जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता हुन लागेको हो?

डा. सीके राउत अध्यक्ष रहेको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच एकता हुने भएको छ। यस विषयमा अध्यक्ष राउत र चौधरीबीच निरन्तर कुराकानी भइरहेको छ। पूर्वमा जनमत र पश्चिममा नागरिक उन्मुक्ति ‘बलिया’ देखिएका छन्। Continue reading “जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता हुन लागेको हो?”

राना थारू समुदायकी डा. जीवन बनिन् सुदूरपश्चिमको नीति तथा योजना आयोगको उपाध्यक्ष

सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. जीवन राना नियुक्त भएकी छन्। मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा आज बसेको प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले रानालाई नीति तथा योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेको हो। Continue reading “राना थारू समुदायकी डा. जीवन बनिन् सुदूरपश्चिमको नीति तथा योजना आयोगको उपाध्यक्ष”

कैलाली माओवादीको १३ पालिकामध्ये ४ मा मात्रै थारू नेतृत्व

नेकपा माओवादी केन्द्रले कैलालीको १३ वटै पालिकामा पालिकास्तरीय नयाँ कार्यसमिति चयन गरेको छ। सो पार्टीको पालिकास्तरीय सम्मेलनबाट नयाँ कार्य समिति चयन गरिएको हो। माओवादीले दिएको जानकारी अनुसार धनगढी उपमहानगरपालिकाको नगर कार्य समिति अध्यक्षमा बलबहादुर ऐर ‘बाली’ निर्वाचित भए। Continue reading “कैलाली माओवादीको १३ पालिकामध्ये ४ मा मात्रै थारू नेतृत्व”

साढु दाइको घरमा पाहुना गएका सोमन चौधरी मृत फेला

कैलालीमा एक जना व्यक्ति मृत भेटिएका छन्। घोडाघोडी नगरपालिका-७ परैचा बस्ने ४८ वर्षीय सोमन चौधरी बिहीबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ। Continue reading “साढु दाइको घरमा पाहुना गएका सोमन चौधरी मृत फेला”

थारू बस्तीमा माघीको रौनक

माघी पर्व नजिकिएसँगै यहाँका थारु बस्तीमा चहलपहल सुरु भएको छ। थारु जातिको सबैभन्दा ठूलो पर्वका रूपमा मानिने माघीको रौनकता छाएको हो। माघी पर्व आउनुभन्दा एक महिनाअघिदेखि विभिन्न तयारी गर्ने चलनअनुसार आजभोलि बस्तीका स्थानीयको व्यस्तता बढेको छ। थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व मनाउने गर्दछन्। Continue reading “थारू बस्तीमा माघीको रौनक”

पेट्रोल र डिजेलको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ। निगमको सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँले मूल्य बढाइएको छ। Continue reading “पेट्रोल र डिजेलको मूल्य बढ्यो”

यसकारण सम्भव छ थरूहट स्वायत्त क्षेत्र

नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कूल जनसंख्या २,९१,६४,५७८ रहेको छ। यसमा थारू समुदायको जनसंख्या १८,९०,४२३ रहेको छ। यो कूल जनसंख्याको ६.४९ प्रतिशत हो। थारू समुदाय नेपालको चौथो ठूलो समुदाय हो भने तराईमा सबभन्दा बढी जनसंख्या भएको समुदाय हो। Continue reading “यसकारण सम्भव छ थरूहट स्वायत्त क्षेत्र”

थारू विद्यार्थी समाजको महाधिवेशन फागुन २४ मा गर्ने निर्णय

थारू विद्यार्थी समाजको सातौं महाधिवेशन फागुनमा गर्ने निर्णय भएको छ। काठमाडौंमा सम्पन्न समाजको राष्ट्रिय भेलाले नवलपरासी (पूर्व)मा सातौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो। समाजका अध्यक्ष चन्द्र प्रसाद चौधरीका अनुसार फागुन २४, २५ र २६ गते महाधिवेशन आयोजना हुनेछ। Continue reading “थारू विद्यार्थी समाजको महाधिवेशन फागुन २४ मा गर्ने निर्णय”

टियुका १४ हजार विद्यार्थी दीक्षित, प्रा.डा. रामप्रसाद चौधरी स्वर्ण पदक श्रीणालाई

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समद्ध र सुखीरूपमा बाँच्न पाउने अवस्था सिर्जनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्न दीक्षित विद्यार्थीलाई आग्रह गरे। Continue reading “टियुका १४ हजार विद्यार्थी दीक्षित, प्रा.डा. रामप्रसाद चौधरी स्वर्ण पदक श्रीणालाई”

अहिलेको सरकारलाई झुकाएरै छोड्छौं : मेटमणि चौधरी

नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले अहिलेको सरकार उद्योगी, दलाल र पुँजीपतिहरूको पक्षमा बनेको आरोप लगाएका छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै चौधरीले दलाल पुँजीपतिहरूको लागि बनेको सरकारले श्रमिकहरूको पक्षमा निर्णय लिन नसक्ने जिकिर गरेका हुन् । Continue reading “अहिलेको सरकारलाई झुकाएरै छोड्छौं : मेटमणि चौधरी”