन प्रविधि प्रयोगमा सचेत हुनुपर्ने जोड

आदिवासी जनजातिको हक अधिकार र भविष्य सुरक्षित गर्न प्रविधिको प्रयोगमा सचेत भएर गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् । ३१औं विश्व आदिवासी दिवसको अवसरमा ‘आदिवासीहरूको भविष्य र एआइ’ विषयक अन्तरक्रियामा आदिवासी जनजाति विद्यार्थी, अधिकारकर्मी, अनुसन्धानकर्ता तथा नागरिक अगुवाहरूले आदिवासी जनजातिका सरोकारवालाहरूले यस्तो धारणा राखेका हुन् ।

उनीहरूले प्रविधिको बढ्दो प्रयोगले परम्परागत ज्ञान र सीप जोगाउने नामम कतै मौलिक भाषा र सीप त लोप हुँदैन भन्‍ने चिन्ता समेत व्यक्त गरे । साथै उनीहरूले एआइको प्रयोगमार्फत आदिवासी भाषाको अभिलेखीकरण, सांस्कृतिक सम्पदाको डिजिटल संरक्षण र आर्थिक अवसर सिर्जनासम्बन्धी सुझाव दिए ।

कार्यकममा आदिवासी जनजाति आयोगका अध्यक्ष तथा नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका संस्थापक अध्यक्ष एवं सल्लाहकारसमेत रहेका रामबहादुर थापा मगरले प्रविधिको द्रूत विकासले आदिवासी जनजातिको हक अधिकार सुरक्षित गर्न सचेत र सक्रिय रहनुपर्ने आवश्यकता औंल्याए ।

उनले भने, ‘ अहिले प्रविधिको विकास तीव्र गतिमा विकासभइरहेको छ। तर, आदिवासी जनजातिको आफ्नै परम्परागत सी र ज्ञान छ । यसलाई प्रविधिको प्रयोग सचेत भएर गर्नुपर्छ। हाम्रा हक र अधिकार पाउन पनि प्रविधिमा सक्रिय रहनु आवश्यकता छ।’ अहिले एआई प्रविधि आदिवासी जनजातिको लागि जाने अवसर र नजाने चुनौती दुवै हुन सक्‍ने उनको भनाइ छ।

‘कृत्रिम बुद्धिमत्ता (एआई) अवसर र चुनौती दुवै हो। यो प्रविधिले हाम्रो भाषा, संस्कृति र पहिचानलाई संरक्षण गर्न सहयोग पुर्‍याउन सक्छ, तर यदि राम्रोसँग चलाउन नजाने यसले बाह्य प्रभावमार्फत लोप हुने खतरा पनि बढाउन सक्छ,’ उनले भने, ‘त्यसैले आदिवासी समुदाय स्वयं प्रविधि सिकेर, त्यसमा सहभागिता जनाएर मात्र आफ्नो भविष्य सुरक्षित गर्न सक्छ।’

कार्यक्रममा नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष चन्द्रप्रसाद चौधरीले विद्यार्थीस्तरमै प्रविधि र यसको प्रयोगबारेको ज्ञान विस्तार गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘ आजको पुस्ताले एआईलाई केवल उपभोक्ता भएर होइन, सिर्जनाकर्ता भएर आत्मसात् गर्नुपर्छ। हामीले प्रविधिको प्रयोगले हाम्रो सामुदायिक ज्ञानलाई डिजिटल रुपान्तरण गर्दै आगामी पुस्ताका लागि सुरक्षित राख्नुपर्छ।’

प्रविधि आदिवासीको हक र अधिकारका लागि अभिषाप नभई बरदान हुन सक्ने भन्‍दै यसको सही सदुपयोग गर्नुपर्नेमा उनको जोड थियो।

कार्यक्रममा एआइ विज्ञ नवराज गुरुङले कृत्रिम बुद्धिमत्ताको आधारभूत सिद्धान्त, यसका प्रयोगका सम्भावना तथा आदिवासी समुदायका लागि यसले ल्याउने अवसर र जोखिमबारे कार्यपत्र प्रस्तुत गरेका थिए । साथै टहल थामीले ‘आदिवासीहरूको भविष्य र एआइ’ शीर्षक कार्यपत्रमा नीतिगत तयारी, स्रोत साधनको पहुँच र प्रविधि–मैत्री शैक्षिक संरचना निर्माणको आवश्यकता रहेको औंल्याए।

कार्यक्रममा एआईबारे आदिवासी जनजाति विद्यार्थीहरूले सक्रिय सहभागिता जनाउँदै विभिन्न प्रश्नहरू जिज्ञासापूर्वक राखेका थिए। उनीहरले आदिवासी जनजातिले बोल्न र लेख्ने भाषाको डिजिटल संरक्षण, ग्रामीण क्षेत्रमा प्रविधिको पहुँच, र एआई प्रयोग गर्दा सम्भावित सांस्कृतिक चुनौतीबारे जिज्ञासा र छलफल गरेका थिए ।

आदिवासी जनजाति महासंघ युएईको अध्यक्षमा भागरथी कुमार भगत निर्वाचित

नेपाल आदिवासी जनजाति महासंघ युएईको अध्यक्षमा भागरथी कुमार भगत निर्वाचित भएका छन्। दुबईमा सम्पन्न महासंघको भेलाले मोरङ निवासी भागरथीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। उनी थारू कल्याणकारिणी सभा युएईको सभापति पनि हुन्।

उनले आगामी २०२७ सम्मका लागि महासंघको अध्यक्षमा निर्वाचित भएका हुन्। विभिन्न जातीय संस्थाहरूको सहभागितामा आइतबार दुबईस्थित क्लब एसके सेभेनमा ३१औं आदिवासी दिवस पनि मनाइएको थियो।

नेपाली दूतावासका उपमहावाणिज्य दूत कृष्णप्रसाद चापागाईंले कार्यक्रमको उद्‍घाटन गरेका थिए। उनले आदिवासी जनजातिहरूले विश्वमै आफ्नो संस्कृति र कलाको जगेर्ना गर्दै आएको बताए। कार्यक्रममा जातीय संस्थाहरूले झाकी पनि प्रस्तुत गरेका थिए।

त्यसलगत्तै भएको भेलाबाट भागरथी आगामी सत्रका लागि अध्यक्षमा सर्वसम्मत बनेका थिए। सभापति भएपछि थाकस युएईले पनि बधाइसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

त्य्तै मिस्टर एन्ड मिस इन्डिजेनियस युएईको प्रतियोगितामा किसनलाल चौधरी र कशिा महतो सहभागी बनेका थिए। किसानल मिस्टर इन्डिजिनियसको उपाधि पनि जितेका थिए। मिसतर्फ भने देवीकमाया सुनुवारले उपाधि जितेकी थिइन्।

छोरीको पढाइको जिम्मेवारी प्रशासनले लिएपछि भरतको शव बुझ्न तयार भए परिवार, प्रहरीमा दिए जाहेरी

कैलाली कारागारभित्र कैदीबन्दीबीच कुटपिट हुँदा मृत्यु भएका धनगढी उपमहानगरपालिका-४ का ३६ वर्षीय भरत चौधरीको शव उठाउन परिवार चौथो दिन सोमबार तयार भएका छन्।

प्रदेश सरकारले मृतकका परिवारलाई प्रदेश सरकारद्वारा पाँच लाख क्षतिपूर्ति घोषणा र छोरीको पढाइको जिम्मेवारी प्रशासनले मिलाउने प्रतिबद्धता जनाएपछि शव बुझ्न तयार भएको मृतकका भाइ विजय चौधरीले बताए।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले शवको पोस्टमार्टम सकिएको र आजै आफन्तलाई शव बुझाउन लागिएको बताए। मृतकका परिवारले हत्यामा संलग्न कैदीबन्दीको पहिचान गरी कारबाहीको दायरामा ल्याउनु पर्ने, हाल आठ कक्षामा अध्ययनरत छोरी बन्दनालाई सरकारले नि:शुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने माग राख्दै थिए।

यसैबीच उनकोको परिवारले प्रहरीमा जाहेरी दिएको छ। शुक्रबार रातिको घटनामा चौधरीमाथि आक्रमण गरेर हत्या गर्ने कैदीबन्दीको पहिचान गरेर कारवाहीको दायरामा ल्याउन माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उनको परिवारले सोमबार जाहेरी दिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जाहेरी प्राप्त भएको बताए। सोही जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएकोले संलग्न कैदीबन्दीको पहिचान गरेर कारबाही दायरामा ल्यायने उनले बताए।

लागूऔषध सेवनको आरोपमा चौधरीलाई माघ ४ गते प्रहरीले घरबाटै पक्राउ गरेको थियो। परिवारका अनुसार करिब एक महिना प्रहरी थुनामा रहेपछि डेढ वर्षको जेल सजाय तोकिएर कारागार चलान गरिएको थियो। भरतको परिवारमा कक्षा आठमा अध्ययनरत एक छोरी, आमा र भाइ छन्।

थारु पत्रकार संघले ‘फुलरिया’ प्रकाशनलाई निरन्तरता दिने

थारू पत्रकार संघले संस्थाको मुखपत्र फुलरिया प्रकाशनलाई पुनः निरन्तरता दिने निर्णय गरेको छ। चितवनको सौराहास्थित होटल भिष्टामा बसेको केन्द्रीय समितिको बैठकले केही वर्षयता अवरुद्ध भएको प्रकाशनलाई पुनः नियमित गर्ने निर्णय गरेको हो।

बैठकले फोनिजको स्थापना दिवसमा संस्थागत रूपमा सक्रिय सहभागिता जनाउने निर्णयसमेत गरेको छ। संघीय समितिले काठमाडौंमा आयोजना गर्ने विशेष कार्यक्रम तथा जिल्ला शाखाले गर्ने कार्यक्रममा पनि सक्रिय उपस्थिति रहने संघले जनाएको छ।

केन्द्रीय अध्यक्ष सन्तकुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले संस्थाको प्रगति र अवस्थाबारे समीक्षा गर्दै कार्तिक मसान्तभित्र सबै जिल्लामा अधिवेशन सम्पन्न गर्ने, विधान संशोधनको कामलाई पूर्णता दिने र संस्थाको योजनाहरूलाई प्रभावकारी बनाउन कार्ययोजना तयार गर्ने निर्णय गरेको छ। कार्य सम्पादनमा सहजताका लागि अध्यक्ष चौधरीकै नेतृत्वमा पाँच सदस्यीय सचिवालय समिति पनि गठन गरिएको छ।

बैठकमा सल्लाहकार कृष्णराज सर्वहारी, अक्षयकोष दाता तथा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य डा। मनोजकुमार चौधरी र उनकी धर्मपत्नी हेमा चौधरी, थारु कल्याणकारिणी सभा चितवनका जिल्ला सभापति ललितकुमार चौधरीलगायत थारु पत्रकार संघका सम्पूर्ण कार्यसमिति सदस्यहरूको उपस्थिति थियो।

कैलाली कारागार घटना : अकालमै ज्यान गुमाए भरत चौधरी, कम्तीमा ९ जना थारूहरू घाइते

कैलाली कारागारमा एक जनाको मृत्यु र ४९ जना घाइते हुने गरी हिंसात्मक घटना पूर्णरूपले अझै साम्य हुन सकेको छैन । घटनापछि कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएका छन् । उनीहरूले सुरक्षाकर्मी र कारागार प्रशासनका कसैलाई पनि त्यहाँ प्रवेश गर्न दिएका छैनन् । सोही कारण कारागारभित्रको वास्तविक कुरा सार्वजनिक हुन सकेको छैन ।

मानव अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयको टोलीसँग कैदीबन्दीहरूले कैलालीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोगनबहादुर हमाल र प्रमुख प्रहरी उपरीक्षक(एसपी) बालनरसिंह राणा बाहेकका माथिल्लो तहका प्रतिनिधिलाई मात्र भेट दिने बताएका छन् । उनीहरूले गृह मन्त्रालय र कारागार व्यवस्था विभागका प्रतिनिधिसँग मात्र वार्ता गरेर आफ्ना माग राख्ने बताएको मानव अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले जनाएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले अहिलेसम्म सुरक्षाकर्मी प्रवेश गर्न नपाएको कुरा सत्य भएको बताए । दिउँसो मानव अधिकार आयोगको टोलीसँगै कारागारको निरीक्षणमा जाने तयारी रहेको उनले बताए । हमालले अहिले कैदीबन्दीका आफन्तहरूले भेट गरिरहेको जानकारी पाएको बताए ।

कैदीबन्दीहरूले कारागारभित्र भइरहेका समस्याका बारेमा पटक–पटक स्थानीय प्रशासनले वेवास्ता गरेको आरोप लगाएका छन् । १४ साउनमा कारागारमा रहेका ५९० जना कैदीबन्दीले मानव अधिकार आयोगलाई ध्यानाकर्षण पत्र पठाउदै कारागारभित्र आफूहरू असुरक्षित रहेको भन्दै सुरक्षा माग गरेका थिए ।

सोही पत्रका आधारमा आयोगले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, कारागार विभाग लगायतका निकायलाई पत्राचार गर्दै उचित सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको थियो । तर उक्त कुरालाई गम्भीर रूपमा नलिँदा शुक्रबार हिंसात्मक घटना हुन पुगेको मानव अधिकार आयोगको ठहर छ । उसले कारागारको सुरक्षा व्यवस्था फितलो रहेको जनाएको छ ।

शुक्रबार ब्लक ए मा रहेका कैदीबन्दीको समूहले भित्ता फुटाएर ब्लक बी मा रहेका कैदीबन्दीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । आक्रमणमा गरी धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४९ जना घाइते छन् । घाइतेहरूमध्ये गोदावरीका आयुश भट्टलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने दुई जनाको सेती प्रादेशिक अस्पतालको आईसीयूमा उपचार जारी छ ।

अन्य घाइते सेती अस्पताल मातहतकै कोरोना विशेष अस्पतालमा राखेर उपचार भइरहेको छ । १५० जना क्षमताको कैलाली कारागारमा करीब सात सय जनालाई राखिएको छ । कैलाली कारागारमा एक जनाको मृत्यु हुनेगरी भएको झडपबारे छानबिन गर्नका लागि छानबिन समिति बनेको छ । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिव रहेको छानबिन समिति बनेको डीएसपी राज कुमार सिंहले जानकारी दिए ।

यी हुन् घाइतेहरू
१। जनक देउवा–धनगढी–५ कैलाली
२। रोशन शाही–धनगढी– ५ कैलाली
३। जीवन खत्री–गोदावरी नगरपालिका–९ कैलाली
४। नविन नाथ–गौरीगङ्गा–७ कैलाली
५। शरद चौधरी–धनगढी–५ कैलाली
६। नरेश राना–धनगढी–१३ कैलाली
७। वसन्त खत्री–धनगढी–८ कैलाली
८। रामनिवास राना–धनगढी–१० कैलाली
९। कर्ण सलामी मगर–मोहन्याल–३, कैलाली
१०। अभिषेक चौधरी–घोडाघोडी–५ कैलाली
११। धिरज बम–बर्दगोरिया गाउँपालिका–१ कैलाली
१२। मेकेन्द्र गिरी–त्रिवेणी नगरपालिका–८ बाजुरा
१३। रन्जित सिंह–लखिमपुर कवेरी, भारत
१४। निरज जैशी–जानकी गाउँपालिका–९ कैलाली
१५। जगदिश राना–धनगढी–१० कैलाली
१६। हिमाल राना–धनगढी–८ कैलाली
१७। बल राना–धनगढी–५ कैलानी
१८। हर्क गिरी–धनगढी–१८ कैलाली
१९। जनक भण्डारी–लम्कीचुहा–१० कैलाली
२०। किशोर खडायत–भिमदत्त–८ कञ्चनपुर
२१। अमित भुल–टीकापुर–१ कैलाली
२२। कल्पेश विष्ट–टीकापुर–१ कैलाली
२३। दीपक खत्री–गोदावरी–१० कैलाली
२४। दिनेश साउद–लम्कीचुहा–१ कैलाली
२५। रवि चौधरी–धनगढी–४ कैलाली
२६। अङ्कित बानियाँ–पालिनन्दन–१ नवलपरासी
२७। सिद्धार्थ बडेला–गोदावरी–९ कैलाली
२८। विवेक चौधरी–जोशीपुर–१ कैलाली
२९। मनिष चौधरी–कैलारी–८ कैलाली
३०। गौरब बम–शुक्लाफाँटा–८ कञ्चनपुर
३१। विवश चौधरी–घोडाघोडी–३ कैलाली
३२। शिव थापामगर–टीकापुर–१ कैलाली
३३। अर्जुन खड्का–धनगढी–१३ कैलाली
३४। पुष्पेन्द्र रानार–लखिमपुर खिरी वनगाउ भारत
३५। नरेन्द्र घरेडी–डिलासैनी गाउँपालिका–२ बैतडी
३६। देवेन्द्र सिंह–जानकी गाउँपालिका–२ कैलाली
३७। सन्जु दमाई–बर्दगोरीया–३ कैलाली
३८। वीरेन्द्र चौधरी–गोदावरी–१ कैलाली
३९। मानवीर चौधरी–धनगढी–८ कैलाली
४०। मिलन चन्द–धनगढी–५ कैलाली
४१। बीरबहादुर विष्ट
४२। आयुश भट्ट–गोदावरी–२ कैलाली
४३। एकेन्द्र भाट–धनगढी–६ कैलाली
४४। सुरेश राना–पुनर्वास–१ कञ्चनपुर
४५। पङ्कज चौधरी–धनगढी–२ कैलाली
४६। मिनबहादुर विष्ट–अमरगढी–४ डडेल्धुरा
४७। सुरेन्द्र बम–गोदावरी–८ कैलाली

काठमाडौंमा अष्टिम्की चित्रकला कार्यशाला

पश्चिम नेपालमा बसोवास गर्ने थारू समुदायका महिलाहरूले मनाउने पर्व अष्टिम्कीको अवसरमा काठमाडौंमा चित्रकला कार्यशाला भएको छ। आसन्न अष्टिम्की पर्वको अवसरमा अग्रासन थारू महिला समाज, काठमाडौं र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा अष्टिम्की चित्रकला कार्यशाला गोष्ठी भएको हो।

पश्चिम नेपालका थारू समुदायका महिलाले कृष्ण जन्माष्टमीलाई अष्टिम्की पर्वका रूपमा मनाउने परम्परा छ। अष्टिम्की आउन एक हप्ता अघिदेखि थारू महिला यो पर्वको तयारीमा जुटेका छन्। अग्रासन थारू महिला समाजकी अध्यक्ष चम्पा चौधरीले थारू महिलाहरूको सबैभन्दा महान् पर्व भएकाले त्यस दिनमा विशेष गरी नयाँ कपडा (रातो, कालो चोली, सेतो गुन्यु) र थरथरिका गहनाको लगाउने तयारी भइरहेको बताइन्। उनले अग्रासनको साँझ पूजा गर्दा कोरिएका चित्रमा पूजा गर्नुपर्ने परम्परा रहेको बताइन्।

अग्रासनकै दिन पुरुष मान्छेले कोर्ने चित्रमा पूजा गर्ने चलन रहेकोले चित्रकला कार्यशाला आयोजना गरिएको बताइन्। कलाको संरक्षण र पुस्तान्तरणका लागि कार्यशाला आयोजना गरिएको उनको भनाइ छ। उनले भनिन्, ‘यो वर्ष साउन ३१ गते अग्रासन छ। हामी अग्रासन आउनुभन्दा एक हप्ता अघिदेखि नै तयारी गर्छौं। त्यसका लागि खाना बनाउनेदेखि लिएर चित्र बनाउने कार्यमा सबै महिला जुट्नुहुन्छ। चित्र चाहिँ अष्टिम्कीको दिन बनाउँछौं। पछिल्लो पुस्तामा चित्रकलाप्रति आकर्षण घट्दै गएको हुनाले कला पुस्तान्तरणका लागि यो कार्यशाला गोष्ठी आयोजना गरिएको हो।’ उक्त पर्वले सामुदायिक एकता, सांस्कृतिक संरक्षण र पुस्तान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेको अध्यक्ष चौधरीको भनाइ छ।

सो कार्यशालामा लेखक तथा संस्कृतिविद् शत्रुघन चौधरीले ‘अष्टिम्की चित्रकला र थारू आदिवासी ज्ञान’ शीर्षक कार्यपत्र प्रस्तुत गरेका थिए। उनले अष्टिम्की चित्रको महत्त्व र त्यसमा रहेका विषयवस्तुबारे प्रकाश पारेका थिए। उनले अष्टिम्कीमा गाइने गीत र यसको मिथकका विषयमा पनि चर्चा गरेका थिए।


थारु समुदाय भाषा, संस्कृति, लोक साहित्यमा अत्यन्त सम्बृद्ध मानिने र उनीहरुको जीवनपद्धती पृथक रहेको चौधरीको भनाइ छ। ‘थारुहरुको वास्तु कला, चित्रकला, साहित्य, लोक भाका, लोक संगीत, रहनसहन आदिमा आफ्नै मौलिकता पाइन्छ। अष्टिम्की कला पनि एक महत्वपूर्ण प्रदर्शनकारी शौन्दर्यकला हो। यसमा बनाइने चित्र, गाईने गीतहरुमा थारुहरुको जीवनदर्शन पाउन सकिन्छ। यसमा अथाह थारु आदिवासी ज्ञान पाउन सकिन्छ। यही ज्ञान परापूर्व कालदेखि थारूहरूका जीवनशैलीमा अभ्यास गरिँदै आइएको छ। पछिल्लो समयमा आधुनीकीकरण तथा सूचना प्रविधि फड्को मार्दै गर्दा सास्कृतिक महत्व बोकेको अष्टिम्की कला जस्तो परम्परा ओझेलमा पर्दै गएको भान हुन्छ,’ उनले भने, ‘अष्टिम्कीलाई सबै तहतम्काबाट सचेतना जगाउन जरुरी छ। यस प्रकारका कार्यशाला हरेक प्रदेश, कापालिकहरूमा आयोजना गर्न नितान्त आवश्यक छ। तत् तत् निकायहरुले दायित्वबोध गरी पहलकदमी लिन जरुरी देखिन्छ। यसैगरी गाउँमा हस्तचित्रलाई जोड दिन आवश्यक छ। साथै परम्परागत अष्टिम्कीमा बालबालिकालाई सानो अष्टिम्की चित्र बनाउन सहभागी गराई प्रोत्साहित गर्न जरुरी छ। यसैगरी स्थानीय पाठ्यक्रममा पनि यस किसिमका मौलिक पर्व एवं चित्रकला समावेश गरी पठनपाठन गर्न गराउन आवश्यक देखिन्छ। यसले लोप हुँदै गइरहेको संस्कृतिलाई जगेर्ना गर्न तथा पुस्तान्तरण गर्न ठूलो टेवा दिने विश्वास गर्न सकिन्छ,’ उनले भने।

नाउपाको आयोजनामा कैलालीमा मोर्चाको भेला, रेशमले भने- पार्टीमा परिवारवाद छैन

सुनागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले पार्टीमा कुनै परिवारवाद नरहेको जिकिर गरेका छन्। पत्नी रञ्जिता श्रेष्ठलाई हटाएर बुबा लालवीर चौधरीलाई अध्यक्ष बनाएपछि चरम परिवारवादको आरोप खेपिरहेको बेला नाउपा संरक्षक रेशमलाल चौधरीले पार्टीमा कुनै परिवारवाद नरहेको जिकिर गरेका हुन्। उनले आफ्नो पार्टी आमजनताको आशु र पीडाबाट जन्मेको पार्टी रहेको दाबी गरे ।

शनिबार कैलालीको सुखडमा आयोजित संघीय लोकतान्त्रिक मोर्चाको वर्तमान राजनीतिक अवस्थाबारेको जनजागरण अभियानलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी उत्पीडित वर्गको उत्थानको लागि जन्मेको पार्टी भएको दाबी गरेका हुन्।

उनले भने, ‘जब साँझ हुन्छ तब फोन गरेर सोध्छन्, दादा पार्टीमा के भयो? यो के हुँदैछ। अनि म संघर्ष गरिरहेकै हुन्छु। कहिले हार्छु, कहिले जित्छु। कसैले भन्छन् यो पार्टी ओरागिल (सकियो)। अब चल्दैन, सिद्धिगयो। जब म प्रवासमा गए, तब झन् यो सकियो भन्थे। तर, नागरिक उन्मुक्ति पार्टी जिन्दावाद ।’

त्यस्तै उनले रुपन्देही-३ मा हुने उपनिर्वाचन संघीय लोकतान्त्रिक मोर्चाका लागि परीक्षा भएको बताए। उनले उक्त निर्वाचन आफ्नो मोर्चाले जसरी पनि जित्नुपर्ने बताए। थारू-मधेशी लगायत सबै उत्पीडितहरूको एकताको निम्ति मोर्चा गठन गर्नु परेको उनको भनाइ थियो। ‘यसपालि रुपन्देहीमा हुने उपनिर्वाचन मोर्चाको परीक्षा हो,’ चौधरीले भने, ‘यो निर्वाचन हामीले जसरी पनि जित्नुपर्ने ।’ उनले थारु भएकै कारण आफूहरूमाथि राज्यसत्ताबाट अन्याय र विभेद भएको गुनासो पनि गरे।

उनले अगाडि थपे, ‘नागरिक उन्मुक्ति पार्टी २०८४ मा बस्ती-बस्ती, टोल-टोलबाट विजयी जुलुस निकाल्ने छ। हरेक कार्यक्रममा पार्टी प्रवेश गर्नेहरूको लस्कर छ। यो पार्टीमा कुनै परिवारवाद छैन। रेशम-रञ्जिताको होइन। नागरिक उन्मुक्ति पार्टी हाम्रो पीडाको पार्टी हो। आँशुबाट जन्मेको पार्टी हो।’ नाउपाको ढकिया देखेर ठूला दल र सरकार डराएको पनि उनको भनाइ थियो।

विश्वप्रख्यात भविष्यविद् बाकासले नेपालको सम्भावनाबारे मलाई जे बताए…

मदन चौधरी।

कसैको भविष्यवाणी कति मिल्छ ? १० प्रतिशत, २० प्रतिशत वा ५० प्रतिशत ? कहिलेकाहीँ मिल्न सक्छ, कहिलेकाहीँ नमिल्न पनि सक्छ। तर, एक जना त्यस्ता व्यक्ति छन्, जसका भविष्यवाणी ८७ प्रतिशतसम्म मिल्छ। उनका किताबहरू ‘बेस्ट सेलर’ बन्छन्। उनलाई भविष्यविद्, प्रवृत्ति विश्लेषक, स्पिकर, लेखकलगायत थुप्रै नामले चिन्छन्। उनलाई सुन्न विश्वका कहलिएका एप्पल, माइक्रोसफ्टजस्ता मल्टिनेसनल कम्पनीहरू आतुर हुन्छन्।

उनी भन्छन्, ‘म भविष्यबारे काम गर्छु। तर, धेरैजसो मानिसहरू भविष्य चाहँदैनन्। उनीहरू चाहन्छन् कि उनीहरूको जीवन आगामी वर्षहरूमा सहज रूपमा बितोस्। तर, त्यो सम्भव छैन। किनभने अबको ५० वर्षभित्र त्यति धेरै परिवर्तन हुनेछ, जति अघिल्ला पाँच सय वर्षमा पनि भएको थिएन।’

उनले आजकल प्रकाशित हुने समाचार शीर्षकहरूका पछाडि लुकेका प्रवृत्तिहरूको अध्ययन गर्छन्। डेटा खोतल्छन्। त्यसबारे गहन अनुसन्धान र विश्लेषण गर्छन्। अनि त्यसैलाई विचारको रूपमा प्रस्तुत गर्छन्। उनको विश्लेषण तथ्यसँग यसरी मेल खान्छ कि उनका पुस्तकहरू लाखौंप्रति बिक्री हुन्छ। र, थुप्रै भाषामा अनुवाद पनि।

हो, तिनै व्यक्ति अर्थात् ६२ वर्षीय एड्जिएड्ज बाकास नेपाल भ्रमणमा आए। हुन त नेपालका बारेमा उनले धेरै पटक सुनेका थिए। युरोपेली मुलुकका रेस्टुराँ र होटेलहरूमा उनले थुप्रै नेपालीहरू भेटेका छन्। विशेषतः पोर्चुगलका रेस्टुराँहरूमा नेपालीहरूको न्यानो आतिथ्यले उनलाई प्रभाव पारेको उनी सम्झन्छन्। प्रवासका तिनै नेपालीहरूले आफ्नो सुन्दर देश घुम्न उनलाई पटकपटक सुझाव दिएको उनी बताउँछन्।

‘मैले जहाँजहाँ नेपालीहरूसँग भेट्ने मौका पाएँ, उनीहरू सबैले मलाई नेपाल घुम्न जान सल्लाह दिए। म त खुला दिलको मान्छे। यति धेरै आग्रह भएपछि मैले त्यो अवसरलाई गुमाउन चाहिनँ,’ एक साताअघि द्वारिकाज होटेलमा ढाका टोपीमा सजिएका बाकासले भने।

बाकास आफ्नो पछिल्लो किताब ‘ह्यासट्याग फर्वाडिज्म’ (उक्त किताब amazon.in बाट किन्न पाइन्छ) विमोचनका लागि भारत आएका थिए। भारतमा उनको पीआर हेर्ने एजेन्सीका मालिकका श्रीमती (जो नेपाली हुन्)ले पनि ‘फ्लाइटबाट एक घण्टाको दूरी त हो, नेपाल घुमेपछि पुण्य नै कमाउने’ बताएकी थिइन्। नेपाल बसाइँमा उनले पुण्य कमाए त ? यसको ठ्याक्कै जवाफ नदिए पनि नेपालबाट आफू निकै प्रभावित भएको बाकासले बताए। काठमाडौं उपत्यकाको ऐतिहासिक सम्पदा, यहाँको संस्कृति, यहाँका परम्परागत खाना र आध्यात्मिकताले उनलाई धेरै आकर्षित गर्‍यो।

‘छोटो समयका लागि म यहाँ घुम्न आएँ। तर, यहाँका धेरै कुराले मलाई साह्रै नै लोभ्यायो। यहाँका मानिस, ऐतिहासिक सम्पदा, खाना साह्रै राम्रो लाग्यो। नेपालको बारेमा मेरो ‘इम्प्रेसन’ धेरै राम्रो रह्यो,’ उनले भने।
यसअघि कहिल्यै उनको नाम नसुनेको मैले ‘फ्युचरिस्ट’को रूपमा थाहा पाएपछि नेपालको सम्भावनाबारे पनि प्रश्नहरू सोधे। के नेपाल बन्छ ? कुनै बेला हामी पनि विकसित मुलुकका नागरिक बन्न पाउँछौं ? यो मेरोमात्र होइन, सायद आम नेपालीहरूको साझा प्रश्न मैले तेर्साएँ।

उनले छिट्टै जवाफ दिए, ‘अवश्य बन्छ। अबको ५० वर्षपछि नेपाल पक्कै बन्नेछ।’ उनको सरल जवाफले म अकमकाएँ। अनि फेरि सोधे, ‘कसरी ?’ त्यसका लागि सही समयमा सही नीति बनाएर अघि बढ्नुपर्ने उनले सुझाए। उनले नेपालमा सम्भावना भएका क्षेत्रहरूका बरेमा बेलिविस्तार नै सुनाए।

सूचना प्रविधिले मारेको छलाङबारे भारतको उदाहरण दिँदै उनले भने, ‘पश्चिमेली मुलुकमा धेरै मानिसहरू अनलाइनमार्फत काम गर्छन्। हजारौं अमेरिकी नागरिकहरू भारतको हैदरबाद र बैंगलोर ‘सिफ्ट’ भइरहेका छन्। भारतले ती दुवै ठाउँलाई सूचना प्रविधिको केन्द्रको रूपमा विकासमात्र गरेको छैन, विदेशी सीपलाई भित्र्याउने नीति पनि लिएका कारण विदेशीहरू त्यहाँ आएर काम गरेका छन्। हो, नेपालले पनि त्यस्तै खालको सम्भावनाको खोजी गर्नुपर्छ।’

उनले नेपालमा सम्भावनाको खोजी गर्न र विदेशी सीपलाई भित्र्याउन विशेष जोड नै दिए। ‘होल्यान्ड, जुन मेरो जन्मभूमि पनि हो। त्यहाँ बस्ने आईटी इन्जिनियरलाई नेपाल आएर काम गर्ने वातावरण बनाउनुस्। नेपाली समाज, यहाँको संस्कृति, यहाँको खाना र यहाँको आध्यात्मलाई प्रवद्र्धन गर्नुस्। राम्रो नीति बनाउनुस्। तर, चिन्ता नलिनुस्, नेपाल बन्छ,’ उनले लालमोहर नै लगाइदिए।

उनको विश्वासपूर्ण उत्तरले म प्रभावित भएँ। उनले मेरो बालबच्चाका बारेमा चासो देखाए। मैले एउटी छोरी छिन् भनेपछि उनले थपे, ‘हो, तपाईंकी छोरीले पक्कै नेपालको विकास देख्नेछिन्।’

भू-राजनीतिले नेपालमा पारिरहने प्रभावका बारेमा पनि मैले सोधें। किनभने नेपाल सधैं छिमेकी मुलुकहरूको प्रभावमा रहँदै आएको छ। बाकासले यस मामिलामा नेपालले छिमेकीसँग रणनीतिक हिसाबले सम्बन्ध बनाउनुपर्ने बताए।

उनले उत्तरी छिमेकीको उदहारण दिँदै भने, ‘चीनले तिब्बतमा संसारकै ठूलो ड्याम बनाउँदैछ। जसले भारत र बंगलादेशलाई पूरै प्रभावित बनाउँछ। यस्तो विकासले प्रकृतिमा पनि गम्भीर असर पार्छ। थाइल्यान्ड, कम्बोडिया, लाओस र भियतनामसँग चीनले जस्तो व्यवहार गरिरहेको छ, त्यहाँका जनताले मन पराएका छैनन्।’ उत्तरतिरको छिमेकीबाट नेपाललाई फाइदाभन्दा बढी बेफाइदा हुन सक्ने उनले संकेत गरे।

तर, दक्षिणी छिमेकीको उनले खुलेर प्रशंसा गरे। ‘नेपालको सम्बन्ध भारतसँग धेरै पुरानो छ। भारत र नेपालबीच सांस्कृतिक र ऐतिहासिक सम्बन्धमात्रै होइन, दुई देशबीच भावनात्मक सम्बन्ध पनि छ। भारत अहिले विश्वको तेस्रो ठूलो आर्थिक वृद्धिदर भएको देश पनि हो। पर्यटनलगायतका क्षेत्रमा सहकार्य गरेमा नेपाललाई लाभ हुन्छ,’ उनले भने।

तर, नेपालको समग्र विकासको नजरियाबाट छिमेकीसँग सम्बन्धन बनाउनुपर्ने उनको सुझाव छ। ‘नेपालको विकासमा छिमेकीको भूमिका महत्र्वपूर्ण हुन्छ। यदि सकारात्मक भूमिका छैन भने, छिमेकीलाई गम्भीरताका साथ लिन जरुरी
छैन,’ उनले भने।

बाकास विश्व ट्रेन्डका बारेमा ख्याति कमाएका विश्लेषक हुन्। नेपालमा पनि पछिल्लो समय राजा फर्किने र नफर्किने विषय ट्रेन्डिङमा छ। मैले उनलाई सोधे, ‘नेपालमा राजतन्त्र फर्किन्छ ? राजा आउने सम्भावना देख्नुहुन्छ ?’ ‘मलाई त्यस्तो लाग्दैन,’ यसपटक पनि उनले फ्याट्टै जवाफ दिए।

‘कसरी ?’ मेरो प्रश्नमा उनले प्रतिप्रश्न गरे, ‘यहाँ राजतन्त्रले काम गर्छ त ?’ म मौन बसेँ। ‘राजतन्त्रले काम गर्छ भने आउँछ। गर्दैन भने आउँदैन,’ उनले ढुक्कसाथ भने, ‘मेरो देशमा राजतन्त्रले काम गरिरहेको छ। भुटानमा पनि यसले काम गर्छ। तर, नेपालमा गर्दैन।’

‘झन्डै दुई दशकदेखि नेपालमा लोकतन्त्रले काम गरिरहेको छ त ? अनि फेरि व्यवस्था परिवर्तन किन ?’ उनको प्रश्नमा मैले जवाफ दिएँ, ‘राजनीतिबाट जनता दिक्क छन् नि त। युवा पुस्ताहरूमा पनि राजनीतिप्रतिको वितृष्णा बढ्दो छ।’ मेरो जवाफ सुनेर बाकास एकछिन सोच्न बाध्य भए। ‘त्यस्तो छ भने राजनीतिक अवस्थाचाहिँ सुधार्नुपर्छ,’ उनले भने। तर, उनी अझै निश्चिन्त भन्छन्, ‘नेपालमा अब राजतन्त्रले काम गर्दैन।’

प्रविधि, कृषि र आध्यात्मिकको सम्भावना
नेपालको भविष्यबारे कुरा गर्दै बाकासले कृषिमा रहेको अपार सम्भावनालाई विशेष रूपमा जोड दिए। उनले चीनको भूगोलसँग तुलना गर्दै भने, ‘चीनसँग जम्मा २० प्रतिशत समथर जमिन छ, बाँकी सबै पहाडी भूभाग हो। तैपनि ऊ विकसित मुलुक बनेको छ। नेपालमा पनि उर्वर खेतीयोग्य जमिन छ।’

बाकासको विचारमा नेपालको समृद्धिको प्रमुख आधार कृषि हुन सक्छ, यदि त्यसमा प्रविधिको प्रयोग गरियो भने। ‘नेपालका किसानले प्रविधि भित्र्याएर खेती गर्नुपर्छ। चिनियाँहरू प्रविधिका कारण अघि बढे, भारत पनि त्यही बाटोमा छ। मैले भारतमा पनि कृषि क्षेत्रमार्फत विकास सम्भव छ भन्दै आएको छु। त्यो कुरा नेपालमा पनि लागू हुन्छ,’ उनले भने।

कृषि पेसालाई आगामी पुस्तामा हस्तान्तरण पनि गर्दै लैजानुपर्ने उनको राय छ। ‘हामीले आफ्ना बालबालिकालाई पनि किसानी काममा संलग्न गराउनुपर्छ। किसान बनाउने संस्कार आवश्यक छ। किनभने अबको युगमा एआईले धेरै मानिसको जागिर खोस्न सक्छ। तर, कृषि र माटोमै आधारित पेसाहरू अझै टिकाउ छन्,’ उनले भने।

नेपालको आध्यात्मिक पक्षबारे बोल्दै उनले ध्यान र योगमार्फत देशले उल्लेखनीय फाइदा उठाउन सक्ने बताए। ‘नेपालमा मेडिटेसन र योगामार्फत धेरै पर्यटक भित्र्याउन सकिन्छ। ताइवान, हङकङ, थाइल्यान्डसँगै नेपाल पनि एसियामा आध्यात्मिक पर्यटनको अब बन्न सक्ने सम्भावना बोकेको देश हो,’ उनले भने।

उनले नेपालको सांस्कृतिक विविधता र विशेष पर्वहरूको पनि प्रशंसा गरे। ‘विश्वमा नेपाल एउटामात्र देश हो, जहाँ कुकुरहरूको सम्मानमा पर्व मनाइन्छ। कुकुर तिहार मानव र जनावरबीचको सह–अस्तित्वको अद्भूत प्रतीक हो। यो पर्वलाई विश्वस्तरमा प्रवद्र्धन गर्नुपर्छ,’ उनले भने। नेपालले पशुप्रति देखाएको समर्पण अनौठो र प्रेरणादायी भएको उनको बुझाइ छ।

नेपालले अनुसरण गर्नुपर्ने वैश्विक ट्रेन्ड
वर्तमान विश्वमा चलिरहेको तीन ट्रेन्डबारे उनले बताए, जुन नेपालले पनि अनुसरण गर्नुपर्ने उनको भनाइ छ। पहिलो, ‘डेमोग्राफी’। ‘नेपालमा प्रशस्त युवा जनशक्ति छ, जुन विश्वका धेरै देशसँग छैन। विश्वका थोरै देशमात्रै छन्, जसले युवा पुस्तामा लगानी गर्छन्। नेपालले पनि युवा जनशक्तिमा लगानी बढाउनुपर्छ’ उनले सुझाव दिए।

दोस्रो, सूचना प्रविधि। ‘सूचना प्रविधिमा नेपालले अग्रसरता लिनैपर्छ। अहिले धेरै नेपाली युवाहरू विदेश पलायन भइरहेका छन्। तर, उनीहरूले सिकेका सीपलाई नेपालमै प्रयोग गर्न सकिने अवस्था सरकारले बनाउनुपर्छ,’ उनले भने।

तेस्रो, आध्यात्मिकता। ध्यान र योगको आकर्षण विश्वमै बढ्दो छ। नेपालजस्तो सांस्कृतिक मुलुकलाई यो लहरले नयाँ उचाइ दिन सक्ने उनी भविष्यवाणी गर्छन्।

एआईको सन्दर्भमा भने उनले चेतावनीपूर्वक दृष्टिकोण राखे। ‘एआईले धेरैको जागिर खोस्न सक्छ, यो सत्य हो। कम्प्युटरमा मैले टाइप गर्न सक्दिनँ, किनभने मेरो हात प्यारालाइज्ड छ। तर, एआईको सहयोगले मैले बोलका कुरा आफैं टाइप हुन्छ। मैले केवल सम्पादन गरे पुग्छ। मैले पुस्तकहरू पनि यही तरिकाले लेखिरहेको छु,’ उनले अनुभव सुनाए।

प्रविधिमा नेपालको प्रयोगबारे उनले व्यक्तिगत उदाहरण दिए। ‘पेयपल’जस्तो सस्तो र प्रभावकारी बैंकिङ सिस्टम नेपालमा छैन भन्ने कुराले मलाई अचम्म बनायो। मैले यहाँ पैसा तिर्न खोज्दा, पेयपल नभएकाले पाँच प्रतिशतसम्म बढी शुल्क तिर्नुपर्‍यो, जबकि त्यही काम म पेयपलबाट एक प्रतिशतमै सक्थेँ,’ उनी गम्भीर बने।

सम्भव छैन तेस्रो विश्वयुद्ध
युद्धप्रति बाकासको दृष्टिकोण अत्यन्तै स्पष्ट छ। त्यसैले त उनी युद्धलाई घृणाको दृष्टिबाट हेर्छन्। उनको भनाइमा, ‘पुरुषहरू युद्ध चाहन्छन्, तर महिलाहरू समाधान।’ युक्रेन-रूस युद्धको उदाहरण दिँदै उनले भने, ‘त्यो द्वन्द्वबाट पाँच लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्। यस्ता युद्धले ती देशले युवा जनशक्ति गुमाउँछन्, जसको असर वर्षौंसम्म रहन्छ।’

युक्रेन-रूस द्वन्द्वलाई उनले ‘किड्स फाइट’ (बालबालिकाको झगडा) भनेर संज्ञा दिए। ‘स्कुलमा बच्चाहरू जिद्दी गरेर लडेजस्तै उनीहरू लडिरहेका छन्,’ उनी भन्छन्। सबै युद्धलाई संवादमार्फत समाधान गर्न सकिने उनको बुझाइ छ। इजरायल-प्यालेस्टाइन द्वन्द्वमा पनि उनले समाधानको सम्भावना देख्छन्।
‘विश्वभरि चलिरहेको द्वन्द्वले कतै अर्को विश्वयुद्ध निम्त्याइरहेको त छैन ?’ उनी भन्छन्, ‘तेस्रो विश्वयुद्धको सम्भावना म देख्दिनँ। मानिसहरू अगाडि बढ्न चाहन्छन्, युद्धले अगाडि होइन, पछाडि धकेल्छ।’ उनले दोस्रो विश्वयुद्ध नै अन्तिम रहेको ठोकुवा गरे।

प्रेरणा र पुस्तक लेखन यात्रा
बाकासलाई धेरै पहिचानले चिनिन्छ, भविष्यविद्, प्रवृत्ति विश्लेषक, वक्ता, लेखक, कथावाचक इत्यादि। ‘तपाईं कुन परियचले बढी चिनिन चाहनुहुन्छ ?’ मेरो प्रश्नमा उनले हाँस्दै भने, ‘म सबै हुँ। तर, सबैभन्दा पहिले म ‘स्टोरी टेलर’ हुँ।’

आफ्नो यात्राबारे सम्झँदै उनले भने, ‘मैले मास कम्युनिकेसन पढेँ। मेरो प्रोफेसर नै फ्युचरिस्ट हुनुहुन्थ्यो। उहाँले मलाई सूचना संकलन गर्ने, त्यसको वैज्ञानिक विश्लेषण गर्ने र जनसमक्ष सरल तर प्रभावशाली ढंगले प्रस्तुत गर्ने कला सिकाउनुभयो। म पनि त्यही बाटो समातेर हिँडेको महसुस हुन्छ।’

उनका अनुसार उनका लेख र पुस्तकहरू लोकप्रिय हुनुको कारण विषयवस्तुको गहनता हो। ‘मैले वैज्ञानिक भएजस्तो लेख्न खोजेको होइन, तर लोकप्रिय विज्ञान र मानव जीवनसँग सम्बन्धित विषयमा सरल भाषामा लेख्न खोजेको हो। सायद, त्यसैले मेरा किताबहरू लाखौं मानिसका मन छुन्छन्,’ उनी भन्छन्।

आफ्ना विश्लेषणहरू ८७ प्रतिशत मिल्नुको राज खोतल्दै उनी थप्छन्, ‘मैले सत्य भन्छु। कुनै पनि कुरा सतही लेख्दिनँ। गलत प्रचार गर्दिनँ। डेटाले जे देखाउँछ, त्यही विश्लेषण गर्छु।’ तर, १३ प्रतिशत अझै चुकिरहेकोमा उनलाई दुःख छ। ‘म चाहन्छु, मैले भनेका कुरा शतप्रतिशत साँचो होस्। मेल खाओस्। तर, म पनि मानव हुँ, १३ प्रतिशत गल्तीको छुट मसँग पनि हुनुपर्छ,’ उनी भन्छन्।

बाकासलाई लाग्छ किताब प्रेरणाका लागि पढिनुपर्छ। किनकि जीवन कति छोटो हुन्छ कसैलाई थाहा हुँदैन। पछिल्लो पुस्तक ‘ह्यासट्याग फर्वाडिज्म’बारे उनी भन्छन्, ‘मानिसहरूले यो किताब प्रेरणाका लागि पढ्नुपर्छ। जीवन कति अनिश्चित छ भन्ने कुरा म स्वयंले भोगेको छु। मलाई दुईपटक स्ट्रोक आएको छ, पाँच पटक क्यान्सर भएको छ। मेरा दुई श्रीमान् पनि क्यान्सरकै कारण बित्नुभयो। म मृत्युलाई दुईचोटि जितेर फर्केको मान्छे हुँ।’

जीवन, रिस र खुसीको सूत्र
बाकास जीवनलाई जति गहिरो रूपमा हेर्छन्, उति नै हल्का रूपमा बाँच्छन्। उनी भन्छन्, ‘म खुसी रहने प्रयास गर्छु। म रिसाउँछु, तर लामो समय रिसाएर बस्दिनँ। जब रिसाउँछु, म मेरो कुकुरलाई हेर्छु र सम्झन्छु, एक मिनेटको रिसले मेरो शरीरलाई पाँच घण्टा तनावमा राख्छ। त्यसैले इम्युन सिस्टमलाई दुःख दिन चाहन्नँ।’

उनले एउटा भिडियो देखाए, जहाँ एउटा बच्चा जन्मिन्छ, हुर्कन्छ र एक मिनेटभित्रै ऊ मर्छ पनि। मैले यसको अर्थ बुझ्ने प्रयास गरें। उनले भने, ‘जीवन छोटो छ। त्यसैले खुलेर, रमाएर, अर्थपूर्ण रूपमा बाँच।’

यौनिक तथा लैंगिक अल्पसंख्यकप्रतिको दृष्टिकोण
बाकासले लैंगिक विविधतालाई खुलेर समर्थन गर्छन्। आफू पनि यौनिक तथा लैंगिक अल्पसंख्यक भएको र त्यो समुदायले भोगेको पीडा देखेर उनी विश्वास गर्छन् कि समावेशिताबिना समाजको पूर्ण विकास सम्भव छैन। ‘आज विश्वका प्रतिष्ठित कम्पनीहरूले यौनिक तथा लैंगिक अल्पसंख्यकहरूलाई रोजगारी दिइरहेका छन्। मैले पनि यस्ता संस्थाहरूसँग सहकार्य गर्दै आएको छु,’ उनी भन्छन्।

उनको बुझाइमा, यस्ता समुदायका मानिसहरू जिम्मेवार, निष्ठावान् र समर्पित हुन्छन्। ‘यौनिक तथा लैंगिक अल्पसंख्यकहरूका आफ्नै सन्तान हुँदैनन्। त्यसैले उनीहरू कामप्रति अझ जिम्मेवार हुन्छन्। तर, तिनीहरूलाई आफ्नै अस्तित्व लुकाएर बाँच्न बाध्य पार्नु अन्याय हो,’ उनी भन्छन्।

नेपालको प्रसंग निकाल्दै उनले सोधे, ‘यहाँ पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय छन् होला नि। मलाई लाग्छ, उनीहरू यहाँ सम्मानित छन्।’ मैले नेपालमा अझै पनि त्यो समुदायलाई हेयको दृष्टिले हेर्ने गरेको बताए। उनी छक्क परे। त्यसको दोष उनले शिक्षा प्रणलीलाई दिए। ‘सबैलाई बराबरी अधिकार दिन शिक्षा अपरिहार्य छ। दृष्टिकोण परिवर्तन बिना समानताको कल्पना गर्न सकिँदैन,’ उनी भन्छन्।

मैले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रसंग पनि केलाए। दोस्रोपटक राष्ट्रपति निर्वाचित भएपछि ट्रम्पले अमेरिकामा ‘महिला र पुरुष’मात्र रहने घोषणा गरेका थिए। ट्रम्पको भनाइमा बाकास सहमति जनाउँछन्। उनी भन्छन्, ‘मानिस त कि महिला कि पुरुष नै हुन्। त्यो महिला र पुरुषभित्रको स्वभावमात्रै परिवर्तन हो, जुन प्रकृतिको वरदान पनि हो। तपाईंलाई महिला मनपर्छ, मलाई पुरुष। त्यसमा लाज मान्नुपर्ने केही छैन।’

अन्त्यमा,
बाकास एक दिन काठमाडौंको एउटा गहना पसलमा गएका थिए। पसलको मालिकसँगको कुराकानीले उनलाई गहिरो प्रभाव पार्‍यो। ‘उहाँकी दुई छोरीहरू, एउटी कानुन र अर्की आईटी क्षेत्रमा काम गर्दा रहेछन्। जब मैले उहाँसँग गरगहनाका विषयमा कुरा गरेँ, उहाँको ज्ञान र सीप अद्भुत लाग्यो,’ उनले भने। तर, उनलाई डर पनि के लाग्यो भने त्यो सीप र ज्ञान हस्तान्तरण कसरी गर्ने ? किनकि त्यो ज्ञान पसलका मालिकबाहेक उनको परिवारमा कसैलाई आउँदो रहेनछ।

बाकासलाई लाग्छ ज्ञान र सीप हस्तान्तरण हुनुपर्छ। त्यही भएर स्कुल खोलेरै भए पनि आफ्नो ज्ञान र सीप अरूलाई सिकाउन उनले सुझाव दिए। यी र यस्तै स-सानामा विषयमा बाकासलाई नेपालका विश्वविद्यालय र सार्वजनिक फोरमहरूमा बोल्न मन छ। नेपालको सम्भावनारूबारे खुलेर कुरा गर्न मन छ। अर्कोपटक नपाल आउँदा यही उद्देश्य बोकेर नेपाल आउने इच्छा रहेको उनले सुनाए। ‘म चाहन्छु नेपालका विश्वविद्यालयहरूमा गएर भविष्यका विषयमा बोल्न, आफ्ना अनुभव र विश्लेषण बाँडू। आशा गर्छु, यो अन्तर्वार्ताले मलाई यसखालको ढोका खोलिदियोस्,’ उनी भन्छन्।

  • अन्नपूर्ण पोस्ट् फुर्सदबाट

 

काठमाडौंमा थारूहरूले साउन ३१ गते अस्टिम्की पर्व मनाउने

राजधानीबासी थारूहरूले अस्टिम्की पर्व मनाउने भएका छन्। अग्रासन थारू महिला समाजको अगुवाईमा साउन ३१ गते अस्टिम्की पर्व मनाउन लागिएको हो। बुधबार भृकुटीमण्डपमा बसेको बैठकले काठमाडौंकाे बुद्धनगरस्थित क्वमलिटी ब्यांकेटमा अष्टिम्की पर्व मनाउने निर्णय गरिएको सो संस्थाका अध्यक्ष चम्पा चौधरीले बताइन्।

चम्पा चौधरीकै संयोजकत्वमा मूल आयोजक समिति पनि बनाइएको छ। समितिमा रिता चौधरी, अन्जु चौधरी, शिव चौधरी, नन्दुराज चौधरी, बलराम चौधरी, नेपालु चौधरी र सीताराम चौधरी रहेका छन्। अस्टिम्की पर्वलाई भब्यरूपले मनाउन विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ।

आर्थिक समितिमा किरण चौधरी, प्रचार प्रसार समितिमा श्री चौधरी, मञ्च व्यवस्थापन समितिमा शान्ति चौधरी, सांस्कृतिक समितिमा कृष्णा चौधरी, प्रसाद व्यवस्थापनमा टीका चौधरी, स्वयंसेवक समितिमा थारू विद्यार्थी समाज, पूजा सामग्रीमा अन्जु चौधरी, साउन्ड व्यवस्थापनमा नन्दुराज चौधरी र हल व्यवस्थापनमा सीताराम चौधरी रहेका छन्।

त्यस्तै बैठकले ६ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ। समितिमा मिनराज चौधरी, शिव चौधरी, शत्रुघन चौधरी, नन्दुराज चौधरी, बलराम चौधरी र सीमताराम चौधरी रहेका छन्।