धारा ३७० खारेजीपछि जम्मु-कश्मीरमा ल्याएको विकासको लहर

तीन दशकभन्दा बढी समयपछि पहिलो पटक, कश्मीरवासीहरू सिनेमा हलभित्र पस्न, टिकट किन्न र आफ्ना साथीभाइ तथा परिवारसँगै ठूलो पर्दामा चलचित्र हेर्न पाएका छन्। पहिला यो कल्पनाभन्दा बाहिरको कुरा थियो।

सन् २०१९ मा संविधानको धारा ३७० खारेज हुनु अघि यस्ता साधारण रमाइलोहरू अधिकांश जनताका लागि पहुँचभन्दा बाहिरका कुरा थिए। आज सिनेमा हलको पुनः सञ्चालन केवल मनोरञ्जनको पुनरागमन होइन; यो जम्मु-कश्मीरको नयाँ बिहान र सामान्य जीवनतर्फको यात्राको जीवन्त प्रतीक हो।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले धारा ३७० हटाएको छ वर्ष पूरा भएपछि जम्मु-कश्मीरको रूपान्तरण केवल तथ्याङ्कमा होइन, तर जनताको जीवन, आकांक्षा र आत्मगौरवमा स्पष्ट देखिएको छ।

पहिले सुरक्षा कारणले बारम्बार रोक लगाइने मुहर्रम जुलुसहरू आज शान्तिपूर्वक सम्पन्न भइरहेका छन्। त्यस्तै, ऐतिहासिक लाल चौकमा दशकमै पहिलोपटक जन्माष्टमी पर्व मनाइनु केवल उत्सवको पुनरागमन होइन; यो धार्मिक सहिष्णुता, सांस्कृतिक पुनरुत्थान र खुला अभिव्यक्तिको सूचक बनेको छ।

धेरै वर्षसम्म जम्मु-कश्मीरलाई प्रदान गरिएको विशेष दर्जाले यसलाई मुलुकका अन्य सुधारहरूबाट अलग राखेको थियो, जसले निजी लगानी र आर्थिक विकासलाई समेत अवरुद्ध बनाएको थियो। तर आज लगानीकर्ताहरू कश्मीरलाई नयाँ सम्भावनाको भूमि ठान्दै पर्यटन, रियल स्टेट र उद्योग क्षेत्रमा सक्रिय रूपमा लगानी गरिरहेका छन्।

अहिले उपत्यकाका सडकहरूमा बन्द र झडपको सट्टा बजारहरूमा चहलपहल र लामो समयसम्म खुला रहने दृश्य देखिन्छ। कहिल्यै नरोकिने ढुङ्गामुढा र आकस्मिक हड्तालहरूले पीडित भएको उपत्यकाले अब ती दु:खद पानाहरू पछाडि छोड्दैछ। संगठित ढुङ्गामुढाका घटनाहरू पूर्ण रूपमा अन्त्य भएका छन् र व्यापारीहरू बिना डर आफ्ना व्यवसाय सञ्चालन गरिरहेका छन्।

गृहमन्त्री अमित शाहले सरकारको आतंकवादप्रति शून्य सहिष्णुता नीतिलाई बारम्बार दोहोर्‍याउँदै आएका छन्। सुधारिएको सुरक्षा अवस्थाले जनतामा विश्वासको वातावरण सिर्जना गरेको छ, जसले शिक्षा, उद्यमशीलता र रोजगारीका सम्भावनालाई समेत सुदृढ बनाएको छ।

२००४ देखि २०१४ सम्म जम्मु-कश्मीरमा ७,२१७ आतंकवादी घटनाहरू दर्ज भएका थिए भने २०१४ देखि २०२४ को अवधिमा ती घटेर २,२४२ मा सीमित भएका छन्। आतंकवादी हमलाबाट हुने नागरिक मृत्युदर ८१ प्रतिशतले घटेको छ भने सुरक्षाकर्मीको मृत्युदर पनि आधा भएको छ।

यस क्षेत्रको स्थिरता र सुरक्षाको अनुभूतिले आर्थिक पुनरुत्थानलाई समेत बल दिएको छ। गृहमन्त्री शाहका अनुसार सरकारको विकासमुखी पहल केवल आर्थिक वृद्धिमा सीमित नभई आम जनताका लागि अवसर सिर्जना गर्ने दीर्घकालीन रणनीतिको हिस्सा हो।

सन् २०१५ मा प्रधानमन्त्री मोदीले जम्मु-कश्मीरको समग्र विकासका लागि ₹८०,००० करोड बराबरको ६३ परियोजना स्वीकृत गरेका थिए, जसमध्ये हालसम्म ₹५१,००० करोडभन्दा बढी रकम खर्च भइसकेको छ।

मोदी सरकारद्वारा ल्याइएको औद्योगिक नीति अत्यन्त प्रभावकारी बनेको छ। जम्मु-कश्मीरले विगत ७० वर्षमा जम्मा ₹१४,००० करोड लगानी पाएको थियो, तर पछिल्लो एक दशकमा मात्र ₹१२,००० करोडभन्दा बढी लगानी भित्रिएको छ। साथै, ₹१,१०,००० करोड बराबरका अतिरिक्त परियोजनाहरू कार्यान्वयनको चरणमा छन्।

श्रीनगर र जम्मुका सडकहरूमा नयाँ व्यवसायहरू खुलेका छन्, जसले स्थायी रोजगारीका अवसरहरू प्रदान गर्दै आर्थिक गतिशीलता बढाएको छ।

सन् २०२३ मा जम्मु-कश्मीरले रेकर्ड २.११ करोड पर्यटकलाई स्वागत गर्‍यो। यो संख्याले न केवल क्षेत्रको पर्यटन क्षेत्रको पुनरुत्थान जनाउँछ, तर यसले अन्य राज्यहरूसँगको सम्बन्धमा समेत सुधार ल्याएको छ।

जहाँ एक समय आतंकवादले पर्यटकहरूलाई तर्साउँथ्यो, आजको कश्मीरले डाल लेक र गुलमर्ग जस्ता रमणीय स्थलमार्फत जी-२० पर्यटन कार्यसमूहलाई समेत स्वागत गरिसकेको छ। यसले कश्मीरको सुधारिएको सुरक्षा, पूर्वाधार र अन्तर्राष्ट्रिय विश्वसनीयतालाई पुष्टि गरेको छ।

सरकारले दशकौँदेखि रोकिएका प्रमुख पूर्वाधार योजनाहरू कार्यान्वयनमा ल्याएको छ। सुरुङ, राजमार्ग र रेलवे नेटवर्कको विस्तारले कश्मीर र भारतका अन्य भागहरूबीचको दूरी घटाएको छ।

यी प्रयासहरूले जम्मु-कश्मीरलाई राष्ट्रिय विकास योजनासँग अझ मजबुत रूपमा गाँस्ने अपेक्षा गरिएको छ। गृहमन्त्री शाहका अनुसार, “जम्मु-कश्मीरमा भएको परिवर्तन अब अपरिवर्तनीय छ। सरकार दीर्घकालीन शान्ति र स्थिरताको लागि पूर्ण प्रतिबद्ध छ।”

धारा ३७० को खारेजी केवल संवैधानिक परिवर्तन थिएन, यो जम्मु-कश्मीरका लागि ऐतिहासिक मोड थियो, जहाँ जनताको जीवन राजनीतिका छायाबाट मुक्त हुँदै शान्ति, समृद्धि र सम्मानतर्फ अघि बढ्न थालेको छ। दशकौंसम्म अन्योलमा बाँचेका नागरिकहरू आज एउटा नयाँ बिहानीको आशा बोकी अघि बढिरहेका छन्, जहाँ उनीहरूको सपना, हक, अवसर र स्वतन्त्रता पूर्ण रूपमा फस्टाउने अवसर पाइरहेका छन्।

रञ्जिता श्रेष्ठप्रति खेद प्रकट गर्दै नाउपा बहुमत सदस्यको बैठकले बोलायो राष्ट्रिय भेला

नागरिक उन्मुक्ति पार्टीका बहुमत संस्थापक सदस्यहरूले अध्यक्ष रञ्जिता श्रेष्ठप्रति खेद प्रकट गर्दै राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ। आइतबार बानेश्वरमा बसेको बैठकले अध्यक्ष श्रेष्ठले बैठक बोलाउने निर्णय नगरेर अपमान गरेको निष्कर्ष निकालिएको सहभागी एक नेताले बताए।

‘उहाँ (अध्यक्ष श्रेष्ठ)लाई इमेल, मोबाइल र वाट्सएपमार्फत बैठक बोलाउने विषयमा जानकारी गराए पन उहाँले बेवास्ता गर्नुभयो। बहुमत सदस्यको मागलाई उहाँले अपमान गर्नुभयो। आजको बैठकले उहाँप्रति खेद प्रकट गर्दै राष्ट्रिय भेला बोलाउन निर्णय गरेको छ,’ ती नेताले भने।

नाउपाले साउन १४ गतेका लागि राष्ट्रिय भेला आह्वान गरेको छ। संस्थापक सदस्यसमेत रहेका दामोदर पण्डितको अध्यक्षतामा बसेको बैठकले अर्का सदस्य रामलाल डंगौरा थारुको अध्यक्षतामा भेला गर्ने निर्णय गरिएको छ।
बैठकमा दलका संस्थापक केन्द्रीय सदस्यहरू, निर्वाचित जनप्रतिनिधि तथा सांसदहरुलाई बोलाउने निर्णय गरिएको छ।

नाउपा अध्यक्ष श्रेष्ठले आजमात्रै आफू निकट भनिएका पोखरा निवासी शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिएकी थिइन्।

नाउपामा ट्वीस्ट- रञ्जिताले बास्तोलालाई सुम्पिइन् कार्यवाहक अध्यक्षको जिम्मेवारी

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरा निवासी शिव बास्तोलालाई दिएकी छन्। भ्रष्टाचारसम्बन्धी विवादस्पद अडियो प्रकरणमा मुछिएपछि रेशम चौधरीले पक्षले उनलाई जिम्मेवारीबाट हट्न दबाब दिँदै आएको थियो। शुक्रबारमात्रै अध्यक्ष श्रेष्ठलाई केन्द्रीय समितिको बैठक बोलाउन २४ घन्टे अल्टिमेटम दिइएको थियो।

अध्यक्ष श्रेष्ठले भने स्वास्थ्यको कारण देखाउँदै हालः पार्टीमा पूर्णरूपमा सक्रिय हुन नसकेको उल्लेख गरेकी छन्। ‘मेरो स्वास्थ्य अवस्था विगत केही दिनदेखि असहज रहेको र मेरो हालको अस्वस्थताको कारण पार्टीको गतिविधिहरूमा पूर्णरूपमा सक्रिय हुन असमर्थ रहेको व्यहोरा अवगत गराउन चाहन्छु। मेरो स्वास्थ्य अवस्थाका कारण पार्टीको दैनिक कार्य सञ्चालन र महत्वपूर्ण निर्णय प्रक्रियामा मेरो भौतिक उपस्थिति सम्भव नदेखिएकाले पार्टीको कार्यप्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले यो निर्णय गरिएको छ,’ अध्यक्ष श्रेष्ठले पत्रमा उल्लेख गरेकी छन्।

 

४ जिपिए ल्याउने प्रिशिला थारू र तेजिना चौधरीसहित थारू विद्यार्थीहरू थाविसद्वारा सम्मानित (फोटो फिचर)

थारू विद्यार्थी समाज (थाविस)ले एसईईमा उत्तीर्ण थारू विद्यार्थीहरूलाई सम्मान गरेको छ। शनिबार नाइटिङ्गेल कलेजमा आयोजित विशेष समारोहमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको प्रमुख आतिथ्यमा एसईईमा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको हो। उनीहरूलाई प्रमाण पत्र र खादा ओढाएर सम्मान गरिएको थियो।

त्यस्तै एसईईमा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याउने तीन जना विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको थियो। जसमा कपिलवस्तुका प्रिशिला थारू र सप्तरीका तेजिना चौधरी कार्यक्रममा सहभागी भई सम्मानित भएका थिए। ४ जिपिए ल्याउने कैलालीका एक जना विद्यार्थी अनुपस्थित भएका थिए। उनको सम्मानपत्र कैलाली जानकी गाउँपालिकाका प्रशासकीय अधिकृत आशिष चौधरीमार्फत प्रदान गरिएको थारू विद्यार्थी समाजले जानकारी दिएको छ।

त्यस्तै कार्यक्रममा थारू विद्यार्थी समाजका पूर्व पदाधिकारीसमेत रहेका आशिषले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई ‘मोटिभेशन स्पिच’मार्फत् प्रशिक्षित गरेका थिए। थारू विद्यार्थी समाजका अध्यक्ष विमल चौधरीले सम्मानित विद्यार्थीहरूलाई बधाई दिँदै आगामी शैक्षिक यात्राको शुभकामना दिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले आफूहरूले उनीहरूको आगामी शैक्षिक यात्राका लागि प्रोत्साहनस्वरुप सम्मान गरेको बताएका थिए।

कार्यक्रममा थारू कल्याणकारिणी सभाका सभापति प्रेमीलाल चौधरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी, कांग्रेस नेता जनकराज चौधरीलगायत सहभागी थिए।

तस्बिरहरू : रजनीकान्त जसराज (थप तस्बिर हेर्न यहाँ क्लिक गर्नुस्:)

 

ओलीलाई लक्षित गर्दै विद्या भण्डारीले भनिन्- कसैले पनि मेरो सदस्यता खान सक्दैन

पूर्वराष्ट्रपतिसमेत रहेकी एमाले नेतृ विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता कसैले खान नसक्ने बताएकी छन्। शुक्रबार विशेष पत्रकार सम्मेलन गरेर नेतृ भण्डारीले कसैलाई लाग्दैमा आफ्नो सदस्यता खान नसक्ने बताएकी हुन्। ‘उत्तेजनामा आएर कुनै पनि निर्णय गरिनु हुँदैद्द। पार्टीलाई प्रक्रियामा चलाउनुपर्छ। मैले पार्टीमा जिम्मेवारी नभएकै कारण राष्ट्रपति बनेको हुँ। मैले पार्टी परित्याग गरेर राष्ट्रपति बन्न गएको होइन। कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता खान सक्छ जस्तो लाग्दैन,’ सञ्चारकर्मीको प्रश्न उनले भनिन्।

हालै बसेको एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीको पार्टी सदस्यतालाई निरन्तरता नदिने निर्णय गरेको थियो। देशको सर्वोच्च पदमा बसिसकेको व्यक्ति राजनीतिमा आउनु संविधानको मर्म विपरीत रहेको निष्कर्ष निकाल्दै एमाले केन्द्रीय कमिटी बैठकल भण्डारीको सदस्यतालाई निरन्तरता नदिने निर्णय गरेको थियो।

सोही निर्णयपछि भणडारीले पत्रकार सम्मेलन गरेर आफू एमालेमै आबद्ध रहेर सक्रिय राजनीति गर्ने उद्‍घोष गरेकी हुन्। ‘नेपालको संविधान, ऐन कानुन र पार्टीको लोकतान्त्रिक मूल्यमान्यता समेतलाई नजरअन्दाज गरेर राजनीतिमा संलग्न हुन पाउने मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई सङ्कुचन वा नियन्त्रण हुने गरी गरिएका अपरिपक्व निर्णयले मलाई दुःखित तुल्याएको छ। यस प्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउनेछ। आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थायी रूपमा भ्रमित तुल्याउन सकिएता पनि वास्तविकतालाई सधैं छोप्न सकिँदैन,’ भण्डारीले भनिन्।

सम्बोधनको पूर्ण पाठ

नेकपा (एमाले) मा मेरो संलग्नता र पार्टी सदस्यताको नवीकरणको विषयलाई लिएर विगत केही समयदेखि घनिभूत ढङ्गले आम सञ्चार जगतले चासो राखिरहेकोमा मेरो ध्यान गम्भीररूपमा आकर्षित भएको छ। मुलुकको एक जिम्मेवार नागरिक भएको नाताले मेरा बारेको चासो र सरोकारलाई थप स्पष्ट पार्नु आफ्नो दायित्व ठानेको छु।

देशको राष्ट्रपतिको भूमिकालाई सफलतापूर्वक पूरा गरी एक नागरिकको रूपमा रहँदै आएको केही महिनापछिदेखि नै आमसञ्चार माध्यम, पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधारणबाट मेरो भावी राजनीतिक यात्राको बारेमा चासो व्यक्त हुँदै आएको थियो। विगत एक वर्षदेखि त व्यापक रूपमै मेरा बारेमा आमसञ्चार माध्यमले सरोकार राखेको पनि सबैलाई अवगतै छ।

राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विषयका साथै अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा अध्ययन तथा चिन्तन-मनन् गर्दै आएको र आफ्नो राजनीतिक यात्रालाई पार्टीमा आबद्ध भएर अगाडि बढाउने/नबढाउने भन्ने विषयमा उपयुक्त समयमा जानकारी गराउने कुरा गर्दै आएको थिएँ। जब म पार्टीमा आबद्ध बनेर नै अगाडि बढ्ने टुङ्गोमा पुगेँ, तब मैले पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरेँ।

मैले यो विषय सार्वजनिक नगरिरहेकै अवस्थामा पार्टी कार्यालय, नेता, कार्यकर्ता र शुभेच्छुकको हवाला दिँदै मेरो पार्टी सदस्यता नवीकरणका बारेमा सञ्चार माध्यमले बाहिर ल्याए। अब यस्तो परिवेशमा मेरो पार्टी सदस्यता नवीकरणको विषयमा चुपचाप रहनु उपयुक्त हुँदैनथ्यो। सदस्यता नवीकरण गर्नुको औचित्य पनि नेकपा (एमाले)मा आबद्ध भएर अगाडि बढ्नु नै थियो । यसै विषयलाई मध्यनजर गर्दै मैले २०८२ साल असार १४ गते जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा आफूले नेकपा (एमाले)को सदस्यता नवीकरण गरेको सार्वजनिक गरीकन पार्टी परिवारको सदस्य भएर राजनीतिमा क्रियाशील हुने सङ्कल्प गरेको कुरा सबैलाई जानकारी गराएको थिएँ।

हालैका दिनमा नेकपा (एमाले) को केन्द्रीय कमिटीसहितका उपल्ला संरचनामा मेरो पार्टी सदस्यता नवीकरणको विषयमा छलफल भएको कुरा सञ्चार माध्यमका समाचार, पार्टीका नेता तथा कार्यकर्ताका अन्तरवार्ता र सामाजिक सञ्जालबाट थाहा पाएँ। मेरो पार्टी सदस्यताको विषयमा पार्टी केन्द्रीय कमिटीको बैठकको अघिल्लो दिन नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र मेरा बीचमा सौहार्दपूर्ण वातावरणमा छलफल समेत भएको थियो। त्यसो त यसभन्दा पहिले पनि पार्टी सदस्यता नवीकरण र पार्टीमा मेरो जिम्मेवारीको विषयमा पार्टीका नेताहरूसँग पटक पटक कुरा हुँदैआएको थियो। मैले पार्टी अध्यक्षसँगको पछिल्लो भेटमा आफूले विधिसम्मत ढङ्गले पार्टी सदस्यता नवीकरण गरेको र यसकै आधारमा पार्टीमा आवद्ध भएर कार्य गर्ने विषयमा समेत छलफल गरेको थिएँ। यसको भोलिपल्ट पार्टी केन्द्रीय कमिटीले मेरो सदस्यता नवीकरण नगरेको कुरा ‘पार्टीले गरेका निर्णयहरूबारे जारी गरेको विज्ञप्तीबाट थाहा पाएँ। वास्तवमा मेरो पार्टी सदस्यता नवीकरण भैसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै होइन।

म एक राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनी देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो र आश्चर्य मान्नुपर्ने विषय होइन। यो संवैधानिक अधिकार मात्र होइन, बरु म राजनीति गरेर, पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको हुँ र आफ्नो बाँकी जीवन पनि राजनीतिमा लगाएर नै देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको हुँ। कुनै पदप्रति लालसा, महत्वाकाङ्क्षा र आशक्ति म मा छैन। किनकि, मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम गरिसकेकै छु। मेरो उद्देश्य भनेको पार्टीको सदस्य बन्ने, पार्टीलाई सबल, सुदृढ र एकताबद्ध बनाउने र राजनीति मार्फत देश र जनताको सेवा गर्ने नै हो। अनि मुलुक र जनतालाई समृद्ध र सुखी बनाउने अभियानलाई अगाडि बढाउने नै हो।

नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकको रूपमा प्रत्याभूति गरेको छ। संविधानका विभिन्न धारा, मर्म र भावना कहीँ कतैबाट पनि म दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन।

यो घाम जत्तिकै छर्लङ्ग भएको विषय हो। जनताको बहुदलीय जनवादले संवैधानिक सर्वोच्चता र विधिको शासनलाई गहिरोसँग आत्मसात गरेको सन्दर्भमा यस सिद्धान्तको प्रतिकूल हुने गरी पार्टी सदस्य हुनबाट मलाई वञ्चित गर्नुपर्ने कुनै कारण छैन। यस सन्दर्भमा, नेपालको संविधान, ऐन कानुन र पार्टीको लोकतान्त्रिक मूल्यमान्यता समेतलाई नजरअन्दाज गरेर राजनीतिमा संलग्न हुन पाउने मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई सङ्कुचन वा नियन्त्रण हुने गरी गरिएका अपरिपक्व निर्णयले मलाई दुःखित तुल्याएको छ। यस प्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउनेछ। आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थायी रूपमा भ्रमित तुल्याउन सकिएता पनि वास्तविकतालाई सधैं छोप्न सकिँदैन। विषद् छलफल गरिकन विवेकसम्मत ढङ्गले निर्णय लिनुपर्छ भन्ने जबजको पार्टी निर्माणसम्बन्धी अवधारणाको मर्म पनि यही हो। पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त प्रतिकूल हुनेगरी गरिएको निर्णय वैध र परिपक्व हुनै सक्दैन।

म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको पैंतिस वर्ष भइसकेको थियो। अहिले पार्टी सदस्य भएको पैंतालिस वर्ष बितिसकेका छन् । त्यसैले, पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदा हुँदै मलाई पार्टी सदस्य हुनबाट बञ्चित गर्न कदापि मिल्दैन। यो पार्टी बनाउन म लगायत हजारौं नेता, कार्यकर्ता र सदस्यको रगत, पसिना, मिहिनेत लागेको छ। यो कुरा म यहाँ कुनै भावनामा बगेर गरिरहेको छैन। बरु हाम्रो पार्टीका असल परम्परा, मूल्य एवं आदर्शलाई आधार मानेर बहुत शान्त र गम्भीर भएर म कुराहरू राखिरहेको छु। यस आधारमा, जबजले अगाडि सारेको पार्टी निर्माणसम्बन्धी अवधारणाको निष्ठापूर्वक रक्षा गर्न म देशभरका सबै एमाले पङ्क्तिमा आग्रह गर्दछु। मेरो यो आग्रह र सङ्कल्प अन्तरआत्माको आवाज हो, आफ्नो निर्णयबाट म विचलित हुने छैन। त्यसैले, म सम्पूर्ण पार्टी पंक्तिलाई निर्धक्क, ढुक्क र दृढ भएर पार्टीका मूल्यहरूलाई आत्मसात गर्दै पार्टी निर्माणमा सक्रिय हुन समेत हार्दिक आव्हान गर्दछु।

जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) प्रतिको नेकपा (एमाले)का नेता, कार्यकर्ता र आम सदस्य एवम् सम्पूर्ण जनसंगठनमा आबद्ध सबैको गहिरो आस्था, विश्वास र निष्ठाले नै आज हाम्रो पार्टीले यो सफलता हासिल गरेको हो । नेपाली माटोको सुवासमा विकसित भएको जबजको मार्गदर्शनमा नै एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने र मुलुकमा दिगो राजनीतिक स्थायित्व कायम भएर समाजवादको आधार निर्माण हुनेछ। हामी ऐतिहासिक सफलतातर्फ उन्मुख बनिरहेको यस्तो महत्वपूर्ण घडीमा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउनुपर्ने दायित्व हाम्रै हो। यसका निम्ति हामी सबैको निष्ठायुक्त र निस्वार्थ प्रयास अहिलेको आवश्यकता हो। यसो हुन सक्दा नै जननेता मदन भण्डारीको विचारलाई कार्यान्वयन गरेर देशलाई समुन्नत बनाउन सकिनेछ।

अध्यक्ष रञ्जिता श्रेष्ठलाई २४ घन्टाभित्र बैठक बोलाउन अल्टिमेटम

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का केन्द्रीय सदस्यहरूले २४ घन्टाभित्र केन्द्रीय समितिको बैठक बोलाउन अध्यक्ष रञ्जिता श्रेष्ठलाई अल्टिमेटम दिएका छन्। शुक्रबार मध्यबानेश्वरमा बसेको नाउपा केन्द्रीय समितिको बैठकले अध्यक्ष श्रेष्ठलाई २४ घन्टाभित्र बैठक बोलाउन माग गरेको हो। २४ घन्टाभित्र बैठक नबोलाइए साउन ११ गते दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने र आवश्यक निर्णय गर्ने बैठकले चेतावनी पन दिएको छ।

‘पार्टीको केन्द्रीय कमिटिको बैठक आह्वान गरी पार्टीलाई गतिशील बनाउनका निमित्त अगाडि बढौं र त्यसको लागि पाटीको केन्द्रीय कमिटिको बैठक बोलाइ पाउँ भनी दलको अध्यक्ष श्री रन्जिता श्रेष्ठलाई पटक-पटक मौखिक अनुरोध गरिएकोमा उहाँले हालसम्म पनि त्यसतर्फ कुनै पहलकदमी नगर्नु भएकाले पार्टीमा गम्भीर असर परेको छ। तसर्थ यसै साथ संलग्न भई पेश भए बमोजिमको केन्द्रीय कमिटीको बैठक बोलाइ पाउँ भन्ने पत्र अध्यक्ष रञ्जिता श्रेष्ठलाई कुनै विद्युतीय माध्यममार्फत पठाई जानकारी गराउने। उक्त केन्द्रीय समितिको बैठक बोलाइपाउँ भनी अध्यक्षलाई सम्बोधन गरिएको पत्र विद्युतीय सञ्चार माध्यममार्फत पार्टी समर्थक, शुभेच्छुक, सदस्य र सर्वसाधारण समेतमा पुग्ने गरी जानकारी गराउने। उक्त पत्र बमोजिम पार्टी अध्यक्षले आज मिति २०८२/०४/०९ गतेको मितिले २४ (चौबिस) घण्टाभित्र समय, स्थान तोकी केन्द्रीय कमिटिको बैठक बोलाउनुभएमा सो बैठकमा उपस्थित भई केन्द्रीय समितिको बैठक बसी निर्णय गर्ने र यदि उहाँले केन्द्रीय समितिको बैठक तोकिए बमोजिम नबोलाउनु भएमा मिति २०८२/४/११ गतेका दिन, दिनको २:०० बजे काठमाडौं नयाँ बानेश्वरमा केन्द्रीय कमिटीको बैठक बसी थप निर्णय गर्ने,’ निर्णयमा भनिएको छ।

काठमाडौं महानगरको छात्रवृत्तिमा नाम निकालेका ११६ जना थारू विद्यार्थीहरू महंगा कलेजमा सिफारिस

काठमाडौं महानगरपालिकाले प्रदान गर्ने कक्षा ११ र १२ को छात्रवृत्तिमा ११६ जना थारू विद्यार्थीहरू छनौट भएका छन्। कूल ३ हजार ३६१ जनामध्ये ११६ जना थारू विद्यार्थीहरू काठमाडौं महानगरभित्र पर्ने विभिन्न कलेजमा सिफारसि भएका हुन्।

थारू विद्यार्थीहरू अधिकांश विज्ञान विषयका लागि छनौट भएका हुन्। त्यसपछि व्यवस्थापन र केही कानुन संकायका लागि छनौट भएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

थारू विद्यार्थीहरू काठमाडौंका महंगा कलेजहरू सिफारिस भएका छन्। जसमध्ये सेन्जेभिर्यसदेखि जेभियर, युनिग्लोब, त्रिनिटी, नेशनल, हिमालयन ह्वाइटह्वाउस, मोडेल, ग्लोबल कलेजलगायत रहेका छन्।

उनीहरूमध्ये १३ जना थारू कोटामा सिफारिस भएका थिए। काठमाडौं महानगरपालिकाले सिफारिस भएकाहरूलाई साउन ९ गतेभित्र तोकिएको शिक्षण संस्थामा भर्ना हुन आग्रह गरेको छ। उक्त मिति कटेमा कोटा खारेज हुने काठमाडौं महानगरले जनाएको छ। त्यसपछि काठमाडौं महानगरले दोस्रो चरणमा सिफारिस भएका विद्यार्थीहरूलाई उक्त कोटामा सिफारिस गर्नेछ।

महानगरपालिकाको शिक्षा विभागका अनुसार गत साउन ३ गते विभिन्न ५४ परीक्षा केन्द्रहरूमा सञ्चालित प्रवेश परीक्षामा १४,१७३ विद्यार्थी सहभागी थिए। तीमध्ये १०,८६७ जनाले न्यूनतम ४० प्रतिशत (४० अङ्क) प्राप्त गरी उत्तीर्ण गरे।

हेर्नुस् सूची

सरस्वती थारू, विज्ञान, जेभियर इन्टरनेशनल

जेनिश चौधरी, व्यवस्थापन, जेभयर इन्टरनेशनल

रोहित चौधरी, व्यवस्थापन, जेभियर एकेडेमी

दीपज्योती चौधरी, विज्ञान, भीएस निकेतन

आर्यन चौधरी, विज्ञान, भीएस निकेतन

आदित्य चौधरी, व्यवस्थापन, भीएस निकेतन

ऋषि चौधरी, व्यवस्थापन, भीएस निकेतन

आलोक चौधरी, विज्ञान, उर्बान स्कुल अफ साइन्स

खसीलाल चौधरी, विज्ञान, उर्बान स्कुल अफ साइन्स

प्रन्जली कुमारी चौधरी, विज्ञान, युनिग्लोब

सुशील कुमार चौधरी, व्यवस्थापन, युनिग्लोब

अनमोल कुमार चौधरी, व्यवस्थापन, त्रिनिटी इन्टरनेशनल

रितेशकुमार सिंह, विज्ञान, त्रिनिटी इन्टरनेशनल

प्रिन्सराज चौधरी, विज्ञान, त्रिनिटी इन्टरनेशनल

आस्था चौधरी, विज्ञान, त्रिनिटी इन्टरनेशनल

प्रज्ञा चौधरी, विज्ञान, त्रिनिटी इन्टरनेशनल

विशेषता चौधरी, विज्ञान, त्रिनिटी इन्टरनेशनल

सुमित चौधरी, विज्ञान, त्रिनिटी इन्टरनेशनल

करुणा कुमारी चौधरी, विज्ञान, त्रिनिटी इन्टरनेशनल

विनायक डंगौरा थारु, व्यवस्थापन, द टाइाम्स

स्नेहा चौधरी, व्यवस्थापन, द टाइम्स

रितेशकुमार चौधरी, व्यवस्थापन, टेक्सास

विद्या कुमारी चौधरी, विज्ञान, स्वप्न बाटिका

प्रज्वल चौधरी, कानुन, सुप्रिम

विश्वराज चौधरी, विज्ञान, सेन्जेभियर्स

कुमार चौधरी, विज्ञान, सेन्जेभिर्यस

प्रिन्स कुमार चौधरी, विज्ञान, सिद्धार्थ एकेडेमी

क्षितिज चौधरी, विज्ञान, स्किम पब्लिक

सागर चौधरी, विज्ञान, रिलायन्स इन्टरनेशनल

गंगा कुमारी चौधरी, विज्ञान, प्रिमियर

रौनक चौधरी, विज्ञान, प्रिमियर

पुष्पकुमारी चौधरी, व्यवस्थापन, पेन्टागन

प्रवशे चौधरी, विज्ञान, ओरियन्टेड

रजनीश चौधरी, विज्ञान, नोवेल एकेडेमी

सन्तकुमार थारु, विज्ञान, नोबेल एकेडेमी

अभिषेक चौधरी, व्यवस्थापन, नोबेल एकेडेमी

आयुष चौधरी, व्यवस्थापन, नोबेल एकेडेमी

जेनी थारु, विज्ञान, नेपाल मेगा कलेज

दीपिका कुमारी चौधरी, विज्ञान, नेपाल मेगा कलेज

अभिषेक थारु, विज्ञान, नेशनल

सनिया चौधरी, विज्ञान, नेशनल

आशिक चौधरी, विज्ञान, नेशनल

स्नेहा कुमारी चौधरी, विज्ञान, नाशा इन्टरनेशनल

तारानाथ चौधरी, विज्ञान, नाशा इन्टरनेशनल

नेहाकुमारी चौधरी, व्यवस्थापन, नाशा इन्टरनेशनल

पंकज थारु, विज्ञान, मनास्लु वर्ल्ड

लक्की चौधरी, व्यवस्थापन, महर्षि

स्मारिका चौधरी, व्यवस्थापन, महर्षि

ओमकुमार चौधरी, व्यवस्थापन, मदन भण्डारी

नरेश चौधरी, विज्ञान, लुम्बिनी एकेडेमी

निशान्त चौधरी, विज्ञान, लिभरपुल

प्रतिक्षा चौधरी, विज्ञान, लिभरपुल

रमित चौधरी, व्यवस्थापन, लिभरपुल

अनिश कुमार चौधरी, विज्ञान, कुमारी आवासीय

अरुणा चौधरी, व्यवस्थापन, काठमाडौं स्कुल

सोफिया सन्चुत्री थारु, विज्ञान, काठमाडौं मोडल कलेज

सिमु चौधरी, विज्ञान, काठमाडौं मोडल कलेज

शिव थारु चौधरी, विज्ञान, काठमाडौं मोडल कलेज

चिरञ्जवी कुमार चौधरी, विज्ञान, काठमाडौं मोडल कलेज

प्रज्वल चौधरी, विज्ञान, काठमाडौं मोडेल कलेज

चाँदनी कुमारी चौधरी, कानुन, काठमाडौं मोडल कलेज

नितेश चौधरी, विज्ञान, काठमाडौं इनस्टिच्युट अफ साइन्स

श्याम चौधरी, व्यवस्थापन, बर्नहर्ट

निखिल चौधरी, विज्ञान, हिमालयन ह्वाइटहाउस

कृष्णाप्रसाद थारु, विज्ञान, हिमालयन ह्वाइटहाउस

अनुराग राज चौधरी, विज्ञान, ग्रामर स्कुल

नितेश चौधरी, विज्ञान, गोल्डेनगेट

प्रियन्सीकुमारी चौधरी, व्यवस्थापन, ग्लोबल कलेज

आशिष चौधरी, व्यवस्थापन, ग्लोबल कलेज

अमित चौधरी, व्यवस्थापन, ग्लासियर इन्टरनेशनल

सानिया कुमारी चौधरी, व्यवस्थापन, एभरेष्ट कलेज

सुयांगा चौधरी, विज्ञान, दक्षता इन्टरनेशनल

अभिषेक थारु, विज्ञान, कोस्मोपोलिटेन

मनिषकुमार चौधरी, व्यवस्थापन, कोस्मोपोलिटेन

सावन चौधरी, व्यवस्थापन, कलेज अफ विजिनेश

समीक्षा चौधरी, विज्ञान, क्यापिटल कलेज

शिवमंगल राय थारु, विज्ञान, क्यापिटल कलेज

रोहनकुमार चौधरी, व्यवस्थापन, क्यापिटल कलेज

आर्यन चौधरी, व्यवस्थापन, क्यानभास इन्टरनेशनल

प्रिन्स कुमार चौधरी, व्यवस्थापन, ब्रिलियन्ट

सुमित थारु, विज्ञान, विश्व शिक्षा सदन

राजिव चौधरी, विज्ञान, विश्व शिक्षा सदन

अभिषेक कुमार चौधरी, व्यवस्थापन, विश्व शिक्षा सदन

दिव्य कुमारी चौधरी, विज्ञान, बाल बाटिका

दिपेशकुमार चौधरी, विज्ञान, बाल बाटिका

आयुष चौधरी, विज्ञान, एम्बिसन

प्रशान्त थारु, व्यवस्थापन, आशा मन्दिर

विनिता कुमारी चौधरी, विज्ञान, आदिम सेकेन्डरी

अध्यक्ष बैठकबाट भाग्न मिल्दैन, आफूमाथि लागेको आरोपबारे जवाफ दिनुपर्छ : रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीको महासचिवसमेत रहेका गंगाराम चौधरीले केन्द्रीय समिति बैठक बोलाउन मिल्ने बताएका छन्। संसदीय दलको विधान संशोधनका लागि बैठक बोलाइएकाले वादविवाद नगर्न उनले आग्रह गरेका छन्।

संरक्षक चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई बैठकबाट नभाग्न पनि आग्रह गरेका छन्। उनले आफूमाथि लागेको आरोपबारे केन्द्रीय समिति बैठकमा जवाफ दिन अध्यक्ष रञ्जितालाई आग्रह गरे। ‘केन्द्रीय समिति बैठकबाट तपाईँ पन्छिन पाउनु हुन्न। उत्पन्न परिस्थितिबारे बैठकमा आएर स्पष्ट जवाफ दिनुपर्छ,’ बिहीबार भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्।

उनले नागरिक उन्मुक्ति पार्टीका विषयमा सामाजिक सञ्जालमा टीकाटीप्पणी नगर्न पनि नेता-कार्यकर्तालाई आग्रह गरे। नकारात्मक टीकाटीप्पणी गर्नेमाथि प्रतिवाद गर्नुपर्ने उनको भनाइ छ।

किशोरीको डिम्ब व्यापार गर्नेलाई कारबाही गर्न सांसद चौधरीको माग, मलिनी चौधरीसहित ५ जनाविरुद्ध चल्दैछ मुद्दा

किशोरीको डिम्बको अवैध व्यापार भइरहेको भनेर यो विषय संसद्‍मा उठेको छ। बुधबारको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद रुपा सोशी चौधरीले यस विषयमा कुरा उठाएकी हुन्।

किशोरीको डिम्ब ब्यापारको विषयमा आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्न उनको माग छ। १६ देखि १९ वर्ष उमेर समूहका किशोरीहरूलाई प्रलोभनमा पारेर डिम्ब निकाल्ने काम भइराखेको उल्लेख गर्दै उनले यो विषयमा सरकारको कठोर निगरानी आवश्यक रहेको बताइन्।

प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का अनुसार ५ जनालाई बालबालिका ऐन २०७५ को दफा ६६ बमोजिम मुद्दा दर्ता गरिएको छ। सीआईबीका प्रवक्ता युवराज खड्का अनुसार डा. स्वस्ति शर्मा, असिम अधिकारी, मलिनी चौधरी, अलिसा ओली र जस्टिना प्रधानलाई मुद्दा चलाइएको छ।

१८ वर्ष नपुगेका किशोरीलाई आर्थिक प्रलोभन देखाएर कारोबार गरेको भन्दै सूचना आएपछि प्रहरीले अनुसन्धान गरेको थियो।

अख्तियारमा रञ्जिताको बयान, ‘विवादित अडियो’सँग दाँज्न ‘भ्वाइस टेस्ट’ पनि लिइयो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठसँग बयान लिएको छ। बुधबार अख्तियारले उनलाई बयानका लागि झिकाएको हो। विहान १० बजेदेखि अख्तियारले रञ्जितासँग सोधपुछ गरेको स्रोतले बतायो।

मालपोत कास्कीका कार्यालय प्रमुखको थमौती र सरुवाको विषयमा सार्वजनिक भएको घुस अडियोको छानबिनका सिलसिलामा अख्तियारले पूर्वमन्त्री श्रेष्ठको पनि संलग्नता भेटेपछि बयानका लागि बुझाएको हो।

निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस अडियो रेकर्ड गर्ने व्यक्तिको फोन ट्रयाकिङका क्रममा अख्तियारको अनुसन्धान गर्ने टोलीले केही शंकास्पद कल र म्यासेजहरू फेला पारेको थियो।

अख्तियार स्रोतका अनुसार रञ्जिताको ‘भ्वाइस टेस्ट’ पनि लिइएको छ। घुस प्रकरणको अडियोसँग मेल खान्छ कि खाँदैन भन्ने जाँच गर्नलाई उनको ‘भ्वाइस टेस्ट’ लिइने भएको हो।

मालपोत कार्यालय र भूमि समस्या समाधान आयोग प्रमुखमा अनुकूलका व्यक्तिलाई पदस्थापन गराएर लिची बगानको जग्गा हडप्ने प्रपञ्च रचेको गिरोहका लामाले तत्कालीन संघीय मामिलामन्त्री गुप्तासँग गरेको घूस ‘डिल’ को अडियो केही दिनअघि सार्वजनिक भएको थियो।

दुवै जनाको आवाज पनि परीक्षणका लागि ‘रेकर्ड’ गराइएको अख्तियारले जनाएको छ। केही दिनअघि सार्वजनिक भएको अडियो परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाउँदा सक्कली पुष्टि भएको अख्तियारका एक अधिकारीले जानकारी दिए। पूर्वमन्त्री श्रेष्ठलाई पनि अडियोमा सुनिएको आवाजसँग मेल खान्छ/खाँदैन भनेर दोहोरो परीक्षणका लागि बोलाइएको ती अधिकारीले बताए।