थारु कल्याणकारिणी सभा उर्फ थरुहट थारुवान संयुक्त संघर्ष समितिले प्रदेश देश २ को नाम थरुहट/थारुवान प्रदेश राख्न माग गरेको छ। सभाका महामन्त्री प्रेमीलाल चौधरीले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई ९ बुँदे ज्ञापन पत्र बुझाउँदै थरुहट/थारुवान प्रदेश माग गरेका हुन्। Continue reading “प्रदेश २ सरकारलाई थाकसको ज्ञापनपत्र, थरुहट थारुवान प्रदेश नामाकरण गर्न माग”
Author: Madan Kumar
संसद्मा उमाकान्त चौधरीले करप्रसाद र झुठप्रसाद ओली भनेपछि…
सत्तारुढ दल र प्रतिपक्षका नेता एकअर्काविरुद्ध खनिने क्रममा शीर्ष नेताहरुको नाम बिगारेर संसदमा प्रस्तुत भएका छन्। आइतबार नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘करप्रसाद’ र ‘झुटप्रसाद’ उपनामले सम्बोधन गरे। Continue reading “संसद्मा उमाकान्त चौधरीले करप्रसाद र झुठप्रसाद ओली भनेपछि…”
टीकापुर घटनाको अर्को पाटोः जानाजान थुनिएका यी निर्दोष
नाम – बिसराम चौधरी (कुस्मी)
पेशा – कृषी (नमुना कृषक)
उमेर – ३७ बर्ष
ठेगाना – टीकापुर नगरपालिका, बेलुवा–७
आरोप – कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र डाका चोरी
२०७२ सालसम्म नेपाल सरकारको नजरमा बिसराम चौधरी सुदुरपश्चिम क्षेत्रकै उत्कृष्ट किसान थिए। बिसरामले कृषी क्षेत्रमा गरेका सफलताका कथा राष्ट्रिय अन्तर्राष्ट्रिय मन्चमा भाकिन्थे। प्रकाशित–प्रसारित उत्प्रेरक कथाहरुमा उनलाई ‘कृषी क्रान्तिका अभियन्ता’ भनिएको हुन्थ्यो। देशदेशावरमा हुने सभा–सम्मेलन र प्रशिक्षणहरुमा उनलाई स्रोत व्यक्तिको रुपमा उभ्याइन्थ्यो।
बार्षिक ५० लाख बढीको कारोबार गर्ने बिसरामलाई सरकारले ‘उत्कृष्ट कृषक सम्मान’ बाट सम्मानित गरेको थियो। कृषी तथा सहकारी मन्त्रालय अन्र्तगत कृषी विभागको कृषी प्रसार निर्देशनालयले २०६६ सालमा बिसरामको ‘सिद्धार्थ केरा बाली बिकास कृषक समूह’ सुदुरपश्चिमबाट उत्कृष्ट भएको भनेर रु ५ हजार पुरस्कार दिएको थियो। Continue reading “टीकापुर घटनाको अर्को पाटोः जानाजान थुनिएका यी निर्दोष”
अर्को विजय कुमारको उदय
मोरङ क्षेत्रनमबर ४(१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित विजयकुमार विश्वास मोरङको ग्रामथान गाउँपालिका–४ मा २०३८ साल पुस ३ गते जन्मिएका हुन् । सामान्य किसान परिवारमा जन्मीएका विश्वासका २ जना दाजु, ३ जना दिदी र एक जना भाइ छन् । दुुईवटी आमामध्ये विश्वास कान्छीपट्टिका माइला छोरा हुन् । ६ जना सन्तानमध्ये जेठी आमापट्टिका १ दाजु र २ दिदी हुन् ।
बालमन्दिर प्रावि ग्रामथानबाट शिक्षा सुरु गरेका विश्वासले महेन्द्र माविबाट निम्न माध्यामिक तहको शिक्षा हासिल गरे । सरस्वती उच्च मावि दुहवी सुनसरीबाट एसएलसी गरेको विश्वासले रौटहटबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेका छन् । सरस्वती उच्च मावि दुहवीमा माध्यामिक तहको अध्ययनकै क्रममा राजनीति सुरु गरेका विश्वास माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीका विद्यालय इकाई सदस्य भएका थिए ।
२०५७ सालमा उनी महेन्द्र मोरङ कलेजमा भर्ना भए । २०५७ सालको स्ववियु निर्वाचनमा सहभागी भएका विश्वास २०५७ सालकै अन्त्यतिर तत्कालीन विद्रोही माओवादीको पूर्णकालीन सदस्य भएर राजनीतिलाई अगाडि बढाएका थिए । सुरुमा माओवादीको स्वायप मेम्बर बनेका विश्वास एरिया सदस्य भएर पार्टीको संगठन विभागमा काम गरे ।
२०५८ सालमा माओवादीको मोरङ जिल्ला कमिटी सदस्यसमेत बनेका विश्वास संकटकाल लागेपछि भूमिगत बनेका थिए । उनले मोरङ र सुनसरीमै रहेर भूमिगतकालमा काम गरे । भूमिगत कालमा निकै कठिनाइ भोगेको उनी बताउँछन् । सुरक्षाकर्मीहरूबाट बचेर पार्टीका गतिविधि सञ्चालन गर्नुपर्ने र युुद्धका सामाग्रीहरू ओसारपसार गर्ने जिम्मेवारी भएकाले यस्ता काम गर्दा विशेष सजगता अपनाउने गरेको उनको अनुुभव छ ।
प्रदेश सदस्य निर्वाचित भएपछि आफूले घोषणापत्रमा उल्लेख गरेका एजेण्डाहरू कार्यान्वयनमा ल्याउने उनको प्रतिबद्धता छ । उनले विराटनगर १९ स्थित वैजनाथपुर रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको रंगशालाका रुपमा विकास गर्ने बताए । यस्तै २० वर्षदेखि ट्र्याक खोल्नेकाम समेत नभएकाले चक्रपथलाई सम्पन्न गर्ने उनको एजेन्डा छ । पुुष्पलाल चोक-विराटचोक सडक खण्डलाई चार लेनको बनाउने, ग्रामथान-बुढीगंगा जोड्ने पुल, रंगेलीको लोहन्द्रामा, कटहरीको जुुडीमा पक्कीपुल बनाउने योजना उनको छ ।
रोजगार र समृद्धिको आधार कृषिको विकास भएकाले कृषि क्षेत्रका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने आफ्नो एजेण्डा रहेको विश्वासले बताए । आफ्नो क्षेत्रमा कृषि कलेज सञ्चालनका लागि तयारीसमेत थालिसकेको उनले जानकारी दिए । कृषि कलेजका लागि आबश्यक १५ विघा जग्गा खोज्नेकाम सुरु गरिरहेको उनले बताए ।
जग्गा प्राप्ति भएपछि कृषि कलेजको पूर्वाधार निर्माणका लागि दाता खोजिसकेको उनले बताए । ‘दाताबाट जग्गा उपलब्ध भएपछि पूर्वाधार निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता आइसकेको छ,’ उनले भने । जहिंतहिं प्लटिङ गरी खेतीयोग्य जग्गा मास्ने कामलाई निरुत्साहित गर्ने योजना पनि उनले बनाएका छन् ।
आफ्नो निर्वाचन क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयहरूमा यसै शैक्षिक सत्रदेखि क्रमिकरुपमा अंग्रेजी भाषाबाट पठनपाठनको व्यवस्था गर्न आवश्यक तयारी पूरा गरिसकिएको छ । वनिगामामा स्नातकसम्मको कलेज र एउटा सुविधा सम्पन्न अस्पताल पनि निर्माण गर्ने एजेण्डा उनको छ ।
विभिन्न जातजाति, धर्म, सम्प्रदायको समिश्रण रहेको क्षेत्र भएकाले सबै जातजातिको जातीय संस्कृति झल्कने संग्राहलयको निर्माण गर्ने आफ्नो एजेण्डा रहेको उनले बताए । प्रदेश नम्बर १ को विकासको आधारका रुपमा रहेको जोगवनी किमाथांका सडक निर्माणका लागि प्रदेश तथा केन्द्रमा निरन्तर दबाब सृजना गर्ने र यो सडक ५ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने एजेण्डा पनि छ । भारत र चीन जोड्ने यो सडक निर्माण भए विराटनगरलगायत प्रदेश नम्बर १ ले विकासमा महत्वपूर्ण फड्को मार्ने उनले बताए ।
जागिरबाट निकालिएपछि राजनीतिमा होमिएका शंकर चौधरी
कुनै बेला कांग्रेसको गढ भनिएको पर्सामा पछिल्लो आम निर्वाचनमा नराम्ररी पकड गुमाएको बेला सो पार्टीको बिउ जोगाउनेमध्येका एक हुन् शंकरप्रसाद चौधरी । उनी क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभातर्फ निर्वाचित भएका हुन् । बाँकी पर्साका चारवटै प्रतिनिधिसभा र ८ मध्ये ६ प्रदेशसभामा कांग्रेस पराजित भयो ।
आफूलाई किसानको छोराको रुपमा परिचय गराउँदा गर्व मान्ने शालीन तथा भुइँसतहबाट जोडिएका नेता चौधरीको घर जिराभवानी गाउँपालिका वडा नम्बर २ सेढवा गाउँमा हो । उनको जन्म ५७ वर्षअघि सत्यनारायण महतो थारु, आमा लोदरी देवी थरुनीको कोखबाट भएको थियो ।
प्रमाणपत्र तहसम्म औपचारिक शिक्षा पूरा गरेका उनी विद्यार्थी जीवनमै राजनीतिमा होमिए । उनले ३०३६ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिए । विद्यार्थी आन्दोलनमा हुँदा तत्कालीन पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख रहेका डिएसपी मोतिलाल बोहरालाई ढुंगा हानेपछि प्रहरीको सर्वाधिक खोजी सूचीमा उनी परे । त्यसपछि उनी चितवनमा गई एक महिना गुप्तवास बसे । २०४२ सालसम्म वीरगन्जको ठाकुरराम बहुमुखी क्यामपसमा रमेका चौधरी त्यसपछिका दिन नेपाली कांग्रेसको सक्रिय सदस्य भएर काम गरे ।
२०४२ भदौं ५ गते ‘बिकम’ (ब्याचलर इन कमर्स)को अन्तिम परीक्षा दिएर सोही दिन रात्रि बस समातेर उनी काठमाडौंतिर लागे । घरका एक जना सदस्य जागिरवाला हुनुपर्छ भनेर बढेको पारिवारिक दबाबका कारण ब्यपार ब्यवसाय गर्ने भनी आफूले पहिलेदेखि सोंचेको योजना छोडेर काठमाडौं गएको उनी सम्झिन्छन् । निकै भौतारिएपछि २०४२ फागुनमा उनले अन्ततः एउटा जागिर पाए । रेशम खेती प्रोत्साहन गर्ने र त्यसका लागि प्राविधिक सहयोग गर्ने सरकारी कार्यक्रम ‘सिन्धुली काभ्रेप्लानचोक, ललितपुर माकवानपुर’ (सिन्काल) योजनामा उनले २०४२ फागुन २९ मा पहिलो हाजिरी गरे, काभ्रेस्थित कार्यालयमा ।
‘प्राजातन्त्रका लागि आन्दोलनको गतिविधि चलिरहेको थियो, योजनाका हामी कर्मचारीहरु त्यतातिर पनि संलग्न हुन लागेका थियौं,’ उनी सम्झिन्छन्, ‘२०४५ साल असार मसान्त सकिनासाथ हामी ६ जनालाई प्रोजेक्टबाट निस्कासन गरियो ।’ पञ्चायती ब्यवस्था थियो, राजनीतिमा लागेकाले यिनीहरुलाई निकालिएको भनी सूचना निकालेर निस्कासन गरिएको थियो । उनी काभ्रेबाट फेरि काठमाडौं फकिेए । ‘२०४६ सालमा भएको आन्दोलनमा म काठमाडौंमै थिएँ । दरबार अगाडि गोली चलेको बेला म पनि प्रदर्शनमा सामेल थिए । मेरा आँखा अगाडि मानिसहरु गोली खाएर ढले, उनले जनआन्दोलन सम्झिए, ‘त्यतिबेला म जोशिला युवा थिएँ । देश परवर्तन गर्ने अभियानमा लागेको थिएँ ।’
२०४६ सालदेखि नै कांग्रेसको क्रियासिल सदस्य बनेका उनी संगठनभित्र सबैको प्यारो पात्र बनेका थिए । त्यसैले उनी तीनपटक पार्टीको महाधिवेशन प्रतिनिधि बने । महासमिति सदस्य बनेर काम गरेका अनुभव पनि उनीसँग छ ।
पर्सामा कांग्रेसलाई साबिकजस्तो उचाईँमा पु¥याउन विभिन्न गुटमा विभाजित नेताहरुलाई मिलाउन उनले अबका दिनमा भूमिका खेल्ने बताए । समयको मागअनुसार देशले परिवर्तन चाहेको भन्दै उनले त्यो परिवर्तनलाई आत्मसात गर्न नसक्नेको दिन अब कठिन हुने बताए । उनले कांग्रेस दुई चीजका कारण पराजय भएको बताए । पहिला कुरा अनुशासन र दोस्रो परिवर्तनलाई पार्टीले अंगाले अगामी दिनमा जित सुनिश्चित रहेको उनको बुझाइ छ ।
राज्यले मधेसी र थारु समुदायसँग भेदभाव गरेको उनी स्वीकार्छन् । २०४८ सालसम्म पद्दतिले काम गरेपनि २०५१ पछिको मिलिजुली सरकारले अवस्था झन् बिग्रेको उनले बताए । उनको बुझाईमा गिरिजाप्रसाद कोइरालाले २०५१ मा आफ्नै बहुमतको सरकार भंग गर्न नहुने थियो ।
नेपाली राजनीति बिग्रिन त्यहीदेखि सुरु भएको उनी मान्छन् । समुदायहरु विच पहिले कम रहेको फरकपनाको भावना अहिले झन बढेर गएको उनको बुझाई छ । नेपालको राजनीतिमा परिवर्तनको कोर्स नसकेको बताउँदै उनले अबको राजनीति विभेदहरुको अन्त्य गर्दै समाजिक रुपान्तरणका लागि हुनुपर्ने बताए ।
निर्देशक प्रदीप चौधरी र मसानटार नियति
गोकर्ण गौतम/कान्तिपुर।
भो नरो सेते, रोकिदेऊ आँसुको धारालाई
रोएर हुन्न, ब्युँझाउनुपर्छ सुतेका सारालाई
२०५५ सालतिर उदयपुरको मोतीगडामा पहिलो पटक नाटक देखाइएको थियो, ठूली । गाउँ पूरै उल्टियो हेर्न । त्यही भीडमा थिए, पाँच कक्षामा अध्ययनरत फुच्चे प्रदीपकुमार चौधरी । क्रान्तिकारी प्रवृत्तिको उक्त नाटकमा एक पात्रले गाएको माथिका पंक्तिले प्रदीपमा उत्साह र जोस पैदा गर्यो । त्यसैले प्रदीपले अर्को वर्षको जितिया पर्वमा आफैंले नाटक लेखेर निर्देशन गरी मञ्चन गरे । Continue reading “निर्देशक प्रदीप चौधरी र मसानटार नियति”
निर्माता तथा गीतकार रामलाल चौधरीलाई जुरी अवार्ड
थारु फिल्म निर्माता तथा गीतकार रामलाल चौधरी जुरी अवार्डबाट सम्मानित भएका छन्। उनीद्वारा रचित थारु राष्ट्रिय गीत ‘हमर देश’ले नेशनल पावर न्युज म्युजिक अवार्ड २०१८ अन्तर्गत जुरी अवार्ड पाएको हो।
मंगलबार राष्ट्रिय नाचघरमा सम्पन्न समारोहमा कानुन तथा न्यायमन्त्री शेरबहादुर तामाङले अवार्ड प्रदान गरेका थिए। उक्त अवार्ड पाएर खुसी लागेको चौधरीले बताए। यस थारु भाषाका अन्य गीतहरु पनि रचना गर्न प्रेरित गर्ने उनले बताए। चौधरीले थारु भाषाको पहिलो फिल्म करम निर्माण गरेका थिए।
थारु फिल्मस् प्रोडक्सन प्रालिका प्रबन्ध निर्देशक चौधरीले वृत्तचित्र मन्दरा र थारु भाषाको फिचर फिल्म भूरभूरा रहर निर्माण गरेका छन्। भूरभूरा रहको अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको छ।
उनीसँगै संगीतकार विकास चौधरी र गायिका समीक्षा चौधरी पनि अवार्डबाट सम्मानित भएका थिए।
पूर्वकमलरी समीक्षा चौधरीको गायनमा छलाङ
‘२ वर्षसम्म नेपालगञ्जस्थित पुनम राणाको घरमा दाजु सुरज चौधरी कमैया र म कमलरी भएर बसे । आफैंमा राम्ररी खेल्न नजान्ने मेरो लागि बच्चा खेलाउनु, भाँडा माझ्नु दिनचर्या थियो । सायद मैले कुटाइ नखाएको दिन बिरैलै थिए,’ गायिका समिक्षा चौधरीले आफ्नो बालापनलाई स्मरण गरिन् ।
अतिविपन्न कमैया परिवारमा उनी २०४८ साउन १० गते कैलालीको घोडाघोडी नगरपालिकाको कौहा भन्ने गाउँमा जन्मेकी थिइन् । उनका बुवा आइतवारी राम चौधरी जन्मजात कमैया थिए भने आमा फूलमाया देवी चौधरी बुक्रही थिइन् ।
कमैयामुक्ति पूर्वथारु समुदायका मानिसले जीविकोपार्जनको लागि जमिनदारको घरमा बाँधुवा मजदुर सरह कमैया, कमलरी र बुक्रही भएर काम गर्थे । हाल प्रथालाई नेपालको कानूनले बन्देज गरेको छ ।
उनी पनि घर परिवारको समस्या टार्न आफ्नो दाजुसँगै ८ वर्षको उमेरदेखि नै कमलरी बस्न बाध्य भएकी थिएन् । नेपालगञ्जमा मात्रै होइन, उनले भारत उत्तर प्रदेशको १ जमिनदारको घरमा समेत २ वर्ष कमलरी जीवन बिताइन् ।
तर, हाल समय फेरिएको छ । स्कूल जाने उमेरमा अर्काको घरमा कमलरी जीवन बिताएकी उनै समिक्षा आज गायन क्षेत्रमा छलाङ मारेकी छिन् । उनका हरेक गीत बृद्ध, बालबालिका, तन्नेरी सबैका ओठमा झुण्डिएको पाइन्छ ।
सुरिलो अनि मिठो स्वरकी धनी समिक्षा सबैको मन, मस्तिष्कमा डेरा जमाउन मात्रै सफल भएकी छैनन्, गायन पेशाबाट पनि राम्रो नाम र दाम कमाउन सकिन्छ भन्ने उदाहरण बन्न सफल भएकी छिन् । फलतः धेरैले उनलाई भारतकी मसहुर गायिका अल्का यागमिकको उपमा दिन समेत पछि पर्दैनन् ।
करिब २ सय गीतमा स्वर
विभिन्न सभा समारोह, महोत्वमा गीत गाउँदै हिँड्ने उनी औपचारिक रुपमा भने २०७१ सालदेखि गाउन थालेकी हुन् । उनले स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको श्रद्धाञ्जली सभामा सामूहिक श्रद्धाञ्जली गीतमा स्वर दिएर आफ्नो गायन क्षेत्रको दैलो उघारेकी हुन् । हालसम्म उनी थारु, नेपाली, भोेजपुरी भाषाको गरी १३ दर्जन बढी एल्बम, चलचित्र, फुटकर, सामूहिक गीत तथा कोरस गरी करीब २ सय गीतमा स्वर दिइसकेकी छिन् ।
गायनमै निकै व्यस्त रहेकी उनी हाल प्रत्येक महिनामा दर्जनौं गीतमा स्वर दिँदै आएकी छिन् । साउन महिनामा मात्रै २० वटा गीतमा स्वर दिएको उनी सुनाउँछिन् ।
टीकापुर बजार मे, टुहार बोली बा मोट्इल, आँखीम् चश्मा, सातो जुनीसम, मगमग महकठो, उकरुङ, भुक्रुङ, बनके दुहली, चुरिया गुरियालगायत उनका उर्चित गीत हुन् ।
परिवार नै संगीत शिक्षालय
अलि जिज्ञासु अनि गम्भीर स्वाभावकी समिक्षा बाल्य अवस्थादेखि नै गायनमा शौखिन थिइन् । उनका बुवा आइतवारी राम चौधरी र आमा फूलमाया चौधरी मोह्रिया र मोह्रिनिया अर्थात् नाचगानमा गीत गाउने मुख्य व्यक्ति हुन् । थारु समुदायमा मोह्रिया र मोह्रिनियाले नै विभिन्न नाचगानमा गाइने गीतहरूको उठान गर्छन् । आमा बुवालाई पछ्याउँदै उनी गायन क्षेत्रमा प्रवेश गरेकी हुन् ।
‘बुवा, आमासँगै घरमै ढमार, मागर, झुम्रा, सजनालगायत थारु लोकगीत गाउँथे । घरमा, स्कूलमा समेत सधै गुनगुनाइरहन्थे,’ उनले भनिन्, ‘स्कूलमा गुनगुनाउँदै पढ्दै गर्दा सर, म्याडम र साथीहरू भन्ने गर्थे, तिमी किताबको अभ्यास गर्दैछौं कि गीत लेख्दैछौं भनेर ।’
उसो त उनको गायन क्षेत्रमा ‘सुदूरपश्चिमको तारा’को उपमाले परिचित गायक योगेश भट्टको पनि ठूलो देन छ । योगेश भट्टले नै उनलाई म्युजिक ट्याकमा गीत गाउँ अभिपे्ररित गरे । पछिल्लो समय उनी थारु लोक महागायक मनिराम चौधरीको साथ सहयोग पनि पाउँदै आएकी उनी बताउँछिन् ।
‘गायन क्षेत्र महासागर हो’
गायन पेशालाई थप व्यावसायिक र मर्यादित बनाउन उनी संगीत साधनालाई उत्तिकै महत्त्व दिँदै आएकी छिन् । बेला–बेलामा संगीत कक्षा लिनुको साथै अभ्यास गर्दै आएकी छिन् । उनी काठमाडौंस्थित ‘शान्ति इन्टरटेन्मेन्ट’ संगीत शिक्षालयबाट ३ महिने संगीत कोर्स गरेकी छिन् ।
उनी भन्छिन्, ‘केही आधारभूत संगीत शिक्षा लिएपनि अपूर्ण छु । केही सिकिन्छ भनेर कक्षा शुरू गरे । तर, संगीत त महासागरै रहेछ । कहिलेकाहीँ संगीतको महासागरमा हराएझैं लाग्छ । यद्यमी साधनामा तल्लीन छु, संगीतभित्र पनि फरक पहिचान कसरी स्थापित गर्न सकिन्छ भन्ने मेरो उदेश्य हो ।’
पत्नीको गायनले पति छायाँमा
४ वर्ष कमलरी जीवनपछि उनी घर फर्किएर घोडाघोडी नगरपालिकास्थित विराट सनातन धर्म संस्कृत विद्यालयमा भर्ना भइन् । जहाँबाटै उनी कक्षा ९ सम्मको अध्ययन पूरा गरिन् । २०६९ सालमा लम्कीचुहा नगरपालिका–६ गुुलराका स्थानीय फेरु चौधरीसँग विवाह बन्धनमा बाँधिन पुगिन् । त्यहाँबाट नै उनी प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरिन् ।
गायिका समिक्षाका पति फेरु चौधरी कलाकार, उद्घोषक एवं शिक्षण पेशामा छन् । फेरु चौधरी मञ्चीय कार्यक्रमको उद्घोषण गर्थे भने समिक्षा चौधरी त्यही मञ्चबाटै गीत गाउने गर्थिन् । त्यही मञ्च नै उनीहरूको मिलन बिन्दु हो । मञ्चबाटै चिनजान अनि प्रेम सम्बन्ध र अन्ततः विवाह बन्धनमा बाँधिन पुगे ।
थारु चलचित्र भौंरा, टुटल जिन्दगी, सावन लगायतमा भूमिका निर्वाह गरिसकेका फेरु भन्छन्, ‘म एउटा कलाकर्मी हो । पहिला–पहिला समिक्षालाई फलानाको पत्नी भनेर चिन्थे । तर, आजभोलि फलानीको पति भनेर मलाई चिन्छन् । मलाई पनि लाग्छ, मेडमको बडिगार्ड त हो नि ! उनको मबाहेक को छ ? आधार भन्नु नै म हो,’ आफ्नो भावुकतालाई भंग गर्दै उनी भन्छन्, ‘यहाँसम्म पुर्याउन धेरै संघर्ष गरेका छौ । काँख छोरीलाई च्यापेर हरेक गीत रेकर्ड गराउन काठमाडौंसम्म लगेको छु । कहिलेकाहीँ लाग्छ छोरीको असली आमा त म पो हुँ ।’
नेसनल पावर न्यूज अवार्डबाट सम्मानित
कुनै बेला गाउँघर, खेतबारी, मेला महोत्सवमा गीत गाउँदै हिँड्ने उनै समिक्षा नेसनल पावर न्यूज अवार्ड २०७५ बाट सम्मानित भएकी छिन्। एउटी पूर्वकमलरीको पृष्ठभूमिबाट आएकी उनी संगीतको दुनियाँमा नयाँ ‘मिशाल’ कायम गर्न संघर्षरत छिन् ।
उठ्दै छ थारू फिल्म
थारू भाषाको फिल्म ‘भुरभुरा रहर’ दसैंमा प्रदर्शन हुने तरखरमा छ । मूलधारको नेपाली फिल्ममा जत्तिकै लगानी रहेको भनिएको फिल्मको सुटिङमा अत्याधुनिक क्यामेरा र ड्रोनसमेत प्रयोग गरियो । मुख्य कलाकारहरू इन्द्र चौधरी र नायिका भीष्माकुमारी चौधरीले राम्रै पारिश्रमिक लिए । Continue reading “उठ्दै छ थारू फिल्म”
‘नाटक घर’ बनाउने अभियानमा सैडान टिम
थारु समुदायको एउटा प्रचलित लोककथा हो हिट्वा । हिट्वा लोककथामा हिट्वा एक पात्र हुन्छन् । जसको प्रेम राजकुमारीसँग हुन्छ । एकदमै सोझो र इमान्दार हिट्वाको राजकुमारी हस्तक्वारीसँग प्रेम बस्छ । त्यही प्रेम सम्बन्धको उतार चढावलाई हिट्वा नाटकमा प्रस्तुत गरिएको छ । यो नाटक थारु समाजको प्रतिविम्बको रुपमा चित्रण गरिएको लेखक सुशील चौधरीले बताए ।
यो नाटक गाउँघरमा प्रचलित लोककथा हो । तर पछिल्लो पुस्ताका युवाहरु यस लोककथाबाट अनभिज्ञ छन् । अहिलेको पुस्तालाई सन्देश दिन पनि यो नाटक मञ्चनको लागि तयार पारिएको लेखक चौधरीले बताए । नाटक झकेन बिसीले निर्देशन गरेका हुन् । नाटक मञ्चनका लागि तयार पार्न रातदिन मेहनत गरेका छन्, शिवानी चौधरीको टिमले । बर्दियाको राजापुरमा सैडान नाटक घर बनाउने उद्देश्यसहित रंगकर्ममा लागेका उनले १६ जनाको टिम तयार गरी यो नाटक तयार पारेकी हुन् ।
सैडान नाटक घरले राजापुर र गेरुवा गाउँपालिकाको जनकनगरमा यो नाटक मञ्चन गरिसकेको छ । दुवै ठाउँबाट नाटकबारे राम्रो प्रतिक्रिया पाएको शिवानीले बताइन् । यो नाटक काठमाडौंमा केही महिनापछि ल्याउने तयारी भइरहेको उनले बताइन् ।
नाटकमा शिवानी चौधरी, चन्द्रप्रसाद चौधरी, निरज चौधरी, रमेशकुमार चौधरी, पारु थारु, उषा चौधरी, हीरा थारु, दीपक सिंह थारु, विमल थारु, हीरामोती चौधरी, मुस्कान थारु, संगीता चौधरी र रुपक चौधरीको अभिनय हेर्न सकिन्छ ।
शिवानी नाटकमा राजकुमारीको भूमिका देखिन्छन् । उनले थारु समुदाय कला, संस्कृतिमा धनी भए पनि त्यसलाई प्रवद्र्धन गर्न नसकेको बताइन् । यो नाटकले थारु समुदायको कला र पहिचानलाई स्थापित गर्न सघाउने उनको बुझाइ छ । ‘हामीले नेपाली भाषाका नाटकहरु मात्र मञ्चन भएको पाउँछौं । थारु समुदाय कलामा धेरै धनी छ, तर आफ्नो कलालाई बाहिर ल्याउन सकेको छैन । यस नाटकमार्फत् थारु कलाको प्रस्फुटन हुने विश्वास लिएका छौं,’ उनले भनिन् ।
उनले थारु समुदायमा नाटकलाई मनोरञ्जनको रुपमा मात्र हेर्ने चलन भएको बताइन् । यसलाई रमाइलोको लागि मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा पु¥याउनसके सामाजिक, सँस्कृतिकरुपले थारुहरु कति धनी छन् विश्वमा चिनाउनसकिने शिवानीको बुझाइ छ ।
उनी प्रत्येक समुदायमा, प्रत्येक गाउँमा रंगमञ्च हुनुपर्ने बताइन् । सैडान नाटक घर बनाउन अभियानसमेत चलाइरहेकी शिवानीले भनिन्, ‘कला, संस्कृति भरिपूर्ण त गाउँ हो । तर यहाँ रंगमञ्चको अभाव छ । त्यसैले गाउँगाउँमा रंगमञ्च हुनुपर्छ । नाटक घर भएपछि अहिलेको पुस्तालाई पनि नाटकप्रति आकर्षित गर्न सकिन्छ ।’
त्यसका लागि सरोकारवालाहरुले ध्यान दिनुपर्ने उनले बताइन् ।