राना थारु समुदायको सामाजिक, सांस्कृतिक, शैक्षिक, आर्थिक तथा राजनीतिक सशक्तीकरणका लागि ‘नेपाल राना थारु युवा समाज’को स्थापना भएको छ। यो संस्था औपचारिक रूपमा काठमाडौं महानगरपालिका-३१ शान्तिनगरमा दर्ता भएको छ। Continue reading “काठमाडौंमा नेपाल राना थारू युवा समाज स्थापना”
Author: Madan Kumar
यस्तो देखियो अष्ट्रेलियाको माघी, अन्नु चौधरीको प्रस्तुतिमा झुमे थारूहरू
थारू समाज सिड्नीले भव्यरूपमा माघी पर्व मनाएको छ। १४ जनवरी अर्थात माघ १ गते इन्द्रेणी फन्क्सन सेन्टरमा विशेष कार्यक्रमको आयोजना गरी माघी भव्यरूपमा मनाइएको हो। कार्यक्रममा थारू समुदायको विभिन्न संस्कृति र मौलिकताको प्रस्तुति गरिएको थियो। Continue reading “यस्तो देखियो अष्ट्रेलियाको माघी, अन्नु चौधरीको प्रस्तुतिमा झुमे थारूहरू”
नागरिक उन्मुक्तिले सरकार छोड्न लागेको हो? प्रचण्डले किन गरे यस्तो दाबी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिकरूपमै नागरिक उन्मुक्ति विपक्षी गठबन्धनमा सहभागी हुने खुलासा गरे। नयाँ बानेश्वरमा आयोजित विपक्षी गठबन्धनको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले संयुक्त वक्तव्यमा ‘७ दलको हस्ताक्षर रहेको र यसमा नागरिक उन्मुक्तिको पनि समर्थन रहेको’ बताए। Continue reading “नागरिक उन्मुक्तिले सरकार छोड्न लागेको हो? प्रचण्डले किन गरे यस्तो दाबी”
यसकारण खारेज भयो अरुण चौधरीविरुद्धको रिट, सांसद पद जोगियो
नागरिक उन्मुक्ति पार्टीका नेता एवं पर्यटन राज्यमन्त्री अरुण चौधरीको मुद्दा खारेज भएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीहरू सपना मल्ल प्रधान, कुमार रेग्मी,हरिप्रसाद फुयाल र डा.मनोजकुमार शर्मा सम्मिलित संवैधानिक इजलासले बुधबार पर्यटन राज्यमन्त्रीसमेत रहेका चौधरीविरुद्धको मुद्दा खारेज गरेको हो। Continue reading “यसकारण खारेज भयो अरुण चौधरीविरुद्धको रिट, सांसद पद जोगियो”
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनमा कति?
पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढाएको हो। निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल/मिट्टितेलमा ३ रुपैयाँ बढाउने निर्णय गरेको हो। भारतबाट आउने पेट्रोलियम पदार्थको मूल्य बढेर आएपछि निगमले मूल्य वृद्धि गरेको जनाएको छ। Continue reading “पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनमा कति?”
पर्यटन राज्यमन्त्री अरुण चौधरीको मुद्दा खारेज
सर्वोच्च अदालतले कैलाली-२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीको योग्यता विवादसम्बन्धी मुद्दा खारेज गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीहरू सपना मल्ल प्रधान, कुमार रेग्मी,हरिप्रसाद फुयाल र Continue reading “पर्यटन राज्यमन्त्री अरुण चौधरीको मुद्दा खारेज”
यस्तो देखियो टुँडीखेलको माघी महोत्सव (तस्बिरसहित)
काठमाडौंबासी थारूहरूले टुँडीखेलमा माघी महोत्सव मनाएका छन्। थारूहरूको नयाँ वर्ष माघ १ गते थारूहरूले माघी महोत्सव मनाएका हुन्। महोत्सवका लागि झाकी र्यालीको आयोजना गरिएको थियो। वसन्तपुरबाट सुरू भएको झाकी टुँडीखेलमा आएर सकिएको थियो। Continue reading “यस्तो देखियो टुँडीखेलको माघी महोत्सव (तस्बिरसहित)”
बढ्दैछ थारू मौलिक पहिरनको क्रेज
कारी महतो/चितवन
खिचरा महोत्सवको दशौं संस्करण पुस २९ गतेदेखि सुरु भएको छ। राप्ती नगरपालिका वडा नं. २ का सोनी अर्जेल थारु जातिका मौलिक भेषभुषा र गरगहनामा चिटिक्क परेर खिचरा महोत्सव घुम्न आएकी देखिइन्। उनी थारु पहिरन र गरगहना भाडामा लिएकी बताइन्। Continue reading “बढ्दैछ थारू मौलिक पहिरनको क्रेज”
मेलमिलाप र सद्भावको पर्व माघ
शत्रुघन चौधरी।
‘बाबाके सगरमा मुरिया लहान गैलुँ हाँ
सखिए हो सेँड्र छुटल पानी घाट…।’
यी र यस्तै भाकाका गीतले अहिले थारू बस्ती गुञ्जायमान छ। गाउँलेहरू दुःख, पीडालाई भुली सबै खानपिन गर्दै माघ मनाउन तल्लीन छन्। उसो त थारू बस्तीमा माघ आउन हप्ता दिन अगाडिदेखि चहलपहल बढिसकेको हुन्छ। गाउँबाट कामका लागि, रोजगारीका लागि या अध्ययनका लागि टाढा-टाढा गएका मानिसहरू माघ मनाउन गाउँमा फर्किसकेका हुन्छन्। माघलाई थारूहरूले महान पर्वका रूपमा पृथक शैलीमा मनाउने गर्छन्।
नेपालको पूर्वदेखि पश्चिम तराईमा बसोबास गर्ने थारूहरू विभिन्न नामले माघ मनाउने गर्छन्। हरेक वर्ष माघ १ गते थारूहरू माघ मनाउने गर्छन् । पूर्वतिर तिलासक्राइतको नामले चिनिन्छ भने नवलपरासी-चितवनतिर खिचडाको रूपमा मनाइन्छ। पश्चिम तराईमा माघ पर्व भव्यताका साथ विशेष किसिमले मनाउने गरिन्छ। माघ मनाउने परम्परा, तौरतरिका र यसको मूल्य मान्यतामा मौलिकता रहेको पाइन्छ।
माघलाई थारूको मौलिक संस्कृतिले भरिएको महान् पर्वको रूपमा लिइन्छ। माघे सक्रान्तीको अघिल्लो दिन अर्थात् पुस मसान्तको दिन घरघरमा सुंगुर बंगुर काट्ने प्रचलन छ। यो दिनलाई जिता मर्ना, सुवर मर्ना पनि भनिन्छ। जिता मर्ना दिन हरेकको घरमा सुंगुरको मासु पाकेकै हुन्छ। गाउँमा सामूहिकरूपमा जिता मारिन्छ र सबै गाउँलेहरू बाँडीचुडी खाने प्रचलन छ।
पुस मसान्तमा घरघरमा सुंगुरको मासु, हाँस, कुखुराको मासु माछा, घोँघी, बयरको चटनी, सिध्रा, सिन्की, थारू आलुको अचार, खँरियाजस्ता मिठा-मिठा परिकार बनाएर हर्षोल्लासपूर्वक रातभर नाचगान गर्दै रमाइन्छ। यसैरात रातभर गाउँलेहरू बरघरको आँगनमा जम्मा भई आगोको धुनी जगाई धमार गाउने प्रचलन पनि छ। यसलाई धुम्रु गाउने पनि भनिन्छ। धमार गीतमा विशेष गरेर माया प्रितीका गीत, विरहका गीत, खेतीपातीका गीत गाउने गरिन्छ।
हरेक चाडपर्वमा छुट्टा-छ्ट्टै गीत गाउनु पनि थारूहरूको मौलिक विशेषता हो। अर्को दिन बिहानै उठी लोटामा अक्षता र सिक्का पैसा लिई सबैजना नजिकको जलाशयमा नुहाउने गर्छन्। यसलाई थारू समुदायले माघ लहान भन्ने गरिन्छ। माघ लहाइसकेपछि नुहाइसकेपछि लोटामा जल र चामल लिई छेउमै ढुंगा या माटोमा पूजा गर्छन्। कहीँ कहीँ नजिकैको शिवालयमा गई पूजाआजा गर्ने प्रचलन पनि छ।
यसरी नुहाउँदा वर्ष दिनमा जान अन्जानमा गरिएका पाप पखालिन्छ भन्ने मान्यता रहिआएको छ। नुहाइसकेपछि घरमा आई दाल, चामल, नुन छुने प्रचलन रहिआएको छ। यसपछि मान्यजनबाट ढोग भेट गरी आशीर्वाद लिने गरिन्छ, जसलाई स्यावा ढोग भन्ने गरिन्छ। सेवा ढोग गर्दा मान्यजनले आशिष दिँदै सेतो टीका लगाइदिने गर्छन्। माघ लहानको दिन प्रत्येक घरमा ढिक्री (चालमलको पिठोको उसिनेको एकसिमको लाम्चो आधारको परिकार) पाकेको हुन्छ। यस दिनलाई ढिक्रहवा पनि भन्ने गरिन्छ। लामो ढिक्रीले माघ पर्वको संकेत गर्छ, थारूहरू पर्वअनुसार फरक आधारको ढिक्री बनाउने गर्छन्। दसैंमा गोलो डायमण्ड आकारको हुन्छ भने तिहारमा चेप्टो ढिक्री बनाइन्छ। ढिक्रीसँगै माछा, मासु, सिद्रा, घोँघी, खरियाजस्ता मिठा-मिठा परिकार बनाएर खाने गरिन्छ। लहानको भोलिपल्ट खिचडीलगायत मिठा-मिठा परिकार बनाई खाने प्रचलन छ। यस दिनलाई खिच्रहवा भनिन्छ।
माघ लहानको दिन थारू समुदायमा निस्राउ काढ्ने गरिन्छ। निस्राउमा दाल, चामल र नगद चेली-बेटीहरूका लागि छुट्टयाएर राखिन्छ। त्यसैमा थप गरेर चेलीबेटीहरूलाई नगद वा जिन्सी उपहार दिने गरिन्छ। यसलाई स्थानीय भाषमा निस्राउ दिने भनिन्छ। यसका साथै सबैले छोएको दाल चामल र गच्छेअनुसार नगद सबै एकमुष्ट चेलीबेटीलाई दिने गरिन्छ।
माघ पर्वलाई सद्भावको पर्वको रूपमा पनि लिइन्छ। अघिपछि मनमुटाव, सानातिना विवाद रहे पनि त्यसदिन सबै कुरा बिर्सेर गाउँलेहरू मिलेर सद्भावका साथ माघ मनाउने गर्छन्। माघमा गाउँभरिका अग्रज, मान्यजनकहाँ सेवाढोग लिनेदिने गरिने भएकाले यसले अझ आपसी सद्भाव बढाउने गर्छ। अझ भनौं, नुहाइसकेपछि सेवासलाम लागेर अंकमाल गरी मनमा रहेका तिक्ततालाई बिर्सेर मेलमिलाप गरिन्छ। कसैको बोलीचाली बन्द छ भने माघको बहानामा बोलचालको सुरुवात हुन्छ। यो दिनलाई सबैले आफ्ना भुल या गरिएका गल्ती कमजोरीको प्रयश्चित गर्ने गरिन्छ। सबै परिवार, गाउँले एकठाँउमा बसी खानपिन गर्ने गर्छन्। यस परम्पराले थारू समुदायमा एकता, सहकार्य, सुमधुर सम्बन्ध, आपसी सहयोग, सद्भाव आदान प्रदान गर्ने कार्यमा सहयोग पुग्छ। यसले समाजलाई निरन्तर अघि बढाउने मद्धत गर्छ।
माघ पर्वलाई थारूहरूले नयाँ वर्षको रूपमा पनि लिने गर्छन्। पुस मसान्तसम्म पुराना लेनदेन, व्यवहार, हरहिसाब, खातापाता बन्द गरिन्छ। माघ १ गतेदेखि नयाँ कारोबारको शुभारम्भ गरिन्छ यो परम्परा हरेक परिवारमा लागू हुन्छ। यसैगरी समुदायमा सामाजिक कार्यमा पनि लागू हुन्छ। माघलाई अर्को अर्थमा नयाँ आर्थिक वर्षको सुरुवात पनि भन्दा फरक पर्दैन। घरपरिवार, समुदायमा आगामी वर्षको लागि खेतीपाती लगाउने, काममा खटनपटन गर्ने, गाउँको नियम कानुन बनाउने, धार्मिक पूजापाठ लगायत विकासको कामका बारेमा छलफल गर्ने कुलापानीका बारेमा छलफल गर्ने गरिन्छ।
थारू समुदायमा अत्यन्तै चर्चित परापूर्वकालदेखि चलिआएको एउटा वरघर प्रणाली पनि हो। माघकै अवसरमा गुण र दोषको आधारमा आगामी वर्षको लागि हरेक गाउँमा अगुवा चुनिने गरिन्छ। जसलाई बरघर, भलमन्सा वा ककन्डार भनिन्छ। यही बेला चौकिदार, अघार, सघारी पनि चुनिने प्रचलन छ। वरघरलाई सार्वजनिक जवाफदेहिताको असल अभ्यासको रूपमा लिइन्छ। माघ मनाइसकेपछि सबै गाउँलेहरू एकठाँउमा भेला हुन्छन्। वरघरले गरेका कामकारबाहीबारे छलफल गर्छन्। यो एक किसिमको सार्वजनिक सुनुवाई पनि हो। वरघरले गाउँमा उठेका प्रश्नको जवाफ दिने गर्छन्। गाउँमा वर्षभरिको आम्दानी खर्चको हिसाब किताबहरूबारे सबै गाउँलेलाई सुनाउने गरिन्छ। यसलाई पारदरर्शीताको अनुपम उदाहरणको रूपमा लिन सकिन्छ । गाउँलेहरू चित्त बुझाए भने पुरानै वरघरलाई निरन्तरता दिन्छन्, चित्त बुझेन भने नयाँ वरघर चयन गर्ने प्रक्रियामा जान्छन्।
गाउँमा हुने प्रत्येक क्रियाकलाप वरघरको मातहतमा हुने गर्छन्। उनीहरू गाउँको सामाजिक कार्य, विकासका कार्य, सांस्कृतिक तथा धार्मिक कार्यमा अगुवाई गर्ने गर्छन्। विगतका दिनहरूमा सर्वसम्मत वरघर चयन गरिँदै आए पनि पछिल्लो समयमा वरघर, बन्नकालाई कतिपय गाउँमा प्रतिस्पर्धा चल्ने गर्छ। एकभन्दा बढी उम्मेदवार भएमा मतदान विधिबाट वरघर छनौट गरिन्छ। पुरुषमात्र वरघर बन्दै आएकोमा पछिल्लो समय महिलाहरूको पनि उपस्थिति देखिन थालेको छ। महिला नेतृत्व विकासका लागि यो सुखद पक्ष हो।
माघमा थारू समुदायमा पारिवारिक सरसल्लाह पनि हुने गर्छ। संयुक्त परिवारमा बस्दै आएकाहरू आगामी दिनमा कसरी जाने? सँगै बस्ने या भिन्न हुने भन्ने कुरा दाजुभाइ एकठाँउमा बसी खानपान गर्दै सरसल्लाह गर्छन्। ठूलो परिवारमा व्यवस्थापन गर्न निकै कठिन हुन्छ। कतिपय परिवारका सदस्यहरू मूलीदेखि असन्तुष्ट हुन्छन् वा मूली अन्य सदस्यप्रति असन्तुष्ट हुन्छन्। यही माघमा परिवारसँगै बसेर मन माजामाज गरिन्छ। एकले अर्कालाई सम्झाउने बुझाउने गर्छन्। आफ्ना गुनासाहरू खुलेर पोख्ने गर्छन्। सबैको सहमति भयो भने परिवार सँगै बस्छन्। मिल्नै नसक्ने हो भने सरसल्लाहमा गाउँका भद्र भलादमी बोलाएर घर बाँट्ने गर्छन्।
माघ भन्ने वित्तिकै कमैया प्रथासँग पनि जोडिन्छ। अहिले त कमैया उन्मूलन भइसकेको अवस्था छ। कमैया प्रथा रहेका बेला सबै कमैयाहरू माघमा स्वतन्त्र हुन्थे। मालिकको घरमा एक वर्षको लागि कमैया बस्ने नबस्ने सहमति हुने गर्थ्यो। यतिबेला उनीहरू आफ्नो निर्णय आफैं गर्ने अधिकार राख्थे। यद्यपि अधिकांश जमिन्दारहरू गरिबीको नाजायज फाइदा उठाएर कमैयालाई बाँधा मजदुरको रूपमा राख्ने गर्थे। उनीहरू पुस्तौसम्म जमिनदारको घरमा नरकीय जीवन विताउन विवश हुन्थे। अहिले कानुनीरूपमा त्यसरी बँधुवा मजदुर कमैया राख्नमा बन्देज लगाइएको छ। कसैले पनि कमैया राख्न पाउँदैनन्। कमैया मुक्ति भएके वर्षौं भइसकेको छ तर यनीहरूको यथोचित व्यवस्थापन हुन सकिरहेको छैन। उनीहरूको बसोबास, रोजगारी, शिक्षा, स्वास्थ्यको व्यवस्था गरिनुपर्दछ।
माघ थारू समुदायको मौलिक पर्व हो। यसलाई सबैले मिलेर जगेर्ना गर्नुपर्छ। पछिल्लो समय थारू बहूलय क्षेत्रमा स्थानीय सरकारले पनि माघ मिलन, माघ महोत्सव, फुड फेस्टिभलजस्ता विभिन्न कार्यक्रम आयोजना गरी थारू संस्कृतिलाई प्रवर्द्धन गरिरहेका छन्। यसैगरी राजधानीमा बसोबास गर्ने थारूहरूले पनि थारू कल्याणकारिणी सभाको अगुवाईमा राष्ट्रिय स्तरमा माघ महोत्सवको आयोजना गर्दै आएका छन्। अहिले विश्वका विभिन्न देशमा पनि थारूहरूको बसोबास रहेको पाइन्छ। अष्ट्रेलिया, अमेरिका, क्यानाडा, युके, जापान, दुवई, कतार, साउदी, मलेसिया आदि देशमा बसोबास गर्ने थारूहरू पनि माघ महोत्सवको आयोजना गरी थारू संस्कृति परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गरेका छन्। माघ पर्वले गाउँमा मात्र सीमित नभई विश्वभरि नै व्यापकता पाएको छ। यो थारूहरूका लागि गर्वको विषय हो।
लेखक थारू संस्कृतिविद् हुन्।
लुम्बिनी प्रदेशले दियो माघीको दुई दिन बिदा
लुम्बिनी प्रदेश सरकारले माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ। माघे सङ्क्रान्ति तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको हो। Continue reading “लुम्बिनी प्रदेशले दियो माघीको दुई दिन बिदा”